विकासन्युज

८१ हजारले अवलोकन गरे नाडा अटो शो, टोयटा र केटिएमका स्टल उत्कृष्ठ

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १४ औं नाडा अटो शो आइतबार सकिएको छ । उक्त नाडा अटो शोमा ८१ हजार अवलाेकनकर्ताले अवलोकन गरेको नाडाले जाकारी दिएको छ । नाडा अटो शोमा ९५ वटा ब्राण्डका १ सय ६० स्टलहरुको सहभागिता रहेको थियो । पहिलो दिन १० हजार, दोस्रो दिन १३ हजार, तस्रो दिन १४ हजार ८ सय, चौथो दिन १५ हजार ५ सय, पाँचौ दिन २० हजार र छैटौ दिन ८ हजारले नाडा अटो शोको अवलोकन गरेकाे नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । ८१ हजार आगन्तुकहरु मध्येबाट ओमेगा अटोमोबाइल्सले प्रायोजन गरेको जी पी एक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटर साइकल ०१२३३१ नम्बर टिकट भएका उपहार पाएका छन् । समापन समारोहमा लक्ष्मी ल्युव आयलको टोटल ल्युबको स्टल उत्कृष्ठ स्टल घोषित भएको छ । त्यस्तै दुइपांग्रेतर्फ हंसराज हुलासचन्द एण्ड कम्पनीको केटिएम बाइक तथा चारपांग्रेमा युनाइटेड ट्रेडर्स सिन्डिकेटको टोयोटाको स्टललाई घोषणा गरिएको छ । कार्यक्रममा नाडाका अध्यक्ष दाहालले नाडाको अध्यक्षको रुपमा आफ्नो कार्यकाल यही पुसमा सकिने भन्दै नाडा अटोशो २०२० आयोजना गर्ने नयाँ नेतृत्वलाई अग्रिम शुभकामना समेत दिए ।

अशोक लेलैण्डका गाडी किन्दा सप्तकोशीबाट ७० प्रतिशत कर्जा पाइने

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नभिन सुवेदीर आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको)बाट पाउने जनाइएको छ ।

बागलुङ्गको गलकोटमा कामना सेवाकोे ९८औं शाखा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले बागलुङ्ग गलकोट, नगरपालिकावडा नं. ०३ मा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, बैंकका संचालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

आइफोन प्रयोगकर्ताका लागि ‘फ्रि सर्भिस क्याम्प’

काठमाडौँ । एप्पल (आइफोन, म्याकबुक, आइम्याक, आइप्याड) को अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एप्पलका प्रयोगकर्ताहरुका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । जेनेरेशन नेक्स्टले आइफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर यहि भदौ १५ देखि २० गतेसम्म निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।ग्राहकहरुले शेर्पा मलमा रहेको आधिकारिक सर्भिस सेन्टर जेन नेक्स्टबाट उक्त सुविधा लिन सक्नेछन् । जेनेरेशन नेक्स्टले उक्त सर्भिस क्याम्पमा आफ्नो आइफोन देखाउने एप्पलका प्रयोगकर्ताहरुको लागि अफर पनि सार्वजनिक गरेको छ । जसमा पुरानो आइफोनबाट नयाँ आइफोनमा ब्याकअप ट्रान्सफरको सुविधा, सफ्टवेयरसँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान दिने, तथा आइफोन भित्र भएका डस्ट क्लिनिङ्ग लगायतको सेवा प्राप्त गर्न सक्ने जानएको छ । जेनेरेशन नेक्स्टका प्रबन्ध निर्देशक पबन भिमसरीयाले ग्रे आइफोनको आयातलाई रोक्न र आधिकारिक आइफोन किनेका ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले फ्रि सर्भिस क्याम्प आयोजना गरेको बताए ।

सिन्धुपाल्चोकमा निर्माणधीन एकिकृत नमूना माझी बस्तीलाई माछापुछ्रे बैंकको ७ लाख सहयोग

काठमाडौँ । माछापुच्छ्रे बैंकले श्वेताश्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकिकृत नमूना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेताश्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई रु.७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । श्वेताश्री फाउण्डेशनले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, सागाँचोकमा माझी बस्तीको लागि ५३ वटा भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ । ५३ वटा भुकम्प प्रतिरोधात्मक आवास सहित अन्य पूर्वाधारको समुचित ब्यवस्थापन गरी एकिकृत नमुनाबस्तिको निर्माण गरिरहेको स्वेताश्री फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस् भन्ने उद्देश्यले माछापुच्छ्रे बैंकले रु.७ लाख आर्थिक सहयोग गरेको हो । अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएतापनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्यचौकी, रिटेनिङ्गवाल लगायत अन्य आवश्यक पूर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

एलआईसी नेपालले मनायो १८औं वार्षिकोत्सव

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) आइतबार स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । देशभर रहेको ७४ शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । एलआईसी नेपालले सन् २००१ सेप्टेम्बर १ बाट आफ्नो व्यवसाय शुरु गरेको थियो । १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत एलपी दासले एलआईसी नेपालको १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै एलआईसी नेपाललाई उत्कृष्ट बीमक बनाउन कार्य गर्ने सवै अभिकर्ता, बजार प्रतिनिधि, एजेन्सी म्यानेजर, कर्मचारी, बीमित, शेयरधनी लगायत शुभेच्छुकहरुप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । कम्पनीले आ.ब. २०७५÷७६ मा रु. १,३.४१ अर्ब कूल बीमाशुल्क आर्जन गरी रु. ५४.०१ अर्बको जीवन बीमा कोष निर्माण गर्न सफल भएको कम्पनी सचिव विनोदकुमार भुजेलले जनाएका छन् ।

नेपालीले एक वर्षमा चपाएरै थुके ७१ करोड, आयात १२३ प्रतिशतले वृद्धि

काठमाडौँ । अनावश्यक वस्तुको खपत बढ्दै जाँदा नेपालमा व्यापार घाटा पनि बढ्दै छ । सानासाना कुरामा पनि परनिर्भर हुने नेपालीहरुको बानीले व्यापार घाटा बढ्न थप मद्दत गरेको देखिन्छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ७१ करोड ६ लाख ९४ हजारको २० लाख १ हजार १४८ केजी चुइगम नेपालमा आयात भएको छ । २०७४/०७५ मा ३२ करोड २२ लाख १९ हजार २६१ रुपैंयाको १० लाख १ हजार ७९३ केजी विदेशी चुइगम नेपालमा खपत भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षका ३ अर्ब ९६ करोड ४७ लाख ४७ हजारको १० लाख ६४५ केजी चुइगम आयातमा वृद्धि भएको छ । नेपालमा चुइगम आयात १२३ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा नेपालले १ करोड ६९ लाख ७१ हजार रुपियाँको चुइगम विदेशमा पठाएको थियो । गत आर्थिक वर्षमा नेपालबाट चुइगम निर्यात नै बन्द भएको छ । नेपालमा भरत, बङ्गलादेश, कोरिया, चीन, बेलायत, अमेरिका र स्विडेन लगाएतका देशबाट चुइगम आयात भएको छ । यस्तो छ ५ वर्षको चुइगम आयातको तथ्याङक आर्थिक वर्ष २०७१/०७२ मा ४१ करोड २९ लाख ५६ हजार २०१ रुपैंयाको १५ लाख ८४ हजार ७८४ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ भने आर्थिक वर्ष २०७२/०७३ मा ४२ करोड ६५ लाख १० हजार २५८ रुपैंयाको १५ लाख ४८ हजार ७८४ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा ३९ करोड २३ लाख ५३ हजार ३७३ रुपैंयाको १३ लाख ११ हजार २३२ केजी विदेशी चुइगम नेपालमा खपत भएको थियो भने आर्थिक वर्ष २०७४/०७५ मा ३२ करोड २२ लाख १९ हजार २६१ रुपैंयाको १० लाख १ हजार ७९३ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ । आर्थिक वर्ष २०७५/७६ मा ७१ करोड ६ लाख ९४ हजारको २० लाख १ हजार १४८ केजि चुइगम नेपालमा आयात भएको छ । चुइगमका पारखीहरु चुइगम नियमित खानाले मुख सफा हुने, दाँत सफा हुन्छ र मानिसलाई बोर फिलिङग नहुने अनुभव सुनाउँछन् । नेपालमा विदेशबाट आयात हुने वस्तु बढ्दै जानु बारे बरिष्ठ अर्थविद डा. चन्द्रमणी अधिकारीले भने-‘नेपालका उद्योगीहरुलाई नै बस्तु उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याउन निर्माण गर्नु पर्छ ।’ अहिले विदेशबाट सामान ल्याएर व्यापार गर्ने व्यापारीहरु मात्रै प्रोत्साहित भएका छन् । हाम्रो आन्तरिक उत्पादनहरुलाई बृद्धि गर्न सके मात्रै नेपालको व्यापार घाटा कम हुने अधिकारीले बताए ।

मध्य बानेश्वरको प्रभु बैंकको शाखा नयाँबानेश्वरमा स्थानान्तरण

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १०, मध्य-बानेश्वर रहेको प्रभु बैंक लि.को शाखा कार्यालय वडा नं. ३१, नयाँ बानेश्वरमा स्थानान्तरण भदौ १५ गतेदेखि कारोबार शुरु गरिएको छ । उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् । नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट सो क्षेत्रका संघसंस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।