महानगरीय प्रहरी वृत्तलाई मुक्तिनाथ बैंकले गर्याे हरित गार्डेन हस्तान्तरण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिकशाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा बनाएको वातारण मैत्री हरित गार्डेन हस्तान्तरण गरेको छ । उक्त गार्डेन तथाप केट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमाडौं महानगरपालिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । यस हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुुँडालदेवीका अध्यक्ष लगायत स्थानीय नागरीक, समाजसेवी, वुद्धिजीवि तथाप्रहरी वृत्तका कर्मचारीको उपस्थिति रहेको थियो । मुक्तिनाथविकास बैंकले देशैभरी ११८ वटा शाखा, २२ वटा एटिएम. र करिब सातलाखग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाकासाथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।
त्रिभुवन विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षत्रीले आइतबार राति १०ः५० बजे क्याथी ड्रयागनको उडानमा हङकङबाट काठमाडौँ आएका निंछिलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनको साथबाट बिस्कुट आकारको चार हजार ग्राम सुन बरामद गरेको कार्यालयका प्रमुख क्षत्रीले बताए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
माइती नेपाललाई सहयोग गर्न खुल्यो क्याफे, नाफाको ५१ प्रतिशत चेलिबेटीको उद्दारमा
काठमाडौं । चेलिबेटी बेखबिखनविरुद्ध क्रियाशिल माइती नेपालमा आश्रितहरुलाई सघाउन बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा आएको छ । विदेशबाट स्वदेशमै केही गर्न भनेर फर्किएका युवाहरुले स्थापना गरेको आफ्नो नेपाल नामक संस्थाले विदेशी दात्री संस्था फ्रि गर्लको सम्योजकत्व र माइती नेपालसँगको सहकार्यमा माइती क्याफे संचालनमा ल्याएको हो । यस क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत रकम नेपालका लाखौँ चेलीबेटीहरुको उद्धार गरी नयाँ जीवन दिन सफल माइती नेपाललाई दिइने क्याफे संचालक आफ्नो नेपालसँग आवद्द समिर पन्थीले बताए । ुमुनाफाको बाँकी ४९ प्रतिशत रकमसमेत यही क्याफेको व्यवस्थापन र अन्य सामाजिक काममा प्रयोग गरिने छ,ु उनले भने । क्याफेबाट हुने आम्दानीले माइती नेपाललाई दातामै निर्भर रहनु पर्ने बाध्यता न्युनिकरण गर्ने अपेक्षा क्याफे संचालकको छ । माइती क्याफेमा माइती नेपालमा आश्रीत चेलिबेटीहरुले रोजगारी पाएका छन् । ुमाइती नेपालको संरक्षणमा रहेका नेपाली चेलीबेटीहरुको पुनर्जीवनका लागि पनि यो क्याफे महत्वपूर्ण माध्यम हुनसक्छ भन्ने हामीले विश्वास लिएका छौँ,ु पन्थीले भने, ुमाइती नेपालमा रहेका चेलीहरुलाई यस क्याफेमा संलग्न गराएर उनीहरुलाई सिप सिकाउने, आत्मबल बढाउने, समाजमा अन्तरघुलन गराउने र आत्मनिर्भर गराउने उद्देश्य क्याफेले लिएको छ । आफ्नो नेपालको नेतृत्व गरेका युवा उद्यमी तथा अभियान्ता पन्थीले अमेरिकामा लामो विभिन्न ब्यवसाय संचालन गरेका थिए । देशमै केही गर्नु पर्छ भन्ने भावनाका साथ नेपाल फर्किएर उनले सामाजिक अभियान र व्यवसायीक काम गर्दै आएका छन् । उनलाई उपेन्द्रबहादुर श्रेष्ठ, प्रविरशम्शेर राण र मनिष कोइरालाले साथ दिएका छन् । आफ्नो नेपालको माइती क्याफे पहिलो प्रोजेक्ट हो । क्याफेमा नेपाली र विदेशी विभिन्न परिकारहरु पाईने छ । क्याफेको मेनुमा समेत माइती नेपालका सामाजिक कामहरुको जानकारी राखिएको छ । ुग्राहकले खाना अर्डर गरेपछिको समयमा माइती नेपालबारे मेनुबाट जानकारी लिन सक्नेछन्,ु पन्थीले भने, खानेकुरा खाएपछि तिरेको रकमको केही हिस्सा नेपाली चेलिबेटीको उद्दार र पुनस्थापनामा खर्च हुने कुराले उनीहरुलाई फरक आनन्दको अनुभूती दिने छ ।
नेपाली सेनाले लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठी गर्ने
काठमाडौं । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिएका छन् । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । प्रधानसेनापति थापाले भने, “नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही योगदान गर्नुपर्छ भनेर बहुर्राष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, जङ्गल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भूभागमा सहासिक खेल ट्राइथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिनेछ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यसम्बन्धी सेमिनार, गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्यारा ग्लाइडिङजस्ता खेलकूदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउँदै प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । रासस
१३ वर्षीय रिम्पुको आत्मविश्वासले भन्छ, ‘मैले त क्यान्सरलाई जितेँ, तपाई पनि जित्न सक्नुहुन्छ’
काठमाडौं। ‘साथीहरु खेलिरहेको समयमा म भने अस्पतालको शैयामा छ्ट्पटाउँदै थिएँ । विद्यालय जाने र साथीहरुसँगै रमाउने उमेरमा मलाई भने केनुलाको पीडाले असह्य हुन्थ्यो । मलाई साथीहरुसँगै विद्यालय जाने र रमाइलो गर्ने रहर कहाँ नभएको हो र ? तर अस्पतालको शैयामा पल्टिरहन म विवश थिएँ ।’ १३ वर्षका रिम्पु योल्मोले शनिबार सानेपा स्थित हेरिटेज गार्डनमा भएको यस्ता मार्मिक अभिव्यक्ति दिइरहँदा कार्यक्रममा उपस्थित सबैका आँखा रसाएका थिए । ‘सुदिप्त बाल क्यान्सर सर्भाइभर र्याम्प शो’ उनले व्यक्त गरेका वाक्यहरुले कार्यक्रममा सहभागीहरु भावविभोर भएको उनीहरुको मलिन मुहारले प्रष्ट पार्थ्यो । ११ वर्षको उमेरमै यति ठूलो रोगसँग सामना गर्नुपरेको अनुभव र संघर्षहरु सुनाउँदै रिम्पुले क्यान्सर रोगबाट बच्न र अपनाउनु पर्ने प्रेरणात्मक उपायहरु पनि जानकारी गराए । स्थायी घर कास्कीको पोखरा भएका रिम्पु हाल गोंगबुमा आफ्ना मामाको घरमा बस्दै आएका छन् । बुवा नोर्बु योल्मो र आमा रमना थापा योल्मोको कान्छा छोरा हुन् रिम्पु, उनका दुई दिदी छन् । रिम्पुको बालापन साथीहरुसँगै हाँस्दै खेल्दै बितिरहेको थियो। पोखराको रामबजारमा बस्दै आईरहेका रिम्पु एकदिन सामान्य बिरामी परे । उनको खुट्टामा उनले केही फरक अनुभुती गरे । खुट्टामा निलो डाम र गाँठो देखिने थाल्यो र उनलाई बिस्तारै दुखाई अनुभव हुन थाल्यो । उनले बुवालाई आफ्नो समस्या बताए र विद्यालयमा एक दिन बिदा लिएर उनका बुवा नोर्बु योल्मोले उनलाई चिनजानका बाल बिशेषज्ञ डा. नवराज सुवेदीसँग सिबिसी र टिडीएस टेस्ट गराए । डाक्टरले रिम्पुलाई तुरुन्त काठमाडौंको कान्ती बाल अस्पताल लैजान सुझाव दिए । त्यसलगत्तै रिम्पुलाई उनका बुबाले काठमाडौं ल्याएर सबै चेकजाँच गरे र रिपोर्ट आएपछि रिम्पु र उनको परिवारलाई भावविह्वल बनायो । रिपोर्टमा रिम्पुलाई ब्ल्ड क्यान्सर भएको देखायो । रिम्पु आफ्ना बुबाआमासँगै कति दिनरात रोएर बिताए । ११ वर्षका छोरालाई यस्तो अवस्थामा देख्नु पर्दा परिवारमा ठूलै आँधी आयो । रिम्पु अहिले १३ वर्षका भए । २ वर्ष देखी अस्पतालमै आफ्नो बढी समय बिताईरहेका छन् । उनले कक्षा ७ देखी विद्यालय जान पाएका छैनन् । उनलाई दिनुपर्ने मेजर किमोहरु दिईसकिएको छ र उनी हाल औषधी खाईरहेका छन् र फलो अपको लागि अस्पताल धाईरहेका हुन्छन् । क्यान्सर भएको थाहा पाउँदा ः रिम्पुलाई क्यान्सर भएको पहिलोपटक थाहा पाउँदा क्यान्सर भन्ने रोग हुन्छ भन्ने मात्र थाहा थियो, तर यसको उपचार सम्भव छ भन्ने उनलाई थाहा थिएन । उनलाई खुब डर लाग्यो। आमाबुवा दिदी बहिनी खुब रोए । उनी पनि धेरै रोए। उनलाई धेरै दुःख लागेको थियो । बुवाआमाले उनलाई सन्चो हुन्छ पिर नलिउ भनेर जहिले भनिरहनु हुन्थ्यो । तर, रिम्पु जब अस्पतालमा उपचारको लागि भर्ना भए, तब उनले उनी जस्तो धेरै साथीहरु भेट्टाए । उनको मन त्यसपछि धेरै शान्त भयो । सम्झन चाहदैनन् किमो लगाउँदाको क्षण ः रिम्पु केमो लगाएको दिनहरु सम्झन चाहदैनन् । उनी भन्छन्- त्यो क्षणले दुःख मात्र दिन्छ । त्यस समयमा उनलाई खाना खान मन लाग्दैन थियो । खायो कि वान्ता हुन्थ्यो, शरीरमा तागत सिद्धिसकेको थियो । एकपटक उनलाई किमो चढाउने बेलामा डाक्टरले सलाईन चढाउन बिर्सेछन्, जसका कारण उनको छाला पुरै डडेको थियो । उनका कपालहरु पनि धेरै झारे र कपाल खानामा पर्छ भनेर एकदिन उनका बुवाले कपाल पुरै काटी दिए। किमो चढाएको समयमा बढी रेडिएसनको कारण क्यान्सर बिरामीहरुको कपाल झरेर जाने गर्छ । किमो लगाउँदा धेरैको नशा भेटिदैन थिए र नशा पत्ता लगाउनको लागि उनीहरुलाई औषधी दिइन्थ्यो, जसले नशाहरु सुनिन्थ्यो र दुख्थ्यो । अझै त्यस समयमा विशेष सरसफाईमा ध्यान दिनु पथ्र्यो, ईन्फेक्सन हुन्छ भनेर मानिसहरुसँग टाढा बस्नुपर्ने, डाक्टर र पोषणविद्ले भने अनुसार सफा र स्वस्थ्य खानेकुरा मात्र खानु पर्छ भन्नु हुन्थ्यो । अब स्कुल जाने चाहना ः रिम्पु अब छिट्टै नै कक्षा ८ मा भर्ना हुने सोचमा छन् । उनी २ बर्ष पछि विद्यालय जान लागेका हुन् । उनले उपचारको समयमा विद्यालय र साथीहरुलाई खुब मिस गरे । उनलाई बुवाले अब चाँडै नै विद्यालय भर्ना गरिदिने भन्नुभएको छ । उनी विद्यालय जानको लागि उत्साहित छन् । उनीसँगै पढ्ने साथीहरु कक्षा ९ मा पुगिसकेका छन्, तर उनलाई यसको केही चिन्ता छैन । उनी भन्छन्,–‘यस्तो कुरालाई लिएर नरमाइलो मान्नु हुन्न् ।’ रिम्पु पोखरा वा काठमाडौं कहाँ पढ्ने भन्ने कुरा तय भएको छैन । उनका बुवा अस्पतालहरु नजिक भएको कारण उनलाई काठमाडौं नै पढाउने सोच्दै छन्, तर अर्कोतर्फ छोरालाई लामो समय आफुहरुबाट टाढा नराख्ने कि भन्ने नि उनी सोच्छन् । मैले त क्यान्सरलाई जितेँ, तपाईहरुले पनि जित्न सक्नुहुन्छ ः रिम्पुको स्वास्थ्यमा सुधार भइरहेको छ । उनलाई हेर्दा ब्लड क्यान्सर भएको जस्तो देखिदैन । हँसिलो अनुहार अनि उनको त्यो मिठो बोलीले जो कोहीलाई पनि मोहित बनाउँछ । रिम्पु भन्छन्,–‘मेरो आत्माबलको कारण म आज स्वस्थ छु । म जस्ता क्यान्सरका बिरामीहरुलाई म आफ्नो आत्मबल जहिले पनि बलियो राख्न अनुरोध गर्न चाहन्छु । उनी भन्छन्–‘मैले त क्यान्सरलाई जिंते तपाईले पनि जित्न सक्नुहुन्छ ।’ विश्वमा क्यान्सर रोगको अवस्था ः विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १ करोड ९० लाखको हाराहारीमा क्यान्सरका बिरामी रहेका छन् । प्रत्येक वर्ष ९० लाख मानिसको मृत्यु क्यान्सरका कारण हुने गर्दछ । १ करोड ९० लाख मध्ये १० लाख जति बालबालिकालाई क्यान्सर भएको अनुमान गरिएको छ , प्रत्येक वर्ष ४ लाख नयाँ क्यान्सरका बिरामी थपिने गर्छन् । अमेरिका, वेलायत, अस्ट्रेलिया, जापान जस्ता विकसित देशमा ८० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिने उपचार पद्धतिको विकास भइसकेको छ। नेपाल जस्तो विकासाेन्मुख देशहरुमा क्यान्सर रोगको उपचार, सहज रुपमा उपलब्ध नभएको, जनचेतनाको कमी, विकट भौगाेलिकता, गरिबी र समयमा उपचारका लागि क्यान्सर सम्बन्धि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याउन सकिने स्थिति छैन । समयमा रोगको पहिचान नहुनाले अल्प विकसित र अविकसित मुलुकहरुमा ४० प्रतिशत मात्र बाल क्यान्सर रोग निको पार्न सकिने नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले बताउँछन् । उनी भन्छन्–‘समाजका अन्य स्वस्थ बालबालिकाको समूहमा उनीहरुलाई प्रतिस्थापित गर्न र देशको जिम्मेवार भावी नागरिकको रुपमा उनीहरुलाई तयार पार्न सहयोग गर्ने उद्देश्यले मनोरञ्जनात्मक र्याम्प शो आयोजना गरिएको हो ।’ आयोजकहरुले कार्यक्रम मार्फत संकलन गरिएको रकम क्यान्सर बिरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमा खर्च गरिने प्रतिबद्धता गरेका छन् ।
इन्जिनियरिङ्गका विद्यार्थीले गरे २२ दिनसम्म चल्ने व्याट्रीको विकास
काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज चाँंगुनारायण भक्तपुरका विद्यार्थी २२ दिनसम्म चल्ने व्याट्रीको विकास गर्न सफल भएका छन् । कलेजमा अध्ययनरत चौथौं वर्षका विद्यार्थी जजेन्द्र कासुला र विज्ञान घिमिरे आफ्ना पर्यवेक्षक दीपेशप्रकाश गुरागाई र विजय श्रेष्ठका अधिनमा रहेर यो उपकरणको विकास गर्न सफल भएका हुन् । उनीहरुले वातावरणको उर्जालाई उपयोगमा ल्याई दिगो अनुसन्धान डेटा संकलन गर्ने उपकरण विकास गरेका हुन् । एकनास नरहने सौर्य उर्जालाई एक पटक सुपर क्यापासिटरमा जम्मा गरेर चार्ज गरी सो उपकरण बनाउन उनीहरुलाई सफलता मिलेको हो । यो व्याट्री २२ दिनसम्म चलाउन सकिनेछ, दुवै विद्यार्थीले एकैसाथ भने । एक मिनेट (चम्किलो प्रकाश भएको बेला) चार्ज गरी सो उपकरण सुपर क्यापासिटरबाट मात्रै चलाई साढे दुई दिन चलाउन सकिने निष्कर्ष उनीहरुको छ । अझ व्याटीलाई खास उपकरण डिजाइनर गरी चार्ज गर्ने र सो चार्ज सुपर क्यापासिटरमार्फत डेटा संकलन तथा प्रशारण गर्ने पूरै उपकरण २२ दिनसम्म लगातार चलाउन सकिने कुरा अनुसन्धानमार्फत जानकारी पाइएको उनीहरुले बताए । युरोपमा अध्ययन गरेर आएका कलेज प्रोफेस विजय श्रेष्ठ, प्रख्यात डिजाइनर कम्पनीमा केही वर्ष काम गरेर नेपाल फर्केका कलेज प्रोफेसर दिपेशप्रकार गुरागाईका साथै युरोपमा उच्च शिक्षा हासिल गरी केही वर्ष काम गरेका कलेज प्रोफेसर तथा प्रोजेक्ट संयोजक सचिन श्रेष्ठका निर्दशेनमा विद्यार्थीले सो उपकरणको प्रोटोटाइप बनाउन सफल भएका हुन । वातावरणको परीक्षण डेटा संकलन, जनावर टेकिंग, वायु तथा जल गुणस्तर निगरानी अपबाद निगरानी जस्तै थुप्रै उर्जा संकेतमा खटाउन सकिने विद्यार्थीको दावी छ । साथै कार्यखर्चलाई न्युन गर्दै वनाएको उपकरणबाट मोटामोटी ६ किमिसम्म डेटा प्रसारण गर्न सकिने उनीहरुले बताए । अत सो प्राप्त डेटा क्लाउड कम्युटिंगमार्फत सम्पूर्ण क्षेत्रमा पुयाउने लक्ष्य उनीहरुले लिएका छन् । विद्यार्थी आफनो अन्तिम वर्षको प्रोजेक्ट प्रायोगिक चरण पार गर्दै अन्तिम चरणसम्म आइपुगेको हुन् । स्वास्थ्य निगरानीमासमेत संलग्न गराउने लक्ष्य लिई सो उपकरण विद्युत नपुगेको, तार जडान कठिनाई हुने ठाउँंहरुमा डेटा लिने र प्रशारण सहज बनाउने यो उपकरण बनाउँंदा आइपरेका विभिन्न बाधा तथा चुनौतीलाई पार गर्दै यस चरणसम्म आएको यस उपकरण मानब तथा वातावरण क्षेत्रलाई ठूलो योगदान पुयाउन सकिने विद्यार्थीको निष्कर्ष निकालेका छन् । हाल सम्पन्न भएको नेक इन्जिनियम २०१९ नामक कलेजद्धारा सञ्चालन गरिएको खुला प्रतियोगितामा वेष्ट प्रोजेक्टबाट सम्मानित सो प्रोजेक्ट संकलित उर्जा बचत गर्दे प्रयोगमा ल्याउने आउँंदो समयमा निकै लाभदायक हुने कुराहरु पनि जानकारी गराइयो । यस्तै दोश्रो स्थानमा इलेक्टोनिक्स तेश्रो वर्षमा अध्ययनरत विवेक अधिकारी निजर ढकाल टंकराज ओझा पवन ढकालद्धारा निमिर्त फिंगर प्रिन्ट वेष्ट भोटिंग मेशिन रहेको थियो ।
प्रहरी हिरासतमा रहेका थुनुवा अस्पतालको झ्याल फुटाएर फरार
सुरुंगा । लागुऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् । बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतबार पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएको थियो । बिर्तामोडस्थित कनकाई अस्पताल पुर्याइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । “लागुऔषधसहित पक्राउ परेका जगमेर सामान्य बिरामीजस्तो देखिएकाले उपचार गर्न र लागुऔषधको परीक्षण गर्न अस्पताल पुर्याइएकामा त्यहाँबाटै भागेछ ।” ‘प्रहरी उपरीक्षक श्रेष्ठले भने । उनकोे खोजीकार्य शुरु गरिएको छ ।’ रासस