विकासन्युज

माउण्टेन हाइड्रोको शेयर कारोबार शुरु, शुरुवाती कारोबारका लागि रेञ्ज कति ?

काठमाडौँ । शेयर बजारमा आजदेखि माउण्टेन हाइड्रोपावर लिमिटेडको शेयर कारोबार शुरु भएको छ । नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीको शुरुवाती कारोबारका लागि न्यूनतम रु ९३ र अधिकतम रु २८१ बराबरको मूल्य तोकेको छ । कम्पनीले गत चैत २८ गते स्टकमा एक करोड २८ लाख कित्ता शेयर सूचीकरण गरेको थियो । केही समय पहिले मात्रै साधारण शेयर बिक्री गरेको सो कम्पनीसहित शेयर बजारमा २७ जलविद्युत् कम्पनी सूचीकृत भएका छन् ।

खोकनामा बाजं पार्टी पुनर्निर्माणका लागि सनराइजको १० लाख सहयोग

काठमाडौं । सनराइज बैंक लिमिटेडले खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुनर्निर्माणको लागि १० लाख सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच खोकनाको रुद्रायणी मन्दिरमा रहेको बाजं पाटीमा ललितपुर क्षेत्र नं ३ कासासंंद् पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनज्यूको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो । उक्त समारोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।

गोरखाको पालुङटारमा एनसीसीको १२३ औं शाखा सञ्चालन

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले गोरखा जिल्लाको पालुङटार नगरपालिका, वडा नं. ५ पालुङटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । पालुङटारमा शाखाकार्यालय विस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या १२३ पुगेको छ । पालुङटार र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

नयाँ वर्षमा भायनेटको नयाँ अफर

काठमाडौँ । इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेशनले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । अफर अन्तर्गत वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले अतिरिक्त २ महिनाको इन्टरनेट र नेट टि.भी. निःशुल्क प्राप्त गर्न सक्ने छन् । आजको समयमा भायनेट सन्तुष्ट ग्राहकहरु भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा चिनिन्छ । १५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप् प्रदान गर्दै आएको छ । यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबद्र्धन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

बैंकहरुले लक्ष्य निर्धारण गरेरै सस्तो ब्याजदरमा ऋण दिनुपर्ने, बिनाधिताे ऋण सहज हाेला ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफुले दिनसक्ने सहुलियत पूर्ण कर्जाको लक्ष्य निर्धारण गरेरै वितरण गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार बैंकहरुले आफ्नो शाखा तथा सम्बन्धित कार्यालयहरुलाई सहुलियतपूर्ण कर्जा वितरणका सम्बन्धमा लक्ष्य निर्धारण गरेर पठाउनुपर्ने भएको हो । आर्थिक वर्ष २०७५/७६ को बजेटमा उल्लेख गरिएको योजना बमोजिम नेपाल राष्ट्र बैंकले गत कात्तिक २० गते ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि २०७५ बमोजिम विभिन्न किसिमका कर्जाहरुमा ५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिने गरी वितरण हुने ऋणमा बैंकहरु उदासिन देखिएपछि राष्ट्र बैंकले पछिल्लो निर्देशन दिएको हो । यद्यपि राष्ट्र बैंकले हालसम्म कर्जाको लक्ष्य निर्धारण गर्न भन्दै निर्देशनलाई नैतिक दवाव मै सीमित राखेको छ । तर, विपन्न वर्ग कर्जा, कृषि कर्जा जस्ता कर्जाहरुजस्तै निर्देशित कर्जाको सूचिमा समावेश भने गरेको छैन, त्यसैले पछिल्लाे निर्देशनकाे प्रभाव पर्नेमा आशावादी बन्न सक्ने सम्भावना भने देखिँदैन । यसरी दिइने कर्जा सीसीडी अनुपात गणनामा समावेश नहुने सुविधा भने राष्ट्र बैंकले बैंकहरुलाई दिएको छ । कार्यविधिअनुसार निजी आवास निर्माण कर्जाका लागि ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि १० लाख, दलित समुदाय विकास कर्जाका लागि १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरिसकेको छ । उक्त प्रकृतिको कर्जामा कर्जाको प्रकृतिअनुसार उद्यमीले सञ्चालन गरेको परियोजना वा शैक्षिक प्रमाणपत्र धितो रहनेछ भने ब्याज २ प्रतिशतभन्दा बढी हुनेछैन भने सेवाशुल्क लगायत अन्य कुनै पनि शुल्कहरु समेत लिन पाइने छैन । तर, बैंकहरुले भने बिनाधितो ब्याजदर सहुलियतमा वितरण हुने बढी जोखिमपूर्ण हुने भन्दै त्यस्तो कर्जा वितरणमा हिच्किचाइरहेका छन् । केही बैंकहरुले त्यस्तो कर्जा दिने भन्दै योजना सार्वजनिक गरे पनि व्यवहारमा भने नगन्य व्यक्तिले मात्र त्यस्तो कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गत चैत १७ गतेसम्म जम्मा ८ जनाले मात्र त्यस्तो कर्जा पाएको बताउँदै जम्मा ४८ लाख रुपैंया मात्र त्यस्तो कर्जा बापत बैंकहरुबाट ऋण दिइएको बताएका थिए ।

काठमाडौँमा असिना पानी, देशभर कै मौसम बदली

काठमाडौँ । काठमाडौँमा अहिले असिना पानी परिरहेको छ । केही दिन देखि मौसम सफा रहेपनि आज पुनः वर्षा सहित पानी परेको हो । अहिले देशका अधिकांश स्थानमा मेघगर्जनसहित असिना पानी परेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । खराब मौसम धेरै दिन नरहने पनि विभागले जनाएको छ ।

पाँच लाख बढीको कारोबारमा प्यान अनिवार्य, ‘शेयर बजारलाई थप व्यवस्थित बनाइने’

काठमाडौँ । पाँच लाख रुपैयाँ भन्दा माथिको शेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान लागू गरेको हो । रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने प्यान लागू हुने छैन । धितोपत्रको दोस्रो बजारमार्फत कारोवार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय गरी कार्यान्वयनका लागि स्टकलाई निर्देशन दिएको थियो । सोही आधारमा लगानीकर्ताको सहजीकरणका लागि स्टकले स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेस्कसमेत खडा गरेको थियो । पछिल्लो पटक चैत १२ गते लगानीकर्ताको माग र सरोकार भएका निकायको ध्यानाकर्षणपछि रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने ऐच्छिक रुपमा मात्रै प्यान लागू हुने व्यवस्था गरिएको छ । शेयर बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ प्यान लागू गरिएको स्टकले जनाएको छ ।

धादिङकोे गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि.ले मिति सोमबारदेखि धादिङ जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छी स्थित करदाता सेवा कार्यालको भवनमामा एक्सटेन्सन काउण्टर शुरु गरेको छ । धादिङ्गको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानीयबासीको बिस्तारित बैंकिङ्ग सेवाको चाहानालाई मध्यनजर गर्दै बैंकले खोलेको उक्त एक्सटेन्सन शुरु गरेको जनाएको छ । काउण्टरकोे उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् । उक्त एक्सटेन्सन काउण्टरले राजश्व संकलनका साथै अन्य बैंकिङ्ग सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।