नेपाल विद्युत प्राधिकरण र नेपाल वायु सेवा निगमले माग्याे ४ सय २८ कर्मचारी
काठमाडौं । विद्युत प्राधिकरण र वायुसेवा निगमले एक्कैपटक ठूलो संख्यामा विभिन्न स्तर र पदमा आवेदन मागेको छ। नेपाल विद्युत प्राधिकरणले २ सय ९६ र वायु सेवा निगमले १ सय ३२ कर्मचारी मागकाे हाे । गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मको आवेदन मागेको हो। विज्ञापनको सूचना अनुसार इच्छुकहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ। [pdf id=195958]
गायिका इन्दिरा तिवारीको ‘हल्का हल्का गुनगुनायो…’ गीतको भिडियो सार्वजनिक
काठमाडौं । गायिका इन्दिरा तिवारीको स्वरमा रहेको ‘हल्का हल्का गुनगुनायो…’ गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङ÷माष्टरिङ गरेका छन् । निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा बुद्ध थापाको छायांकन र सुरेश काफ्लेको ड्रोन रहेको छ । हेर्नुहाेस भिडियाे
सांसद आचार्यद्वारा सामुदायिक भवनको शिलान्यास
काठमाडौं । रसुवाको कालिकामा आयोजित जेष्ठ नागरिक सामुदायिक भवनको शिलान्यास सासंद मोहन आचार्य गरेका छन् । आचार्यले जेष्ठ नागरिकहरूलाई राज्यले उचित सम्मान दिनुपर्ने उल्लेख गर्दै उनीहरुको अनुभव रसिपलाई व्यवहारमा उतार्न सके समाज लाभान्वित हुन सक्ने बताए । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) मार्फत ५० लाख रूपैयाँको लागतमा सो भवन निर्माण गर्न लागिएको हो। भवन निर्माणका लागी यस वर्ष १५ लाख रूपैयाँ विनियोजन गरिएको छ,भने अर्को आर्थिक वर्षमा सो भवन निर्माणमा सम्पन्न गरिने छ । कार्यक्रम प्रदेस सभा सदस्य प्रेम तामाङर उत्तरगयाँ गाँउ पालिकाका प्रमुख उपेन्द्र लम्सालले सांसद आचार्यको पहलमा रसुवाले पूर्वाधार निर्माणले गति लिएको बताए । सांसद आचार्य कै पहलमा संवृद्ध रसुवा निर्माण अभियान अन्तर्गत जिल्लाका सबै क्षेत्रलाई सडक सन्जालमा जोड्ने काम भइरहेको उनीहरूले बताएका छन् ।
जलविद्युतमा बैंकको लगानी निराशाजनक, १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्न चुनाैती
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले जलविद्युतमा गर्ने लगानी निराशाजनक देखिएको छ । सरकारले जलविद्युत क्षेत्रलाई प्राथमिकताका साथ लिएको भनिए पनि बैक तथा वित्तीय संस्थाहरुले भने लगानी घटाउँदै गएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको जलविद्युतमा लगानी गर्न उत्सुक देखिएका छैनन् । नेपाल राष्ट्र बैंकको पछिलो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले जलविद्युतमा साढे एक खर्ब लगानी गरेका छन् । सो रकम गत आर्थिक वर्षको भन्दा झण्डै १५ अर्ब रुपैयाँ बढी भएपनि सरकारले लिएको लक्ष्प्य अनुसारको होइन । लक्ष्य भेटाउन भने चुनौती देखिएको छ । सरकारले लक्ष्य ठूलो लिने तर लगानी कम गर्ने प्रवृतिले पनि १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्नु ठूलो चुनौती हो । सम्भावनाका दृष्टिकोणले नेपालमा धेरै विद्युत उत्पादन गर्न सकिन्छ । तर, बैंक तथा वित्तीय संस्थाहरुको लगानी हेर्दा निराशाजनक देखिन्छ। नेपाल राष्ट्र बैंकले कूल लगानीको १२ प्रतिशत ऊर्जा र कृषि क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिए पनि वित्तीय संस्था लक्ष्यको एक तिहाइभन्दा कममा सीमित छन् । राष्ट्र बैंकको फितलो अनुगमन र वित्तीय संस्थाले ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानी गर्दा हुने जोखिम व्यवस्थापन गर्न नसक्दा लगानी बढ्न नसकेको हो । राष्ट्र बैंकले नै ऊर्जा तथा जलविद्युतको लगानी सीमा घटाइदिएकाले यस क्षेत्रमा बैंकको आकर्षण पनि कम हुन थालेको प्रबर्धकहरूले गुनासो गर्न थालेका छन् । आन्तरिक लगानीमा नै १० मेगावाटभन्दा ठूला आयोजना निर्माण हुने अवस्था देखिएकाले साना आयोजनामा बैंक तथा वित्तीय संस्थाको आकर्षण घटेको हो । अहिले देशमा २७ वाणिज्य बैंक, २५ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त संस्था र एउटा पूर्वाधार विकास बैंक छ । बैंक तथा वित्तीय संस्थाको मात्रै नभई साना आयोजनाको साधारण सेयरमा समेत लगानीकर्ता लगानीका लागि हच्किएका छन् । साना आयोजनामा लगानी गर्ने भए ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत मात्रै ऋण लगानी गर्न सकिने केही बैंकले प्रबर्धककलाई बताएका छन् । पछिल्लो पटक ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी गर्नुपर्ने अवस्था थियो । नेपाल राष्ट्र बैंकले ऊर्जामा अनिवार्य रुपमा १५ प्रतिशत लगानी गर्नैपर्ने कानूनी व्यवस्था गरेपनि अधिकांश बैंकले सो सीमा पुगेको बताउन थालेका छन् । जसका कारण ऊर्जा क्षेत्र आकर्षकबाट विकर्षण क्षेत्रमा परिणत भएको छ ।
भरतपुरकाे पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’ काे शुभारम्भ प्रचण्डबाट
भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–२२ ले पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’ को शुभारम्भ गरेका छन् । बिहीबार शुभारम्भ गर्दै उनले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे । करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो स्ट्रिट करिब रु तीन करोडको लागतमा निर्माण सम्पन्न गरिएको वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए । अम्ब्रेला स्ट्रिटमा लहरै ४८० वटा रङ्गीन छाता राखिएको छ । रङ्गीन छाताले सो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ । यसको प्रचारप्रसार तथा स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्न यहाँ पटिहानी खाना महोत्सव आयोजना गरिएको छ । महोत्सवमा २० वटा प्रदर्शनीकक्ष रहेका छन् । कक्षमा स्थानीय खानाका परिकारलाई जोड दिइएको खाना महोत्सव प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी दिए । साङ्गीतक कार्यक्रमसमेत आयोजना गरिएको छ । यहाँ आउने पर्यटकका लागि महोत्सव अवधिमा विशेष छुटको समेत घोषणा गरिएको छ । पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य सङ्घ चितवनको परिसरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, महोत्सव अवधिभर डुङ्गा, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । रासस
राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता–२०७६ सम्पन्न, पाठशाला नेपाल फाउण्डेशनकी नस्वा जोशी प्रथम
काठमाडौं । काठमाडौं मोडेल सेकेण्डरी स्कुल, बालकुमारी ललितपुरको आयोजनामा पाँचौं संस्करणको राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता २०७६ सम्पन्न भएको छ । यस विद्यालयले विगत २०७२ सालदेखि निरन्तर वार्षिक रूपमा प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । विद्यालयतहका कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका ३० वटा विद्यालयका ८५ जना विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए । उक्त प्रतियोगितामा पाठशाला नेपाल फाउण्डेशनकी नस्वा जोशी प्रथम भएकी छन् । उनले रु २० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेकी हुन् । सिद्धार्थ वनस्थली स्कुलका स्पन्दन बोहोरा द्वितीय हुन सफल भए । उनले रु १२ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । यसैगरी ज्ञाननिकेतन स्कुलकी करिश्मा थापाले तृतीय स्थान प्राप्त गर्दै रु. ८ हजार नगद र प्रमाणपत्र प्राप्त गरिन् । सान्त्वना स्थान प्राप्त गर्नेमा केएमसी स्कुलकी ईराशु कार्की, बिडीएस. स्कुलकी एइभा आचार्य, अवयर्नेश इन्टरनेशनल एकेडेमीकी भावना अर्याल, ब्लु बर्ड सेकेण्डरी स्कुलका फिरोज आफ्रिन र काठमाडौं जेभिएर स्कुलका स्वच्छन्द अधिकारी रहेका छन् । यस्ता बौद्धिक कार्यक्रमहरूले विद्यार्थीका आन्तरिक प्रतिभा प्रष्फुटित गर्न मद्दत पुग्दछ भन्दै विद्यार्थीहरूले समयको महत्वपलाई बुझेर कार्यसम्पादन गर्न सके कहिल्यै असफल हुनु नपर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय समितिका सहअध्यक्ष डि.के ढुङ्गानाले बताए । कार्यक्रममा सहभागी प्रतियोगी तथा अतिथिहरूलाई केएमसी नेटवर्कका निर्देशक किशोर गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । निबन्ध लेखनपूर्व त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेश भट्टराईले निबन्ध लेखनका बारे अभिमुखीकरण गरे । लेखिएका निबन्धहरूलाई प्रा.डा. अम्माराज जोशी र प्रा.डा. रमेश भट्टराईको नेतृत्वमा रहेको १५ सदस्यीय निर्णायक मण्डलले मूल्यांकन गरेको थियो । निबन्ध लेखनमा सहभागी विद्यार्थीहरूलाई उत्प्रेरक व्यक्तित्व डा. ताराजीले मोटिभेशन स्पिच दिएका थिए । सुखी नेपाली ः समृद्ध नेपाल, सामाजिक सञ्जालका र यसको प्रभाव, नेपाल भ्रमण वर्ष २०२० र राष्ट्रप्रति मेरो कर्तव्य शीर्षकमध्ये गोलाप्रथाद्वारा छानिएका शीर्षकमा प्रतियोगीहरूले निबन्ध लेखेका थिए । विद्यालयका प्राचार्य सुरेन्द्र सुवेदीको अध्यक्षतामा सञ्चालित कार्यक्रम उपप्राध्यापक प्रकाश तिवारीले सञ्चालन गरेका हुन् ।
चाइल्डसेफनेटद्वारा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम
काठमाडौं । बालबालिका तथा युवा वर्गका लागि सुरक्षित सूचना प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको संस्था चाइल्डसेफनेटले मंगलबार पाटन दरवार क्षेत्रमा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राम्रो इण्टरनेटका लागि हातेमालो नाराका साथ ‘सुरक्षित इण्टरनेट दिवस – २०२०’ का अवसरमा चाइल्डसेफनेटले उक्त कार्यक्रम गरेकाे हाे । यसले सन् २०१९ देखि नेपालमा सुरक्षित इण्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ । स्थानीय खुला डबलीमा सार्वजकि रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले आजको डिजिटल युगमा तीव्रताका साथ अगाडि बढिरहेको सूचना तथा सञ्चार प्रविधिले सकारात्मकका साथै नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि ल्याइरहेको चर्चा गरेका छन् । उनले बालबालिका तथा युवा वर्गलाई यसका नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु नितान्त आवश्यक भएको बताएका छन् । इण्टरनेट बालबालिकाको अश्लील चित्र र भिडियो देखिएमा रिपोर्ट गर्न चाइल्डसेफनेटले इण्टरनेट वाच फाउण्डेसनसँग हालै सहकार्य सुरु गरेको जानकारी दिँदै रघुवंशीले ।।।।। मा नेपाली भाषामा बेनामी रिपोर्ट गर्न सकिने बताए । कार्यक्रममा प्रहरी निरीक्षक उमेश साहले सूचना प्रविधिको दुरुपयोगका कारण साइबर अपराध बढ्दै गएकोले यसको नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रिय साइबर ब्यूरो कार्यरत रहेको जानकारी दिएका छन् । त्यसैगरी सिविन नेपालका माधव लोहनीले बाल हेल्पलाइन १०९८ मा निःशुल्क फोन गरी अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन जस्ता घटनाको रिपोर्ट गर्न सकिने जानकारीे दिए । कार्यक्रममा बाल वातावरण केन्द्र नेपालबाट साइबर सुरक्षासम्बन्धी तथा ब्लूबर्ड स्कुलबाट साइबर बुलिङसम्बन्धी सडक नाटकहरु प्रदर्शन गरिएको उक्त कार्यक्रममा रेड सर्कल क्रियटिभ सोलुसन्सका सुशान्त घिमिरेले साङ्गीतिक तथा एपेक्स लाइफ स्कूलका सजल पौड्यालले अनलाइन कुलतबारे हास्य प्रस्तुति दिएका थिए । यसैगरी लभग्रीन नेपालले चाइल्डसेफनेटसँगको सहकार्यमा पाँचखालको बालुवास्थित आजाद माध्यमकि विद्यालयमा साइबर सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेर सुरक्षित इण्टरनेट दिवस मनाएको छ । साथै, नवलपरासीको सुनवलमा वेदः सिर्जनशील संस्थाले चाइल्डसेफनेटको सहकार्यमा ‘इण्टरनेटको महत्व र चुनौति’ विषयक अन्तरक्रिया गरी सुरक्षित इण्टरनेट दिवस मनाइयो । त्यसैगरी ललितपुर छम्पीको होली टेम्पल माध्यामिक विद्यालय र जनजागृति माध्यामिक विद्यालय, बुढानीलकण्ठमा साइबर सुरक्षासम्बन्धी तालिम संचालन गरेर सुरक्षित इण्टरनेट दिवस मनाइएको थियो । यस अघि, सुरक्षित इण्टरनेट दिवसको तयारीको लागि गत माघ ९ देखि १२ गते चाइल्डसेफनेटले ललितपुरमा २० जना युवालाई चारदिने साइबर सुरक्षा प्रशिक्षक प्रशिक्षण दिएको थियो । साइबर सुरक्षासम्बन्धमा चेतना अभिवृद्धि गर्ने, बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित इन्टरनेट दिवस प्रत्येक वर्ष विश्वका एक सय पचासभन्दा बढी देशमा आयोजना गरिएको छ ।
आरएमडीसीद्वारा सर्लाहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको इटहरी शाखाले बिहीबार एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीमा आयोजित उक्त कार्यक्रममा ३९ वटा सहकारीहरुबाट ६३ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरेले गरेका हुन् भने प्रमुख अथितिका रुपमा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतीचन्द्र ओझा रहेका थिए । वित्तीय पहुँच अभिवृिद्घ तथा उद्यमशिलाको विकास मार्फत प्रदेशलाई आत्मनिर्भरता अभिवृद्धि र गरिबी न्यूनीकरण गर्न आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारीबारेमा जानकारी गराउने उद्देश्यले आयोजित यस १ दिने अन्तरक्रिया कार्यक्रममा इटहरीका शाखाप्रबन्धक गोबिन्द प्रसाद पौडेलले सहभागीहरुलाई स्वागत गरेका थिए । अन्तक्रिया कार्यक्रमको दोश्रो सत्रमा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृतले आरएमडीसीको परिचय, उद्देश्य, तथा संचालन गरिरहेका कार्यहरुका साथै साझेदार बन्न आवश्यक न्युनतम मापदण्ड तथा प्रक्रियाहरुको बारेमा जानकारी गराए । आरएमडीसीले संस्थागत विकास तथा क्षमता अभिवृद्धिका लागि सहयोगी भुमिका निर्वाह गर्दछ भने वित्तीय सुशासन कायम नगर्ने, नितीनियम भन्दा बाहिर जाने सहकारीहरुसँग आरएमडीसी कडा रुपमा पनी प्रस्तुत हुने हुदा बजारमा आरएमडीसी आफैमा एउटा ब्राण्डको रुपमा रहेको समेत जानकारी गराएका थिए । उनले आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारीमा कसरी संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिवृद्धि, वित्तीय पहुँच अभिवृिद्ध गरी उद्यमशिलताको विकास मार्फत आत्मर्निभर भै गरिबी न्युनीकरण गर्न सकिन्छ भन्ने बारेमा पनि चर्चा गरे । कार्यक्रममा आरएमडीसीका हाल कायम रहेका साझेदार संस्थाहरुबाट आरएमडीसीसँगको साझेदारीबाट प्राप्त गरेका फाईदाहरु तथा संस्थागत विकासका कार्यक्रममा आरएमडीसीका हाल कायम रहेका साझेदार संस्थाहरुबाट आरएमडीसीसँगको साझेदारीबाट प्राप्त गरेका फाईदाहरु तथा संस्थागत विकासका बारेमा पनि अनुभव आदान प्रदान गरिएको थियो ।