साढे ३३ किलो सुन काण्डमा सर्वोच्चको फैसला, गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले आज सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्च अदालतमा आएपछि सो फैसला भएको हो । सुन काण्डका आरोपीलाई जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि उच्च अदालत विराटनगरले पनि धरौटीमा छोड्न अस्वीकार गरेको थियो । सुन काण्डका आरोपीहरु सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डङ्गोल र बालकृष्ण श्रेष्ठसहित २८ जनालाई थुनामा राख्ने जिल्ला र उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
टाटा मोटर्स कार्निभल शुरु, टाटाको प्यासेन्जर गाडीमा ३ लाख सम्मको छुट
काठमाडौँ । टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यस बर्ष परिमार्जित रुपमा ‘टाटा मोटर्स कार्निभल’ नाम दिई शुरु गरेको छ । २०१९ अगस्ट १ देखि शुरु भएको ‘टाटा मोटर्स कार्निभल’ विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा सञ्चालन हुनेछ । नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्ग प्रालिे टाटा मोटर्स कार्निभल आयोजना गर्न लागेको हो । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि हो । यसअघि पनि सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबै भन्दा ठूलो र भब्य कार्यक्रम भएको कम्पनीले जनाएको छ । यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडिहरुमा ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, संगित, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत रहेको छ । यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जागरुक बनाई ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए । टाटा मोटर्स कार्निभलबाट बजारमा रहेकोभन्दा आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको सिप्रदी ट्रेडिङ्ग प्रालिका सिइओ राजनबाबु श्रेष्ठ बताउँछन् । लक्की ड्रबाट बुकिङ्ग गर्दाको अफरहरु यस्ता छन्ः – एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण/एप्पलको सेट/ ३ लाखसम्मको नगद छुट । – १ लाखसम्मको लोएल्टी बोनश । – एक वर्षसम्मको लागि रोड टयाक्समा छुट । – डोर प्राईजमा एकजनालाई ब्याङकक भ्रमण । – बुकिङ्गमा लक्की ड्र मार्फत एक सामसुङ्गको ३२ ईन्च टिभी उपहार । – परीक्षण टेष्टमा एक भाग्यशालीलाई लक्की ड्र बाट हुवाईको स्मार्ट फोन । – पूरानो सवारी मूल्यांकनमाएक भाग्यशालीलाई लक्की ड्र बाट दक्षिणकाली भिलेज रिर्सोटमा एक रातको बास । – प्रत्येक टेष्ट ड्राईभमा २जनालाई फिल्मको टिकट । – प्रत्येक गाडिको डेलिभरीमाआकर्षक उपहारहरु ।
ओयाको नेपालका लागि नयाँ कन्ट्री हेडमा विक्की योल्मो नियुक्त
काठमाडौँ । ओयो होटल एण्ड होम्स्, दक्षिण एशिया कै सबैभन्दा ठूलो, चीनको दोस्रो ठूलो, विश्वकै तेस्रो ठूलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रेयानचाईज होटल, घरहरु र आवासले शुक्रबार नेपालका लागि कन्ट्री हेडमा विक्की योल्मोलाई नियुक्त गरेको छ । नेपालमा आतिथ्य श्रृंखलाहरु विस्तार भइरहेका छन्, यसबीच विक्की सम्पूर्ण होटल संचालकहरुसँग सम्बन्ध प्रगाण बनाउन, नेपालमा रहेका ओयो कर्मचारीहरुबीच गहिरो संलग्नता कायम गर्न, यात्रुहरुलाई उच्च गुणस्तरीयसेवा तथा विश्वाशिलो अनुभव प्रदान गर्न र नेपाल भ्रमण वर्ष २०२० (भिजिट नेपाल) लाई मध्यनजर गर्दै नेपाललाई चौतर्फी दृष्टिकोणबाट महत्वपूर्ण रणनीतिक बजार विस्तार गर्न केन्द्रित रहने छन् । योल्मो ११ वर्ष भन्दा बढी एक अनुभवी स्ट्याटिजिक बिज्नेस म्यानेजमेन्ट स्पेश्यालिस्ट हुन् । उनीले आईआईटी दिल्लीबाट स्नातक गरेका छन् भने एमबीए आईआईएम कलकत्ताबाट गरेका हुन् । उनले फूड, डेरी, एफएमसीजी, रिटेल र एग्री कमोडिटिस्मा उत्कृष्ट काम गरेका छन् र उनको रणनीतिक विकासको दक्षताले दिगो व्यवसाय वृद्धि सूनिश्चित गर्दछ, जुन ओयोको अनुपम बिज्नेस मोडल र योजनाहरुका लागि महत्वपूर्ण आयाम हो । नेपालको ओयो चेनमा ३३० भन्दा बढी फ्रेयानचाईज होटल र ५५०० भन्दा बढी कोठाहरु रहेका छन् ।
सोमस्र्वीको एम्बेष्डरमा गायक सुशान्त केसी नियुक्त
काठमाडौँ । सोमस्र्वी एप्पल साइडरले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त केसीलाई यही साउन १६ बाट लागु हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेष्डर नियुक्त गरेको छ । नेपाली युवाहरुमाझ प्रचलित स्फुर्तिदायी पेय ‘सोमस्र्वी एप्पल साइडर’ र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक सुशान्त केसीेले फ्रेन्डसीप महिनालाई अझै सुरीलो र यादगार बनाउन सहकार्य गरेका छन् । गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले भने–“हामीे यो सहकार्यबाट दूबैबीच परिपुरक हुनेमा विश्वस्त गर्छौ । यो फ्रेन्डसीप महिनामा हाम्रा युवा उपभोक्ताहरुले उहाँको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमस्र्वीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउने छन्उ-नले भने । सुशान्त प्रशन्न हुँदै भने-‘म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु ।’
सिजी ब्राण्डका नयाँ फ्रिजहरु बजारमा
काठमाडौँ । सिजीले हालै विभिन्न किसिमका आकर्षक एवम् नयाँनयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ । जस अन्र्तगत सिङगल डोरमा २५ वटा भन्दा बढी मोडलहरुमा उपलब्ध छन् । यी फ्रिजहरु हेर्दा निकै नै अकर्षक देखिन्छन् । विभिन्न किसिमका फुलबुट्टा र रंगहरुमा उपलब्ध यी फ्रिजहरुमा ५ वर्ष सम्मको वारेण्टी रहेको छ । यी फ्रिजहरुमा पावरफुल कम्प्रेसर, सुपर कुइकआइस, ग्रिप ह्न्डल आदि जस्ता अरुपनि थुप्रै विशेषता रहेका छन् । त्यस्तै हालै सिजीले वाटर डिस्पेन्सर सहित नयाँ फ्रिज बजारमा ल्याएको छ । यसमा फ्रिजभित्रको चिसो पानी फ्रिजको ढोका नखोलिकनै पनि लिन सकिने छ । त्यसैगरी अर्को नयाँ साईड बाई साईड र मल्टिडोरयुक्त फ्रिजहरु पनिल्याएको छ । जसमा १० वर्ष सम्मको वारेण्टी पनि रहेको छ ।
साउन २४ गतेसम्म हिमाल दोलखाको आईपीओ भर्न सकिने, आगामी वर्षबाटै लाभांश दिने
काठमाडौँ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले गत असारमा निष्काशन साधारण सेयर(आइपीओ) साउन २४ गते सम्ममा मात्र खुल्ला गरिने जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले खुल्ला गरेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सेयरका लागि साउन २४ सम्ममा मात्र आवेदन दिन सकिने जनाएको हो । आगामी आवदेखि कम्पनी नाफामा गई सेयरधनीहरुलाई लाभांश दिन सक्ने भएकाले सर्वसाधारण लगानीकर्ताहरुको लागि लगानीको राम्रो अवसर रहेको कम्पनीले जनाएको छ । प्रति सेयर एक सयका दरले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदनदिन सकिने छ । कम्पनीका बित्तीय म्यानेजर अनन्त कार्कीले कम्पनीले एभरेष्ट बैंकसँग ३३ करोड कर्जा लिएको बताउँदै उक्त आईपीओ निष्कासनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी रकम बैंकको कर्जा तिर्न उपयोग गरिने बताए । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माईनगरपालिका वडा नं. ९ मा रहेको छ । कम्पनीसँग माई खोला साना जलविद्युत आयोजना(४.५ मेगावाट) र माई खोला साना क्यासकेड जलविद्युत आयोजना(८ मेगावाट) दुवै आयोजनाहरुबाट २०६७ फागुन १ र २०७५ चैत २६ गतेदेखि ब्यापारिक उत्पादन शुरु भैसकेको छ । यस कम्पनीले केबीएनआर इशुवापावर लिमिटेड(९७.२ मेगावाट) मा १९५ शेयर लगानी गरेको छ । उक्त आयोजनामा प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने जनाएको छ । हिमाल दोलखाकोे आइपीओ आजदेखि, १ लाख कित्तासम्म भर्न पाइने
प्रभु इन्स्योरेन्सको २३ औँ साधारण सभा सम्पन्न, आव २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित
काठमाडौँ । प्रभु इन्स्योरेन्सले शुक्रबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आव २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गर्दै साधारण सभा सम्पन्न भएको हो । एनएफआरएस मोडेलमा वित्तीय विवरण तयार गर्नु परेकाले यसपटक साधारण सभा गर्न केही ढिलो भएको बताउँदै आगामी वर्ष सेयरधनीहरुलाई खुशी बनाउने प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बताए । गत वर्ष कम्पनीले १९ दशमलव २० प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ५० लाख ७६ हजार रहेको छ ।
उपराष्ट्रपतिसँग मोरक्कोका राजदूतको शिष्टाचार भेट
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले आज शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति भवनमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो । उपराष्ट्रपति पुनले नेपाल र मोरक्कोबीचको सम्बन्धलाई जनस्तरसम्म फैलाएर आपसी सहयोग र सहकार्यलाई फराकिलो बनाउनुपर्ने बताएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिएका छन् । नेपालले राजनीतिक स्थायित्व हासिल गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै उपराष्ट्रपति पुनले मोरक्कोलाई लगानीका लागि आग्रह गरेका थिए । नेपाल र मोरक्कोको औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको छ । भेटमा राजदूत मल्लिकीले नेपाल मोरक्कोको असल मित्रराष्ट्र भएको बताउँदै कृषिलगायत विविध क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । उनले नेपालको कृषि क्षेत्र मोरक्कोको प्राथमिकतामा रहेको जानकारी दिएका छन् । रासस