पेट्रोलियम खानी अन्वेषण गर्न चिनियाँ प्राबिधिक टोली शनिबार नेपाल आईपुग्दै, दैलेख र पाल्पाको विस्तृत अध्ययन
काठमाडौं । पेट्रोलियम खानीहरुको थप अन्वेषणका लागि शनिबार चिनियाँ टोली नेपाल आईपुग्दैछ । चाईना जिओलोजिकल सर्भेको १९ सदस्यिय उच्चस्तरिय टोली शनिबार अपरान्ह नेपाल आईपुग्ने उद्योग मन्त्रालय श्रोतले बतायो । ‘चिनियाँ प्राबिधिक टोली शनिबार नेपाल आउँदैछ, डेढ महिना नेपाल बसेर नेपालका बिभिन्न पेट्रोलियम खानीहरुको थप अध्ययन गर्नेछ’, उद्योग मन्त्रालय श्रोतले भन्यो । २०७५ पुस पुस २९ गतेको मन्त्रिपरिषद बैठकले ‘ईम्प्लिमेन्टेशन एग्रिमेन्ट अफ चाईना अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल’ स्वीकृत गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय अनुसार २०७५ फागुन १६ गते खानी तथा भुगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच नेपालमा रहेका पेट्रोलियम खानीहरुको विस्तृत अध्ययन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपालका तर्फबाट खानी विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीनका तर्फबाट चाइना जिओलोजिकल सर्भेका भाइस प्रेसिडेन्ट डा. वाङ कुनले हस्ताक्षर गरेका थिए । चिनियाँ टोलीले दैलेख–सुर्खेत र पाल्पा क्षेत्रमा विस्तृत अध्ययन गरिनेछ । त्यसका लागि चीन सरकारले २ अर्ब बजेट विनियोजन गरेको छ । तर ३ वर्षमा तोकिएको काम सम्पन्न गर्न ४ अर्ब भन्दा बढी रकम आवश्यक पर्नेछ । १० वटा ब्लकमा पाँच वटा प्रोफाइल बनाएर भौतिक अध्ययन गर्ने योजना बनेको छ । दैलेखदेखि चतरासम्मका ब्लकहरुमा जमिन मुनीको सतहको सुक्ष्म अध्यन हुनेछ । जमिनहरु पेट्रोलियम पदार्थको भण्डारण हुने प्रकृतिका छन् वा छैनन् भन्ने तथ्य एकिन हुन्छ । जसलाई ‘म्याग्नेटोटेलोरिक परिक्षण’ भनिन्छ । यस्तो परिक्षण पाँच वटा सेक्सनमा हुनेछल । दोश्रो सेक्सनका रुपमा ‘विस्तृत(डिटेल) सेस्मिक सर्भे’ गरिनेछ । जसले जमिन मुनिको संरचनाको विस्तृत विवरण उपलब्ध गराउँछ । यसले ड्रिल गर्नुपर्ने ठाउँको समेत पहिचान गर्छ । र तेश्रो सेक्सनमा सम्भावित स्थलमा ड्रिल गरिनेछ । नेपालले लजिष्टिक र प्रशासनिक सपोर्ट गर्नेछ । नेपालका प्राबिधिकहरुले चिनियाहरुसँगै अध्ययनमा सहभागीता जनाउनेछन् । चीनबाट मिनिष्ट्री अफ नेचुरल रिसोर्सेस, चाइना जिओलोजिकल सर्भेको उच्च प्राबिधिक टोली आउनेछ । आगामी ३ बर्षभित्र नेपालको गर्भमा रहेका पेट्रोलियम इन्धन खानीहरुको विस्तृत अध्ययन गर्न तयार पारिएको द्धिदेशिय सम्झौतालाई ‘ईम्प्लिमेन्टेशन एग्रिमेन्ट अफ चाईना अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल’ नाम दिईएको छ । नेपाल र चीनका प्राबिधिकहरुले आगामी ३ बर्ष भित्र नेपालमा रहेका पेट्रोलियम खानीहरुको विस्तृत अध्ययन गरेर मुलतः २ तथ्य पत्ता लगाउनेछन् । नेपालमा पेट्रोलियम पदार्थ र ग्यास कति छ ? त्यसको उत्खनन आर्थिक रुपमा फाइदा जनक छ की छैन ? पेट्रोलियम पदार्थको उत्खनन गर्नु आर्थिक रुपमा फाइदा जनक रहेको तथ्य उजागर भएमा नेपाल सरकारले थप उत्खननको प्रक्रिया अघि बढाउनेछ । यस अघि चाइना जिओलोजिकल सर्भेको टोलीले सन २०१६ को अप्रिल ३० मा नेपाल आएर सुर्खेत दैलेख, बुटवल पाल्पा र चतरा बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो । खानी तथा भूगर्व विभागले पेट्रोलियम पदार्थहरुको अन्वेषणका लागि एक करोड बजेट विनियोजन गरेको छ । चीनले ६÷७ ठाउँमा ड्रिल गरेर पेट्रोलियम पदार्थको मात्रा र गुणस्तर पत्ता लगाउने बताएको छ । अब यीनै ब्लकहरुमा ड्रिल गरिनेछ । २०७४ साउन ३१ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खनन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । सो अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले चिन भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यमा पनि नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण गर्ने उल्लेख थियो । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन २०७४ साल साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको थियो । यी हुन १० ब्लक नेपालका १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ ।
सिप्रदी र टाटा मोटर्सद्वारा योग शिविर तथा सरसफाई कार्यक्रम सम्पन्न
काठमाडाैं । विश्वकै सबैभन्दा अग्रणी अटोमोबाइल कम्पनी टाटामोटर्स र टाटामोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले अन्तर्राष्ट्रिय योग दिवस २०१९को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको आयोजना गर्दै दिवस मनाएका छन्। सिप्रदीको पहलमा आयोजित कार्यक्रमलाई सिप्रदियन सहायता संस्था र टाटामोर्टसले संयुक्त रूपमा सहयोग प्रदान गरेका थिए। अन्तर्राष्ट्रिय योग दिवस उत्सव टाटा मोर्टसको अन्तर्राष्ट्रिय कार्यक्रम हो र नेपालमा देशभर यो कार्यक्रमको आयोजना सिप्रदीले गरेको हो। कार्यक्रममा टाटामोटर्स र सिप्रदीका वरिष्ठ अधिकारीहरू सहित सिप्रदीका कर्मचारीहरू, सिप्रदीका कर्मचारीका परिवारजन, ग्राहकहरू र क्षेत्रीय अधिकारिहरूको उत्साहजनक सहभागिता थियो।आधिकारिक योग प्रशिक्षकहरूले योगसत्रको आयोजना गरेका थिए। एक हजार वर्ष पुरानो योग शारीरिक, मानसिक तथा आध्यात्मिक अभ्यास हो।योग अभ्यास गर्नेहरूमा योगले प्रदान गर्ने फाइदाहरूको पहिचान स्वरूप संयुक्त राष्ट्रसंघले केही वर्षअघि यो योग दिवस मनाउने निर्णय गरेकोमा अहिले धेरै देशहरूले आत्मसात गरेको यो विश्वव्यापी पहलमा सिप्रदी पनि सहभागी भएको हो। यो वर्ष आयोजना गरिएको योग दिवस उत्सव सिप्रदीले आयोजना गरेको तेस्रो संस्करण हो र पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगर अनि जोमसोमस्थित रहेका १६ वटा मुख्य शाखाहरूमा योगदिवसको अवसरमा कार्यक्रम बिस्तार गरिएको थियो। योग सत्रको समापनपछि सहभागीहरू सरसफाई कार्यक्रममा पनि सहभागी भए। नजिकैका खोलानाला, सामुदायिक भवनहरू र विद्यालयहरूको सरसफाई टाटायोद्धाका ग्राहकहरूको पहलमा गरिएको थियो। अमृतभोजनसँगै सरसफाई कार्यक्रम पनि सम्पन्न भयो। कार्यक्रमका बारेमा बोल्दै सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले भने, “यो वर्षको योग दिवस “मुटुका लागि योग” भन्ने मूल नारासहित मनाइयो र मलाई खुसी लाग्यो यो कार्यक्रममा युवादेखि विभिन्न उमेर समूहका मानिसहरूको सहभागिता थियो। कारण के भने अहिलेको समयमा युवा समय जिन्दगीको दौडधुपमा बित्छ। योगको विकास मुटु र आत्माबीच सौहाद्रता र तादम्यता प्राप्त गर्दै मस्तिष्क, शरीर र आत्माको शान्ति प्राप्तिका लागि जसरी गरिएको छ। योग सकारात्मक पनसँग जोडिएको छ। यसले सकारात्मक विचार, सकारात्मक व्यवहार र सकारात्मक ऊर्जा कायम गर्न सघाउँछ। र यस्तो सहभागिता र उत्साह देख्दा मलाई यो विश्वास लागेको छ कि योग मानिसको जीवनशैलीसँग जोडिन पुगेको छ। कर्मचारिहरू, ग्राहकहरू, साथीभाइ र परिवारजन सहित टाटामोटर्ससँग जोडिन पाएकोमा सिप्रदी र सिप्रदीयन सहायता संस्थाले गर्वको महसुस गरिरहेको छ।” सिप्रदी टेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्,“सिप्रदीको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाले वार्षिक रूपमा लगातार अन्तर्राष्ट्रिय योग दिवस मनाएको यो तेस्रो पटक हो। योग अभ्यास व्यायामका बारेमात्र होइन यो तस्व अनुशासन र स्वचेतना प्रतिप्रतिबद्धता हो। योगका हरेक शैलीको आफ्नै महत्त्व छ र व्यक्तिको शारीरिक र मानसिक विकासमा मद्दत पुर्याउँछ।”
ग्लोबल विजनेश कलेजद्वारा निःशुल्क आँखा शिविर
काठमाडौं । ग्लोबल विजनश क्लेजको आयोजनामा निःशुल्क आखाँ शिविर सम्पन्न भएको छ । वीरगंजको नेशनल ट्रेडिङ्ग अगाडी क्लेज परिसरमा आयोजित शिविरमा अभिभावक, विद्यार्थी, सर्वसधारण र शिक्षक गरी एक सय ७० जनाले आखाँ चेकजाँच गराएको क्लेजका प्रबन्ध निर्देशक राम दासले बताए । डा. अरुण यादव, प्राविधिक आशा जैशवाल, अन्जना घिमिरे र राजेश चौधरीको टोलिले निःशुल्क रुपमा चेकजाँच गरेको उक्त शिविरमा ६ जनामाथि दृष्ट दोश देखिएको मट्रिका फाउण्डेशनका मेडिकल कोर्डिनेटर महेश धामीले भने । उपचारका क्रममा आखाँमा समस्या देखिएका विरामीहरुको थप उपचार माट्रिका फाउण्डेशनले निःशुल्क रुपमा गरिदिने धामीले विश्वास व्यक्त गरेका थिए । शिविरमा ग्लोबल विजनश क्लेजका रोशन पटेल, उषमा गिरी, प्रिति भट्ट, प्रियंका यादव, शिसम मिश्रा, अमन कुमार चौरसिया, अभिषेख डंगोल, मनिषा यादव, अनिशा पटेल, ज्ञानेन्द्र चौधरी, रोहित गुप्ता, स्नेहा झा, अंकिता महतो, गौरव गुप्ता, गौरव पटेल, मुकेश सहनी, नेहा साह अभिभावकहरु विनिता महतो, तुलाधर चौधरी, रैजिता देवि, विजय कुमार यसैगरी शिक्षक शैरभ वर्णवाल, सुमन श्रेष्ठ, सिम्ररण परियार, विवेक थापा, सुरज पटेल कार्यक्रममा व्यवस्थापक अशोक सरार्फ, मानव संशाधन तथा अनुसन्धान व्यवस्थापक ओम प्रकाश श्रेष्ठ, क्लेजका सल्लाहकार तथा निर्देशक निभा दास लगायतको उपस्थिती रहेको थियो ।
पहिलो पटक नेपालमा ‘स्वास्थ्य अधिकार वर्ष’ पुस्तक प्रकाशन
काठमाडौं । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र ५९ जिल्लामा रहेको स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालहरुको प्रयासमा नेपालमा पहिलोपटक स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन भएको छ । संविधान जनताको मौलिक हक स्थापित भयो कि भएन र निःशुल्क स्वास्थ्य सेवा उपभोग गरे नगरेको विषयमा केन्द्रीकृत रहेको वर्ष पुस्तक शुक्रवार सार्वजनिक गरिएको हो । राज्यले उपलब्ध गराएको स्वास्थ्य सेवा, आधारभुत स्वास्थ्य सेवा, निःशुल्क स्वास्थ्य सेवा, मातृ सेवा, राज्यले दिने उपचार खर्चलगायतमा सवैले न्यायोचित रुपमा स्वास्थ्य अधिकार पाए कि पाएनन् भन्ने विषयमा अध्ययन गरिएको निचोडलाई पुस्तकमा समेटिएको छ । २०७५ सालभरीमा देशभरीमा स्वास्थ्य संस्थाहरुले दिएको उपचार सेवालाई केन्द्रविन्दुमा राखेर ५९ जिल्लामा अध्ययन गरिएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले बताए । स्वास्थ्य संस्थाहरु केही समय मात्र खुल्ने, स्वास्थ्यकर्मी उपलव्ध नहुने, जेष्ठ नागरिकको लागि विशिष्ट स्वास्थ्य सेवा उपलव्ध नभएको पुस्तकमा उल्लेख छ । सरकारी स्वास्थ्य संस्थामा दक्ष जनशक्ति पाउन मुश्किल भएका कारण वाध्य भएर निजी वा काठमाडौं धाउन वाध्य भएको पनि केन्द्रले गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य वीमामा अन्योलता रहेको, दुर्गम क्षेत्रमा एचआइभी पीडितमाथि उपेक्षित व्यवहार रहेको, जातीय विभेद रहेको समेत पुस्तकमा औंल्याइएको छ । उपेक्षित र सीमान्तकृत जनता निःशुल्क मात्र हैन अन्य स्वास्थ्य सेवाबाटसमेत विमुख हुनु परेको र स्वास्थ्यकर्मीको व्यवहारका कारण जनताले निःशुल्क स्वास्थ्य सेवा उपभोग गर्न नपाएको निष्कर्ष अध्ययनले निकालेको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्रा.डा. शरदराज वन्तको प्रमुख सम्पादनमा प्रकाशित पुस्तकमा स्वास्थ्य अधिकार हनन् भएका र राम्रा उल्लेखनीय कार्य भएको पनि देखाएको छ । स्वास्थ्य सम्वन्धि जान्न बुझ्न चाहनेका लागि रिसोर्स बुकको रुपमा समेत रहने सक्ने यो पुस्तकमा स्वास्थ्य अधिकारका क्षेत्रमा भएका सरकारी र नागरिक पहलका विषयलाई समेत समेटिएको छ । आधारभुत स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो र निःशुल्क रुपमा स्वास्थ्य सुविधा प्रदान गर्नु राज्यको दायित्व हो भन्ने मान्यताका साथ प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले संवैधानिक रुपमा मौलिक हकको रुपमा स्थापित स्वास्थ्य सेवा हरेक तह र तप्काका जनताले पाउनुपर्दछ भन्ने मान्यतालाई स्थापित गर्न नै पुस्तक प्रकाशन गरेको केन्द्रका अध्यक्ष प्राडा वन्तले बताए । पुस्तक लोकार्पण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार आयोगले जेष्ठ नागरिकले स्वास्थ्य सेवा पाए÷नपाएको बारेमा अध्ययन गर्न लागेको जानकारी दिए । विवरण धेरै नै राम्रो भएको बताउँदै नेपाल सरकारलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क र इर्मजेन्सी सेवामा पहुँच पुर्याउने कुरा संविधानमा नै उल्लेख छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच ग्रामीण क्षेत्रमा पुग्नुपर्ने र दीगो विकास लक्ष्यलाई पूरा गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र विसंगतिलाई हल गर्दै जानुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्यलाई मौलिक हकको रुपमा लिपिवद्ध भएको बेला स्वास्थ्य अवस्था कस्तो छ भनेर औंल्याएको प्रतिवेदन पुस्तकले मन्त्रालयलाई थप जिम्मेवार बनाउन घच्घचाएको जानकारी दिए । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालको तर्फबाट कास्कीका संयोजक तथा गैरसरकारी महासंघका महासचिव रामप्रसाद सुवेदीले प्रदेश र जिल्लाका अस्पतालले कतिपया अवस्थामा एउटा बेड पनि दिन नसकेको पाइएको बताए । गरीवलाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिंदै अध्ययनका क्रममा कहि उपकरण भएको तर जनशक्ति नभएको र कतै जनशक्ति छ तर उपकरण नभएको पाइएको जानकारी दिए ।
१० लाख भन्दा बढीको शेयर किन्नेको कडा निगरानी हुने, ५ कराेडसम्म जरिवाना गर्ने व्यवस्था
काठमाडौं । अब १० लाख भन्दा बढी रुपैंयाकाे शेयर कारोबार गर्नेको सम्पत्तिको स्रोतबारे कडा निगरानी हुने भएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७६ जारी गरी त्यस्तो व्यवस्था गर्न लागेको हो । जसअनुसार एकैदिन एकपटकमा वा पटकपटक गरी १० लाख वा सोभन्दा बढी रकमको शेयर किनबेच गर्ने व्यक्तिबारे ब्रोकरहरुले वित्तीय जानकारी ईकाईमा जानकारी गराउनुपर्नेछ, सो इकाईले सो कारोबारमा हुने स्रोतको परीक्षण गर्नेछ । बोर्डले शेयर कारोबार गर्ने संस्थाहरुले आफ्नो ग्राहकको ग्राहक पहिचान विवरणलाई थप सुदृढ रुपमा राख्नुपर्ने, धनीहरुको पहिचान सहि तरिकाले मापन गर्ने संयन्त्र बनाउनुपर्ने, उच्च नैतिक चरित्रवान रुपमा कानूनको परिपालना गर्नुपर्ने व्यवस्था समेत गरेको छ । बोर्डले जारी गरेका निर्देशनको परिपालना नगर्ने सम्बद्ध पक्षलाई दश लाख रुपैंयादेखि ५ करोड रुपैंयासम्म जरिवाना गराउनसक्ने व्यवस्था समेत निर्देशनमा गरिएको छ । [pdf id=157265]
नरेन्द्र मोदी विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति; पुटिन, ट्रम्प र सी पछाडि
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिलाई पछि पार्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको सबैभन्दा शक्तिशाली नेताको रुपमा उदाएका छन् । बेलायतको व्रिटिस हेराल्ड नामक पत्रिकाले गरेको सर्वेक्षणमा मोदीले सर्वाधिक ३०.९ प्रतिशत मत प्राप्त गरि विश्वको सर्वाधिक शक्तिशाली व्यक्तिको रुपमा उदाएका हुन् । उनी पछि दोस्रोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २९.९ प्रतिशत मतसहित दोस्रो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २१.९ प्रतिशत मतसहित तेस्रो स्थानमा रहँदा चिनियाँ राष्ट्रपति सी १८.१ प्रतिशत मतसहित चौथो स्थानमा छन् । याे नतिजा हेराल्ड जुलाइ १५ काे नयाँ संस्करणमा छापिनेछ ।
मुगुकाे गमगढी बजारका ५ चोकहरुमा सडक बत्ती जडान
काठमाडौं । मुगु जिल्ला सदरमुकाम गमगढीको पुरानो तथा मूल बजारका सडकमा सडक बत्ती जडान गरिएको छ ।छायाँनाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारका ५ वटा चोकहरुमा सडक बत्ती जडान गरेको हो । सडक बत्तीहरुको विधिवत रुपमा बिहीबार साँझ उद्घाटन गरेर सेवा सञ्चालन गरिएको छ । सडक बत्तीको उद्घाटन गर्दै नगरप्रमुख हरिजंग शाहीले बजार क्षेत्रमा शान्ति सुरक्षा, बटुवालाई आवत जावतमा सहज र बजारलाई रात्रिको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको बताएका छन् । उनले अहिले परीक्षणका रुपमा सदरमुकामका पाँच स्थानमा स्वचालित सडक बत्ती जडान गरिएको र भविष्यमा क्रमिक रुपमा नगरक्षेत्रका ग्रामीण बजार र सडकमा समेत सडक बत्ती जडान गर्ने योजना नगरपालिकाको रहेको जानकारी गराएका छन् । गमगढी बजारका व्यस्त चोकहरु अदालत चोक, मिलन चोक, कृष्ण चोक, हाईस्कुल चोक र चैन चोकका ती सडकमा बत्तीहरु राखेर सञ्चालन गरिएको हो । रासस
नुवाकोटको बट्टारमा सिद्धार्थ बैंकको नयाँ शाखा
काठमाडौं । नुवाकोटको बट्टारमा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार भएको छ । सिद्धार्थ बैंकले शुक्रबार नुवाकोटको बट्टार शाखाको औपचारिक बैंकको बट्टार शाखाको उद्घाटन विदुरनगरपालिका मेयर सन्जु पण्डितले गरेका हुन् । बैंक क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।