१ करोड ६८ लाखमध्ये १ करोड ३६ लाख बरामद, ‘प्रहरीको सक्रियताले ठूलो क्षति रोकियो’
काठमाडौं । शनिबारको एटीएम ह्याकिङमा बैंकहरुलाई करिब ३२ लाख रुपैंया मात्रै क्षति भएको पाइएको छ । नेपाल राष्ट्र बैंकको प्रारम्भिक रिपोर्टमा एटीएम ह्याक गरेर १ करोड ६८ लाख रुपैंया निकालिएकोमा १ करोड ३६ लाख रुपैंया चिनियाँ नागरिकहरुबाट बरामद गरिएको भन्दै बाँकी ३२ लाख रुपैंया मात्रै क्षति भएको निष्कर्ष निस्किएको हो । सो रकम समेत कुनैपनि ग्राहकको खातामा डेबिट नभएको भन्दै त्यस्तो क्षति ग्राहकहरुलाई नपर्ने विश्वास बैंकर्स संघ र राष्ट्र बैंकले बैंकहरुलाई दिलाएको छ । नेपाल प्रहरीले नक्कली एटीएम प्रयोग गरी पैसा निकाल्ने कार्यमा संलग्न चिनियाँहरुलाई पक्राउ गरी सार्वजनिक गर्न नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघका प्रतिनिधिहरुसमेत उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनामा १४९ ओटा एटीएम प्रयोग भएकोमा १३२ ओटा एटीएम कार्ड नक्कली भएको र १७ ओटा एटीएम कार्ड उनीहरुको आफ्नै रहेको समेत महानगरीय प्रहरी परिसरका प्रवक्त उत्तमराज सुवेदीले जानकारी दिए । त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले प्रहरीको सक्रियताको कारण बैंकहरु ठूलो क्षतिबाट बच्न सफल भएको भन्दै प्रशरीको प्रयासको प्रशंसा समेत गरे । उनीहरुले पश्हरीको सक्रियतामा केही घण्टा ढिला भएको भए पनि बैंकहरुले ठूलो क्षति ब्यहोर्नुपर्ने तर्क गरे । कसरी भयो ह्याक ? कुनै बैंकले अर्को बैंकको एटीएम प्रयोग गरी पैसा निकाल्दा अर्को बैंकको खातामा भएको रकमको सूचना भिसा नेटवर्कमार्फत् हुन्छ, त्यो नेटवर्कले रकम सूचना प्रमाणित गरेपछि त्यो सूचना स्वीचमा जान्छ, स्वीचले सम्बन्धित बैंक आवश्यक रकम डेबिट गर्न पठाउँछ । तर यहाँ भिसाले सूचना प्रमाणित गरेपछि स्वीचमा पुग्नुअघि भएको प्रारम्भिक निष्कर्ष निष्किएको छ । त्यो कार्यका कसको संलग्नता थियो र भिसाले त्यो सूचना कसरी एप्रुभ गर्यो भन्ने चाहिँ फरेन्सिक अनुसान्धानपछि मात्रै थाहा हुने बताइएको छ । प्रारम्भिक रिपोर्टमा भिसाको नेटवर्क र नेप्स स्वीचको प्रयोग भएको पाइएको छ । प्रविधिमा यत्रो रिस्क छ, स्प्रेड घटाऊ मात्रै नभन्नुस् कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकिङ प्रणालीमा यति ठूलो जोखिम रहेको भन्दै बैंकहरुको नाफा मात्रै नहेरी जोखिमलाई हेर्न भन्दै राष्ट्र बैंकले स्प्रेडदर घटाउन दिएको दबावप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘तपाईहरुले देखिहाल्नुभयो बैंकिङ क्षेत्रमा कति ठूलो रिस्क छ भनेर, यहाँ राष्ट्र बैंकका कार्यकारी निर्देशक पनि हुनुहुन्छ, बैंकहरुलाई स्प्रेडदर घटाउ भनेर दवाव मात्रै दिनुभएन’ उनले भने ।
ईक्यानले मनायो आफ्नो २३ औं वार्षिकोत्सव, निधन भएका पूर्वकर्मचारीको परिवारलाई ९ लाख प्रदान
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले २३ औं वार्षिकउत्सव (इक्यान डे) विभिन्न कार्यक्रम गरेर मनाएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सफल विशिष्ट व्यक्तिहरु टुटल नेपालका फाउन्डर शिक्षित भट्ट, बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मराज भुषाल, मोटिभेसन स्पिकर रन्जीत आचार्य, वेलनेस एक्स्पर्ट प्रेरणा शाह, कलाकार सन्दीप क्षेत्रीले आफ्नो सफलताको अनुभव इक्यानका सदस्यहरु बीच प्रस्तुत गरेका थिए । इक्यान कार्यसमितिले विशेष पहल गर्दै पछिल्ला बर्षहरुमा समाजका विभिन्न क्षेत्रका सफल व्यक्तिहरुलाई इक्यान डेका अवसरमा बोलाएर उनीहरुका अनुभव आफ्ना सदस्यहरुलाई साझा गर्ने गर्दै आएको छ । कार्यक्रममा इक्यानले केहि समय अघि अप्रत्याशित निधन भएका आफ्ना पूर्वकर्मचारी विवस प्रसाईको परिवारलाई ९ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो । शैक्षिक परामर्श क्षेत्रलाई ब्यवस्थित र मर्यादीत बनाउने सवालमा इक्यानले काम गरिरहेको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए । यसका लागि इक्यानले विभिन्न ब्यवसायीक तालिम सँगै सकारात्मक कृयाकलाप र सामाजिक काम गर्दै आइरहेको छ ।इक्यानका महासचिव शेषराज भट्टराईले संचालन गरेको सो कार्यक्रममा इक्यानका कार्यसमितिका पदाधिकारी सहित साधारण सदस्य र शैक्षिक परामर्श ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
इटहरी र बिर्तामोडमा सामसङ्ग मोबाइल रिटेलर्स मिट सम्पन्न
काठमाडौँ । हिम इलेक्ट्रोनिक्स प्रालिले इटहरी र बिर्तामोडमा भदौ ११ गते र भदौ १३ गते सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना गरेको छ । रिटेलर्स मिट सामसङ्ग रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन अपमा आउँदै अपनाउने रणनीति बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु, लागत साढे दुई करोड
काठमाडौं । विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु भएको छ । आकाशे पुलको निर्माण आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने योजना रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । बीचमा फलाम र दुवैतर्फ कङ्क्रिट भएको आकाशे पुल निर्माण गर्न लागिएको डिभिजनका प्रमुख कैलाशकुमार श्रेष्ठले बताएका छन् । सो स्थानमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय अगाडि रहेको पुल जस्तै डिजाइनमा पुल निर्माण हुनेछ । पुल निर्माण तोकिएको अवधिभन्दा पनि चाँडो सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । उनले भने, “पुलको निर्माण सकेसम्म चाँडो सम्पन्न गर्न हामीले ठेकेदार कम्पनीलाई भनिरहेका छौँ ।” रु दुई करोड ५० लाख बजेटमा कात्तिकसम्ममा सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएपछि अहिले काम शुरु भएको डिभिजनले जनाएको छ । नयाँबानेश्वर जस्तै कोटेश्वर र बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण गर्ने योजना रहेको प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । कोटेश्वरमा आकाशे पुल निर्माणका लागि बजेट भए पनि उपयुक्त स्थानको खोजी भइरहेको छ । उनले भने, “स्थान छनोट हुनासाथ ठेक्का प्रक्रिया अघि बढ्नेछ ।”
रिलायबल इन्स्योरेन्स तेश्रो वर्षमा, नयाँ योजनाहरु ल्याउने लक्ष्यः सीईओ लोहनी
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । उक्त रक्तदान कार्यक्रममा कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी, अभिकर्ता र सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो । कम्पनीले आगामी दिनहरुमा हरेक नेपालीलाई सुहाउँदो नयाँ नयाँ योजनाहरु ल्याउने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायणबाबु लोहनीले जनाएका छन् ।
आईआईएमएस कलेजको दसैं कार्निभल तथा फुड फेस्टिभल भाद्र २८ गते हुँदै
काठमाडौं। पुतलीसडक स्थित आईआईएमएस कलेजले दसैं कार्निभल तथा फुड फेस्टिभल आयोजना गर्ने भएको छ। कलेजले यही भदौ २८ गते भ्रिकुटीमण्डपको गार्डन एरियामा फुड फेस्टिभल आयोजना गर्न लागेको हो। होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको कलेजले नेपाली खानाको प्रवर्दन गर्ने उदेश्यको साथ फेस्टिभल आयोजना गर्न लागिएको कलेजका प्रमुख कार्यकारी अधिकृत सबिन्द्र महर्जनले बताए। फेस्टिभलको स्टलमा हिमाल, पहाड र तराईको शुद्द नेपाली खानाको मात्र स्टल राखिने महर्जनले बताए। उनी भन्छन्,’धेरै अन्तरराष्ट्रिय खानेकुराका फुड फेस्टिभल भईसके तर नेपाली खानेकुरालाई प्राथमिकता दिएर कुनै फुड फेस्टिभल नभएको कारण हामीहरुले यस पटक नेपाली खानालाई प्राथमिकतामा राखेका हौं।’ ‘भिजिट नेपाल २०२०’ लाई सघाउ पुर्याउने उदेश्यको साथ मेलामा सातैवटा प्रदेशको खानेकुरा समावेश गरिने श्रेष्ठले बताएका छन्। फुड फेस्टिभलमा गेम स्टल, सांस्कृतिक नित्यहरु प्रस्तुत गरिनेछ। साथै फुड फेस्टिभलमा सांगितिक ब्याण्ड मुक्ती एण्ड रिभाईभल र कुटुम्ब ब्याण्डको प्रस्तुती समेत रहनेछ।
बैंकर्स संघका अध्यक्ष ढुंगानाले भने-‘आत्तिनु पर्दैन, तपाईँहरुको पैसा कसैले झिकेको छैन’
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाली बैंकहरुको एटीएम सिस्टम ह्याक गरी लाखौँ रकम लुटिएको बताएका छन् । धेरै पैसा देशभित्रकै बैंकका एटीएम र केही पैसा देश बाहिरका एटीएमबाट पनि लुटिएको उनले बताए । लाखौं रकम लुटिएको छ, तर यति नै लुटियो भन्ने यकिन भइसकेको छैन-उनले भने । शनिबार राति नबिल बैंकको एटीएमबाट अबैधानिक तरिकाले पैसा लुट्दै गरको अवस्था ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि नेपाली बैंकका एटीएम ह्याक भएको तथ्य सार्वजनिक भएको छ । सोही घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसरले भर्खरै आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष ढुंगानाले लुटिएको रकमको लेखाजोखा र अनुसन्धान भइरहेको बताए । उनले भने-‘तर निक्षेपकर्ता आत्तिनु पर्दैैन, तपाईँहरुको पैसा कसैले झिकेको छैन ।’
नेरुडेले लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने
काठमाडौँ । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृतशी प्राप्त भई साधारण सभाबाट पारित भएपछि बोनस प्रदान गर्ने कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले जनाएका छन् ।