विकासन्युज

पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन

काठमाडाैं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब यहाँ सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ । उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै रु ५० हजार पुरस्कार प्राप्त गर्यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पुलिस क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरु रु २५ हजारसहित पुरस्कृत भए । राजेशले ६५ किलो तथा रिताले ५५ किलो तौल समूहमा स्वर्ण जितेका थिए । प्रतियोगितामा भाटभटेनीले अनुशासित टोलीको उपाधि प्राप्त गर्यो । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सम्पन्न प्रतियोगिताको पुरुष ५० किलोमा मेन डोजोका मनोज रानामगर पहिलो, एपीएफका सञ्जय राई दोस्रो तथा आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेस्रो भए । यस्तै पुरुष ५५ किलोमा एपीएफका रोहित चुनारो पहिलो, नोपली सेनाका तारा तामाङ दोस्रो तथा मुवाँथाईका दावा फुन्जो शेर्पा र पुलिस क्लबका राजेन्द्र सिन्जाली मगर तेस्रो भएका छन् । पुरुष ६० किलोमा एपीएफका वीरेन्द्रसिंह कोठारी पहिलो, पुलिस क्लबका मुकेश पण्डित दोस्रो तथा मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तृतीय भए । पुरुष ६५ किलोतर्फ आर्मीका राजेश चौधरी पहिलो, मुवाँथाईका फुर्देनी शेर्पा दोस्रो तथा बक्समान्डुका मनीषकुमार भुजेल र पुलिसका समन धुस्री तृतीय भएका हुन् । पुरुष खुला तौल समूहमा रेजका कोशिष श्रेष्ठ पहिलो, एपीएफका भुपेन्द्र शाह दोस्रो तथा सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भए । यसैगरी महिला ६५ किलोतर्फ एपीएफकी विनिता थापा मगर पहिलो, नेपाली सेनाकी मन्जु विक दोस्रो तथा एपीएफकी मनिषा राउत र मेन डोजोकी रविना तामाङ तृतीय भए । महिला खुला तौल समूहमा आर्मीकी विन्दु पुन पहिलो, एपीएफकी जयन्ती श्रेष्ठ दोस्रो तथा मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तृतीय भएका छन् । महिला ६० किलोतर्फ एपीएफकी निशा विक पहिलो, मेन डोजोकी सुस्मिता शाही दोस्रो तथा मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भए । महिला ५० किलोमा एपीएफकी सन्जुमाया थिङले स्वर्ण, आइकेकेएफकी करिश्मा कार्कीले रजत तथा सेनाकी रुविका खड्का र शान्ति थापा मगरले कास्य पदक प्राप्त गरे । महिला ५५ किलोतर्फ नेपाल पुलिसकी रीता ठकुल्लाले स्वर्ण, एपीएफकी विद्या गुरुङले रजत तथा आर्मीकी अनुपमा नेपाली र रिना धमालले कास्य पदक प्राप्त गरेका छन् । तीनदिनसम्म चलेको सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश गरिएका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ पुरस्कार प्राप्त गरेका थिए । ब्याडमिन्टन टोलीलाई खेल पोशाक नेपालमा हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी नेपाली ब्याडमिन्टन टोलीलाई योनेक्सले आइतबार खेल पोशाक प्रदान गरेको छ । सागमा सहभागी पुरुष र महिला गरी २० खेलाडी, छ प्रशिक्षक तथा दुई व्यवस्थापकलाई उक्त पोशाक प्रदान गरिएको हो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले राखेप कभर्ड हलमा आइतबार सो पोशाक हस्तान्तरण गरेका हुन् । रासस

नेशनल माइक्रोफाइनान्सद्धारा चिसो प्रभावितलाई न्यानो कपडा वितरण

काठमाडाैं । नेशनलमाइ क्रोफाइनान्स वित्तिय संस्था शाखा कार्यालय सिम्रौनगढले चिसो प्रभावित ग्राहकलाई न्यानो कपडा वितरण गरेको छ । सिम्रौनगढ नगरपालिकाको सिम्रौनगढस्थित नेशनलमाइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढमा आवद्ध रहेका ग्राहक सदस्यहरुमध्ये दलित तथा विपन्न परिवारका ५५जना लाई कम्बल वितरण गरेको हो । उनीहरुलाई संस्थाले एक थान कम्बल वितरण गरेकोण गरेको हो । कार्यक्रममा प्रमुख अतिथी रामबहादुर यादवले संस्थाले बित्तीय सेवाको साथै गैर बित्तीय सेवातर्फ समते सचेत रहि सदस्यतथा समुदायको हकहितको लागि सैदव विभिन्न कार्यको माध्यमबाट सेवा प्रदान गर्दै आएको तथा भविष्यमा समेत समाजिक उत्तरदायित्व अन्तर्गतको कार्य निरन्तर गर्न आग्रह गरे । कार्यक्रममा वडाध्यक्ष रमेश प्रसाद कुशवाहाले सिम्रौनगढ शाखा कार्यालयमा आवद्ध रहेका सदस्यहरु मध्ये विपन्न दलित ५५ जनासदस्यहरुलाई संस्थाले अत्यधिक चिसो कम गर्न कम्बल वितरण कार्यक्रम गरेको असाध्यै उदाहरणीय रहेको धारणा राखे । कार्यक्रममा एक सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

मारुती सुजुकीको ‘डिजायर’: यस्ता विशेषताले बन्यो सेडान सेग्मेन्टको कडा प्रतिद्वन्द्वी

काठमाडाैं । मारुती सुजुकीको ‘डिजायर’ नेपाली बजारमा सेडान सेग्मेन्टमा कडा प्रतिद्वन्द्वीको रुपमा उभिएको कार हो । मारुती सुजुकीको नेपालका लागि आधिकारीक बिक्रेता सीजी मोटोकर्प प्रा.लि.ले डिजायरको भिएक्सआइ र जेडएक्सआइ गरी दुई भेरियन्टहरु नेपाली बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ । कम्पनीले भिएक्सआइको मूल्य ३२ लाख ७९ हजार रुपैयाँ तोकेको छ भने जेडएक्सआइको मूल्य चाहिँ ३६ लाख २९ हजार रुपैयाँ तोकेको छ । डिजायर एउटा सवकम्प्याक्ट सेडान कार हो । यस कारको फिचर्सका रुपमा अटो गियर सिफ्ट, रियर एसी भेन्ट्स, स्मार्ट प्ले इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्मार्ट किलेश इन्ट्री, पुस स्टार्ट–स्टप बटन, स्टेयरिङ्ग एड्जस्टमेन्ट, १२ भोल्टको ब्याट्री लगायतका विशेषताहरु रहेका छन् । सेफ्टी फिचरहरुको रुपमा चाहिँ यस सेडानका अगाडिका सिटमा दुइओटा एयरब्याग, एबीएस सिस्टम, ईबीडी सिस्टम, चाइल्ड सेफ्टी लक, पावर डोर लक, सिट बेल्ट वार्निङ्ग जस्ता विशेषताहरु रहेका छन् । डिजायरमा प्रयोग गरिएको ११९७ सीसी पेट्रोल इञ्जिनले ८२ बीएचपीको पावर र ११३ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले २२ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको ग्राउण्ड क्लियरेन्स १६३ मिलिमिटर, बुट स्पेश ३७८ लिटर र फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ३७ लिटरको रहेको छ । त्यसैगरी, यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । कम्पनीका अनुसार अहिलेको विशेष अफर अन्तर्गत यस कारको खरिदमा १ लाख ३० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनेछ ।

काठमाडौंमा छैठौँ महिला उद्यमी सम्मेलन आयोजना हुँदै

काठमाडौँ । काठमाडौमा छैठौँ महिला उद्यमी सम्मेलन २०२० आयोजना हुने भएको छ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको र्याडिसन होटलमा हुने बताइएको हो । नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रमले आयोजना गर्ने कार्यक्रमको प्रायोजन लक्ष्मी बैंकले गरेको छ । यस्तै, कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तराष्ट्रिय श्रम संगठन रहेको छ । विगतका वर्षहरु जस्तै यो कार्यक्रमले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्दै आएको छ । यो वर्ष ३ सयभन्दा बढि सहभागिहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने छ । कार्यक्रममाविभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत वभिन्न कार्यशालाहरुको पनि आयोजना गरिने बताइएको छ । कार्यक्रममा महिला उद्यमशिलताका विषयमा र उनिहरुले भोगेका चुनौती र अवसरहरुको बारेमा विभिन्न सत्रहरुमा विज्ञहरुबीच छलफल गरिने बताइएको छ ।

कामना सेवा विकास बैंकले प्रदेश ५मा एकैदिन उद्घाटन गर्यो २ नयाँ शाखा

काठमाडौं । कामना सेवा विकास बैंकले एकैदिन प्रदेश नं. ५ मा २ नयाँ शाखा उद्घाटन गरेको छ । विकास बैंकले माघ ५ गते मात्रै नवलपरासीको बर्दघाट र रुपन्देहीको मणिग्राममा एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि उद्घाटन गरेको हो । यो सँगै अब बैंकको शाखा संख्या ११६ पुगेका छन् । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् । यसैगरी, मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् । काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले हाल ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

विदेशमा घुम्ने र पढ्ने नेपालीकाे सख्या घट्याे, सरकारलाई सेवा व्यापारमा पाैने ५ अर्ब लाभ

काठमाडौं । विदेश घुम्न जाने र विदेश अध्ययन गर्ने जाने नेपालीको खर्चमा धेरै नियन्त्रण भएको छ । सरकारले विदेश भ्रमणमा जाने र पढ्न जाने विद्यार्थीका लागि नीतिगत रुपमा कडाई गर्दा सरकारलाई उल्लेख्य फाइदा पुगेको छ । मंसिर महिनासम्ममा सेवा आयात ४ अर्ब ७१ करोडले कमी आएको छ । समीक्षा अवधिमा खुद सेवा आय रु.३ अर्ब ७८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.८ अर्ब ४९ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा १३.४ प्रतिशतले वृद्धि भई रु.३६ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३२ अर्ब ४९ करोड रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २३.७ प्रतिशतले कमी आई रु. ३१ अर्ब ५२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको खर्च रु.१४ अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.४१ अर्ब ३४ करोड र सो मध्ये शिक्षातर्फको खर्च रु.२२ अर्ब १४ करोड रहेको थियो । निर्यात २७ प्रतिशतले वृद्धि आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ६२ करोड पुगेको छ । भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रड लगायतका वस्तुहरुको निर्यात घटेकोछ । आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेर रु.५८१ अर्ब २६ करोड कायम भएको छ । भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ । आर्थिक वर्ष २०७६/७७ को पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटी रु.५३३ अर्ब ६४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । विप्रेषण आप्रवाह वृद्धि शुन्य समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.१ प्रतिशतले बढी रु.३७६ अर्ब ९९ करोड कायम रहेको छ । तर यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३८.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा चालु खाता घाटा रु.७० अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.११९ अर्ब ३३ करोड रहेको थियो । शोधनान्तर स्थिति रु.२३ अर्ब ३० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।

महालक्ष्मी विकास बैंक र ईसेवाबीच सम्झौता, नयाँ खाता खाेल्न सहज हुने

काठमाडौं । महालक्ष्मी विकास बैंक र इसेवा फोनपेबीच सम्झौता भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि बैंक र ईसेवा फोनपेबीच आइतबार सम्झौता भएको हो । ग्राहकले अब ईसेवा फोनपेका एजेन्टहरुमार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । उक्त खातामा बैंकले ग्राहकलाइ निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ । बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवाफोनपेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका हुन् । बैंकले आगामीदिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदान गर्न सदा तत्पर रहने बताइएको छ ।

सनफ्लो सनफ्लावर तेल योजनाको चौथो लक्की ड्र विजेता घोषित

काठमाडौं । सनफ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजना अन्तर्गत चौथो लक्की ड्र कार्यक्रम अन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुको नाम घोषणा गरिएको छ । चौथो लक्की ड्र अन्तर्गत पाल्पा निवासी खिमबहादुर बि.कले हिराको नेकलेस जितेका छन् । त्यसैगरी पेप्सीकोला निवासी सौरभ श्रेष्ठ र विराटनगर निवासीन्रमता राईले हिराको लकेट जितेका छन् । बसुन्धारा निवासीजुनु श्रेष्ठ र पाल्पा निवासी केश मायापुनले हिराको टप जितेका छन् । के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ माएसएमएस पठाउनु पर्नेछ । लक्की ड्र मार्फत १ जनाविजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।