सनराइज फस्र्ट म्युचुअल फण्डले दश करोड इकाई बिक्री गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौँ । सनराइज बैंक लिमिटेडद्धारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ २३ गते उक्त संस्थालाई सो मात्राको फण्ड जारी गर्न अनुमति दिएको हो । कोष सुपरिवेक्षकहरुमा चण्डीप्रसाद श्रेष्ठ, कृष्णबहादुर मानन्धर, बुद्धिप्रसाद आचार्य, प्राध्यापक पूर्णमान शाक्य र सिए सुधिरकुमार शर्मा रहेका छन् । बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सनराइज क्यापिटलमार्फत अंकितमूल्य १० रुपैयाँको १० करोड इकाई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
अब ५ दिनभित्र धितो फुकुवा गर्नुपर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ५ दिनभित्र कर्जा लिँदा राखेको धितो ५ दिनभित्र फुकुवा गरिसक्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाले लगानी असुल उपर गरेकोे ५ दिनभित्र सुरक्षण वापत राखिएको धितो फुकुवा गर्नुपर्ने व्यवस्था गरेको हो । एक करोड रुपैयाँभन्दा कम रकमको चालु प्रकृतिको कर्जा प्रवाह तथा नवीकरण नो अब्जेक्शन लेटर प्राप्त भएको ५ कार्यदिनभित्र उपलब्ध गराइसक्नु पर्नेछ । यदि नो अब्जेक्शन लेटर उपलब्ध नगराउने भएमा सो सम्बन्धि जानकारी माग पत्र जारी गर्ने संस्थालाई ५ दिनभित्र गराइसक्नु पर्नेछ ।
नागभुषण महादेव मन्दिरलाई जनता बैंकको १ लाख ५० हजार सहयोग
काठमाडौँ । जनता बैंकले नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरेको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिंखडालाई सोमबार उक्त रकमको चेक हस्तान्तरण गरे । ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको जनाइएको छ ।
बैंकबाट ऋण लिनेले अरुलाई ऋण दिन नपाउने, दिएको पाइए यस्तो हुन्छ कारबाही
काठमाडौं । कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई ऋण दिन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा भएको खराब कर्जा कायम गर्ने व्यवस्था संशोधन गर्दै त्यसरी कर्जा दिएको पाइएमा त्यस्तो कर्जालाई तत्कालै खराब कर्जामा रुपान्तरण गर्नुपर्ने व्यवस्था गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने भएको हो । कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ऋण नतिरी कालोसूचीमा पर्ने संस्थाले अर्को व्यक्ति वा संस्थाको उपयोग गरी फेरि बैंकबाट ऋण लिने र सो व्यक्ति वा संस्थाको ऋण पनि अपचलन गरिदिने प्रवृत्ति निरुत्साहन गर्न यस्तो व्यवस्था गरिएको हो । यदि कसैले त्यस्तो गरेको पाइएमा सो कर्जा तुरुन्तै खराब कर्जामा रुपान्तरण हुनेछ भने सो व्यक्तिलाई कालोसूचीमा उक्त व्यक्तिको धितो सम्पत्ति लिलामीको प्रक्रिया तत्कालै सुरु हुनेछ भने खराब ऋणीको जस्तै कारुरबाही समेत हुनेछ । तर पहिले नै लिइएको ऋण तिर्ने वा अन्य आवश्यक क्षेत्रमा लगानी गर्न भने यो निर्देशनले बाधा पुर्याउने छैन ।
प्रभु मनि ट्रान्सफरका ग्राहकलाई सिजीका सामाग्री खरिद गर्दा आकर्षक छुट
काठमाडौँ । प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससंगको सहकार्यमा छुटको व्यवस्था गरेको छ । सिजी ईलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टीसीएल सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । यस अन्र्तगत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी ईलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल तथा एलजी लाईफ स्टायल शोरुम बाट टिभी, फ्रिज वाशिङ मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागु हुने जनाइएको छ ।
सोमबारबाट बिक्री शुरु भएका हिरोका तीन नयाँ मोडल यस्ता छन्, मूल्य कति ?
काठमाडौँ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले हिरोका दुई नयाँ उत्पादन ‘एक्सपल्स टी’ र ‘एक्सट्रिम २०० एस’ र त्यसैगरी प्लेजर स्कुटरको अप्डेटेड भर्जन ‘प्लेजर प्लस’ को विक्री सोमबारबाट शुरु गरेको छ । भारतमा केहि महिना अघि सार्वजनिक भएका यी तीन मोडलहरुलाई हालसालै नेपालमा सम्पन्न ‘नाडा अटो शो–२०१९’ मा पनि शोकेस गरिएको थियो । आउनुस जानौं यी तीन मोडलहरुको वारेमाः एक्सपल्स २०० टी यो मोटरसाइकल हिरोको नयाँ अफरोडिङ्ग मोटरसाइकल ‘एक्सपल्स २००’ को टुरिंग भर्जन हो । यसको टुरिंग विशेषतालाई ध्यानमा राखेर हिरोले यसमा १७ इञ्च अलोए व्हिल्स र रोड टायर्स दिएको छ । एक्सपल्स २०० को भन्दा कम सीट हाइट भएको हुनाले यो मोटरसाइकल सानो हाइट हुनेहरुले पनि रुचाउँछन् भन्ने अनुमान गरिएको छ । सेफ्टि फिचरका रुपमा सिंगल च्यानल एबीएस दिइएको यस मोटरसाइकलमा डुअल डिस्कब्रेक पनि दिइएको छ । त्यसैगरी एक्सपल्स २०० टीमा रहेको १९९.६ सीसी सिंगल सिलिण्डर एयरकुल्ड इञ्जिनले १८.४ पिएसको पावर र १७.१ एनएमको टर्क प्रोड्यूस गर्दछ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य रु. ३,३२,००० तोकिएको छ । एक्सट्रिम २०० एस हिरोको केहि वर्षअघिको लोकप्रिय मोडल ‘करिज्मा’ को दवदवा पछिल्लो समयमा फितलो हुँदै गएपछि हिरोले आफ्नो स्पोर्टी सेग्मेन्टलाई पूनः बलियो बनाउन ‘एक्सट्रिम २०० एस’ बजारमा ल्याएको हो । यो मोटरसाइकल बजारमा विक्री भइरहेको ‘एक्सट्रिम २०० आर’ को फेयर्ड भर्जन हो जसमा सो बाइकमै प्रयोग भएको १९९.६ सीसी सिंगल सिलिण्डर एयरकुल्ड इञ्जिनको प्रयोग गरिएको छ । यो इञ्जिनले १८.४ पिएसको पावर र त्यसैगरी १७.१ एनएमको टर्क प्रोड्यूस गर्छ । अन्य फिचर्सको रुपमा यसमा एलईडी हेडलाइट, एलईडी टेललाईट र ब्लूतुथ कनेक्शन सहितको फूल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर पनि दिइएको छ । त्यसैगरी १४९ के.जी.को कर्ब वेट रहेको यो बाईकमा डुअल डिस्कब्रेकका साथै सिंगल च्यानल एबीएस पनि दिइएको छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य रु. ३,२२,००० तोकिएको छ । प्लेजर प्लस बजारमा प्लेजर स्कूटरको लोकप्रियता घट्दै गएपछि पूनः पकड जमाउन हिरोले केहि फेरवदलका साथ सो स्कूटरको अप्डेटेड भर्जन ‘प्लेजर प्लस’ बजारमा ल्याएको हो । फेरवदलका रुपमा हिरोले प्लेजर प्लसमा पावरफूल इञ्जिन र रेट्रो लूक्सका साथै केहि नयाँ फिचरहरु पनि समावेश गरेको छ । यो स्कूटरको ११०.९ सीसीको नयाँ इञ्जिनले ८.१५ पीएसको पावर र ८.७ एनएमको टर्क प्रोड्यूस गर्छ भने यसको कर्भी प्यानल र ठूलो हेडलाइटले यसलाई रेट्रो लूक्स प्रदान गरेको छ । अन्य स्पेशल फिचरहरुको रुपमा यसमा अपडेटेड एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, ओपन ग्लोव बक्स कम्पार्टमेन्ट, यूएसबी चार्जिंग पोर्ट, इन्टिग्रेटेड ब्रेकिंग सिस्टम र त्यसैगरी बुट लाइट समेत समावेश गरेको छ । नेपाली बजारमा यो स्कुटरको मूल्य रु.१,८६,००० तोकिएको छ ।
मेटलाईफका ग्राहकलाई व्यतित बीमालेख पुनर्जागरण गर्ने अवसर
काठमाडौं । मेटलाईफ नेपालले बीमितहरुका लागि पुनर्जागरण अभियान सञ्चालन गरेको छ । यो अभियानसगै कम्पनीले व्यतित बीमालेखहरुको बक्यौता बीमा शुल्कमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गरेको जनाएको छ । ५ वर्षभित्रका व्यतित बीमालेखहरुको हकमा कुनै पनि विलम्ब शुल्क नलाग्ने र व्यतित अवधि ५ वर्षभन्दा बढी भएको व्यतित बीमालेखमा विलम्ब शुल्कमा ५० प्रतिसत छुट हुने जनाइएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले यो अभियान मेटलाईफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफ्नो र आफ्नो परिवारलार्ई सुरक्षित राख्न सहयोग गर्ने बताए । यो अभियान मिति २०७६ भदौ २४ गतेदेखि सीमित अवधिको लागि हुने जनाइएको छ ।
फर्निचर एक्स्पो बुधबारदेखि, सबै तयारी पूरा, उपराष्ट्रपतिले उद्घाटन गर्ने
काठमाडौँ । फर्निचर तथाफर्निसिङ एक्स्पो(फर्नेक्स २०१९) को सबै तयारी पूरा भएको छ । फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघकाअनुसार एक्स्पोको सबै तयारी पूरा भएको हो । संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार बुधबार उपराष्ट्रपति नन्दकिशोर पु्नले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सातौं संस्करणको फर्नेक्स २०१९ राजधानीको भृकुटीमण्डपमा भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म आयोजना हुँदैछ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले एक्स्पोको सबै तयारी पूरा भएको बताए । ‘विगत वर्षको तुलनामा अझै परिस्कृत रुपमा एक्स्पोको तयारी गरिएको छ । १ सय २० भन्दा बढी प्रदर्शकले एक्स्पोमा सहभागिता जनाउँदै छन् ।’ प्रबन्धनिर्देशक प्रधानले भने । फर्नेक्स २०१९ को शीर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट, जेन्शाकार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसिएसनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्रीप्रदर्शनीको मुख्यआकर्षण रहने आयोजकको भनाई छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्नेछ ।