ठमेल र झम्सिखेलमा कुमारी बैंकको शाखा बिस्तार
काठमाडौँ । कुमारी बैंक लिमिटेडले असार २६ गते एकैदिन काठमाडौँ उपत्यकामा दुई नयाँ शाखा बिस्तार गरेको छ । ललितपुरको झम्सिखेल र काठमाडौँको ठमेलको (छायाँदेवी कम्प्लेक्स) मा शाखा उद्घाटन गरेको हो । ठमेलमा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबरा तथा ठमेल पर्यटन बोर्डका अध्यक्ष प्रकाश नरसिंह राणाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । यसैगरी, झम्सिखेलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बैंकका अध्यक्ष राणाले शाखा उद्घाटन गरे । उक्त शाखा विस्तारपछि कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल संख्या ९६ पुगेको छ ।
हिमालय एअरलाइन्सले साउन ६ गतेदेखि ढाका उडान सुरु गर्दै
काठमाडौँ । हिमालय एअरलाइन्सले धेरै समय देखि पर्खाइमा रहेको काठमाडौं/ ढाका/ काठमाडौंको सीधा उडान यही २०७६ साउन ६ गते (जुलाई २२, २०१९) देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०-२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०-२०० को तीनवटा जहाज रहेको छ । व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बङ्गलादेश जाने दुवै प्रकृतिका यात्रुहका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको छ । नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बङ्गलादेशी पर्यटकलाई नेपाल सम्मको पहुँच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । एअरलाइन्सले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई÷आबु धावी, दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बांगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ ।
बैंक अफ काठमाण्डूको सहायक प्रमुख कार्यकारी अधिकृतमा बिमल डागा नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डूले बिमल डागालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । स्टयान्डर्ड चार्टर्डबाट बैंकिङ्ग करियर सुरु गरेका उनको २६ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ । कर्जा व्यवसाय तथा कर्जा जोखिम व्यवस्थापनमा विज्ञता हासिल गरेका उनले स्टयान्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष तथा एनआईसी तथा मर्जपछि एनआईसी एशियामा १३ वर्ष कार्य सम्पादनको अनुभव हासिल गरेका छन् । बैंक अफ काठमाण्डूमा नियुक्ती प्राप्त गर्नु अघि बैंकिङ्ग तालिम प्रदान गर्ने संस्थाहरु बिआइएम र एनबिआईमा तालिमकर्ताको रुपमा सक्रिय रहेका थिए । दिल्लीको श्रीराम कलेजबाट स्नातक साथै काठमाडौँ विश्व विद्यालयबाट एमबिए गरेका उनको नियुक्ति पछि बैंकले आगामी दिनमा कर्जा व्यवसाय र जोखिम व्यवस्थापनमा थप सुधार हुने विश्वास व्यक्त गरेको छ ।
यासुदा र सानसुई ब्राण्डद्वारा ६ जनालाई पुरस्कार वितरण, सिंगापुरदेखी दुवईसम्मको भ्रमण
काठमाडौं । नेपालको प्रसिद्ध कम्पनी त्रिवेणी व्यापार कम्पनी र यासुदा ब्रान्डले सिगापुर र दुवई भ्रमणको विजेता लगाएत ४ जनलाई पुरस्कार वितरण गरेको छ । त्रिवेणी व्यापार कम्पनीले २०७५ चैत १५ गते देखी २०७६ जेठ १५ गते सम्म ग्राहकाहरु मध्यबाट विजेता घोषणा गरेको छ । नेपालभरी सञ्चालीत यासुदा ‘नयाँ वर्षको शुभारम्भ’ ग्राहक योजना र सान्सुइको ‘सान्सुइ न्यू इयर ग्रान्ड अफर’ अन्तरगत सान्सुइ र यासुदाको सामान खरिदामा लक्की ड्र कुपन प्रधान गरि ति मध्य लक्की ड्र मार्फत असार १७ गते विजेता घोषडा गरेको थियो । विहिवार विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । यासुदाले कृष्णबहादुर बुद्ध प्रथम, ललित ओली द्धीतीय र ताहासिंह थापा तृतीयलाई क्रमश सिगापुर भ्रमण, यासुदा सिक्स्टीफाइब ४ के स्मार्ट एलसिडी टिभी, यासुदाको एक थान एसी र सान्सुइले तपतबहादुर विष्टलाई प्रथम पुरस्कारमा दुवई भ्रमण, फैयाज अहमद द्धीतीयलाई सान्सुइ फिप्टीफाइब स्मार्ट एलसिडी टिभी र निशा विष्ट तृतीयलाई एक थान एसी पुरस्कार वितरण गरेको छ । कम्पनीका म्यानेजिङ ड्राइरेक्टर शैलेस साग्राइले भने यासुदाको सामान नेपाली बजारमा सस्तो मूल्यामा विद्युतीय सामान खरिद गर्न सकिने बताए । उनले भने हाम्रो सेवा र सुविधामा कुनै कमि नहुने बताए ।
वाणिज्य बैंक र उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य सम्बन्धि सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघको सिफारिसमा बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीलले बैंकसंगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुग्ने जानकारी दिए । हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिस बमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने हुंदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने जनाएको छ । त्यस्तै वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृत केशवप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु, महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सभापति बासुदेब गिरी, महासचिव डम्बरप्रसाद रेग्मी लगायत महासंघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
खल्तीबाटै अब डिम्याट र मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने
काठमाडौं । शेयर कारोबार गर्ने व्यक्तिले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ‘खल्ती डिजिटल वालेट’ले खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरोशेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो । सेवाको सुरुवात सँगै खल्तीले एप तथा वेबसाईटमा ’शेयर’ नाम दिइएको एउटा नयाँ आईकन ल्याएको छ जहाँबाट केहि क्लिकमै बिना कुनै अतिरिक्त शुल्क छिटो र सजिलो तरिकाले डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिनेछ । खल्तीले संचालनमा ल्याएको यस सेवाले डिम्याट तथा मेरोशेयर खातावालहरु विभिन्न क्यापिटल तथा मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ । यस्तो डिजिटल भुक्तानी सुविधाबाट डिम्याट तथा मेरोशेयर खातावालहरु लाभान्वित हुने खल्तीले विश्वास लिएको छ । डिम्याट र मेरोशेयर नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भने, “नेपालको सन्दर्भमा अहिले पनि डिम्याट तथा मेरोशेयर खातावालहरु मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने बाध्यता छ । नवीकरण शुल्क भुक्तानी सेवा सुचारु गरेको हो । हामीलाई आशा छ खल्तीले ल्याएको यो सेवा मार्फत अब डिम्याट तथा मेरोशेयर खातावालको उक्त बोझ हटेर जानेछ । यस सेवाको सुरुवातसँगै हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एउटा अर्को पाइला अगाडी सारेको महसुस गरेका छौँ ।” तत्कालका लागि जम्मा छ वटा क्यापिटल तथा मर्चेन्ट बैंक खातावालले यो सेवा प्रयोग गर्न सक्नेछन् । जसमा सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल, एनआइसी एसिया क्यापिटल, र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् । खल्तीले छिट्टै अरु धेरै क्यापिटल तथा मर्चेन्ट बैंकका खातावालमाझ यो सेवा विस्तार गर्नेछ । खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढी रहेको छ । कसरी डाउनलोड गर्ने खल्ती एप ? खल्ती एप यो लिंकबाट डाउनलोड गर्न र डिम्याट तथा मेरोशेयरको नवीकरण शुल्क भुक्तानी गर्न सकिन्छ । के हो डिम्याट ? डिम्याट खाता कसरी खोल्न सकिन्छ ? भौतिक रुपमा भएका शेयर प्रमाणपत्रलाई अभौतिक (इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो । शेयरको डिम्याट गर्नका लागि केन्द्रिय निक्षेप सेवा (सिडिएसी) बाट सदस्यता लिएको निक्षेप सदस्य (डिपोजीटरी पार्टि्सिपेन्ट) मार्फत खाता खोली भौतिकरुपमा रहेको शेयरलाई विद्युतीयकरण गर्न सकिन्छ । साधारण शेयरको आवेदनका लागि समेत डिम्याट खाता अनिवार्य हुन्छ । बैंक खातामा पैसा जम्मा हुन्छ भने डिम्याट खातामा शेयर जम्मा हुन्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा ब्रोकर कम्पनीले निश्चीत मापदण्ड पुरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलिदिन्छ । डिम्याट खाता खोल्न पहिला एक सय ५० रुपैयाँ लाग्छ । त्यसपछि वार्षिक सय रुपैयाँ तिरेर नविकरण गर्नुपर्छ । डिम्याट खाता खोलेका सबैले आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक शुल्क असार ३१ गतेभित्र भुक्तानी गर्नुपर्नेछ ।
कृषि विकास बैंकले गर्याे कीर्तिपुरकाे सामुदायिक सेवा केन्द्रलाई सहयाेग
काठमाडौं । कीर्तिपुरको ट्याङ्गलाफाँटमा सामुदायिक सेवा केन्द्रलाई कृषि विकास बैंकले सहयोग गरेको छ । बैंक शाखा कार्यालय किर्तिपरबाट आयोजित कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको प्रमुख अतिथ्यमा सो सेवा केन्द्र ट्याङ्गलाफांटलाई एक लाख १० हजार रुपैयाँ बराबरको सामग्री सेवा केन्द्रका अध्यक्ष बाबुराम सुवेदीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सवै प्रकृतिका लोक कल्याणकारी कार्यमा सवै क्षेत्रबाट सहयोग हुन सकेमा त्यसले देश विकासमा महत्वपूर्ण टेवा पु¥याउने जानकारी दिए । देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गर्नुका साथै बैंक पूर्ण रुपमा आधनिक बैंकिङ्ग भै बैंकले हाल एटिएम, एस एम एस, मोवाईल बैकिङ्ग लगायतका सेवा सुविधाहरु ल्याएको बैंकले जनाएको छ । सामुदायिक सेवा केन्द्र ट्याङ्गलाफांटका अध्यक्ष बाबुराम सुवेदी, केन्द्रका उपाध्याक्ष सुरेन्द्र उप्रेती, डि.एस.पी छेदीलाल कामतले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कृषि विकास बैंकले पुराएको सहयोगको सराहना व्यक्त गरेका छन् । सो कार्यक्रममा बैंक का.मु.उप–महाप्रबन्धक तथा कार्यक्रमका विशिष्ट अतिथि प्रताप सुवेदीले बैंक नाफामुलक व्यवसायमा मात्र संलग्न नभै सामाजिक कार्यमा पनि त्यतिकै सरिक हुंदै आएको छ । उक्त कार्यक्रममा का.मु. विभागीय प्रमुख शंकर अर्याल, बैंकका प्रवक्ता हिमलाल पौडेल, क्षेत्रिय कार्यालय काठमाडौका का.मु.निर्देशक करुणचन्द्र घिमिरे, का.मु. निर्देशक अनिल यादव, शाखा प्रमुख राजेन्द्र रानाभाट ,का.स. झगेन्द्र आचार्य र प्रबन्धक मिना लेखक, नारायणलाल श्रेष्ठ ,बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, बैंकका पूर्व कर्मचारीहरु वि.प्र. गणेश पाण्डे, भरत बस्नेत लगायतका अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।
ज्योति लाईफको बीमालेख नविकरण शुल्क अब इसेवाबाट भुक्तानी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स्को बीमालेख नविकरण शुल्क इसेवाबाट भुक्तानी गर्न मिल्ने भएको छ । ज्योति लाइफ इन्स्योरेन्स्का ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवा प्रदान गर्ने व्यवस्था ल्याएको हो । काम तथा सेवालाई प्रविधि मैत्री, प्रभावकारी तथा सहज बनाउन इसेवासंग भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु गरिएको हो । जसबाट ज्योति लाईफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाबाट शुरु गरेको छ । कुनै पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ज्योति लाईफ इन्स्योरेन्स्ले जानकारी दिएको छ ।