एनआरएन थाईल्याण्डले नियुक्त राजदुत दकाललाई गर्याे स्वागत, नेपाली नियोग र डाएम्पोराबीच सहकार्य
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाईल्याण्डले थाईल्याण्ड स्थित नेपाली नियोग र नेपाली डाएस्पोराबीचको सहकार्यलाई बलियो बनाउने उद्देस्य राखेर शनिबार एक डिनर रिसेप्शन समापन भएको छ । उक्त रात्रिभोजमा भर्खरै नियुक्त नेपाली राजदुत गणेश प्रसाद ढकाल र उनको परिवारलाई स्वागत गरिएको थियो। गैरआवासीय नेपाली संघका अन्तर्रास्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकाल र संघका राष्ट्रिय समन्वय समितिका अध्यक्ष अस्सजित अवालेले राजदुत ढकाल र उनका स्पाउज़लाइ खादा र बुकेले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै राजदुत ढकालले एनआरएनए थाईल्याण्डले थाईलेन्ड स्थित समपुर्ण नेपाली संघ सस्था र समुदायका प्रतिनिधिहरुलाई समेटेर गरेको उक्त समाबेशी कार्यक्रमको प्रसंसा गर्दै आफु प्रति देखाएको सद्भाव प्रति धन्यवाद ब्यक्त गरेका थिए। उनले एनआरएनएसंग सरकारले ज्ञान, सिप, प्रबिधि, पहुच र लगानी को छेत्रमा ठुलो अपेक्षा राखेको बताउदै गैरआवासीय नेपाली संघले केहि समय अगाडी स्थापना गरेको नेपाल पोलिसी इस्टिच्युट (एनपीआई) ले ज्ञान र नीतिको क्षेत्रमा राष्ट्रिय योजना आयोग मार्फत पुर्याइरहेको योगदानको सराहना गरेका थिए। सोहि कार्यक्रममा आफ्नो विचार राख्दै गैरआवासीय नेपाली संघका अन्तर्रास्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकालले नेपालले दिगो विकास लक्ष्यका उद्देश्य पूरा गर्न वर्षको औसत वार्षिक सब २० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको आकंलनको चर्चा गर्दै नेपाल बनाउने सरकारको राष्ट्रिय आकांक्षामा तमाम गैरआवासीय नेपालीले आआफ्नो क्षमता र अवस्था अनुसार सहयोग गर्न तयार रहेको बताए । ढकालले सरकारलाई एक भरपर्दो बिकाश साझेदार को रुपमा गैरआवासीय नेपाली संघले आफुलाई प्रमाणित गर्न डाएस्पोरा सदस्यहरुको स्रोत साधन र पहुच लाइ सदुपयोग गरि संघले गर्न सक्ने सम्भावित योगदान को आँकलन तुरुन्त प्रस्तुत गर्नु पर्ने बताए । एनपीआईका अध्यक्ष समेत रहेका ढकालले एनपीआई सरकारका कुनै पनि नियोग लगायतका निकाय मार्फत नेपाल र नेपालीलाइ सहयोग गर्न तयार रहेको बताउदै एनपीआईलाइ अन्तरास्ट्रिय थिङ्क टेंकको रुपमा विकास गर्न लागि परेको जानकारी गराए। एनआरएनए थाईल्याण्डका अध्यक्ष अस्सजित अवालेले एनआरएनए थाईलेन्डले थाईलेन्डमा रहेका सबै नेपाली सम् सामुदायिक संग सस्थाहरुलाई समेटेर एक साझा सस्थाको रुपमा कम गरि रहेको जानकारी गराए। अवालेले अघिल्लो राजदुतले एनआरएनए थाईलेन्ड संग राम्ररी समन्वय गर्न नसकेको गुनासो गर्दै अन्य आफुलाई मन परेको सस्थालाई एनआरएनए थाईलेन्डसंग कहिले समानान्तरत कहिले एनआरएनए थाईलेन्ड भन्दा माथि राखेर व्यवहार गर्दा नेपाली समुदाय दुखित रहेको जनाए । नयाँ राजदुत बाट पररास्ट्र मन्त्रालय ले मान्यता दिएको सस्था एनआरएनए लाइ सोहि प्रोटोकल मा व्यवहार गरिदिए सबै नेपालीहरु एक भएर नेपालको हितमा कम गर्न सजिलो हुने सुझाब पनि अवाले ले दिएका थिए। एनआरएनए थाईल्याण्डकी महिला फोरम संयोजक मेघा चन्द ले संचालन गरेको उक्त कार्यक्रममा थाईल्याण्ड स्थित स्थानीय १० भन्दा बढी नेपाली सस्थाका प्रतिनिधिहरु र विभिन्न बिश्वबिध्यालयमा कार्यरत प्राध्यापक तथा विभिन्न अन्तरास्ट्रिय सस्थाहरुमा कार्यरत नेपाली बिज्ञ साथै नेपाल पोलिसी इस्टिच्युटका कार्यकारी सदस्यहरुको उपस्थिति रहेको एनआरएनए थाईल्याण्डका महासचिब रवि महर्जनले बताए । बैंककको रेम्ब्रेंट होटेल मा आयोजित उक्त कार्यक्रममा एन आर एन कि पूर्व संरक्षक जयन्ति पाण्डे र फुकेट क लागि नेपाली कि कन्सुल प्रानी सकुल ले पनि आफ्ना विचार ब्यक्त गरेका थियो। कार्यक्रममा वेब्स्टर युनिभर्सिटी नेपाली समाजले सास्कृतिक प्रस्तुति गरेको थियो भने स्वेता पुन्जाली लगायत महिला फोरमकि सदस्य रुपा श्रेष्ठले पनि नृत्य प्रदशर्नी गरेकी थिईन। उक्त रिसेप्शनमा आफ्नो कार्यकाल सम्पन्न गरेर नेपाल फर्कने तयारी गरिरहेका नियोगका उपप्रमुख जंगबहादुर गुरुङ र उनको परिवारलाई पनि बिदाई गरिएको थियो। रिसेप्शनको लागि वेस्टर्न युनियन, मित्रा क्लोदिंग, हिमालय इन्, ओरिएण्टल कार्पेट, वेब्स्टर युनिभर्सिटी नेपाली समाज लगायतले आर्थिक सहयोग गरेका जानकारी संघ का कोसाध्यक्ष कान्छा गुरुङले जानकारी दिए । कार्यक्रममा आमन्त्रित पहुना हरुका अतिरिक्त एनआरएन थाईल्याण्डक राष्ट्रिय समिति र क्षेत्रीय समितका पदाधिकारी एबम सदस्यहरु साथै नेपाली नियोगका स्टाफहरु को पनि सहभागिता रहेको संघका उपाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए। औपचारिक कार्यक्रम पश्चात आगामी दिनमा नेपाल एम्बेसी र एनआरएन थाईल्याण्डको सहकार्यलाई कसरि थप प्रभाबकारी बनाउने भन्ने बिषयमा छलफल भएको थियो।
एनआईशी एशिया बैंकमा डिम्याट खाता छ ? अनलाइनबाटै यसरी तिर्नुस् ‘मेराे शेयर’काे शुल्क
काठमाडौं । एनआईसी एशिया क्यापिटलले अनलाइनबाटै मेरो शेयरको शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । एनआईशी एशिया क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकलाई इसेवाको प्रयोगद्वारा त्यस्तो भुक्तानी गर्ने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ । यसले आफ्ना ग्राहकहरुलाई थप सहज तरिकाले सेवा प्राप्त गर्ने सुनिश्चितता प्राप्त हुने क्यापिटलले विश्वास लिएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ । साथै एनआईसी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजनाएनआई सी एशियाग्रोथ फण्ड संचालन गरिरहेको छ । मेराे शेयर प्रयाेगकर्ताहरूले प्रत्येक वर्ष नवीकरण शुल्कबापत १०० रूपैंया सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) लिमिटेड लाई तिर्नुपर्छ । सीडीएससीले सो रकम सम्बन्धित हितग्राही खाता खोल्ने मर्चेन्ट बैंकरमार्फत् नै उठाउने गरेको छ ।
सांग्रिला बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषन सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषन कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका हुन् । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको रकम सांग्रिला डेभलपमेण्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयहरुबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सकिने छ । यस सेवा अन्तर्गत बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट सेवाग्राहीले सुविधाको थालनी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
जनता बैंक र लिडरशिप एकेडेमीबीच क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता
काठमाडौं । जनता बैंक र लिडरशिप एकेडेमी नेपालबीच कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्री र लिडरशिप एकेडेमी नेपालका फाउण्डर तथा सीटीओ अरुणराज जोशीले हस्ताक्षर गरेका हुन् । बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र लिडरशिप एकेडेमी नेपाल ( एल्एएन )बीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । लिडरशिप एकेडेमी नेपालले राईस युनिभर्सिटी विजनेश स्कुल युएस्एको उच्च स्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको सिप विकास, व्यवसायीक दक्षता तथा नेतृत्व विकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार विभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ । यस्ता तालिम तथा सिपमुलक शिक्षा आनलाइन कोस, गोष्ठि तथा सेमिनारहरु मार्फत प्रदान गरिने छ । लिडरशिप एकेडेमी नेपालले बिशेष गरी एड्भान्स लिडरशिप प्रोग्राम, अनलाइन राइस डेलिभरि, जस्ता कार्यक्रममार्फत शिक्षा प्रदान गर्नेछ । यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा व्यवसायीक कुशलता अभिवृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास बैंकको रहेको छ ।
आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ: अर्थमन्त्री डा. खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, “सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु ठूलो कुरा छैन ।” अर्थमन्त्री डा. खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र रु एक अर्बमाथि बजेट विनियोजन गरिएको बताए ।दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिँदै उनले भने, “दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ ।” अर्थमन्त्री डा. खतिवडाले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्न सक्ने बताउँदै ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गरिने हो भन्दै मन्त्री डा. खतिवडाको जवाफमाथि सांसद डिला सङ्ग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाएका छन् । त्यसैगरी, सांसद प्रेम सुवालले वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो भन्ने प्रश्न गरे । अर्थमन्त्री डा. खतिवडाले आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने हो, जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य हो भनेका छन् । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा क्षेत्रमा बजेटको बढी चाप रहेको बताउँदै उनले विप्रेषणको रकम उपयोग भइराखेको जानकारी समेत दिएका थिए । रासस
नयाँ टाटा टियागो एक्सजेड प्लस अब नेपालमा
काठमाडाैं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा.लि.ले नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा भित्र्याएकाे छ । रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक र परिवर्तनकारी रहेको कम्पनीले जनाएकाे छ । टाटा टियागो गाडीमा एन्ड्रोइड अटो र नेभिगेसन सहितको हर्मनको आकर्षक ७ ईन्चको टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । १ सय ८० एमएम ग्राउन्ड क्लीयरेन्स भएकाेले अप्ठेरो बाटोमा पनि यात्रा सहज अनुभव गराउँछ । बिल्कुलै नयाँ स्पोर्टी १५ ईन्च डुअल टोन एलोय पांग्राहरूले गाडीको आकर्षण बढाएको छ । अन्य रोचक विशेषताहरूमा इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप भएको, रियर हाई माउण्ट स्टप ल्याम्प र स्ट्म्याम्पसहित इन्टिग्रेटेड स्पोइलरले बजारमा यसलाई बिल्कुलै भिन्न बनाएको छ । टाटा टियागो एक्सजेड प्लसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबीडीसहितको एबीएस जस्ता उच्चतम प्राविधिक विशेषताहरू रहेका छन् । त्यसैगरी आरामदायी यात्राको सुनिश्चितता गर्न भेरिन्टहरूमा मल्टीड्राइभ मोडहरू, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट जस्ता विशेषताहरू रहेका छन् । टाटा मोटर्सका प्यासेन्जर भेइकल्स, इन्टरनेश्नल बिजनेसका प्रमुख सुजन रोय भने “इम्प्याक्ट डिजाइन अन्तर्गत सार्वजनिक गरिएको पहिलो उत्पादन टियागो सन् २०१६ मा सार्वजनिक भएदेखि नै आकर्षक, नवीन र विशेषताहरुले भरिपूर्ण कारका रूपमा अग्रस्थानमा छ । उच्च कार्यक्षमता, उच्च प्राविधिक विशेषताहरू र अग्रणी ड्राइभिङ डायनामिक्सका कारण टियागो एक्सई, एक्सएम तथा एक्सजेड प्लसले अहिलेको समयका ग्राहकहरूको बदलिँदो चाहना र आकंक्षालाई सम्बोधन गर्दछ ।” सिप्रदी टेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भने “नयाँ टाटा टियागो एक्सजेड प्लस बजारमा सार्वजनिक गरिएसँगै हामी हाम्रा ग्राहकहरूलाई विभिन्न उत्कृष्ट विकल्पहरू प्रदान गर्न पाएकोमा एकदमै खुसी छौँ । यो नयाँ उत्पादनसँगै नेपाली बजारमा हामी हाम्रो उपस्थिति बलियो बनाउनतर्फ केन्द्रित छौँ ।” टाटा टियागो भेरियन्टहरू ६ आकर्षक रंगहरू कपर ड्याजल, एस्प्रेसो ब्राउन, पर्ललेसेन्ट ह्वाईट, प्लेटिनियम सिल्भर, स्टाइकर ब्लु र बेरी रेडमा उपलब्ध छन् । स्ट्यान्डर्ड वारेन्टी पनि रहेको छ, चार वर्ष वा ७५ हजार किलोमिटर जुन पहिला आउँछ साथै थप मिल्ने सुविधा पनि रहेको छ ।
शेयर बजार परिसूचक पुरानै गतिमा फर्कियो, कारोबारले सुधारको आशा जीवितै
काठमाडौं । दुई कारोबार दिनमा झिनो सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज परिसूचकले फेरि पुराजै गति लिएको छ । आर्थिक वर्ष २०७५/७६ को घोषणापछि घट्दो गतिमा रहेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार फेरि दोहोरो अंकले घटेको हो । १०.०१ प्रतिशतको गिरावटसँगै आइतबार नेप्से १२५४.३५ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्स समेत नकारात्मक देखिएको बजारमा विकास बैंक, फाइनान्स कम्पनी र म्युचुअल फण्ड उपसमूहबाहेक अन्य समूहमा गिरावट देखिएको छ भने कारोबार भने ४८ करोड १८ लाख रुपैंया पुगेको छ, यो कारोबार रकम अघिल्ला दिनहरुको भन्दा उच्च हो । नेप्से घटेपनि कारोबार रकम बढ्नुले बजारमा सस्तो मूल्यमा शेयर उठाउने लगानीकर्ताहरु भित्रिएको संकेत गर्छ । आजको बजारमा लक्ष्मी बैंकको सर्वाधिक ४ करोड कारोबार हुँदा डिप्रोक्स विकास बैंक, चिलिमे हाइड्रोपावर, सिभिल बैंक र नेपाल बैंकको कारोबार २ अर्बभन्दा माथि छ । बजारमा गुराँस र गणपति लघुवित्तका शेयरहरु करिब १० प्रतिशत वृद्धि भई ती शेयरहरुमा सर्किट ब्रेकर लाग्दा स्वदेशी लघुवित्त, शिखर इन्स्योरेन्सको शेयरमा ६ प्रतिशत माथिको गिरावट देखिएको छ ।
केश टिचिङ पाडागोजी कार्यशाला सम्पन्न
काठमाडौं । त्रिवि व्यवस्थापन सङ्काय, डीन कार्यालयको सहयोग तथा सरस्वती बहुमुखी क्याम्पसको आयोजनामा “केश टिचिङ पाडागोजी” सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुका व्यवस्थापन र वित्तशास्त्र विषयका ८० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो । कार्यशालाको उद्घाटन गर्दै व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले विगतमा चरम राजनीतिले ग्रसित सरस्वती बहुमुखी क्याम्पस जुरुक्क उठेकोमा खुसी लागेको र मुलुक परिवर्तनको लागि यसबाट शिक्षा लिनुपर्ने बताए । त्रिवि व्यवस्थापन सङ्कायका सहायक डीन दिनेशमणि घिमिरेले शैक्षिक गुणस्तरका लागि विश्वविद्यालय सही बाटोमा अघि बढिरहेको उल्लेख गरे । नेपाल प्राध्यापक संघका सभापति रामेश्वर उपाध्यायले प्राध्यापकहरुले सैद्धान्तिक र व्यवहारिक रुपमा समय सापेक्षित बाटो देखाउनुपर्ने बताए । नेपाल कमर्श क्याम्पसका क्याम्पस प्रमुख जीवनकुमार भट्टराईले व्यवस्थापन सङ्काय अन्तर्गतका विषयहरुमा विद्यार्थीहरुको आकर्षण दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा यस खालका कार्यशालाहरुले प्राध्यापकहरुको शिक्षण सिकाईलाई अझ तिखार्ने उनकाे भने । स्वागत मन्तव्यको क्रममा सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेण्ट सेल तथा बीबीए डाइरेक्टर प्रा.डा. सतीशकुमार ओझाले देशभित्र र विदेशमा फ्याकल्टीहरुले आफूलाई अब्बल सावित गर्न कार्यशालाले थप मद्दत गर्ने उल्लेख गरेका छन् । उद्घाटन तथा समापन सत्रमा सरस्वती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. गोलमान गुरुङले सभापतिको आशनबाट बोल्दै शैक्षिक क्षेत्रमा न्यून भ्रष्टाचारको विधि अपनाई विद्यार्थी र प्राध्यापकहरुको गुणस्तर अभिवृद्धि गर्नेतर्फ जोड दिए ।समापन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट त्रिवि वित्तशास्त्र विषय समितिका अध्यक्ष प्रा.डा. बालकृष्ण श्रेष्ठले केश टिचिङ पाडागोजीमा भएको कार्यशाला पहिलो पाइलाको शुरुवात भएको जानकारी दिए । कार्यशालामा सहभागीहरुको तर्फबाट प्रा.डा. युवाराज भट्टराई, डा.पुष्पा महर्जन, अञ्जु गौचाले मन्तव्यको क्रममा ट्रान्स्फरमेशनको नमूनाको रुपमा सरस्वती बहुमुखी क्याम्पस मुलुकमै उदाहरणीय बनेको उल्लेख गरे । कार्यशालामा केश डेभलपमेण्ट र विश्लेषणतर्फ प्रा.डा. महानन्द चालिसे, सह प्रा.डा. ध्रुवलाल पाण्डे, सह प्रा.डा. गोविन्द तामाङ तथा एमएस एक्सलतर्फ प्रा.डा. राजनबहादुर पौडेल, सञ्जय घिमिरे र भरतसिंह थापाले सहजीकरण गरेका थिए ।