विकासन्युज

कैलालीमा शंकास्पद वस्तु बिस्फोट हुँदा एक जनाको मृत्यु

काठमाडाैं । कैलालीमा  बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाकाे गोदावरीमा  जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीमा पितल जस्तो देखिने वस्तु बिस्फोट हुँदा   ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्याल कैलालीले जनाएको छ। जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर उनकाे मृत्त्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनाकाे विस्तृत जानकारीका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरीकाे टोली घटना स्थलतर्फ प्रस्थान गरेकाे बताइएकाे छ

कोरोनासँग जुध्न आ-आफ्नै प्याकेज, कुन देशले ल्याए कस्तो प्याकेज ?

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढ्दैगएसँगै त्यसको त्रास पनि उतिकै छ । कोरोना भाइरसकै कारण विश्वको अर्थतन्त्र अहिले चौपट भएको छ । नागरिकहरुलाई दैनिक उपभोग्य सामानको गुजारा गर्न पनि समस्या परिरहेको अवस्था छ । यही अवस्थामा विभिन्न देशका सरकारहरुले आफ्ना देशका व्यवसायी, उद्योगी र आम नागरिकहरुका लागि विभिन्न किसिमको प्याकेजको घोषणा गरेका छन् । तर, नेपाल सरकारले भने हाल सम्म उद्योगी व्यवासायी र हाम सर्वसाधारणका लागि त्यस्ता कुनै पनि प्याकेज ल्याएको छैन । आज हामीले कुन देशले कस्तो किसिमको प्याकेज ल्याएका छन् भन्ने विषयमा उल्लेख गरेका छौं । भारत भारत सरकारले अहिले सम्म कुनै औपचारिक रुपमा प्याकेजको घोषणा नगरेपनि भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम सर्व साधारणका लागि विभिन्न सहुलियतपूर्ण कार्यक्रमहरु ल्याउने बताइरहेका छन् । यस्तै, भारत सरकारले हवाई क्षेत्रमा चाँडै प्याकेजको घोषणा गर्ने भारतीय मिडीयाहरुले लेखेका छन् । भारतको केन्द्रिय बैंकले आफ्ना ऋणीहरुलाई ब्याजदर क मगर्ने तयारी गरेको छ । चीन कोरोना भाइरसको मुहान चीनको वुहान हो । चीन सरकारले चीनमा कोरोनाको महामारी फैलिएलगत्तै ३ सय ९४ अर्ब डलरको राहत प्याकेज ल्याएको थियो । चीन सरकारले सो रक मभौतिक पूर्वाधारमा खर्च गरेको थियो । यस्तै, चीन सरकारले विभिन्न व्यवसायी उद्योगीहरुलाई बैंकमा ब्याजदर कटौती गरेको थियो भने करको समावधि पनि लम्बयाएको थियो । अमेरिका अमेरिकी सरकारले पनि विभिन्न किसिमको राहत प्याकेज ल्याउने घोषणा गरेको छ । अमेरिकारले यतिबेला संकटकालको घोषणा गरिसकेको छ । अमेरिकी सरकारले एक ट्रीलयन डलरको आर्थिक राहत प्याकेज ल्याएको थियो भने अझैं थप राहत प्याकेज ल्याउने बुझिएको छ । बेलायत बेलायती सरकारले ४ सय अर्ब डलर बराबरको बेलआउट फण्ड ल्याएको छ । बेलायत सरकारले आगामी जुन महिनासम्म कुनै पनि व्यवसायले तिर्नुपर्ने करिब ३० अर्ब पाउण्ड बराबरको भ्याट मिनाहा गरिदिएको घोषणा गरेको छ। बैक अफ इंग्ल्याण्डले आफ्नो टार्गेट रेट घटाएर हालसम्मकै कम ०.१ प्रतिशत कायम गरेको छ। केन्द्रीय बैंकले सस्तो कर्जा कार्यक्रम ल्याएको छ जसकारण बैंकहरुलाई धेरै पैसा दिन सकियोस्फ्रान्स यस्तै कामदार बर्गका लागि राहत प्याकेज ल्याएको छ।बेलायत सरकारले रोजगारी गुमाएका मासिक २ हजार ५ सय पाउण्ड मासिकका दरले तलब पाउने प्याकेज ल्याएको छ । फ्रान्स फ्रान्स सरकराले पनि विभिन्न किसिमको प्याकेजको घोषणा गरेको छ । साना ब्यापार तथा कामदारहरुलाई राहतकालागि ४५ अर्ब यूरोको प्याकेज ल्याएको छ। अष्ट्रेलिया अष्ट्रेलियाको फेड सरकारले १७.६ अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याइसकेको छ भने स्कट मोरिसन सरकारले पनि अर्बौं डलरको सेफ्टी नेट प्याकेज ल्याएको छ। त्यसमध्ये २।४ अर्ब डलरको हेल्थ प्याकेज रहेको छ। यसैगरी भिक्टोरिया र क्यापिटल टेरिटोरी बाहेक अन्य सबै राज्यहरुले पनि ४ अर्ब डलरको स्वास्थ्य र आर्थिक सहायताका आफ्ना आफ्ना छुट्टा छुट्टै प्याकेज समेत ल्याएका छन्। अष्ट्रेलियाको केन्द्रीय बैंकले पनि बजारमा प्रत्यक्ष हस्तक्षेप गर्दै संकटकालीन अवस्थामा ब्याजदर कटौती तथा केही सहज बनाउने औजारहरु घोषणा गरिसकेको छ। न्यूजिल्याण्ड न्यूजिल्याण्ड सरकारले पनि १२.१ अर्ब डलरको रेस्क्यू प्याकेज ल्याएको छ। न्यूजिल्याण्डका सरकारले यसबाट प्रभावित सबै क्षेत्रहरु र ब्यापारका लागि समेत सब्सिडी दिनकालागि ५.१ अर्ब डलरको राहत दिएको छ। यस्तै ब्यवसायमा कर कटौती तथा क्यास फ्लोलाई ध्यानमा राखी २.८ अर्ब डलरको प्याकेज ल्याएको छ। टर्की टर्की सरकारले पनि विभिन्न किसिमका राहत प्याकेज ल्याएको छ । टर्की सरकराले कोरोना भाइरसको संज्ञmमणका समयमा १५.३ अर्ब डलरको प्याकेज घोषणा गरिसकेको छ । टर्की सरकारले उक्त प्याकेजमा कर, बीमालगायतका विषयहरु समावेश गरेको छ । यस्तै उसले सामाजिक सुरक्षा र बीमाको भुक्तानीहरु, रिटेल बिजनेस, आइरन तथा स्टिल, लजिस्टिक, खाद्यान्न, सिनेमा, टेक्साइल र होटल बिजनेसहरु पनि आगामी ६ महिनाको लागि बन्द गरेको छ। यसैगरी उसले एयरलाइन्सहरुका लागि भ्याट १८ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ। ब्यापारीहरुले सरकारी बैक हल्क बैंकबाट लिएको ऋण तिर्नकालागि ३ महिना समय दिएको छ। इटाली इटाली सरकारले ४९ अर्ब डलरको राहत प्याकेज दिएको छ। उसले कम्पनी तथा कामदारहरुलाई सहयोग गर्न यो राहत प्याकेज ल्याएको जनाएको छ। जापान जापान सरकारले ४ अर्ब डलरको प्याकेज घोषणा गरेको छ। यो प्याकेज साना र मध्यमस्तरका कम्पनीहरुमा लक्षित छ। सरकारले भाइरसका कारण प्रभावित साना उद्योग तथा फर्महरुलाई बिना ब्याजदर नै रकम उपलब्ध गराउने भएको छ। जर्मनी जर्मन सरकारले क पनि ६०८ अर्ब डलरको राहत प्याकेज घोषणा गरेको छ । जर्मन सरकराले ब्यापार ब्यवसायलाई असिमित कर्जा उपलब्ध गराउने जनाएको छ। जर्मन सरकारले वयवसायीलाई व्याजमा कटौती र करको समावधि पनि बढाएको छ । (अन्तर्राष्ट्रिय सञ्चार माध्यको सहयोगमा)

अस्ट्रेलिया सरकारले गर्याे ४० अर्ब डलरको राहत घोषणा

सिड्नी । अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा र घुमफिरलाई पनि केही समय रद्द गर्न आग्रह गरेको छ । अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले आइतबार घोषणा गरिएको ६६ अर्ब अस्ट्रेलियन डलर समेत कूल एक खर्ब ८९ अर्ब अस्ट्रेलियन डलर मुलुकको अर्थव्यवस्था सुधारका लागि खर्च गरिने बताएको छ । यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत हो । अर्थमन्त्री फ्राइडेनबर्गले यो विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न यस्तै विशिष्ट कदम चाल्नुको विकल्प नरहेको जानकारी दिए । उनले पछिल्लो राहत घोषणाले लाखौं अस्ट्रेलियाली नागरिकमा आशाको सञ्चार गराउने विश्वास व्यक्त गरे । सरकारको योजना अनुसार साना व्यवसाय र गैर नाफामूलक संस्थाहरुले एक लाख अस्ट्रेलियाली डलरसम्म अनुदान प्राप्त गर्नेछन् भने बेरोजगारको भत्तालाई दोब्बर बनाइने तथा निवृत्तीभरण प्राप्त गर्नेहरुलाई थप ७ सय ५० अस्ट्रेलियाली डलर नगद दिइनेछ । अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक क्षति १० दिनअघि सोचिए भन्दा निकै व्यापक रहेको पनि बताए। कोरोनाभाइरसका कारण मुलुकको अर्थव्यवस्था विगत २९ वर्षदेखिको लगातार प्रगतिपश्चात पहिलो पटक मन्दीको अवस्थामा पुग्ने खतरा रहेको छ । अस्ट्रेलियामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १ हजार ३ सय पुगेको छ भने ७ जनाको मृत्यु भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले भाइरस प्रसार हुन नदिन अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्धहरु लगाउनुका साथै गैर अस्ट्रेलियालीलाई देश प्रवेशमा रोक लगाएको छ । रासस/एएफपी

अब बिद्युत महसुल तिर्न ढिलाई भएपनि जरिवाना नलाग्ने

काठमाडौं । अब बिद्युत महसुल तिर्न ढिलाई भए जरिवाना नलाग्ने  भएकाे छ । कोरोना भाइरसको असरका कारण विद्युत महसुल तिर्न ढिलाई भएमा कुने जरिवाना शुल्क नलाग्ने बताइएकाे छ । विद्युतका उपभोक्ताका लागि महसुल तिर्न ढिलो गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणले जनाएको छ । सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड कम गर्न महसुल तिर्न ढिलाई हुँदाको जरिवाना शुल्क मिनाहा गर्ने निर्णय गरेको हो । सरकारले २५ जनाभन्दा बढीकाे भिड नगर्न निर्देशन दिएसँगै प्राधिकरणले यस्ताे निर्णय गरेकाे हाे । याे भन्दा अगाडि प्राधकरणमा विद्युत महसुल तिर्नेकाे भिड लाग्ने गर्थ्याे ।

स्टक ब्रोकर्स एशोसिएसनको सेवा बन्द

काठमाडौं । स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले चैत ९ गते(आइतबार) देखि आफ्नो सेवा बन्द गरेको छ । एशोसियसनले सरकारको निर्णयलाई पालना गर्दै आजदेखि आगामी चैत २१ गतेसम्म सेवा बन्द गर्न लागेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेका थिए । यसपछि शनिबार बसेको ब्रोकर एसोसिएसनको बैठकले प्रधानमन्त्रीको निर्देशन पालना गर्ने सहमति गरसँगै चैत ९ गते अर्थात आजदेखि उक्त सेवा बन्द गरिएको एशोसिएसनको महासचिव धर्मराज सापकोटाले बताएका छन् । अब नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) र सिडिएस एण्ड क्लियरिङको थप निर्देशन अनुसार अघि बढ्ने महासचिव सापकोटाले बताए ।

युएई रहेका नेपालीलाई नआत्तिन राजदूतावासले गर्याे अनुराेध

युएई । संयुक्त अरब इमिरेट्स (युएई) को लागि नेपाली राजदूतवासले सम्पूर्ण नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । युएईमा कार्यरत रहेका नेपालीहरुलाई सामूहिक रुपमा फर्काइन सक्ने भन्ने समाचारलाई ध्यानमा राख्दै त्यो सारा समाचारले भ्रम फैलाएको भन्दै दूतावासले सूचना प्रकाशन गरेको छ । युएईमा कोरोना भाइरसको प्रभाव तुलनात्मक रुपमा कम देखिएसँगै युएई सरकारले चालेका नीति तथा कार्यक्रमको प्रभाव देखिएको जानकारी दिएको छ । युएईमा रहेका नेपालीको हित र सुरक्षाका लागि राजदूतावास युएई सरकारका सम्बन्धित निकायहरुसँग निरन्तर सम्पर्कमा रहेको राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । ‘हामीले आवश्यक सहयोग र सद्धाव पाएका छौं, सबैसँग सम्पर्कमा नियमित रुपमा हुन्छ’ उनले भने । यहाँ रहेका सम्पूर्ण नेपालीलाई सामुहिक रुपमा नेपाल फर्काउने भन्ने गलत प्रचार दूतावासको ध्यान केन्द्रित जानकारी दिएका छन् ।

स्यानिटाइजर पाइएन ? यो छ सस्तो र सर्वशुलभ नेपाली स्यानिटाइजर

काठमाडौं । कसैलाई मोवाइलमा फोन गर्नुभयो भने रिङव्याक टोनमा कोरोना भाइरस संक्रमणबाट कसरी बच्ने भन्ने सन्देश आउँछ । सन्देशको अन्तिमतिर ‘गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्नुहोस’ भन्ने सुझाव पनि सुन्न सकिन्छ । तर, बजारमा स्यानिजाइजरको अभाव छ । भएका स्यानिटाइजरको गुणस्तरका हिसावले ढुुक्क हुन सक्ने अवस्था छैन । बजारमा पाइने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको मापदण्ड अनुसारका स्यानिटाइजर छन कि छैनन् भनेर आश्वास्त हुन सक्ने अवस्था पनि छैन । कोरोना भाइरसबाट बच्न स्यानिटाइर राम्रो विकल्प हो । स्यानिटाइजरभन्दा राम्रो विकल्प साबुन पानीले हात धुनु हो भने जनस्वास्थ्यविज्ञहरुले भनिरहेका छन् । तर साबुनपानी नपाएको अवस्थामा विकल्पको रुपमा स्यानिटाइजर प्रयोग गर्नुपर्छ । साबुनपानी नभएको र स्यानिटाइजर पनि नपाएको अवस्थामा के गर्ने त ? यस्तो फसाद पर्यो भने नेपालभरका अधिकांश किराना पसलमा पाइने सन्चो अर्काे उपयुक्त विकल्प हुन सक्छ । सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले उत्पादन गर्ने सन्चोमा एटी व्याक्टेरियल तथा एन्टी भाइरसयुक्त वनस्पतीको तेल मिलाइएकोले स्यानिटाइजरको विकल्पको रुपमा प्रयोग गर्न सकिने कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्की बताउँछन् । ‘सन्चोमा विभिन्न प्रकारका वनस्पतीहरुको तेलको समिश्रण हुन्छ, ती वनस्पतीका तेलले एन्टी व्याक्टेरियल र एन्टी भाइरल काम गर्ने प्रमाणित भइसकेको छ, त्यसैले सन्चोले स्यानिटाइजरकै काम गर्छ भनेर दाबी गर्न त सकिदैन तर एन्टी भाइरल र एन्टी व्याक्टेरियल गुण भएका वनस्पतीको तेल भएकोले स्यानिटाइजरको काम गर्छ भनेर सिफारिस गर्न सकिन्छ,’ महाप्रबन्धक कार्कीले विकासन्युजसँग भने । सन्चोले स्यानिटाइजरको काम गर्छ भनेर दाबी गर्न नसकिनुका पछाडिका कारण पनि महाप्रबन्धक कार्कीले खुलाए । ‘हामी सरकारी स्वामित्वको कम्पनी हौं, स्यानिटाइजरको लागि कुन कुन वस्तु कति मात्रामा राखेर बनाउनु पर्छ भनेर डब्लुएचओले मापदण्ड तोकेको छ, सो मापदण्ड अनुसारको केमिकल सन्चोमा मिसाइएको हुँदैन, सन्चोले स्यानिटाइजरको काम गर्छ भनेर डब्लुएचओले मान्यता दिएको कुनै ल्यावबाट परीक्षण गरेर प्रमाणित भएको पनि छैन, त्यसैले स्यानिटाइजरको काम गर्छ भनेर दाबी गर्न हामीलाई केही अप्ठेरो छ,’ कार्कीले भने । स्यानिटाइजरमा रहेको ७० प्रतिशतभन्दा बढी मात्राको अल्कोहल लगाएर हात मिच्दा हातमा भएका व्याक्टेरिया तथा भाइरस मर्छन भन्ने कारणले स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिइएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहाल बताउँछन् । नेपाली उत्पादनले व्याक्टेरिया तथा भाइरस संक्रमण रोक्न सक्ने क्षमता राख्छन् भने त्यस्ता उत्पादनलाई स्यानिटाइजर नाम नदिइ पनि प्रयोग गर्न सकिने दाहालको भनाइ छ । नेपालमा पाइने मसल, मेन्था, सिट्रोनला जस्ता वनस्पतीको तेलमा एन्टी व्याक्टेरियल तथा एन्टी भाइरल गुण हुन वनस्पती विभागका महानिर्देशक धनन्जय पौडेल बताउँछन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले उत्पादन गर्ने सन्चोमा पनि यस्तै बनस्पतीको तेल मिसाउने गरिएकोले स्यानिटाइजरको रुपमा प्रयोग गर्न सकिने कम्पनीका महाप्रबन्धक कार्कीको भनाइ छ । सम्बन्धित सामग्री १० करोड लगानी थपेर स्यानिटाइजर बनाउँदै जडीबुटी उत्पादन कम्पनी स्यानिटाइजरः वयस्कमा पनि असर, बालबालिकलाई झनै हानिकारक

कोरोनाकाे शंकामा महिला सांसद अस्पताल भर्ना

काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक जना महिला सांसद काेराेनाकाे शंकामा अस्पताल भर्ना भएकी छन् । उनी आइतबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी हुन् । तर, उनकाे नाम भने गाेप्य राखिएकाे छ । उनमा काेराेना भए नभएकाे थाहा पाउन उनको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ ल्याइएकाे अस्पतालले बताएकाे छ । लामाे समयदेखि रुघाखोकी र ज्वराे आएपछि उनी अस्पताल भर्ना भएकी अस्पताल स्रोतले जनाएको छ ।  अस्पतालले प्रदेशसभा सदस्यलाई ज्वरोको संक्रमण देखिएपछि आईसोलेसन वार्डमा राखिएको बताएकाे छ ।