चेक भुक्तानीमा राष्ट्र बैंकको कडाइ, सातदिनमा चेक भुक्तान नभए खातावाला कालोसूचीमा
काठमाडौं । राष्ट्र बैंकले चेक भुक्तानीमा कडाइ गरेको छ । खातामा यथेष्ठ पैसा नभइ चेक काट्न प्रवृत्तिलाई निरुत्साहित गर्न राष्ट्र बैकले चेक भुक्तानीमा कडाइ गरेका हो । खातावालको खातामा नगद मौज्दात नभएको अर्थात नगद मौज्दात भएपनि पर्याप्त नभइ चेक फिर्ता भएमा एक पटक फिर्ता भएको चेकको हकमा चेक धारक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले दुई कार्यदिनको समयभित्र बैंक तथा वित्तीय संस्थामा पुनः चेक पेश गर्न सक्नेछ । । सो अवधिमा पनि चेक भुक्तान हुन नसकेमा खातावालाले चेकमा उल्लेख गरिएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउनु पर्नेछ । यस्तो निवेदन चेक जारी भएको मितिले ६ महिनाभित्र दिइसक्नु पर्नेछ । चेक काट्ने व्यक्तिको हस्ताक्षर गलत भइ भुक्तानी नभएमा चेक धारक व्यक्ति वा फर्मलाई लिखत रुपमा जानकारी गराउनुपर्नेछ । चेक जारी गर्नेले सही हस्ताक्षर नगरेमा वा चेक परिवर्तन नगरेमा पहिलो पटक चेक पेश गरेको २ कार्यदिन पश्चात चेकको रकम भुक्तान गरिसक्नु पर्नेछ । यस्तो अवस्थामा दुई कार्यदिन पश्चात चेक भुक्तानी गर्ने लिखत जवाफ बैंक तथा वित्तीय संस्थालाई दिइसक्नु पर्नेछ । लिखत जानकारी भएको सातदिनभित्र रकम भुक्तानी गर्ने सूचना बैंक तथा वित्तीय संस्थालाई चेक धारकले दिइसक्नु पर्नेछ । एक सातासम्म चेकको भुक्तान नभएमा खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो मितिमा रकम भुक्तान हुन नसकेका सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई लेखी पठाउनु पर्नेछ । यो निर्देशन बमोजिम कार्य नगरेमा बैंक तथ वित्तीय संस्था कारवाहीको भागिदार हुनेछ । यो व्यवस्था नेपाली बैंक तथा वित्तीय संस्थामा खाता भई चेक जारी गरेका विदेशी नागरिकलाई समेत लागु हुनेछ । राष्ट्र बैंकको निर्देशन अनुसार कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म तथा कम्पनीले बैंक तथा वित्तीय संस्थामा कल खाता समेत खोल्न पाउने छैनन् । कालोसूचीमा परेका खातावालाले खातामा रकम जम्मा गर्ने वाहेक अन्य कुनै पनि कार्य गर्न पाउँदैनन् ।
एटीएम ह्याक सम्बन्धमा फरेन्सिक एक्सपोर्ट पनि अन्योलमा, वास्तविक रिपोर्ट ल्याव टेष्टपछि
काठमाडौं । एटीएम ह्याकका सम्बन्धमा अनुसन्धान गर्न आएको फरेन्सिक एक्सपोर्टले वास्तविक प्रतिवेदन आउन अझै तीन महिना लाग्ने जानकारी राष्ट्र बैंकलाई गराएको छ । प्राविधिक विषय भएकोले प्रारम्भिक रिपोर्टका आधारमात्रै केही भन्न सक्ने अवस्था नरहेको भन्दै फरेन्सिकले राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार आयोजना गरेको साइबर सेक्युरिटी सम्बन्धि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई उक्त विषयको जानकारी गराइएको हो । ह्याकिङको वास्तविक रिपोर्ट ल्याव टेष्टपछिमात्र आउने जानकारी राष्ट्र बैंकले दिएको छ । प्रारम्भिक रिपोर्टले प्रर्याप्त जानकारी दिन नसकेपछि ७ दिनभित्र हालको सिष्टम परिवर्तन गरेर सुरक्षित सेवा संचालन गर्न राष्ट्र बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम (नेप्स) लाई निर्देशन दिएको छ । ह्याकरहरूले अरु डाटा चोरेको हुन सक्ने र यदि यस्तो गरिएको रहेछ भने अझ ठूलो क्षति हुन सक्ने अनुमान गर्दै राष्ट्र बैंकले हालको नेप्सको सिष्टम परिवर्तन गर्न भनेको हो । एटीएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बैकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल यस विषयमा छलफल गरेको हो ।
भदौ २५ र २६ गते पूर्वाधार सम्मेलन हुँदै, लगानी बोर्डले २१ परियोजना शोकस गर्ने
काठमाडौ । नेपाल उद्योग परिसंघ (सिएनआई) ले यही भदौ २५ र २६ गते नेपाल पूर्वाधार सम्मेलन ‘टु थाउजेन्ट नाएन्टीन’ गर्ने भएको छ । सोही अवसरमा प्रदेश स्तरका ८२ र लगानी बोर्डको २१ आयोजना शोकेस गरिने छ । सो सम्मेलनमा नेपाल उद्योग परिसंघलाई नेपाल सरकारको समेत सहयोग रहने छ । सिएनआईका अध्यक्ष सत्तिस कुमार मोरले भने– ‘हामीले हाम्रा बाटा घाटामा सुधार गर्न सकेमा हाम्रो व्यापार व्यवसाय फस्टाउदै जानेछ ।’ उनले वर्तमान समयमा पेट्रोल, डिजेलको लागि नै बढी खर्चनु परेको बताए । साथै, आगामी दिनमा नेपालमा व्यापार व्यवसायमा सुधार गर्न आवश्यक रहेकोमा उनले प्रकाश पारे । दुई दिनसम्म चल्ले उक्त कार्यक्रमलाई ७ भागमा बाँडिएको छ । कार्यक्रममा प्रधानमन्त्री के.पी. शर्मा ओली, नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल, अर्थ मन्त्री डा. युवराज खतिवडा, नेता डा. बाबुराम भट्टराई, डा. रामशरण महत, बर्षामान पुन तथा व्यवसायी बिनोद चौधरी लगायतको सहभागीता रहने छ । कार्यक्रममा ९० जना वक्ताहरुले सहभागिता रहने छ। सो मध्येमा ३० विदेशी रहेका छन् भने अन्य नेपाली रहेका छन् । सो कार्यक्रममा ६० संस्थाहरु पार्टनर हुने सिएनआईले बताएको छ । सिएनआईमा आयोजीत पत्रकार सम्मेलनमा बताइए अनुसार विगतका वर्षमा नेपालमा हुने सम्मेलनमाविदेशीलाई हाम्रा सम्भावना देखाउँन कठिन हुने गथ्र्यो । पछिल्लो समय बढ्दो अवसरका कारण विदेशी कम्पनीहरुसँग सहकार्य गर्न केही सहज भएको पाईएको छ । अहिले प्रदेश गत रुपमा नै काम गर्ने मिल्ने अवस्था रहेकाले सो कुराले व्यापारिक विकासमा सहज हुने कुरा बताइयो । कार्यक्रमका आकर्षण कार्यक्रमममा उर्जा, ग्रामीण विकास, कृषी, पर्यटन, यातायात, खानेपानी तथा सरसफाई लगायतका विषयमा छलफल हुनेछ । छलफलमा लगभग ५ सय लगानीकर्ताहरुको सहभागीता हुनेछ। विभिन्न आयोजना समावेस गरिएकाले कार्यक्रम उपलब्धि मूलक हुने आयोजकको दाबी छ ।
अब विकास बैंक र फाइनान्स कम्पनीले पनि म्युचुअल फण्ड सञ्चालन गर्न पाउने
काठमाडौं । अब विकास बैंक तथा वित्त कम्पनीहरुले समेत सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन गर्न पाउने भएका छन् । यसअघि वाणिज्य बैंकहरुले मात्रै लगानी गर्न पाउने व्यवस्था भएकोमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एकीकृत निर्देशन संशोधन गर्दै त्यस्तो म्युचुअल फण्ड सञ्चालन गर्न बाटो खोलेको हो । हाल ९ ओटा बैंकले १६ ओटा म्युचुअल फण्डहरु सञ्चालन गरिरहेका छन् त्यसमध्ये १५ ओटा बन्दमुखी र एउटा खुलामुखी योजना छन् । ३ ओटा म्युचुअल फण्ड भने समयावधि पूरा भएर बन्द भइसकेका छन् । वाणिज्य बैंकहरुमध्ये पनि १८ ओटा बैंकले म्युचअल फण्ड सञ्चालन नगरेको अवस्थामा समेत राष्ट्र बैंकले भने सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पनि म्युचुअल फण्ड खोल्न दिनेगरी व्यवस्था गरेको हो । विकास बैंक तथा वित्त कम्पनीहरुलाई म्युचुअल फण्ड खोल्नदिने शर्तहरु वाणिज्य बैंकको जस्तै तोकिएको छ ।
एनसीसीले पारित गर्यो १५.८९ प्रतिशत बोनस
काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैकले सेयर लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीको १५.८९ प्रतिशत बोनस सेयर तथा ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । बैकको चुक्ता पूँजी हाल ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ कायम छ । बोनस सेयर सम्बन्धि निर्णय बैकले आफ्नो २० औं र २१ औं वार्षिक साधारण सभा (एजिएम) मार्फत गरेको हो । के भन्छन् त सेयर लगानीकर्ता ? कार्यक्रममा बोल्दै लगानीकर्ता अमृत नाथ रेग्मीले भने–‘वित्तीय क्षेत्रमा सुधार ल्याउँन बैकहले आफ्नो सँगै अन्य बैकको सूचक समेत हेर्ने बानी बसाउन आवश्यक रहेको छ ।’ उनले सो कुरा अपनाउने सकेमा भविष्यमा वित्तीय क्षेत्रमा थप सुधार हुने सुझाव दिएका छन् । यस्तै, लगानीकर्ता अशोक उप्रेतीले भने–‘बैकले लगानीकर्तालाई आव २०७५/७६ बाट कस्तो लाभांस दिन्छ भन्ने कुराले लागानीकर्ताको मनोविज्ञानसँग प्रत्यक्ष सरोकार राख्ने बताए । उनले सोही आधारमा बैकको भविष्यमा समेत प्रभाव पर्ने जनाए । मेजर कुबेर श्रेष्ठका अनुसार– ‘राजधानी केन्द्रित कार्यक्रम एनसीसी बैकले पहिले पटक गरेको छ, आगामी दिनमा समेत सो कुरालाई निरन्तरता दिन आवश्यक छ ।’ राजधानी केन्द्रित कार्यक्रममा बैकको इज्जत रहनेमा जोड दिए । भक्ती प्रसाद उप्रेतीले भने– ‘कम्पनीले दिने लाभांसमा सरकारको गिद्धे नजर पर्न भएन् ।’ उनले आइसीयूमा पुगेको एनसीसी बैक हाल स्वथ्य अवस्थामा रहेको बताएका छन् । व्यास कुमार शर्माका अनुसार –‘कम्पनीको वित्तीय सूचकको अवस्था राम्रो छ, कम्पनीले खराब कर्जा व्यवस्थापन गरेको कुरालाई राम्रो पक्षको रुपमा लिनु पर्छ ।’ उनले निष्कृय कर्जा ७ वाट ३ मा ल्याउँन सफल भएको बैकलाई उनले शुभकामना दिएका थिए । कार्यक्रममा बैकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपाने प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश राज अर्याल, पूर्व संचार मंन्त्री मोहन बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबारदेखि शुरु(फोटो फिचर)
काठमाडौँ । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबारदेखि औपचारिक रुपमा शुरु हुँदैछ । यस्तो देखियो अमलेखगञ्जको दृश्य । तश्वीरः राजाराम न्यौपाने/विकासन्युज
नेपालमा हरेक दिन १६ जना व्यक्तिको मृत्युको कारण आत्महत्या, मानसिक रोग मुख्य कारण
काठमाडौं। नेपालमा हरेक दिन १५ देखी १६ जना व्यक्तिको मृत्युको कारण आत्माहत्या रहेको खुलेको छ। सोमबार विश्व आत्माहत्या दिवसलाई मध्यनजर गर्दै संचालन गरिएको कार्यक्रममा नर्सर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाले यस्तो बताएको हो। विभिन्न अध्ययनको अनुसार विश्वमा सबैभन्दा बढी आत्माहत्या हुने ठाउँमा नेपाल सातौं स्थानमा पर्दछ भने महिला आत्माहत्याको संख्यामा नेपाल तेस्रो स्थानमा पर्ने गर्दछ। यस्तै नेपालमा गरिएको २००८-२००९ को अनुसन्धान अनुसार १६ देखी ४९ बर्षको प्रजनन् उमेर समुहको महिलाहरुमा आत्माहत्या मृत्युको प्रमुख कारण देखाएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक बर्ष ८ लाख मानिसको मृत्यु आत्महत्याको कारण हुने गर्दछ। यस बाहेक हरेक बर्ष आत्महत्या गर्न खोज्ने मानिसको संख्या अझै बढी छ । विश्वमा मृत्युको प्रमुख २० कारण मध्ये आत्माहत्या पनि एउटा कारण हो। त्यस्तै आत्माहत्या गर्ने ९० प्रतिशत कारण मानसिक रोग रहेको छ। विश्वमा १० बर्ष देखी २४ बर्ष उमेरका युवायुवतीको मृत्युको दोस्रो ठूलो कारण आत्महत्या गर्नु हो। अनुसन्धान अनुसार एक जना व्यक्तिको आत्माहत्याको कारण उसँग सम्बन्धित १३५ जना व्यक्ति प्रभावित हुने बताउँछ। आत्माहत्याको कारण बहुआयमिक हुन्छ। आत्माहत्या गर्न ९० प्रतिशत जनसंख्यामा मानसिक रोग भएको तथ्य अनुसन्धानले देखाएको छ। मानसिक रोगमा जस्तै उदासिनताको रोग (डिप्रेसन) सबैभन्दा प्रमुख कारण हो। पहिले पनि आत्माहत्याको प्रयास गरेको मानिसहरुले आत्माहत्या दोहोर्याउने सम्भावना सामान्य भन्दा धेरै हुन्छ। त्यो सँगै जीवन प्रति लगातार नैराश्यता व्यक्त गर्ने मानिसहरु, वा हिंसाका घटनामा भेदभाव अनुभव गरेका व्यक्तिहरुमा आत्माहत्या गर्ने सम्भावना बढी हुन्छ। समाजमा रहेको सबै मानिसहरुको प्रयत्न भएमा आत्माहत्या धेरै मात्रामा रोकथाम गर्न सहयोग सकिन्छ। मानसिक रोगको उपचार गर्नाले धेरै मात्रामा आत्माहत्याको रोकथाम हुन्छ। आफुमा अथवा आफुले चिनेको आत्माहत्याको सोच अथवा प्रयास गरेको थाहा पाएमा नजिकको मानसिक रोग बिशेषज्ञकोमा लिएर जाँदा आत्माहत्या गर्नबाट रोक्न सकिन्छ।
राष्ट्र बैंकको नियम: कर्जाको ब्याजदर घटाउन पाउने, बढाउन नपाउने !
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब ६ महिना अगावै कर्जाको ब्याजदर घटाउन पाउने बढाउन नपाउने सुविधा दिएको छ । बैकले एकीकृत निर्देशन जारी गर्ने क्रममा जारी गरेको निर्देशनमा यदि बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको कर्जाको ब्याजदर घटाउनु पर्ने अवस्था आएमा प्रिमियम दर घटाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंकले यस्तो प्रिमियम दर ६ महिनाभन्दा कम समयमा परिर्वतन गर्न सक्ने बाटो खुला गरिदिएको हो । बैंकहरूले कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछुट्टै प्रिमियम दर तय गरी त्रैमासिक कर्जा तथा सापटको ब्यादजर निर्धारण तथा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यसरी ब्याजदर प्रकाशन गर्दा कर्जा शीर्षकअनुसार आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।