काँग्रेस जागरण अभियान: एक महिनामा दुई हजारभन्दा बढी कार्यक्रम,आगामी योजना के के छन् ?
काठमाडाैं । नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडा स्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, र्याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । जागरणको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भएर यही जेठ २५ गते सम्पन्न भएको थियो । प्रथम चरण र आगामी कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी लगायतको सहभागिता रहेको बताए । अभियानलाई व्यवस्थित बनाउन पार्टीले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । प्रथम चरणको जागरण अभियानलाई पछिल्लो समय कुनै पनि राजनीतिक दलद्वारा जनस्तरमा प्याकेजमा अघि सारिएको बृहत् र नवीन एक मात्र कार्यक्रमका रुपमा काँग्रेसले व्याख्या गरेको छ । अभियानका क्रममा स्थानीय तहसम्म बृहत स्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव सङ्कलन हुनाका साथै गणतन्त्र, सङ्घीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा बौद्धिक छलफल भएको थियो । कार्यक्रममा विभिन्न पार्टीका ३१ हजार ६४२ काँग्रेसमा प्रवेश गरेकाे प्रवक्ता शर्माले भने, “काँग्रेसले आफूलाई नवीन ढङ्गले अघि बढाएर संविधान, सङ्घीयता र लोकतन्त्रको रक्षा एवं संवर्धनको भूमिका निर्वाह गर्नुपर्ने आम अपेक्षा देखिएको छ ।” सोही आशा र विश्वासको भावनाका साथ काँग्रेसमा समाहित हुन चाहने आकाङ्क्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको सो पार्टीले जनाएको छ । अभियानका क्रममा सत्तारूढ पार्टी एवं अन्य विभिन्न पार्टीबाट देशभरिका कार्यक्रममार्फत ३१ हजार ६४२ काँग्रेसमा प्रवेश गरेकाे र प्रवेश गर्नेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँनगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका अन्य पार्टीका नेता कार्यकर्तासमेत रहेको उनले जानकारी दिए । उनीहरुलाई पार्टीले आवश्यक प्रशिक्षणपश्चात् उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ । अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । काँग्रेसलाई सुदृढ र नवीन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा औँल्याइएका कमजोरी आत्मसात् गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै काँग्रेस अघि बढ्ने जनाइएको छ । उक्त अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको छ । यही जेठ २३ मा भएको प्रथम रक्तदानमा ७३ व्यक्तिले रक्तदान गरेर ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको छ । असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ । असार तेस्रो साता केन्द्रीय समितिको बैठक जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ । प्रथम चरणका खटिनुभएका केन्द्रीय प्रतिनिधिले आगामी असार १४ गतेभित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्देशन गरिएको छ । पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिबीच विशेष विर्मश गरी जागरण अभियानको प्रथम चरणको समीक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दामा केन्द्रित रहेर काँग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ । जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै नेपालको संविधान र काँग्रेसको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिने प्रवक्ता शर्माले जानकारी दिएका छन् । नेपाल विद्यार्थी सङ्घलगायतका भ्रातृ संस्थाहरुबारे पनि आवश्यक निर्णय यथाशीघ्र लिइने शर्माले बताए । अभियानको दोस्रो चरण पूर्व काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रम गरिनेछन् । काँग्रेसको उम्मेदवार भएर विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, सङ्गठन र समृद्धि’ केन्द्रित प्रशिक्षण आगामी साउनको प्रथम साता काठमाडौँमा आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ । गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग सात प्रदेशका जिल्लालाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण आयोजना गर्ने प्रतिष्ठानको पूर्व निर्णयबमोजिम साउन प्रथम साता नै प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण आयोजना गरिने प्रवक्ता शर्माले जानकारी दिए । त्यस्तै नेपाली जनसम्पर्क समितिका लागि यही जुन महिनाको २१–२३ तारिखमा डेनमार्कमा आयोजना गरिने प्रशिक्षणमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहने काँग्रेसले जनाएको छ । आन्तरिक सङ्गठनात्मक विषयवस्तुहरुमाथि प्रशिक्षणका अलावा विश्वस्तरीय सो कार्यक्रममा नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाव, विश्वको बदलिँदो राजनीति, दक्षिण एशिया र नेपाल, समाजवादको युरोप अनुभवको आलोकमा नेपाल जस्ता महत्वपूर्ण विषयहरुमा विषगत अन्तरक्रिया हुनेछ । प्रवक्ता शर्माले गुठीसम्बन्धी विधेयक सरोकारवाला पक्षसँग छलफल नगरी ल्याएको बताउँदै सो विधेयकले परम्परा, धर्म, संस्कृतिमाथिअतिक्रमण गर्नै भन्दै फिर्ता लिन सरकारसँग माग गरेका छन् । साथै उनले लोकसेवा आयोगको सार्वजनिक गरेको स्थानीय कर्मचारीआवेदनसम्बन्धी विज्ञापनमा संविधानले अङ्गीकार गरेको समावेशिता सिद्धान्त समावेश गर्नुपर्ने र करारमा कर्मचारी भर्ना गर्न नहुने धारणा समेत व्यक्त गरेका छन् । रासस
साञ्जेन र रसुवागढीमा ६०/६० लाखको सवाल, साउन पहिलो सातादेखि शेयर कारोबार
काठमाडौं । साञ्जेन र रसुवागढीको शेयर सूचीकरण साउनपछि मात्रै हुने निश्चितजस्तै भएको छ । धितोपत्र बोर्ड र नेप्सेको सूचीकरण शुल्कका कारण उक्त शेयरको सूचीकरणमा ढिलाई हुन लागेको हो । एक महिनाअघि शेयर सूचीकरण हुँदा प्रत्येक संस्थालाई ६०/६० लाख रुपैंया व्ययभार हुने भएपछि सो भार कम गर्न उक्त शेयर सूचीकरणलाई एक महिना ढिला पुर्याएको बताइएको छ । ‘हाल सर्वसाधारण, संस्थाका कर्मचारी र संस्थापक कम्पनीका कर्मचारी समेत ६/६ लाख शेयरधनीहरु छन् । नेपाल स्टक एक्चेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायतका कम्पनीहरुमा नबिकरण शुल्क बापत प्रति शेयरधनी वार्षिक करिब १० रुपैंया नवीकरण शुल्क लाग्दो रहेछ । त्यसो गर्दा प्रत्येक वर्ष करिब ६० लाख शुल्क तिर्नु पर्ने भयो । अहिले सूचीकरण गर्दा फेरि साउनमा नविकरण शुल्क बुझाउनुपर्छ । यसो हुँदा एक महिनाकै लागि सो मात्रामा शुल्क तिर्नुपर्ने देखियो, नयाँ आर्थिक वर्ष सुरु भएपछि सूचीकरण भए एक वर्षको खर्च बच्ने भयो, त्यसैले ढिला भएको हो ।’ स्रोतले विकासन्यूजसँग भन्यो । साञ्जेन हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ पनि शेयर कारोबार सुरु हुन साउनको पाहिलो सातासम्म लाग्नसक्ने बताए । तर उनले निर्धारित समयभन्दा अघि शेयर बिक्री भएको र सबै प्रकारका शेयरधनीको एकैपटक शेयर सूचीकरण गर्न लागिएकोले सूचीकरण हुन समय लागेको बताए । उनले शेयर सूचीकरणको बारेमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँग एक चरणको छलफल गरेको दाबी समेत गरे । ………………….. यो पनि हेर्नुहोस् : कर्मचारीको शेयरले अल्झायो साञ्जेन र रसुवागढीकाे सूचीकरण, ‘एक साताभित्रै नेप्से जान्छाैं’
कैलालीको अत्तरियामा प्रभु बैंकको शाखा बिस्तार
काठमाडौँ । प्रभु बैंक लिमिटेडले जेठ ३० गतेदेखि कैलाली जिल्ला गोदावरी नपा वडा नं.१ स्थित अत्तरियामा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको गोदावरी नपाका नगर प्रमुख हरिसिंह साउदले उद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो । बिहीबारदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको सेवाउपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।
कर्मचारी निर्देशिकाप्रति नागरिक लगानी कोषका कर्मचारीहरु असन्तुष्ट
काठमाडौं । नागरिक लगानी कोषले ल्याएको कर्मचारीसम्बन्धी निर्देशिकाप्रति कर्मचारीहरु असन्तुष्ट देखिएका छन् । प्रस्तावित निर्देशिकाले आफूहरुको मौलिक हकसमेत कुण्ठित हुने भन्दै उनीहरुले त्यस्तो निर्देशिका सच्याउन माग गरेका छन् । सांकेतिक विरोधस्वरुप उनीहरुले अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । कोषले ल्याएको निर्देशिकामा कर्मचारीहरुलाई कोष संस्थागत ग्राहकहरुसँग व्यक्तिगत सम्बन्ध नपाउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले गर्दा नागरिक लगानी कोषमा सञ्चय गर्ने बैंक तथा वित्तीय संस्थासँग ऋण कारोबार गर्नेदेखि दोस्रो बजारमा शेयर खरिदबिक्री गर्न समेत नपाउने अवस्था रहने भन्दै कर्मचारीले विरोध जनाएका हुन् । कोषले ल्याएको निर्देशिका हाल स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको छ । तर कोषका उच्च अधिकारीहरु भने निर्देशिकाले कर्मचारीहरुको मौलिक हक कुण्ठित गर्नेगरी केही व्यवस्था नगरिएको बताउँछन् । ‘एउटा निर्देशिकाले संविधानले दिएको मौलिक हकप्रतिकुल काम गर्न सक्दैन । कोषसँग संस्थागत रुपमा सम्बन्ध बनाएर व्यक्तिगत रुपमा लाभ लिने अवस्था नहोस् भन्ने सम्बन्धमा केही व्यवस्था गरिएको हो, त्यसमा आपत्ति मान्नुपर्ने कुनै विषय छैन’ कोषका एक अधिकारीले विकासन्यूजसँग भने ।
लगानीकर्ताले कम्तिमा १५-२० प्रतिशत नाफा खोजेका हुन्छन्: भरत रानाभाट
भरत रानाभाट स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष हुन् । कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं ३५) का प्रबन्ध निर्देशक समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन गरेका रानाभाट पोखराका स्थानीय हुन् । शंकरदेव क्याम्पसमा अध्ययन गर्दै गर्दा साधारण शेयर भर्न थालेका उनले सोही समयमा शेयर बजारबारे जानकारी लिने अवसर पाएका हुन् । २०६८ सालमा कोहिनूरले ब्रोकर लाइसेन्स पाएसँगै उनी यो क्षेत्रमा क्रियाशील छन् । जेठ १५ गते आगामी आवको बजेट भाषणपछि सेयर बजार घट्दो क्रममा छ । सेयर बजारमा सुधार गर्नु पर्ने विषय के के छन् ? कस्ता कम्पनीको सेयर किन्दा बढी लाभ हुन्छ ? लगायत समग्र शेयर बजारको अवस्थाबारे केन्द्रित रही गरिएको विकास बहसः सेयर बजारमा सुधार गर्नुपर्ने विषय के के छन् ? राम्रो र अन्तर्राष्ट्रिय सेयर बजार बनाउनको लागि अझै धेरै सुधार आवश्यक छ । केही समयअघि अर्थमन्त्रालयले डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठन गरेको उपसमितिले धेरै राम्रो सुझाव दिएको छ । त्यसलाई कार्यान्वयन गर्ने हो भने बजारमा धेरै सुधार हुन्छ । हामी बल्ल अनलाईन ट्रेडिङ सिस्टममा प्रवेश गरेका छौं । विदेशी लगानीकर्तालाई नेपालको पुँजी बजारमा भित्र्याउने, गैरआवासीय नेपालीहरूले नेपाली कम्पनीको सेयर किन्न अवस्था बनाउन अझै धेरै काम गर्नुपर्छ । पुँजी बजारको दायरा पनि फराकिलो बनाउन जरुरी छ । नेपालको पुँजी बजारमा अझै पनि इक्विटी शेयर मात्र किनबेच हुन्छ । अरु अप्सन छैन । नयाँ नयाँ अप्सन आउनु आवश्यक छ । नेप्सेमा सूचिकृत भएको सरकारी ऋणपत्र, बैंकका ऋणपत्रको कारोबार हुँदैन । म्यूचल फण्डले पनि लगानीकर्तालाई आकर्षित गर्न सकेको छैन । ऋणपत्रको बारेमा लगानीकर्तालाई बुझाउन पनि सकिएन । लगानीकर्ताहरू किन ऋणपत्र तथा म्यूचल फण्डतर्फ आकर्षित भएनन् ? पहिलो, हामीले लगानीकर्तालाई यो विषयमा बुझाउने प्रयास नै गरेका छैनौ । दोस्रो, हाम्रो समाजमा लगानीकर्ताको स्वभाव पनि धेरै गतिशिल छैन । एउटा बैंकमा ७ प्रतिशत व्याजमा निक्षेप राखिरहेको निक्षेपकर्ता अर्को बैंकले ९ प्रतिशत व्याज दिँदा पनि बढी व्याज दिने बैंकमा निक्षेप सार्दैन । जम्मा २ प्रतिशत मात्र फरक त रहेछ भनेर बस्छन् । पुँजी बजारमा पनि थोरै नाफाले लगानीकर्ताहरू आकर्षित गरिरहेको हुँदैन । सानो पुँजी लगानी भएको लगानीकर्ता धेरै भएर पनि यस्तो भएको हुन सक्छ । लगानीकर्ताका लागि सेयर बजारमा धेरै विकल्पहरू छन् । २ सय भन्दा बढी कम्पनी छन् । त्यसमा राम्रा कम्पनीहरु पनि धेरै छन् । लगानीकर्ताले राम्रो कम्पनी छान्न सक्नुपर्छ । पछिल्लो समय बैंकहरुले निक्षेपमा नै करिव १० प्रतिशत व्याज दिएका छन् । निक्षेपमा १० प्रतिशत व्याज भनेको धेरै राम्रो आम्दानी हो । सेयरमा लगानी गरेर १५-२० प्रतिशत नाफा हुने नदेखिएसम्म उनीहरु निक्षेपबाट पैसा झिकेर सेयरमा लगानी गर्दैनन् । निक्षेपको व्याजदर उच्च भएकोले पनि सेयर बजारको विकासमा यसको सकारात्मक भूमिका हुँदैन । लगानीकर्ताको स्वाभाव कस्तो देखियो भने नाफा भए पनि धेरै नाफा खोज्ने, नोक्सान नै भयो भने पनि ठूलो नोक्सान सहने देखियो । किन यस्तो भएको होला ? सेयर बजारमा मात्र होइन, अन्य बजारको अवस्था पनि त्यस्तै छ । विकशित देशमा व्यवसायीहरुले १-२ प्रतिशत नाफामा कारोबार गरिरहेका हुुन्छन् । तर, नेपालमा जुनसुकै व्यापार व्यवसायमा पनि लगानीकर्ताले १५-२० प्रतिशत नाफा लिईरहेकै हुन्छन् । बैंकहरुले १३-१४ प्रतिशत व्याज दिदाँ पनि चाहेजति पैसा उठाउन सकेनन् । किनभने बैंकले दिने व्याजभन्दा अरु क्षेत्रमा गर्ने लगानीको प्रतिफल बढी छ । अब कस्ता कम्पनीको सेयर किन्दा बढी लाभ हुने देख्नुहुन्छ ? लगानीकर्ताका लागि सेयर बजारमा धेरै विकल्पहरू छन् । २ सय भन्दा बढी कम्पनी छन् । त्यसमा राम्रा कम्पनीहरु पनि धेरै छन् । लगानीकर्ताले राम्रो कम्पनी छान्न सक्नुपर्छ । नेप्से परिसूचक छोटो अवधिमा ११ सय अंकबाट १३ सय पुग्यो । नेप्से परिसूचक २ सय अंक बढ्दा पनि केही कम्पनीको सेयर मूल्य झनै घट्यो भने केही कम्पनीको सेयरको भाउ ह्वात्तै बढेको छ । राम्रो कम्पनी छनोट गर्नेहरुले यहि बीचमा एक सय प्रतिशतभन्दा बढी लाभ लिन सफल भए । जस्तो शिवम् सिमेन्ट कम्पनीको सेयर मूल्य झरेर ३ सयसम्म पनि पुग्यो । अहिले बढेर ७ सय नजिक छ । ३ सयदेखि ३५० सम्ममा यस कम्पनीको सेयर किन्नेलाई अहिले १०० प्रतिशत फाइदा भयो । ५०-५५ प्रतिशत लाभांश दिदै आएको नेपाल टेलिकमको सेयर अहिले ७ सयमा किन्न पाइन्छ । ३५-४० प्रतिशत लाभांश दिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर करिव ५ सयमा किन्न पाइन्छ । सेकेण्डरी बजारमा किनेको सेयरले पनि ७-८ प्रतिशत प्रतिफल दिएकै छ । यो राम्रो अवस्था हो । भलै मुद्दती खातामा आउने व्याजभन्दा अझै कम छ । सेयर बजारमा लगानी गर्नेले कम्पनीले कमाएर दिने लाभांश मात्र हेर्दैनन् । पुँजीगत लाभ पनि हुन्छ । अहिले ५ सयमा किनेको सेयरको मूल्य दुई वर्षपछि हजार÷बाह्र सय पुग्न पनि सक्छ । विगतमा बीमा समूह, लघुवित्त समूहको शेयरमा लगानी गर्नेले पुँजीगत लाभ उच्चदरमा लिएको हामीले देख्यौं । बैकिङ क्षेत्रले रिर्टन राम्रो दिँदै आएको छ । ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई कस्तो सेवा दिईरहेका छन् ? हाम्रो बजारमा ब्रोकर कम्पनीको सेवाबारे प्रश्न उठ्छन्, टिकाटिप्पणी हुन्छन् । तर, लगानीकर्ताको तर्फबाट ब्रोकर कम्पनीले भोगेको समस्याबारे कमै चर्चा हुन्छ । शेयर किन्न आदेश दिने, तोकिएको समयभित्र भुक्तानी नदिने, पैसा उठाउन ब्रोकर कम्पनीले धेरै मिहेनत गर्नुपर्ने अवस्था पनि छ । सेयर बिक्री भएको दुई दिनभित्र पैसा आफ्नो हातमा परोस् भन्ने लगानीकर्ताले शेयर किनेपछि दुई दिनभित्र भुक्तानी दिनुपर्छ भन्ने पनि तथ्यलाई पनि मनन् गर्नुपर्यो । सेकेण्डरी बजारमा किनेको सेयरले पनि ७-८ प्रतिशत प्रतिफल दिएकै छ । यो राम्रो अवस्था हो । भलै मुद्दती खातामा आउने व्याजभन्दा अझै कम छ । घरबाटै सेयर किनबेचको आदेश दिन सक्ने, घरबाटै भुक्तानी दिनेसम्मको बजार विकास होस् भन्ने हाम्रो चाहाना हो । त्यसको लागि आवश्यक पूर्वाधार पनि तयार हुनुपर्यो । पेमेन्ट प्रणालीमा पनि सुधार हुनुपर्छ । लगानीकर्तालाई उचित शिक्षा पनि दिनुपर्छ । भनिन्छ, पुँजी बजारमा लगानी गर्नेको संख्या १५ लाख भईसक्यो । उनीहरुले पुँजीबजारबारे उचित शिक्षा कहाँबाट लिने ? कलेजबाट सेयर बजारबारे प्रयाप्त र व्यवहारिक ज्ञान लिन नसकेको ठूलो जमातलाई उचित शिक्षा आवश्यक छ । त्यसको लागि उचित पूर्वाधार सहितको सुविधा सम्पन्न र दक्ष जनशक्ति पनि भएको प्रशिक्षण दिने संस्थाको पनि आवश्यकता भएको भनी हामीले धितोपत्र बोर्डसँग पनि कुरा गरेका छौं । बुझेर लगानी गर्नेहरुले बजारमा बढी लाभ र कम नोक्सान लिने सम्भावना हुन्छ । ब्रोकर कम्पनीहरुले सेवा शुल्क लिन्छ तर लगानीकर्तालाई सुसूचित गर्ने, प्रशिक्षण गर्ने काम किन गर्दैनन् ? कुनै पनि व्यापारमा आफ्ना ग्राहकलाई उचित जानकारी दिने, उसलाई पनि लाभ दिने प्रयास व्यापारीले गरेका हुन्छन् । ग्राहकलाई नोक्सान मात्र भयो भने ऊ भोलि किन हाम्रोमा आउने ? आउँदैन । लगानीकर्तालाई प्रशिक्षण गर्ने, तालिक दिने जस्ता सेवा हामीले दिनै पाउँदैनौ, कानुनले रोक्छ । स्टक ब्रोकरहरुको सेवा क्षमता कस्तो छ ? स्टक ब्रोकर कम्पनीहरुको लागि धितोपत्र बोर्डले निश्चित मापदण्ड तोकेको छ । सञ्चालकको योग्यता, कम्पनी पुँजी, जनशक्ति, कार्यालयको आकार, कार्यालयमा प्रयोग हुने प्रविधि सहितको मापदण्डहरु छन् । ती मापदण्ड पूरा नहुनेले लाइसेन्स नै पाएनन् । त्यति मात्र होइन, अहिले ब्रोकर कम्पनीहरुले नियामकले तोकेभन्दा बढी लगानी गरेका छन् । तोकेको भन्दा ठूलो कार्यालय राखेका छन् । तोकेकोभन्दा बढी कर्मचारी राखेको छन् । पुँजी २० लाखबाट २ करोड पुग्यो, मार्जिन लेण्डिङको लागि ५ करोड भनियो, त्यो पूरा भएको छ । अनलाइन कारोबार हुँदैमा लगानीकर्ता फ्लोरमा जान छोड्दैनन् । ताजा सूचनामा अपडेट हुन, लगानीकर्ताको मनोविज्ञान जान्न, फुर्सदिला मान्छेले आफूलाई व्यस्त राख्ने चाहानेहरु जहिले पनि ब्रोकरको अफिसमा नै आउँछन् । अनलाइन कारोबार शुरु भईसकेपछि पनि सेयर ब्रोकरको अफिसमा किन मानिसहरुको भीड लाग्छ ? अनलाइन कारोबार हुँदैमा लगानीकर्ता फ्लोरमा जान छोड्दैनन् । ताजा सूचनामा अपडेट हुन, लगानीकर्ताको मनोविज्ञान जान्न, फुर्सदिला मान्छेले आफूलाई व्यस्त राख्ने चाहानेहरु जहिले पनि ब्रोकरको अफिसमा नै आउँछन् । विकशित देशमा पनि यस्तो ट्रेन हुन्छ । संस्थागत लगानीकर्ता, अफिसमा काममा व्यस्त हुने लगानीकर्ताहरु हिजो पनि ब्रोकरको अफिसमा आउँदैन थिए भने अहिले पनि आउँदैन । ब्रोकरको अफिसमा आएर लगानी गर्ने लगानीकर्ताले बढी लाभ लिन्छन् कि घरमा वा अफिसमा बसेर लगानी गर्ने लगानीकर्ताले बढी कमाउँछन् ? ब्रोकर कम्पनीमा आउनेहरु छिटो निर्णय लिन्छन् । कुनै कम्पनीको सेयर मूल्य बढ्यो, अझ बढ्छ भन्द वरिपरी भएका ८-१० जनाले सेयर किने भने त्यो कम्पनीको बारेमा केही पनि जानकारी नै नभएको व्यक्तिले पनि त्यहि कम्पनीको सेयर किन्छ । यस्तो लगानीको जोखिम बढी हुन्छ । घट्न थाल्यो भने पनि छिट्टै निर्णय लिन्छ । घरमा बसेर लगानी गर्नेले कम्पनीको विषयमा अध्ययन गरेर मात्र निर्णय लिन्छ । तर ताजा खबरको आधारमा निर्णय लिनुपर्ने अवस्थामा ब्रोकरकोमा धाउने लगानीकर्ताले फाइदा लिन्छ, घरमा बस्नेले लिनसक्दैन ।
फिल्म रिभ्यूका कारण होईन, मानीहानी गरेकाले हामी प्रहरीमा जान बाध्य: निर्देशक चाम्स
काठमाडौं । चलचित्र वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेका आरोपको निर्देशक मिलन चाम्सले खण्डन गरेका छन् । पत्रकार सम्मेलन गर्दै निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेईज्जतीका कारण गौतमविरुद्ध प्रहरी कहाँ गएको स्पष्टीकरण दिएको बताए । उनले आफ्नो उद्देश्य प्रनेशलाई दुःख दिनु नभएको स्पष्ट पार्दै भने,‘मैले गौतम भाईलाई पाठ सिकाउनको लागि पनि प्रहरी कहाँ गएको हुँ, यो मैले उसलाई व्यक्तिगत ईगो राखेर थुन्न खोजेको थिईँन् ।’ प्रनेश पक्राउ परेपछि आफूले उनका बाबु र आमासँग पनि भेटेरै कुराकानी गरेको चाम्सले सुनाए । निर्देशक चाम्सले प्रनेशले अहिले आएर आफ्नो गल्ती स्वीकार गरिसकेकोले उनलाई छुटाउनको लागि आफूले प्रक्रिया सुरु गरेको पनि जानकारी दिए । उनले भने,‘प्रनेश छुटिसकेपछि मेरो तर्फबाट उसलाई गर्नुपर्ने सहयोग पनि म गर्न तयार छु ।’ प्रनेश कमेडियन भएको नाताले आगामी दिनमा यही फिल्डमा आउन चाहे आफूले सहयोग गर्नेपनि उनले वचनबद्धता व्यक्त गरे । समिक्षामा अपशब्द प्रयोग गरिएको कारण त्यस्तो शब्द तथा चरित्रमाथी सम्पुर्ण नागरिकको ध्यान केन्द्रीत भएको जनाउदै त्यस्ता अपशब्दले बालबालिका तथा पेशागत सबैको मनोभावनामाथि आघात पुग्न जानेतर्फ पनि उनले ध्यानाकार्षण गराए । समिक्षाकै क्रममा प्रनेशले खलाँसी, ड्राइभरको काम गरि आफ्नो जिविका चलाउनेहरुको पेशाकर्मीमाथी आघात पु¥याउने कुरा गरिएकोप्रति आफ्नो आपत्ति रहेको पनि चाम्सले सुनाए । उनले थपे,‘केही संचार माध्ययमहरुमा चलचित्र समिक्षा गरेकै आधारमा प्रक्राउ गरियो भन्ने कुरा हल्लामात्र हो, त्यसभित्रको वास्तविकतामा सबैको ध्यान पु¥याउन आवश्यक छ ।’ आफुले प्रनिसलाई ‘साइवर–क्राइम’मा फसाउन खोजेको भन्नेबारे खण्डन गर्दे उनले प्रनेशले आफ्नो गल्ती स्विकार गरिसकेका कारण पनि चाँडै नै हिरासतमुक्त गराउन पहल भैरहेको स्पष्ट पारे । कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले अन्याय परेको मान्छेले आवाज उठाउन पाउनुपर्ने जिकिर गरेका थिए । त्यस्तै, नेपाल निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, सञ्चारकर्मी नरेश भट्टराई र गायक तथा संगितकार कालिप्रसाद बाँस्कोटाले आ-आफ्नो धारणा राखेका थिए । उनीहरुले चलचित्रको बारेमा समिक्षा गर्न पाईने भएपनि व्यक्तिलाई लक्षित गरेर जात, रंगको आधारमा विभेद गर्न नपाईने धारणा राखेका थिए ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, चार घाइते
काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल गए राति करिब १०ः३० बजेको समयमा एकआपसमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै मोटरसाइकल चालक हुन् । दुवै मोटरसाइकलमा चालकसहित तीन/तीन जना बसेका थिए । मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिएका छन् । ना२५प ६९२२ नंको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी सामान्य घाइते छन् । ती दुवैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन् भने ज२प ७८८६ नंको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी भएका छन् । गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ । रासस
कास्कीको रुपा गाउँपालिकामा सनराइज बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ । सनराइज बैंकले रुपा गाउँपालिका र स्कुल अफ बिजनेस, पोखरा विश्वविध्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता: सबै नेपालीको बैंक खाता ‘ अभियानलाई निरन्तरता दिदैं, सनराइज बैंकले जेठ २६ गते रुपा गाउँपालिका वडा नं. २, थुम्कीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमको सुरुवात रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र स्कुल अफ बिजनेस, पोखरा विश्वविध्यालयका डाइरेक्टर डा. रवीन्द्र घिमिरेले गरेका थिए ।