विकासन्युज

महालक्ष्मी लाईफको चार दिने तालिममा १७ जना प्रशिक्षार्थीहरु सहभागी

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि व्यवस्थापन प्रशिक्षार्थीहरुको चार दिने तालिम सम्पन्न गरेको छ। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित तालिममा १७ जना प्रशिक्षार्थीहरु सहभागि भएका थिए। चैत ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबारसम्म भएको थियो। जीवन बीमाको आधारभूत विषयहरु लगायत एजेन्सी, मार्केटिङ, अण्डरराईटिङ, प्रोडक्ट र मानव संसाधन विषयमा तालिम प्रदान गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र रामेश्वर श्रेष्ठ, नायव महाप्रबन्धक सपना देवकोटा खरेल र प्रशान्तराज धमला, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र अण्डरराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपनेले तालिम प्रदान गरेका थिए ।

श्रममन्त्रालयले गर्याे कोरोना संक्रमण व्यवस्थापन समिति गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना संक्रमणबाट उत्पन्न विपद् व्यवस्थापन समिति गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा उक्त गठन भएको हो । वैदेशिक रोजगारीमा सिर्जना हुने भैपरि आउने विषय समस्या कसरी व्यवस्थापन गर्ने भन्ने विषय छलफल भइरहको वैदेशिक रोजगार व्यवसायी संघको महासचिव सुजित श्रेष्ठले जानकारी दिए । विभागका महानिर्देशक दाहालको संयोजकत्वमा विपद् व्यवस्थापन समितिको पहिलो बैंठक भइरहेको महसचिव श्रेष्ठले बताए । उनले भने ‘वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या तथा समाधानका लागि सो मुलुकका सम्बन्धि निकायसँग समन्वय भइरहेको छ ।’ वैदेशिक रोजगारीमा रहेका मानिसहरु फर्किने अवस्था वैदेशिक रोजगार व्यवसायी, सरकार तथा ले के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर कुरा छलफल हुने जानकारी दिए ।

बहराइनमा रहेका तीन जना नेपालीमा भेटियाे कोरोना सङक्रमण

काठमाण्डौ । बहराइनमा रहेका  तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको नेपाली दूतावासले जानकारी दिएकाे छ । दूतावासका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । एक जनाको ज्यान गइसकेको छ ।

उपत्यकामा माछापुच्छ्रे बैंक र प्रहरीको सहकार्यमा हात धुने व्यवस्था

काठमाडौं । माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा काठमाडौंका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरिएको छ । यससँगै काठमाडौं तथा भक्तपुरका १६ स्थानहरुमा हात धुन पाइने भएको छ । बैंकले आईतबारदेखि काठमाडौंको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्की तथा साबुन/स्यानिटाईजरको व्यवस्था गरेको हो । आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरे तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । अत्यावश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाडौं तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो । हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै बैंकले काठमाडौंका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको हो । विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भाईरसको संक्रणबाट बच्नको लागि साबुन पानीले हात धुनु अनिवार्य रहेको तथा काम विशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्बजनिक स्थानमा हात धुन सम्भब नहुने हुँदा बैंक तथा महानगरिय प्रहरी कार्यालयले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो । बैंकिङ्ग क्षेत्र अत्यावश्यक क्षेत्र अन्तगर्त पर्ने भएको हुँनाले माछापुच्छ्रे बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाईजरको व्यवस्था गरेको छ । बैंकले अत्यावश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै, बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबारलाई कम गर्न समेत सम्पूर्ण ग्राहकहरुमा आग्रह गरेको छ ।

अब देशभरका होटल र विद्यालयलाई क्वारेन्टाइन बनाइने

विश्वरभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको बेला नेपाल सरकारले पनि उचित सतर्कता अपनाइरहेको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सरकारले पूर्व तयारी भने तीव्र रुपमा भइरहेकाे छ ।नागरिकमा कोरोनाको त्रास बढिरहेको बेला सरकारले विभिन्न होटल र विद्यालयहरुलाई क्वारेन्टाइन बनाउने तयारी गरिरहेको छ । विभिन्न होटल सञ्चालकहरुले आफ्ना होटललाई क्वारेन्टाइनको रुपमा दिन सहमत भएपछि सरकरले पनि त्यसको लागि तयारी गरिरहेको हो । शनिबार बसेको कोरोना रोकथामका लागि उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर आवश्यकता अनुसार क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । बैठकले व्यक्तिको घर, विद्यालय र होटलहरु क्वारेन्टाइन बनाउन दिने प्रस्तावलाई पनि स्वीकार गरेको हो । विभिन्न ठाउँका होटल सञ्चालकहरुले होटलहरुलाई क्वारेन्टाइनका रुपमा दिन सक्ने निर्णय गरिसकेका छन् । काठमाडौंका सबै होटल सरकारलाई कोरोना रोकथामका लागि आवश्यक परे क्वारेन्टाइनका लागि दिने होटल व्यवसायीहरुले निर्णय गरेका छन् । शनिवार होटल  व्यवसायी महासंघको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर ३ काठमाण्डौ जिल्ला होटल व्यवसायी संघका ९ वटा इकाईका अध्यक्षहरुको आकस्मिक बैठकबाट काठमाण्डौ उपत्यकाभित्र रहेका पर्यटन सम्बद्ध होटलहरुले नेपाल सरकारलाई कोरोना नियन्त्रणका लागि आवश्यक परेको खण्डमा पर्यटन व्यवसायको रुपमा संचालन भइरहेका होटलहरु क्वारेन्टाइन संचालनका लागि प्रदान गर्ने निर्णय गरेका हुन् । बैठकले उपत्यकाबाहिरका अन्य जिल्लाहरुमा सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशैभर क्वारेन्टाइन संचालनका लागि सहयोग गर्ने निर्णय समेत गरेको छ । होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको बताए । काठमाडौंका होटलहरुमा मात्र ३० हजार कोठा उपलब्ध हुने उनकाे भनाइ छ । यस्तै, ठूला होटलहरुको छाता संगठन होटल संघ नेपालले पनि होटल क्वारेन्टाइनमा दिनको लागि आज साँझ बैठक बस्ने बताएको छ । संघका महासचिव शाजन शाक्यले सरकारले चाहेमा आफुहरु सहयोग गर्ने तयार रहेको बताए । आज त्यसको बारेमा छलफल गर्ने र कसरी जाने भन्ने विषयमा छलफल हुने बताए । व्यवसायीहरुले कोरोनाको त्रासका कारण आफूहरुको व्यवसाय शून्यको अवस्थामा झरेकोमा चिन्ता समेत व्यक्त गरेका छन् । तर, राज्यलाई विपत आएको अवस्थामा आफूहरु सहयोग गर्न तयार रहेको उनीहरूकाे भनाइ छ । यस्तै, प्रेसिडेन्ट ग्रुपले पनि क्वारेन्टाइनका लागि होटलहरू सरकारलाई दिन तयार भएकाे छ । प्रेसिडेन्ड ग्रुपका अध्यक्ष शंकर भण्डारीले एक विज्ञप्ती जारी गरी होटललाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारलाई दिने घोषणा गरेका हुन् । अध्यक्ष भण्डारीले काठमाडौंमा रहेका प्रेसिडेन्ट होटलका एक सय वटा कोठाहरू क्वारेन्टाइनका लागि सरकारलाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अब सरकारले क्वारेन्टाइनमा कडाइ गर्ने भएकाे छ । होम तथा सेल्फ आइसोलेसनमा बस्नुपर्ने व्यक्तिहरु समेत नबसेको पाइएपछि कडाइ गर्ने निर्णय गरेको हो । शनिबारकाे बैठकमा क्वारेन्टाइन तथा आइसोलेसनमा बस्नु पर्नेहरु नबसेको, बिरामीहरू चेकजाँचमा नगएको पाइएपछि सुरक्षाका साथ शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।

आज ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि आज पहिलोपटक मन्त्रिपरिषद्का बैठक बोलाएका हुन् । फागुन १८ गतेपछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्ने लागको हो । उक्त १८ गतेको बैठकले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गठन गरेको थियो । आजको बैठकमा यो बीचमा उक्त समितिले गरेको काम कारबाहीको समीक्षा हुने छ । बैठकले कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै केही महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।

द ब्रिटिस कलेजले अनलाइनबाटै पढाउन थाल्याे

काठमाडौं । काठमाडौं थापाथलीस्थित द ब्रिटिस कलेजले अनलाईन कक्षा संचालनमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिइएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको कारण कलेजले आइतबारबाट अनलाईन कक्षाहरु संचालनमा ल्याएको हो । कलेजले विद्यार्थी तथा कर्मचारीहरुको सुरक्षालाई ध्यान दिँदै उक्त निर्णय गरि कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । नेपाललाई विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको राष्ट्रको रुपमा लिएको तथा नेशनल हेल्थ सर्भिस (यूके) र नेपाल सरकारले समेत सतर्कता अपनाउन निर्देशन दिएसँगै कलेजले अनलाइन कक्षा गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो । विद्यार्थी तथा शिक्षकहरु कक्षाकोठामा उपस्थित नभए पनि पठनपाठनमा कुनै प्रभाव नपर्ने कलेजले बताएको छ । यसको लागि प्रध्यापकहरुले विद्यार्थीहरुलाई अनलाईन प्लेटफर्ममार्फत कक्षा दिनेछन् । साथै विद्यार्थीहरुको सेवाको लागि कलेजका हरेक शाखाको हटलाइन नम्बरहरु संचालनमा रहेका छन् । उपलब्ध भएका हरेक शाखाका हटलाइन नम्बरसँगै इमेल, ह्वाट्स एप तथा भाइबरबाट समेत विद्यार्थीहरुले कलेजबाट पाउने सेवा पाउनेछन् । कलेजले हालको अवस्थाको बारेमा सम्बन्धन लिएका विश्वविद्यालयहरुलाई पनि यसबारेमा जानकारी गराई आगामी दिनमा पठनपाठनलाई सहज बनाउने र विद्यार्थीहरुको पढाइको गुणस्तरमा कुनै कमी हुन नदिने दृढता समेत व्यक्त गरेको छ । साथै कलेजले यस अवस्थालाई सबैले बुझ्न तथा अवस्था अनुकुल हुनेवित्तिकै नियमित पढाईमा फर्कने बताएको छ ।  

चौतर्फी दबाबपछि बुद्ध एयरले घटायो हवाई भाडा, कहाँ जान कति ?

काठमाडौं । चौतर्फी दबाबपछि बुद्ध एयरले हवाई भाडा घटाएकाे छ । सरकारले लामो दूरीका यात्रुवाहक सवारीसाधन सञ्चालनमा १० दिनसम्म रोक लगाएपछि बुद्ध एयरले हवाई भाडा घटाएको हाे । आइतबार बिहान विज्ञप्ती जारी गर्दै हवाई भाडा घटाएको बताएकाे हाे । यात्रुवाहक सवारीसाधनमा रोक लगाएपछि हवाईमार्ग मात्रै यात्राको पहिलो साधन बन्न पुगेकाले नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि भन्दै भाडादर घटाइएको बुद्धको भनाइ छ । जसअनुसार विराटनगरमा ७ हजार ८ सय ७८ रुपैयाँ लिँदै आएकोमा ५ हजार ५ सय, भैरहवा ४ हजार ९ सय, नेपालगन्ज ६ हजार ३ सय, भद्रपुर ६ हजार २ सय, धनगढी ७ हजार ९ सय, पोखरा ३ हजार ७ सय, राजविराज ४ हजार २ सय रुपैयाँ ताेकेकाे छ । कुन ठाउँ जान कति ?