विकासन्युज

पुनरकर्जाको ब्याजदर ४ बाट ३ प्रतिशतमा झर्यो

काठमाडौँ । बैदेशिक रोजगार तथा अध्ययनबाट फर्कने युवालाई धितोमा प्रदान गरिने पुनरकर्जा कर्जाको ब्याजदर नेपाल राष्ट्र बैंकले घटाएको छ । हाल कायम ४ प्रतिशत ब्याज दरलाई घटाएर ३ प्रतिशतमा झारेको हो । राष्ट्र बैंकले सोमबार एकीकृत कार्यबिधि संसोधन गर्दै सार्वजनिक गरेको निर्देशिकामा उक्त कुरा उल्लेख छ । नयाँ व्यवस्था अनुसार साधारण पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरिएको छ । यसअघि ऋणीबाट ८ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो । यसैगरी राष्ट्र बैंकले साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित १० लाख रुपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराइने व्यवस्था गरेको छ । यसअघि यस्तो पुनकर्जा ५ प्रतिशत कायम गरिएको थियो ।

सीईओ र सञ्चालक हुन उमेर हद तोकियो, सीईओको ६५ वर्ष र सञ्चालकको ७० वर्ष

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरु(सिइओ) उमेर हद तोकेको छ । राष्ट्र बैंकले सोमबार एकीकृत कार्यबिधि संसोधन गर्दै उमेर हद तोकेको हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार ६५ वर्ष उमेर नाघेको व्यक्ति सीइओ नियुक्तिका लागि योग्य हुने छैनन र ६९ वर्ष पुगेपछि सो पदमा रहन योग्य हुँदैनन् । त्यसैगरी, राष्ट्र बैंकले बैंक सञ्चालक हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ । ७० वर्षअघि नै सञ्चालक निर्वाचित भए ७४ वर्ष पुगेपछि पद त्याग्नु पर्ने जनाइएको छ ।

टाटा मोटर्स कार्निभल सम्पन्न, बुकिङ भए १०३ थान नयाँ गाडी

काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले हरेक बर्ष आयोजना गर्दै आएको कार मेलालाई यस बर्ष टाटा मोटर्स कार्निभलका रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम मार्फत विभिन्न मोडलका १०३ थान नयाँ गाडी बुकिङ्ग भएको कम्पनीले जनाएको छ । टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा भव्यताका साथ सम्पन्न कार्यक्रम सम्पन्न गरेको कम्पनीले जानएको छ । उक्तकार्निभल ४ दिन सम्म चलेको थियो । बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरुमा ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि गाडी हेर्न र किन्नका लागि यो कार्यक्रम प्रभावकारी हुने जनाइएको छ । यस अवधिमा कम्पनीले प्रदान गर्ने बिभिन्न अफरहरु र विशेष छुट प्रति आकर्षित भई लाभ समेत लिएका छन् । यो कार्यक्रमले सुस्ता भइरहेको अटोमोबाइल बजारलाई जागरुक बनाएको टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजितनारायण सिंहले बताए । आजको प्रतिष्पर्धी बजारलाई ध्यानमा राखी बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

युनि ग्लोव कलेजले गर्यो स्वास्थ्य शिविर

काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरमा रहेको युनिग्लोव कलेज परीसरमा सोमवारको स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा रक्तदान कार्यक्रम, आँखा जाँच शिविर, दन्त जाँच शिविर र छाला जाँच सम्बन्धि शिविर, जनरल फिजिसियन जाँच शिविर लगायत फिजियोथेरापी प्रशिक्षण समेत दिइएको थियो । कार्यक्रममाविभिन्नविषयका विशिष्ट विशेषज्ञ डाक्टरहरुको टोलिको उपस्थिति रहेको थियो । कार्यक्रममा झण्डै १२० पाउण्ड रगत संकलनभएको थियो । उक्त शिविरमा कलेजका विद्यार्थीहरु, शिक्षक, कर्मचारीलगायत टोलवासीहरुले निशुल्क स्वास्थ्य जाँच गर्ने अवसर प्राप्त गरेका थिए ।

ग्लोबल आइएमईको भिजा कार्डबाट अनलाइन सपिङ गर्दा अब सेवा शुल्क नलाग्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिजाक्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ्ग तथा सपिङ्ग गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ । साथै बैंकले एक महिनाभित्र भिजा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न लागेको छ ।

गुराँस लाइफले हकप्रद सेयर निष्काशन गर्ने, एनएमबी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच सोमबार हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ । बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको हो । सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीको २०७५ चैत २१ गते सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सुचीकृत भई सकेको छ भने कम्पनीले चुक्तापुँजी रु. २ अर्ब पुर्याउन बीमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्तापुँजी रु. २ अर्ब राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरी सकिएको कम्पनीले जनाएको छ ।

रसुवागढी र साञ्जेनको सेयर नेप्सेमा सूचीकृत, मंगलबार कतिमा होला कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको सेयर सूचीकृत भएको छ । रसुवागढीको ६ करोड १५ लाख ७८ हजार ९ सय र साञ्जेनको ३ करोड २८ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो । सेयर बाँडफाँड भएको लामो समयपछि मात्र यी दुई कम्पनीको सेयर सूचीकृत भएको छन् । मंगलबारबाट दोश्रो बजारमा सेयर किनबेच शुरु हुने नेप्सेले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । पहिलो कारोबार लागि रसुवागढी हाइड्रो पावर कम्पनीले ९७ रुपैयाँ २९ पैसा देखि २९१ रुपैयाँ ३२ पैसा सम्मको रेन्ज छ भने साञ्जेन हाइड्रो पावरले ९६ रुपैयाँ ३२ पैसा देखि २८८ रुपैयाँ ९६ पैसाको रेन्ज पाएको छ । नेपाल स्टक एक्सचेञ्ज तथा रसुवागढी र सान्जेन जलविद्युत कम्पनी लिमिटेड बीच सोमबार सेयर सूचीकरण सम्झौता भएको हो । सम्झौता पत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिँह साउद, रसुवागढीको तर्फबाट सीइओ विश्व मल्ल र साञ्जेन तर्फबाटका सिईओ किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे । रसुवागढी हाइड्रोपावर कम्पनीले नेप्सेमा यही साउन १५ गते आवेदन दिएको थियो । साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा भने यही साउन १४ गते दर्ता भएको हो । यता, साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले नेप्सेमा यही साउन १५ गते निवेदन दिएको थियो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा भने साउन १५ गते दर्ता भएको थियो । कार्यक्रममा बोल्दै नेप्सेका सिईओसाउदले भने-‘हामीले नेपालको पूँजी बजारमा जलविद्युत कम्पनीको हिरो मान्न सक्छौँ ।’ उनले यी दुई कम्पनीका सेयर सूचीकृत हुनु भनेको सम्पूर्ण सेयरधनीका लागि खुशीको खबर हुने बताए । यो पनि हेर्नुहोस् : साञ्जेन र रसुवागढीको सेयर सूचीकरण हुन ढिलाई, कम्पनीले नेप्सेमा किन दिएन आवेदन ? साञ्जेन र रसुवागढीमा ६०/६० लाखको सवाल, साउन पहिलो सातादेखि शेयर कारोबार  

एक्कै दिन प्रभु बैंकको दुई नयाँशाखा विस्तार

काठमाडौं । प्रभु बैंकले एक्कै दिन दुई नयाँ शाखा कार्यालयको विस्तार भएके छ । डोल्पा जिल्लाको शे -फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३ औं शाखाकार्यालयको रुपमा डुम्रे शाखाकार्यालय गरी सञ्चालनमा आएका हुन् । शे–फोकसुण्डो शाखाकार्यालयको उद्घाटन उक्त गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङ्गले भएका हुन् । त्यसैगरी डुम्रे शाखा कार्यालयको उद्घाट्न बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले गरेका हुन् । बैंकको शे–फोकसुण्डो शाखाकार्यालयको उद्घाटन गर्दै समारोहका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष टसितुण्डुप गुरुङ्गले शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिकाको रुपमा रहेको छ । यातायात, सञ्चार तथा विद्यूतआपुर्ति समेतको अभाव रहेको यस गाउँमा प्रभु बैंकको स्वयंको अग्रसरतामा सौर्य उर्जाबाट विद्यूत निकाली भि–स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्गसेवा उपलब्ध गराउन सक्रियता देखाई प्रभु बैंकले प्रशंसनीयकार्य गरेको बताए । त्यस्तै बैंकको डुम्रे शाखाकार्यालयको उद्घाट्न गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि पुर्णसिंह थापाले मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँ गाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै डुम्रे शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए । भर्खरै सञ्चालमा आएका शे–फोकसुण्डो तथा डुम्रे शाखाकार्यालयबाट प्रवाह हुने प्रभु बैंकको बैंकिङ्ग सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्ने बैंकले विश्वास लिएको छ । साथै शे–फोसुण्डो शाखा सञ्चालन पश्चात् नेपाल राष्ट्र बैंकद्धारा प्रभु बैंकलाई तोकिदिएको स्थानीय निकायमा खोल्नु पर्ने सबै शाखा खोलिसकेको र सञ्चालनमा रहेको व्यहोरा बैंकले दिएको छ ।