विकासन्युज

योगदानमा आधारित पेन्सनले कर्मचारीको मनोबल गिराउँछ

काठमाडौं । निजामति कर्मचारी कूल ८० हजार हो । यसमा अधिकृत करिब १४ हजार छन् । प्रशासनको मियो सेवा भनेको निजामति हो । यो सेवाले नै मुलुक हॉक्ने हो मेरूदण्ड बनेर, जसका आधारमा अन्य कर्मचारी सेवाहरू प्रभावकारी ढंगमा नारिने हो । यो सेवा बेस्ट अफ द बेस्ट जनशक्तिले लैस हुनैपर्छ । यस सेवामा आउने जनशक्ति बेस्ट ब्रेन हुनैपर्छ जसलाई आधुनिक प्रविधि , शिक्षा , व्यावस्थापन, दह्रो देशभक्ति, स्वच्छ चरित्रवान, ईमान र जागरूकताका दृष्टिले निरन्तर अपडेटेड र विश्वका समकालिन कुशल प्रशासकहरूसंग नजरमा नजर जुधाएर ससम्मान आत्मविश्वास र गौरव गर्दै , प्रतिस्पर्धा गर्दै , मुलुकमा सुशासन र स्थीर शासन दिन सक्षम भैरहने वातावरण र लगानी राज्यले गर्नै पर्छ । यसलाई सुविधासम्पन्न बनाएर एलिट सेवा बनाउन सक्नुपर्छ । अन्य सरकारी सेवा सेना १ लाख, प्रहरी १ लाख, शिक्षक १.५ लाख, संस्थान ३० हजार,स्थानीय निकाय न.पा गा.पा, जिसस ३० हजार, अस्थायी करार २५ हजार कर्मचारी छन् जसलाई नार्ने काम निजामतिले मियो बनेर गर्नुपर्छ । नेपालमा मध्यम वा निम्न वर्गका होनहार युवावर्गका नेपाल भित्रै बस्न वा टिकिरहनका निम्ति सीमित भए पनि एक निजामति सेवा क्षेत्र आकर्षणको आधार वा अवसर रहदै आएको हो । भलै यसमा पनि विगत केही समयदेखि निरन्तर ह्रास देखिदै आएको छ । निजामति आकर्षणको मुल कारण पेन्सन हो , दीर्घकालिन लाईफटाईम रोजगारीको लाभ हो । तलब कै लागि निजामति सेवा राम्रो हैन तर सेवानिवृत्ति पछि जीवनपर्यन्त र शेष पछि दम्पत्ति सदस्यले पनि भरणपोषण वापत आधा पेन्सन पाउनु हो । तर वर्तमान सरकारले यसको भ्यालू बुझेन, होस गुमाएर पेन्सन हटाउने निर्णय गर्न पुग्यो, अझ करारको तिकडममा लाग्न थाल्यो । मुलुकको कर्मचारीतन्त्र अब झन् तन्नम बन्ने प्रवल लक्षण हुन यी। तुरून्त यो पेन्सन र करारको भूत उत्रनुपर्छ, पेन्सन खारेजीको निर्णय फिर्ता लिनुपर्छ, पेन्सनको बैकल्पिक दिगो श्रोत पहिचान गर्नुपर्छ। क्षणिक अल्लारे तर्कको पछि लागेर मुलुक ध्वस्त पारिनु हुदैन। कुराजनीतिले त्यसै तन्नम् पारेको मुलुकलाई आर्यघाटमा पुर्याउन सक्ने यो निर्णय तुरून्त फिर्ता लिएर मुलुक जोगाउनु पर्छ । छिमेकी र सार्क मित्र राष्ट्रहरू भुटान, भारत ,बंगलादेश, श्रीलंका ,पाकिस्तान, अफगानिस्तान र संसदीय व्यवस्थाको लामो ईतिहॉस भएका अन्य मुलुकको पेन्सन प्रणाली अध्ययन पनि गर्नुपर्छ, जिस्कनु हुदैन । मुलुकलाई मुलुकी प्रशासनको मेरूदण्ड निजामति कर्मचारी घॉडो भएको र विश्व समुदाय र नेतालाई हामीलाई यो मुलुक घॉडो भएको जस्तो संदेश निरन्तर जानबाट रोकेर लज्जाशरणम् नहोऔं ।

ललितपुर उद्योग वाणिज्य संघले बाँढ्यो छात्रवृत्ति

काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघले वार्षिक रुपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिंदै आएको छात्रवृत्ति शुक्रबार एक समारोहबीच वितरण गरेको छ । विभिन्न विद्यालयका १२ जना विधार्थीलाई छात्रबृत्ति वितरण गर्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले सबसंघले आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा शैक्षिक क्षेत्रको विकासको लागि सानो लगानी गरेको बताए । कास सदस्य एवम् व्यावसायिक उत्तरदायित्व तथा छात्रवृत्ति समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले विद्यार्थीहरुले यसलाई उत्प्रेरणाको श्रोतको रुपमा ग्रहण गरी भविष्यमा आफ्नो शैक्षिक स्तर अझ उकास्नु पर्ने बताए । उनु हुंदै छात्रवृत्ति ग्रहण गर्नु सबै विद्याथीहरुलाई बधाई समेत दिए ।

लोप भए उपत्यकाका ४० वटा पोखरी, संरक्षण गर्ने खानेपानी मन्त्रीको उद्घोष

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले उपत्यका भित्र रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन र सौर्न्दयीकरणमा योजना बनाएर अघि बढिने बताएकी छिन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) द्वारा प्रकाशित भएको काठमाडौं उपत्यका भित्रका पुराना ढुङगे धारा तथा पोखरीहरुको लगत नक्साङकन सम्बन्धि पुस्तकको बिमोचन गर्दै खानेपानी मन्त्री मगरले नास हुँदै गइरहेको पोखरी र ढुंगेधाराको संरक्षण र सम्बर्द्धनमा योजनासहित अघि बढिने बताएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्–आधुनिकताले हाम्रो प्राचीन सभ्यता झल्काउने कलात्मक ढुंगेधारा र पोखरीहरु मासिदै गैरहेका छन् । सहरीकरणका कारण हाम्रो जीवन्त कला, संस्कृति लोप भएका छन् । अब यसलाई सम्भाव्यता अध्ययन गरेर यसको संरक्षणमा जोड दिनु आवश्यक छ । ढुंगेधारा र पोखरीको संरक्षण र सौन्दर्यीकरण गरेर पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने मन्त्री मगरको भनाइ छ । काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा र पोखरीहरुको बारेमा लगत तथ्यांक संकलन गरि पहिलोपटक यस्तो पुस्तक तयार भएको हो । काठमाडौं उपत्यका भित्रका १० वटा नगरपालिका क्षेत्र भित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको स्थलगत रूपमा अध्ययन तथा अनुसन्धान गरि सो को विस्तृत लगत संकलन गरी पुस्तक तयार गरिएको छ । जसमा उपत्यका भित्र रहेका २ सय ३३ पोखरीहरु मध्ये स्थलगत रूपमा भेटिएका पोखरीको संख्या १ सय ९३ रहेको पुस्तकमा उल्लेख छ । त्यस्तै ४० वटा पोखरीहरु लोप भएका छन् । यसैगरी उपत्यका भित्र अध्ययनका क्रममा ५ सय ७३ ढुंगेधाराहरु संकलित गरिएकोमा स्थलगत रूपमा भेटिएका ढुंगेधाराहरुको संख्या ४ सय ७९ वटा, मासिएको ढुंगेधाराको संख्या ५२ वटा र पत्ता नलागेको ढुंगेधाराको संख्या ४२ वटा रहेका छन् । १० वटा नगरपालिका क्षेत्र भित्र रहेका ४ सय ७९ ढुंगेधारा मध्ये अध्ययनको क्रममा १ सय ७१ वटा ढुंगेधारामा मात्र पानी बगेको पाइएको अध्ययनले देखाएको छ ।

बजाजको नयाँ शोरुम अब मोरङको बिराटचोकमा

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मोरङको बिराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै बिराटचोकमा नयाँ शोरुम “मनकामना अटोमोबाईलस्” संचालन गरेको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस्, सेल्स्, सेवा तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । यसैको माध्यमबाट एचएच बजाजले देशभर आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई थप सुविधा सहित गुणस्तरीय तथा छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जनाएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले मोरङको बिराटचोकमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा अत्यन्तै खुशी लागको बताए ।

क्लियर टीभी र इन्टरनेट सेवामा सुबिसुले मूल्य घटायो, अब कति ?

काठमाडौँ । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्ड कपको अबसरमा क्लियर टीभी तथा इन्टरनेट सेवाको नयाँ नयाँ मूल्य निर्धारण गरेको छ । विश्वको लोकप्रिय खेल क्रिकेट वल्र्ड कप २०१९लाई लक्षित गर्दै नेपाली दर्शकले राम्रो क्वालिटिका साथ उचित मुल्यमा मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्देश्यले कम्पनीले आफ्ना सेवाहरुमा आकर्षक मूल्य ग्राहकहरु माझ प्रस्तुत गरेको जनाएको छ । नेपाली दर्शकले अब मात्र रु. २५८ प्रति महिनामा २४५ डिजिटल च्यानलहरुका साथमा ५० आकर्षक एचडि च्यानलहरु हेर्न पाउने कम्पनीले जनाएको छ । साथै क्लियर टीभी(२४५ डिजिटल च्यानलहरु जसमा ५० एच.डि च्यानलहरु) र २५ एमबीपीएस इन्टरनेट सेवामात्र रु.१२१६ प्रति महिनामा प्राप्त गर्न सक्नेछन् । यो सेवा प्राप्त गर्न ग्राहकहरुले एक बर्षको अग्रिम भूक्तानी गर्नु पर्ने तथा कम्पनीको केही सर्त तथा नियमहरु पालना गर्नु पर्ने जनाएको छ ।

कामना सेवाका ग्राहकलाई सिद्धबाबा, सिद्धार्थनगर र लुम्बिनी अस्पतालमा विशेष छुट

काठमाडौँ । कामना सेवा विकास बैंक लि.ले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, सिद्घार्थनगर सिटी हस्पिटल प्रालि र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिसँग स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि.को तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्धबाबाको तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्घार्थनगरको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल तथा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिको तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गरेका छन् ।

राणाको निधनमा होटल संघको श्रद्धाञ्जली, ‘पर्यटन र होटल उद्योग क्षेत्रमा अपुरणीय क्षति’

काठमाडौँ । होटल संघ नेपालका संस्थापक अध्यक्ष प्रभाकर शमशेर जंगबहादुर राणाको ८४ वर्षको उमेरमा उपचारको क्रममा न्यूयोर्कमा निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । होटल संघ नेपालले शुक्रबार विज्ञप्ती प्रकाशित गर्दै उनको निधनबाट पर्यटन तथा होटल उद्योग मात्र नभई मुलुकलाई नै अपुरणीय क्षति पुगेको भएको छ । यस दुःखद् घडीमा संघले स्वर्गीय राणाको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । विसं. १९३५ मा जन्मिएका उनको एक छोरा र एक छोरी छन् । नेपालको अग्रणी सोल्टी होटलका संस्थापक स्व. राणा नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटलका प्रणेता हुन् । नेपालमा अन्तर्राष्ट्रिय चेन होटल भित्र्याई सफल रुपमा नेपाली होटललाई अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने श्रेयको हकदार पनि स्व. श्री राणा हुन् । नेपालको पर्यटन प्रवद्र्धनमा उनको अतुलनीय सेवा र योगदानको कदर गर्दै देश विदेशबाट उनलाई विभिन्न मान पदवी अलंकारबाट विभूषित गरिएको थियो । स्वर्गीय राणाले होटल संघ नेपालको स्थापना वर्ष १९६६ देखि १९७६ सम्म अध्यक्षको हैसियतमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यवसायिक क्रियाशिलता बढाउँदै देशमा होटल उद्योगको विकास र विस्तारमा उदाहरणीय योगदान पु¥याएको विज्ञप्तीमा उल्लेख छ ।

भीओआइपी सञ्चालन गर्ने अन्सारी पक्राउ, सीआईबी अनुसन्धान गर्दै

काठमाडौँ । दूर सञ्चार प्रणालीमा हानी हुने अन्तर्राष्ट्रिय कल बाइपास(भीओआइपी) सञ्चालन गर्ने भारत सोनौली घर भएका खुर्सेद अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सीआइबीको टोलीले रुपन्देही सिद्धार्थनगर स्थित मैनुद्दीन धुनियाको घरमा डेरा गरी बस्ने अन्सारीलाई भीओआइपी सञ्चालन गर्ने साधन सहित पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीको दूर सञ्चार ऐन २०५३ अन्तरगत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । अभियुक्त अन्सारीको साथबाट ल्यापटप, ल्यापटपको चार्जर, जेएससी लेखिएको एरियल, राउटर, एयरटेल फोरजी लेखिएको डिभाइस, टीपी लिंक लेखिएको सामाग्री, यूपीएस, चार्जर, तेह्र वटा सिमसहितको सोह्र वटा सिम लाग्ने पोट, सिम नभएको सोह्रवटा सिम लाग्ने पोट, केबल तार लगायतका सामाग्री बरामद भएको सीआईबीले जनाएको छ । नेपाली १३० र विदेशी ३७ जना पक्राउ सीबीआई टोलीले अबैध भीओआइपी सञ्चालन गरिएको १०८ स्थानबाट १३० जना नेपाली र ३७ जना विदेशीलाई पक्राउ गरी कारवाही गरेको जनाएको छ । पक्राउ परेकाहरु बिरुद्ध ११ अर्ब ९१ करोड, १ लाख १६ हजार १ सय ६३ रुपैयाँ ६५ पैसाको बिगो माग दाबी सहित अदालतमा मुद्दा दायर गरिएको सीआईबीले जनाएको छ ।