विकासन्युज

सार्वजनिक यातायातको भाडा बढ्यो, अब प्रति ४ किमि १६ रुपैयाँ

काठमाडौं । असार १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ । १२ प्रतिशतसम्म भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । सूचना अधिकारी खनालका अनुसार प्राविधिक समितिको सिफारिसमा यात्रु बोक्ने र मालसामान बोक्ने दुबै यातायातका साधनको भाडा बृद्धि गर्ने निर्णय भएको हो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गर्ने निर्णय भएको हो । महानिर्देशक दाहालका अनुसार अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ, यसअघि १४ रुपैयाँ तिर्नु पथ्र्यो ।

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जाबाट १० मेघावाट विद्युत, एडीबीले सहयोग गर्ने

लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैंक (एडिबी) को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको प्रमुख अधिकारीले बताए । एशियाली विकास बैंकका अधिकृत नरेश प्रधानका अनुसार सौर्य ऊर्जा जडानका लागि एडिबीले रु एक अर्ब अनुदान रकम दिने गरी छलफल चलाएको हो । प्रधानले भने, “१० मेघावाट सौर्य ऊर्जा निकाल्न करीब एक अर्ब लगानी लाग्ने अनुमान छ । उक्त रकम अनुदानमा प्राप्त हुनेछ । सोहीअनुसार विद्युत्, एडिबी र नागरिक उड्डयन प्राधिकरणबीच छलफल भइसकेको छ ।” छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित छ । चीनको नर्थवेस्ट सिभिल एयरपोर्टमा कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएर काम गरिरहेको विमानस्थल आगमी पुस मसान्तभित्र फुल फेजमा सञ्चालनमा आउने बताइएको छ । विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा एडिबीले ५८ दशमलव ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलब ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएता पनि अहिले एडिबीले ६२ दशमलब ६ प्रतिशत र क्यानको ३७ दशमलब ४ प्रतिशत लागत बेहोरिरहेका छन् । नेपाल सरकारले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । रासस

भुवन चैत्य वसुन्धरा फाउण्डेशनद्धारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग

काठमाडौं । चलचित्रकर्मी कल्याणकारी कोषलाई भुवन चैत्य वसुन्धरा फाउण्डेशनले सहयोग प्रदान गरेको छ । पहिलो वार्षिकोत्सवको अवसरमा चलचित्र क्षेत्रमा लागेका व्यक्तिहरुको हकहितका एवंम सेवा सुविधाका लागि भनि १ लाख ५३ हजार सो फाउण्डेशनले कोषमा जम्मा गरेको फाउण्डेशनको अध्यक्ष बसुन्धरा भुसालले बताईन् । उनले यसपालिको पुरस्कार कुनै व्यक्तिलाई प्रदान नगरि कोषमा जम्मा गर्ने उद्देश्य सहित प्रदान गरिएको फाउण्डेशनको अध्यक्ष भुसालले जनकारी दिईन । फाउण्डेशनको कार्यकारी समितिमा अध्यक्ष बसुन्धरा भुसाल, उपाध्यक्ष भुवन थापा चन्द्र, चैत्यदेवी सिंह, सचिव मोहन निरौला, सहसचिव चेतनारायण भुसाल, कोषाध्यक्ष माइकल डी चन्द्र ठकुरी, सदस्य प्रेम बम्जन, अञ्जु रञ्जितकार, राजुप्रसाद धिमाल तथा संरक्षकमा शैलेश भुसाल, शिला चन्द्र र सृजना पाठक रहेका छन् । चलचित्र विकास बोर्डको हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि यादव खरेल र विशेष अतिथिमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टाराई रहेका थिए भने अतिथिमा चेतन कार्की, मिरा शाह, निकिता पौडेल, मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेका थिए ।

नवलपुरको कावासोतीमा महालक्ष्मीले खोल्यो नयाँ शाखा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ८ मा कावासोतीमा शाखा बिस्तार गरेको छ । बिहीबार उक्त शाखाको कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले उद्घाटन गरिन् । उक्त अवसरमा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको र ग्राहक संख्या ४ लाख ५० हजार भन्दाबढी रहेको बैंकले जनाएको छ ।

बुटवलमा १४ औँ सामसङ्ग डिजिटल प्लाजा आरम्भ

काठमाडौँ । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा बिहीबारदेखि आरम्भ भएको छ । सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टिभि, मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ । बजारमा उच्च स्तरीय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो-रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले भने, ‘हामी विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’ उनीहरुले बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो-रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्ने र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

हुम्ला स्वाथ्यचौकीमा ३६ प्रकारका औषधि सहयोग

काठमाडाैं । सधैँ औषधी अभाव हुने हिमाली जिल्ला हुम्लाको ठेहे स्वास्थ्य चौकीमा विकासका लागि साझा मञ्च (सिएफडी) नेपाल नामक संस्थाले औषधि सहयोग गरेको छ । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनका लागि ३६ प्रकारका औषधि सहयोग गरेको मञ्चका जिल्ला कार्यक्रम संयोजक शौरभ लामाले जानकारी दिएका छन् । वडा २ मा रहेको ठेहे स्वास्थ्य चौकीमा साविक वडा १ देखि ६ सम्मका करिब पाँच सय घरधुरीले उपचार गर्ने भएकाले औषधि सहयोग गरेको जिल्ला संयोजक लामाले जानकारी दिए । सदरमुकाम सिमकोटबाट सात कोष टाढा पर्ने उक्त ठेहे स्वास्थ्य चौकीमा औषधि अभावका कारण बिरामीलाई समस्या हुन नदिनका लागि औषधी  सहयोग गरिएको मञ्च नेपालका जिल्ला कार्यक्रम संयोजक लामाले बताएका छन् । ठेहे स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा सदस्य बाँचपुरी भण्डारी, ठेहे स्वास्थ्य चौकी इञ्चार्ज रमेशकुमार सापकोटालाई विकासका लागि साझा मञ्च नेपालका जिल्ला संयोजक शौरभ लामाले ३६ प्रकारका औषधि हस्तान्तरण गरेका हुन् । विकासका लागि साझा मञ्च नेपाल नामक संस्थाले साविक सिमकोट, ठेहे, डाडाफयाँ, खार्पुनाथ गाविसमा स्वास्थ्य, शिक्षा, कृषि, पशु क्षेत्रमा २०६५ सालदेखि काम गर्दै आएको लामाले जानकारी दिए । औषधि खरिददेखि सिमकोट ल्याउन भाडादर गरेर पाँच लाख बराबरको औषधि हस्तान्तरण गरिएको हो । गाउँघरमा यतिबेला सामान्य रुघाखोकीदेखि पखालाका बिरामीहरु हुने सिजन भएकाले ठेहे स्वास्थ्य चौकीमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्य चौकीप्रमुख रमेशकुमार सापकोटाले जानकारी दिएका हुन् । गाउँघरमा उनीहरूको उपचारमा निरन्तर औषधि आवश्यक भएकाेले सिएचडी नामक संस्थाले उक्त ठेहे स्वास्थ्य चौकीमा ३६ प्रकारका औषधि सहयोग गरेको हाे ।

स्वीजरल्याण्डमा चन्द्र ढकालको आग्रह- ‘नेपालमा लगानीको वातावरण बनेको छ, कुनै समस्या छैन’

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विहीबार स्वीजरल्याण्डको जेनेभामा सम्वोधन गरेका छन् । आइएलओ सम्मेलन यही जेठ २७ गतेदेखि संचालन भैरहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको सय वर्ष पुगेको अवसरमा श्रम सम्मेलनलाई सम्वोधन गर्ने अवसर प्राप्त भएकोमा प्रसत्रता व्यक्त गर्दै सभापति ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएकोमा बधाई ज्ञापन गरे । प्रविधिको विकास, जलवायू परिवर्तन तथा भूमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने विषयमा ग्लोवल कमिशनद्वारा प्रस्तुत कामको भविष्य सम्बन्धि प्रतिवेदनले जोड दिएको प्रशंग उल्लेख गर्दै बढ्दो असमानता घटाउन र सामाजिक न्यायको प्रवद्र्धनको लागि सबैपक्ष एकजुट भएर काम गर्नुपर्ने धारण व्यक्त गरे । नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने धारणा व्यक्त गर्दै सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उदाहरण उल्लेख गरे । कामको भविष्य, व्यवसायको भविष्यस“ग गांसिएको उल्लेख गर्दै तथ्यलाई ध्यानमा राखी गरिने प्रयास, व्यवसायिक नीति नियममा गरिने सुधार महत्वपूर्ण हुने उनले बताए । नेपालमा अहिले बहुमत प्राप्त सरकारको गठनस“गै मुलुकमा जारी रहेको कानून र नीतिगत सुधारबाट नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरूलाई आग्रह गरे । नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठूलो सम्भावना भएका क्षेत्र भएको उल्लेख गर्दै सभापति ढकालले नेपालमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले उद्घोष गरेको समृद्ध नेपाल सुखी नेपालीको स्मरण गर्दै दीगो व्यवसायको माध्यमबाट प्राप्त प्रतिफललाई सबै तह र तप्कामा पुर्याउने सकियो भने उहांले अपेक्षा गर्नु भएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्न सम्भव हुने सभापति ढकालले बताए । सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड यूनियनको सहभागिता रहेको छ । सम्मेलन असार ६ गतेसम्म चल्नेछ ।

सर्वनाम कप एस इइ बास्केटबल टुर्नामेन्ट सुरु, ६० टिमको सहभागिता

काठमाडौं । सर्वनाम कलेजको आयोजनामा ‘सर्वनाम कप एस इ इ बास्केटबल टुर्नामेन्ट २०७६ सुरु भएको छ । जोरपाटी स्थित आफ्नै विद्यालयको प्राङणमा सुरु भएको टुर्नामेन्टमा थ्री बाइ थ्री अन्तर्गत ६० टिमको सहभागिता रहेको छ । टुर्नामेन्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सर्वनाम कलेजका प्राचार्य दुर्गानाथ सिवाकोटीले खेल स्वास्थको लागि खेलाडी राष्ट्रकोको लागि भन्ने राष्ट्रिय नारालाई आत्मासाथ गर्दै खेलको आयोजना गरिएको बताए । उनले भने ‘आजका बालबालिका नै भोलीको राष्ट्र निमार्णको आधार हुन आज खेल खेल्ने वातावरण निर्माण गरेर भोलिका लागि राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छौ साथै कलेजका विद्यार्थीहरुलाइ लक्षित गरेर आगमी दिनमा यस्ता थुप्रै खेलकुद कार्यक्रमको आयोजना गर्ने छौं।’ उनले सर्वनाम कप एस इ इ बास्केटबलको आगामी सस्करण थप परिस्कृत, परिमार्जित गर्न र खेलाडीहरुको स्तर माथी उकास्न लागि पर्ने बताए । प्रमुख अतिथि राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री (मेट्रो) को प्रमुख अतिथ्यतामा भएको उद्घाटन समारोहमा विभिन्न स्कुलका प्रीन्सिपल,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । उक्त टुर्नामेन्ट्को फाइनल गेम ३१ गते समापन हुने छ ।