विकासन्युज

ठमेलमा चुनावी चटारो, सुधारका आधा दर्जन एजेण्डासहित प्रधान मैदानमा

काठमाडौं । ठमेल पर्यटन विकास परिषदमा चुनावीच चटारो सुरु भएको छ । यहि जेठ २५ गते हुने साधारण सभाले आगामी २ बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । ठमेलको सुधारका आधा दर्जन एजेण्डा बोकेर व्यवसायी अर्जुनलाल प्रधान चुनावी मैदानमा उत्रिएका छन् । ३० बर्षदेखि ठमेलमा व्यवसाय सञ्चालन गरिरहेका प्रधानको समुहमा गोपाल गुरुङ, महेश महर्जन, पाल्साङ गुरुङ, सहदेव धमला, बद्रि तिमिल्सना, पुण्यमान लगेजु लगायतका व्यवसायीहरुले पदाधिकारीको निर्वाचन लड्दैछन् । प्रधानले ठमेलमा व्यापाक सुधारका अवधारणा अघि सारेर निर्वाचनमा होमिएको बताए । ‘ठमेलको विरासत जोगाउने र यसलाई थप व्यवस्थित गर्ने निर्विकल्प पर्यटन गन्तव्य बनाउने योजनासहित हामी निर्वाचनमा होमिएका छौं’, अध्यक्षका प्रत्यासी प्रधानले भने । उनीहरुले ठमेलमा पार्किङ, सुरक्षा, अव्यवस्थित तार/पोल, होर्डिङ बोर्ड, ढल निकास, सडक तथा सरसफाई, सांस्कृतिक सम्पदाहरुको संरक्षण लगायतका एजेण्डा अघि सारेका छन् । त्यस्तै, माग्ने, सारङगी, फुटपाथमा समान बेच्ने, तेश्रो लिङगी लगायतका समस्या समाधान पनि आफ्नो एजेण्डामा रहेको प्रधान समुहबाट पदाधिकारीका उम्मेदवार महेशमान महर्जनले बताए । महर्जनलाई ठमेलमा स्थापित व्यवसायीका अलवा समाजसेवीका रुपमा समेत चिनिन्छ । उनीहरुले ठमेल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई जोड्ने डेडिकेटिड सडक तय गर्ने योजना पनि अघि सारेका छन् । ठमेललाई व्यवस्थित, आकर्षक र सुरक्षित पर्यटन गन्तव्यका रुपमा स्थापीत गराउने संकल्पसहित मतदाता भेटघाटमा लागेको पनि प्रधानले बताए । नयाँ नेतृत्व चयनका लागि ठेमल क्षेत्रका ७९३ व्यवसायी मतदाता रहेका छन् । आफ्नो समुहमा समाजसेवी पृष्ठभूमिका स्थापित व्यवसायीहरु रहेको प्रधानले दावी गरे ।

अनलाइन पत्रकार संघको अध्यक्षमा पुन: शिव सत्याल

काठमाडौं । अनलाइन पत्रकार संघको अध्यक्षमा शिवप्रसाद सत्याल पुनःचयन भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमत चयन गरको हो । संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन भएका छन् । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्राकुरा डटकमका गोविन्द अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा सेतोपाटी डटकमका प्रकाश ढुंगाना, काठमाडौं खबर डटकमका चन्डिका गुरागाईं, अन्नपूर्णका निर्दोष घोरसाइने चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू   

बेइजिङ । चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । घोषणा अनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप कर उठाउनेछ । यसरी लिइने थप करमा सामान अनुसार थप २५ प्रतिशत, २० प्रतिशत र १० प्रतिशतको भन्सार कर असुल्नेछ । त्यस्तै पहिला थप छ प्रतिशतको भन्सार कर उठाउने गरेको सामानमा निरन्तर छ प्रतिशत थपिएको छ । चीन–अमेरिका व्यापार विवादबारे अमेरिका र चीनबीच लामो समय छलफलपछि विश्व समुदायले विवाद अन्त्य गरी दुई ठूला अर्थतन्त्रले सम्झौता गर्ने अपेक्षा गरिएको थियो । चिनियाँ कानून र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्ने छ । जसमा बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने चीनले बताएको छ । यसका लागि चीनले आवश्यक ठोस कदम छोटो समयमै सार्वजनिक गर्ने चीनले शुक्रबार नै बताएको थियो । “चीनले विचारविमर्श र छलफलमार्फत व्यापार द्वन्द्व र मतभेदको समाधान गर्नुलाई प्राथमिकता दिइरहेको बताउँदै आएको छ । तर अमेरिकाले पेलेर अघि बढ्न खोजेमा चीनले पनि बाध्य भै तदनुरूप कदम चाल्न पछि हट्ने छैन,” चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ताले भने ।

जुकरबर्गलाई फेसबुकबाट हटाउने प्रयास विफल, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुबै जिम्मेवारी

सान फ्रान्सिस्को । मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । यससँग फेसबुकका कतिपय लगानीकर्ताले उनलाई फेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण फेसबुकको साखमा समस्या आउनसक्ने विचार राख्दै अध्यक्ष पद छाड्न सुझाब दिएका थिए । फेसबुकको वार्षिक साधारणसभामा गत बिहीवार भएको थियो । साधारण सभाल जुकरबर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने गरी अनुमोदन गरेको हो । फेसबुकमा जुकरबर्गको ६० प्रतिशत शेयर छ र उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै हार्ने सम्भावना रहेको थियो । साधारणसभाको परिणामले जुकरबर्ग थप समय पनि दुबै जिम्मेवारी सम्हाल्न तयार रहेको देखिएको छ । जकर्बर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो । “संसारको एउटा विशाल कम्पनीमा अहिले जुकरर्बर्गले दुईवटा महत्वपूर्ण पद ओगट्ने भएका छन् । यदिे प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ,“ ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले भने । तर जुकरबर्गले गत अप्रिलमा आफ्नो नेतृत्वको बचाउ गर्दै भनेका थिए,“हामीले त्रुटिबाट सिकेका छौँ कि छैनौँ त्यसबाट मानिसहरूले हामीलाई उत्तरदायी बनाउनुपर्छ भन्ने मलाई लाग्छ।” उनले साधारण सभापछि संछिप्त प्रतिक्रिया दिँदै भने “अबका दिनमा फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको तथ्याङ्कलाई थप गोप्य बनाउने प्रयास गर्नेछ ।” एजेन्सी

पबी गुरुङले बनाईन १ लाख अनुहारलाई सुन्दर, दक्षिण कोरियाकाे उपचार पद्धतिक

काठमाडाैं । नेपालमा छाला रोगको अत्याधुनिक कस्मोटोलोजी उपचार पद्धति दक्षिण कोरियाबाट नेपाल भित्रयाउने पहिलो महिला बनेकी छिन, पबी गुरुङ । त्यसो त नेपालमा डरमाटोलोजी विधिबाट धेरै अघि देखि छाला रोग उपचार हुँदै आएको छ । तर अत्याधुनिक कस्मोटोलोजी उपचार प्रक्रियाबाट अनुहारको चांया,पोतो,दाद त्यस्तै बढ्दो उमेर तथा आमा बनी सकेका महिलाका अनुहारमा देखिने दाग लेजर थेरापी प्रयोग गरी सजिलै हटाउने उपचार  शैली पबीले शुरुवात  गर्न सफल भएकी हुन् । लेजर थेरापीलाई उपचार प्रक्रिया मध्ये विश्वमा उत्कृष्ट र सुरक्षित मानिन्छ । सन २००३ मा दक्षिण कोरियाका प्रसिद्ध मेडिकल कलेज  चाउ भीउबाट दुई वर्षे कस्मोटोलोजी उपचारका शैधान्तीक अध्ययन  र प्रयोगात्मक तालिम लिएकी छिन् । त्यस पछि सन् २००६ देखी नेपालमा कोरियन स्किन केयर पार्लर सञ्चालन गरी हाल सम्म करिब १ लाख अनुहारलाई झन सुन्दर बनाउन सफल भएको अनको दाबी छ । सक्रिय र सृजनशील कार्यलाई सधैँ पछयाउने बानीले गर्दा उनको पार्लरमा महिलाहरूको लामो लाइन लाग्ने गर्दछ । जस कारण आज सम्म पार्लर चलाउन विज्ञापनको सहारा लिनु परेको छैन । विशेष गरी याहां डण्डीफोर, कम्बीनेशन केयर, पोर्स केयर र स्किन एलर्जी जस्ता रोगको सफल उपचार हुने गर्दछ । पबीका अनुसार अनुहारको छालामा पानीको मात्रा १० देखि २० प्रतिशत त्यस्तै लिपिङ नामक तत्व ११ प्रतिशत हुन जरुरी छ , यसबाट छाला सधैँ चम्किलो र उज्यालो देखिन गर्दछ । तर यदि नेचुरल मोस्चराईजर फयाकटर ३१ प्रतिशत भन्दा कम भएमा छाला चाउरी पर्दछ । जसलाई कस्मोटोलोजी उपचारबाट हेरचाह गरी रहर लाग्दो अनुहारमा फर्काउन सहयोग पुग्छ । उपचारमा प्रयोग गरिने सौन्दर्य प्रोड्कटस विश्व स्वास्थ्य सगंठनले गुणस्तर स्वीकृत गरेका उत्पादन मात्र प्रयोग गरिने भएकोले अन्य साइड इफेक्ट नहुने उनले दाबी गरेकी छिन् । छालामा विभिन्न समस्या देखिए प्राय सहरी महिला इन्टरनेट, युट्युब र सामाजिक सञ्चालमा देखिाइएका व्युटि प्रोडक्टस प्रयोग गर्दछन् । त्यस्ता उत्पादनले अनुहारको बाहिरी छाला फ्याँकी दिने गर्दछ । अनुहारको भित्रबाट पलाउने नरम छाला पूर्ण विकास हुनको लागि २८ दिन लाग्दछ । त्यस क्रममा घामको कडा किरणले त्यो कलिलो छालालाई असर पु¥याईदिने गर्दछ , फलस्वरुप  अनुहार कुरूप देखिन्छ । त्यस कारण व्युटि प्रोडकट प्रयोग गर्दा प्रयोगशालामा गुणस्तर प्रमाणीकरण  गरिएको वा विश्व स्वास्थ्य सगठनले समर्थन गरेका उत्पादन प्रयोग गर्न उनले सुझाएकी छिन् ।

एकदिनमै १५०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार घरेलु बजारमा प्रतितोला सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेको छ । बिहीबार ५९ हजार सात सयका कारोबार भएको प्रतितोला सुन शुक्रबार बढेर ६० हजार सात सय रुपैयाँ पुगेको हो । सरकारले आर्थिक विधेयक-२०७६ मार्फत भन्सार मूल्य बढाएको, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाका कारण त्यसको असर घरेलु बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा अमेरिकी करेन्सीको दर बढेर एक सय १२ रुपैयाँ पुगेको छ । यसले पनि सुनको मूल्य बढाउन सघाएको उनले बताए । ‘साथै आगामी जुन १० देखि मेक्सिकोबाट अमेरिका आयात हुने सामानमा थप पाँच प्रतिशत भन्सार महसुल बढ्ने निर्णय भएको छ । यसको असर अन्तर्राष्ट्रिय बजारमा देखिन थालेको छ,’ उनले भने ‘५९ हजारको हाराहारीमा रहेको प्रतितोला सुनको मूल्य अब ६१ हजारमा जाने सम्भावना बढेको छ ।’ सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार प्रतितोला सुनमा नौ सय ६२ रुपैयाँले भन्सार महसुल बढाएर पाँच हजार आठ सय ३२ रुपैयाँ पुर्याएको छ । यस अघि प्रतितोला सुनमा चार हजार नौ सय भन्सार महसुल लाग्दै आएको थियो । ‘प्रतिदश १० ग्राम सुनमा आठ सय रुपैयाँले भन्सार महसुल बढेको छ,’ उनले भने ‘हामीले १० ग्राम सुनमा एक हजार रुपैयाँ बढाउन र नेपालबाट भारतमा अवैधानिक तवरबाट जाने सुनको ब्यालमार्केट रोक्न भन्सार महसुल बढाउन सुझाव दिएको थियौ । ’ विदेशबाट नेपाल फर्कदा विना महसुल ५० ग्राम सुन ल्याउन पाउने व्यवस्था छ भने त्यसपछिको ५० ग्राम ६ हजार दुई सय भन्सार महसुल तिर्नुपर्छ । अझ बढी सुन ल्याएमा अर्थात त्यसपछि ५० ग्राम सात हजार दुई सय भन्सार महसुल तिर्नु पर्ने नयाँ व्यवस्था सरकारले गरेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस सुनको मूल्य १४ डलर डलरले बढेर शुक्रबार एक हजार दुई सय ९२ डलरमा कारोबार भएको छ । यो मूल्य बढेर एक हजार तीन सयसम्म पुग्ने अनुमान पूर्व अध्यक्ष शाक्यले बताए । नेपालमा वार्षिक साढे सात सय किलो सुन खपत हुने गरेको छ । २०५५ सालमा एक हजार पाँच सय किलो सुन खपत हुने गरेमा सरकारले नियन्त्रकारी नीति लिएपछि वार्षिक कारोबार ६ सय किलोसम्म झरेको शाक्यले बताए । हाल दैनिक नेपाली बजारमा ३० देखि ३५ किलो सुन खपत हुने गरेको छ । संसारका चर्चित सुन बजारमध्ये चीन र भारतमा सबैभन्दा बढी सुन खपत हुने गरेको छ । भारतमा वार्षिक १२ सय टन सुनको कारोबार हुन्छ । वैधानिक च्यानलमा चार सय भित्र्याउने व्यवस्था सरकारले मिलाएको छ ।

मन्त्रीज्यू ! टेबुलमा फाइल कति दिन राख्न पाइन्छ ?

काठमाडौं । शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा निम्तालु थिए, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक लगायत । पुष्पलाल(मध्य पहाडी) राजमार्ग र हुलाकी राजमार्गमा रुग्ण अवस्थामा रहेका पुलहरु र सार्वजनिक खरिद नियमावलीमा गरिएको संसोधनबारे छलफलको कार्यसूची थियो । सडक विभागका महानिर्देशक केशब शर्माले दुई आयोजनाका रुग्ण पुलको विवरण सुनाए, त्यसपछि सुरु भयो सांसदहरुको जिज्ञासा । त्यस लगत्तै विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले प्रश्न गरिन्–‘मन्त्रीज्यू, आज हामीलाई जान्न मन छ, एउटा फाइल मन्त्री वा कर्मचारीहरुको टेबुलमा कति समयसम्म राख्न मिल्छ, कति समयभित्र टेबुलमा आईपुगेका फाइलहरु माथी निर्णय हुन्छ, त्यसको केहि न केहि कानुनी वा नितिगत व्यवस्था त होला नी ? सभापति खड्काले यस्तो प्रश्न गरेपछि भौतिक पूर्वाधार मन्त्री महासेठ अकमकाए । महासेठले केहि बोल्न खोज्दै गर्दा सभापति खड्का फेरि बोलिन् । उनले अघि थपिन–‘एउटा फाइल मन्त्री, कर्मचारीको टेबुलमा पुगेपछि कति समयभित्र हुन्छ वा हुन्नको जवाफ दिनुपर्ने हो ? हुन्छ भने हुन्छ भन्ने नहुने भए त्यसको कारणसहित फर्काउन कति समय चाहिन्छ, त्यो भन्नु पर्यो ।’ उनले अझै अघि बढेर भनिन–‘एउटा फाइल अड्काएर महिनौं, वर्षाैसम्म हुन्छ पनि नभन्ने हुन्न पनि नभन्ने हाम्रो प्रवृत्ति पनि विकासका लागि बाधक नै हो, आज हामीलाई यसको अन्त्य कहिले हुन्छ भन्ने जवाफ चाहिएको छ ।’ सभापतिको प्रश्न सुनेपछि मन्त्रीले जवाफ दिन सुरु गरे । तर लामो समयसम्म यो प्रशंगमा प्रवेश नै गरेनन् । खड्काले फेरि बिचमै आफ्नो प्रश्न सम्झाइन् । तर, मन्त्रीले ‘कुनै पनि फाइल एक दिन पनि अड्काउन पाइँदैन र अड्काउने गरिएको छैन’ मात्रै भने । बैठकमा सांसद जिपछिरिङ लामाले शक्तिशाली छानविन समिति बनाएर ठेक्का पट्टामा भैरहेका ढिलासुस्ति र अनियमितताको छानविन गर्नुपर्ने माग गरे । उनले निर्माण व्यवसायीलाई मात्रै दोष दिएर सरकार र सरकारी कर्मचारीले आफुलाई दुधले नुहाएको सावित गर्न नसक्ने बताए । ‘प्रधानमन्त्री कार्यालय, विकास समिति, अख्तियार, भौतिक मन्त्रालय, निर्माण व्यवसायी सहभागी शक्तिशाली छानविन समिति गठन गरेर अलपत्र परेका ठेक्काहरुको अध्ययन गरौं, जे निचोड निस्कन्छ त्यसकै आधारमा सबै दोषीलाई कारवाही गरौं’, लामाले भने । उनले विकास निर्माणमा ठेकेदारहरु दोषी भएपनि सरकारी कर्मचारी पनि दोष मुक्त भने नभएको दावी गरे । सांसद गणेशकुमार पहाडीले आयोजना पूर्व तयारीको काम नगरि ठेक्का लगाउँदा ठेकेदार र कर्मचारी दुबैले आयोजना अलपत्र पारेको बताए । अर्का सांसद यज्ञराज सुनुवारले पनि निर्माण व्यवसायीलाई कामचोर बनाउनुमा सरकारी संयन्त्रहरुको पनि भूमिका रहेको आरोप लगाए । बैठकमा मध्य पहाडी राजमार्गका १४ वटा पुलहरुको ठेक्का रुग्ण अवस्थामा पुगेको र हुलाकी राजमार्गका १० वटा पुलका ठेक्का रुग्ण अवस्थामा पुगेको जानकारी गराईएको थियो । समितिले रुग्ण अवस्थामा पुगेका ठेक्काहरुको कार्य सम्पादन योजना तयार पार्न, हुलाकी र मध्य पहाडी सडकको बार्षिक कार्ययोजना चालु आर्थिक बर्षभित्रै तयार पार्न, हिमाल, पहाड र तराईमा निर्माण हुने पुल तथा सडकहरुमा मौसम अनुकुल बनाउन, सोही अनुसारको मापदण्ड र निर्माण सामग्रीको उपयोग गर्न, मध्य पहाडी राजमार्गको राइट अफ वे चालु आव भित्रै एकिन गर्न, सार्वजनिक खरिद नियमावलीको संसोधनपछि तोडिने ठेक्काहरुको कार्यान्वयन योजना बनाउन निर्देशन दिएको छ ।

तमिलनाडूकी निर्मला सीतारमण भारतको अर्थमन्त्रीमा नियुक्त

काठमाडौँ । नयाँ कार्यकालका लागि प्रधानमन्त्रीको सपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्थमन्त्रीका रुपमा निर्मला सीतारमणलाई नियुक्त गरेका छन् । भारतीय जनता पार्टीकी राष्ट्रिय प्रवक्ता सीतारमण यसअघि रक्षामन्त्री रहेकी थिइन् । उनी सन् २०१७ सेप्टेम्बरमा रक्षामन्त्रीमा नियुक्त भएकी थिइन् । रक्षामन्त्री हुनु अघि उनले भारतको बाणिज्य तथा उद्योग तथा बित्त तथा कर्पोरेट मामिला मन्त्री पद सम्हालेकी थिइन् । कहाँकी हुन् सीतारमण ? तमिलनाडुकी सीतारमणले भारत यूरोप टेक्सटाइल ब्यापारमा पिएचडी गरेकी छिन् भने इन्टरनेशनल रिलेशनमा एमफिल समेत गरेकी छिन् । निर्मलाको जन्म तमिलनाडूको एक सामान्य परिवारमा सन् १९५९ अगस्ट १८ तारिखमा भएको थियो । बुबा रेलवेमा जागिरे थिए । पढाईका अवधिमा उनले धेरै ठाउँमा काम पनि गरिन् । पतिसँगै लन्डन पुगेकी उनले त्यहाँ घरको सजावटको सामान बिक्री गर्ने पसलमा सेल्स गर्लका रुपमा काम गरिन् । उनले लन्डनमा प्राइम बाटरहाउस नामक कम्पनीमा सिनियर म्यानेजरका रुपमा पनि काम गरिन् । केही समय बीबीसी विश्वसेवामा समेत काम गरिन् र पछि उनी भारत फर्केकी थिइन् । जेएनयूमा पढाईका क्रममा निर्मला र डा. परकाला प्रभाकरबीच प्रेम भएको थियो, पछि दुबै जनाले विवाह गरे । २००६ देखि भाजपामा आवद्ध सन् २००६ मा भारतीय जनता पार्टीमा आबद्ध भएकी उनी सन् २००३ देखि २००५ सम्म राष्ट्रिय महिला आयोगको सदस्य थिइन् ।