विकासन्युज

पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

  काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरु विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणले कारबाही गरेको हो । भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरु पालना नगरेका कारण उनीहरुलाई कारबाही गरिएको हो । ती प्राविधिकहरुको करार संझौता भंग गरी नियमानुसार कार्वाही गरिएको छ । कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट सब–इन्जिनियर छन् । तीमध्ये नुवाकोटमा कार्यरत ८ जना प्राविधिक छन् भने काभ्रेपलाञ्चोकमा कार्यरत ३ जना, सिन्धुपाल्चोकमा कार्यरत २ जना, दोलखामा कार्यरत २ जना, धादिगंमा कार्यरत २ जना छन् । त्यस्तै, भोजपुर र सोलुखुम्बुमा कार्यरत १-१ जना छन् ।  

धराशायी हुँदै गएको साझामा प्रदेश सरकार र महानगरको ४५ करोड लगानी, सोमबार २० सिटी बस एक साथ सञ्चालन

काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतकै बाटोमा फर्किने संकेत गरेको बेला प्रदेश नम्बर ३ को प्रदेश सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायातले ४५ करोड लगानी गर्ने भएको छ । ३ नम्बर प्रदेशले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललिपुर महानगरपालिकाले २ करोड ५० लाख र साझा यातायातले २ करोड ५० लाख बसमा लगानी गर्न लागेको हो । नेपाल विद्युत प्रधिकरले भने चार्जजिङ स्टेसनको व्यवस्था गर्ने भएको छ । साझा यातायातले ल्याएका २० वटा नयाँ बस असार १६ बाट सञ्चालनमा आउने भएको छ । साझा यातायातले आफ्नो २० वटा सिटी बस एक साथ सञ्चालनमा ल्याउन लागेको हो । ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजनले भने ‘ प्रदेश सरकार, काठमाडौं महानगरपालिकार, ललितपुर महानगरपालिकाले साझामा लगानी गर्न लागेको हो ।’ भोलि सहमती पत्रमा हस्तक्षर हुने मेयरले जानकारी दिए । कमजोर व्यवस्थापन र उच्च व्यवस्थापनकै शंकास्पद गतिविधिका कारण साझाको घाटा वर्षैपिच्छे बढ्दै गएसँगै सिञ्चित नोक्सान चुलिँदा साझाले सोही बाटोको पुनरावृत्तिको संकेत गरेको हो । आर्थिक वर्ष २०७२ र ७३ मा १ करोड ९८ लाख रुपैंया नाफा कमाएको साझाले २०७३ र ७४ देखि निरन्तर घाटा व्यहोर्दै गएको छ । साझाको कार्यसञ्चालनमा सुधार हुनुको सट्टा झन् फितलो हुँदै गएपछि चालु आर्थिक वर्ष समेत थप नोक्सान बेहोर्ने संभावना छ । साझाले आर्थिक वर्ष २०७३ र ७४ मा १ करोड ८२ लाख रुपैंया खुद घाटा बेहोरेको थियो । त्यस्तै, २०७४ र ७५ मा १ करोड ७८ लाख घाटामा गएको भएको वित्तीय विवरण उल्लेख छ । दैनिक रुपमा भरिभराउ यात्रु बोकेर काठमाडौंका प्रमुख रुटहरुमा गुड्ने साझा यातायातको प्रमुख कार्य मानिने यातायात सेवा नै घाटामा गएको देखिएको छ । बस सञ्चालनबाट मात्रै साझाले आर्थिक वर्ष २०७४ र ७५ मा २ करोड ९३ लाख रुपैंया घाटा व्यहोरेको छ । २०७३ र ७४ मा २ करोड ३४ लाख रुपैंया घाटा व्यहोरेको थियो । सर्भाइभलको ग्यारेन्टीबिनै प्रदेश सरकार र महानगरको अर्को लगानी त्यसो त घाटामा गएको साझामा लगानी थप्न सरकारी निकायहरुले गरेको हतारो समेत अचम्म लाग्दो छ । अघिल्लो दुई वर्षदेखि निरन्तर घाटामा रहेको संस्थामा लगानी थप्न काठमाडौं प्रदेश सरकार, महानगरपालिका र ललितपुर महानगरपालिका भोलिबाट लगानी गर्दे र थप्दै छन् । नयाँ बसको सञ्चालन र नाफा वा कम्तीमा घाटा पूर्तिको सुनिश्चितता नै नगरी काठमाडौं महानगरपालिकाले साझालाई थप २० ओटा बस खरीद गर्न साझाको शेयर किनिदिने गरी सहमति गरिसकेको छ ।

काठमाडौँ महानगर र सिसडोलवासीबीच सहमति, थ्रुपिएको फोहोर तत्कालै उठ्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका र सिसडोलवासीबीच आइतबारको बार्तामा सहमति भएको छ । फोहोर फाल्ने नुवाकोट जिल्लाका ककनी गाउँ पालिका स्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका बासिन्दाले उचित क्षतिपूर्तिको माग सहित १ हप्तादेखि फोहोर फाल्न नदिएपछि काठमाडौँमा फोहोर थ्रुपिएको थियो । समस्या समाधानका लागि १५ दिन भित्र दिनभित्र अध्ययन गर्न १३ सदस्यीय समिति गठन भएको छ । स्थानीय बासिन्दा, जनप्रतिनिधि र महानगरपालिकाबीच यस्तो सहमति भएको हो । समितिले १५ दिनभित्र समस्याको पहिचान गरी समाधानका उपाय सिफारिस गर्ने काठमाडौँ महानगरका प्रवक्ता इश्वरमान डंगोलले बताए । अध्ययन समितिमा स्थानीयकोतर्फबाट जितबहादुर बलामी, चक्रमान बलामि, गणेश बलामी, ज्ञानेन्द्र गजुरेल, अर्जुन नेउपाने, राजन नेउपाने ककनी गापा वडा १ अध्यक्ष चक्रकुमार श्रेष्ठ २ का अध्यक्ष केदार पौडेल लगायत महानगरबाट वातावरण बिभाग प्रमुख हरिकुमार श्रेष्ठ, सुरक्षा प्रमुख धनपती सापकोटा लगायतका रहेका छन् । ‘ल्याण्डफिल्ड साइड’ बन्द हुँदा राजधानीमा फोहोर थुप्रियो, सिसडोलवासीको आन्दोलन किन ?  

हिम इलेक्ट्रोनिक्स र सिटी एक्सप्रेसबीच साझेदारी, विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा

काठमाडौँ । नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिसँग साझेदारी गरेको छ । हिम इलेक्ट्रोनिक्स प्रालिका तर्फबाट प्रभाकर शम्शेर थापा र सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र तण्डनले एमओयूमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् । यो इनिशिएसन जुलाई १, २०१९ बाट प्रारम्भ हुनेछ । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यस्तो इनिशिएसन गरेको हो । यसको शुरुवातसँगै ग्राहकहरु विभिन्न तरिकाले लाभान्वित हुनेछन् जस्तै उनीहरुले वारेन्टी दावी गर्न सक्नेछन्, ओसार–पसार छिटो हुनुका साथै त्यस क्रममा हुने तोडफोडको जोखिम समेत परिपूत्र्ति हुनेछ । साथै हिम इलेक्ट्रोनिक्सले मध्यपूर्वदेशहरुमा टिभी किन्दा लाग्ने रकममै विश्वकै नं. १ सामसङ्ग टिभी प्रदान गर्दछ । हिम इलेक्ट्रोनिक्सले विश्वस्तरीय, स्टेट-अफ-आर्ट, नवीनतम र गुणस्तरीय उत्पादनहरु शुलभ मूल्यमा प्रदान गर्दै आइरहेको छ । हिम इलेक्ट्रोनिक्स प्रालि वर्षाैदेखि उपभोक्तामाझ विश्वसनीय ब्राण्डको रुपमा स्थापना गर्दै निरन्तर रुपमा नेपालमा उत्पादकदेखि बिक्री पछिका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सिटिजन्स बैंकले रोप्यो १०० बिरुवा, सिइओ पोखरेलपनि सहभागी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा संचालन भएको वृक्षारोपण कार्यक्रममा उल्लासपूर्ण सहभागिता जनाएको छ । कोटेश्वर-कलंकी चक्रपथ सडक किनारमा सौन्दर्यमूलक रूखहरू रोप्ने कार्यक्रम सञ्चालन गरिएकोमा ग्वार्को शाखादेखि दक्षिणतर्फ ५०० मिटरसम्ममा १०० वटा कल्की फूलका बिरुवाहरू रोपिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्वार्कोमा कल्की फूलको बिरुवा रोपेर नेपाल सरकारले थालनी गरेको एक वर्षमा देशभर तीनदेखि पाँच करोड बिरुवा रोप्ने अभियानमा सहभागिता जनाए । बैंकका करिव १०० जना कर्मचारीहरूको अग्रसरतामा उक्त क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । आर्थिक, सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन, सहरी सौन्दर्य प्रवद्र्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विश्वकप एशिया फाइनलका लागि खेलाडी छनोट,को को भए ?

काठमाडौं । सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आइतबार १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको खेलाडीको सूचीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन् । त्यसैगरी, वैकल्पिकतर्फ कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख र जीतेन्द्र मुखिया छन् । आगामी सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको उक्त फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा हुँदैछ । एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत गरी पाँच राष्ट्र सहभागी छन् । जसमा विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोट आगामी अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई)मा हुँदैछ । यस्तै विश्वकप छनोटको तयारीको लागि नेपाली टोली यही असार २४ गते मलेसिया प्रस्थान गर्नेछ । त्यहाँ नेपालले असार २८ र २९ गते मलेसियाविरुद्व दुईवटा टी –ट्वान्टी सिरिज खेल्नेछ । रासस

निजगढ विमानस्थलमा दुई केपी ओलीबीच घमासान

काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थलमा दुई केपी ओलीबीचको अन्तरद्वन्द्व उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीले नेतृत्व गरिरहेको लगानी बोर्डले विमानस्थल निर्माणका लागि लगानी जुटाउने प्रयास गरिरहेको छ भने प्रधानमन्त्री ओलीले नै नेतृत्व गरिरहेको पर्यटन मन्त्रालय त्यसमा असन्तुष्ट देखिन्छ । नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरवका आयोजना हेर्ने फाँटका प्रमुख प्रदीप अधिकारी भन्छन-‘निजगढमा निजी कम्पनी आउँदैनन्, ३० वर्षमा लगानी उठाउने आयोजनामा निजी कम्पनीको सम्भावना छैन्, तर अहिले लगानी बोर्ड मार्फत अघि बढाउने भनेर उतै लगिएको छ ।’ हाल मुआब्जा वितरण, पुनर्बास, रुख कटान लगायतका काम प्राधिकरणले गरिरहेको छ । लगानी बोर्डले भने लगानी सम्मेलनमा निजगढ विमानस्थलमा लगानी आव्हान गरेको थियो । त्यसमा ७ वटा विदेशी कम्पनीहरुले इच्छा देखाएका छन् । ती कम्पनीहरुसँग वार्ताका लागि सन २०२० फेब्रुअरीसम्मको समय तोकिएको छ । ‘सन २०२०को फेब्रुअरी महिनासम्म आवेदन दिएका कम्पनीहरुसँग छलफल र सहमतिको समय तोकिएको छ, सो अवधिसम्म कुन मोडलमा निजगढ विमानस्थल बनाउने भन्ने एकिन होला’, लगानी बोर्ड उच्च स्रोतले भन्यो । अधिकारीले भने कहिले आफैं बनाउने, कहिले जी टु जी भन्ने त कहिले निजी क्षेत्रलाई दिने भनेर सरकारले निजगढ विमानस्थललाई भकुण्डो बनाएको आरोप पनि लगाए । ‘२०७३ जेठमा केपी ओली सरकारले आफैं बनाउने निर्णय गरेको थियो, पछि जी टु जीमा जाने भनियो, फेरि निजी कम्पनी खोज्न लगानी बोर्डलाई दिइएको छ, आखिर सरकारले गर्न चाहेको के हो ? पहिले त्यो स्पष्ट हुनुपर्छ’, संसदको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा आक्रोश पोखे । २०७३ सालमा १ खर्ब २० अर्ब लागतमा पहिलो चरणको विमानस्थल निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको थियो । हाल यसको लागत १ खर्ब ५० अर्ब पुगेको पनि अधिकारीले जानकारी दिए । उनले रुख काट्ने निर्णय गरिनुपर्ने तथा निर्माण मोडलबारे सरकारले ठोस निर्णय गर्नुपर्ने बताए । ‘हामीले जे गर्नु पर्ने हो त्यो गरिरहेका छौं, कसरी बनाउने ? स्रोत कसरी जुटाउने त्यो सरकारले टुंगो लगाउने विषय हो,’ अधिकारीले भने । निजगढ विमानस्थलका लागि ४ हजार हेक्टरको ७ लाख रुख काटेर एउटा रनवे सहितको पूर्वाधार निर्माण गर्ने गरि डीपीआर तयार हुँदैछ । प्रधानमन्त्रीले नेतृत्व गरेको लगानी बोर्ड र पर्यटन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन प्राधिकरण दुबै निजगढ विमानस्थलमा संलग्न छन् । प्राधिकरणका नव नियुक्त महानिर्देशक राजन शर्माले पनि लगानी बोर्ड मार्फत लगानीकर्ता खोज्ने काम अघि बढेकाले निर्माण मोडलबारे प्राधिकरणले कुनै काम अघि बढाउन नसकेको भन्दै असन्तुष्टी पोखे ।

लक्ष्मी पोखरी पुननिर्माणमा नेपाल बंगलादेश बैंकद्वारा ९ लाख सहयोग

काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला इपाटोल स्थित ऐतिहासिक लक्ष्मी पोखरीको रु नौ लाख बहत्तर हजार रकमको लागतमा पुननिर्माण गरेको छ । शनिबार नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयूक्त रुपमा ऐतिहासिक लक्ष्मी पोखरीको उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैँकले सदैव आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई सर्वोपरी मान्दै आएको र बैंक सधै सामाजिक विकासप्रति सचेत र सजग रहेको बताए ।