विकासन्युज

‘आफू नि बचौं अरुलाई नि बचाउँ’ अभियानमा युरेस नेपाल कमर्श क्याम्पसका स्वयंसेवक

काठमाडाैं । युथ रेडक्रस सर्कल(युरेस) नेपाल कमर्श क्याम्पसका स्वयंसेवकले स्थानीय स्तरमा कोरोना भाइरस (काेभिड १९) को बारेमा सचेतना कार्यक्रम संचालन गरिरहेका छन् । भाइरसकाे राेकथाम र प्रतिकार्यकाे लागि युरेस नेपाल कमर्श क्याम्पसले ‘आफू नि बचौं अरुलाइ नि बचाउँ’ भन्ने नाराका साथ विभिन्न स्थानमा उक्त कार्यक्रमहरू संचालन गरिरहेकाे छ। साथै, नेपाल रेडक्रस सोसाईटी(नेरेसाे) काठमाडौं जिल्ला शाखाबाट स्यानिटाइजर बनाउने तालिम प्राप्त स्वयंसेवकहरु भोलिदेखि काठमाडौ जिल्ला शाखा अन्तर्गत रहेका उप-शाखाहरुमा गई स्यानिटाइजर बनाउन सिकाउन तयारी अवस्थामा छन् । नेरेसाे काठमाडौ जिल्ला शाखा जुनियर तथा युवा विभागका सदस्य कुशल बस्नेत भन्छन् -‘यो बिपतको घडीमा हामी आफू पनि सुरक्षित रही अरुलाइ पनि यो भाइरसबाट कसरी टाढा राख्ने र कसरी सक्रमन बाट बच्ने भन्ने जनचेतना कार्यक्रम साथै स्यानिटाइजर बनाउने तरिका सिकाउँदै आइरहेका छौं, हाम्रो युबा टिम तयारी अवस्थामा छ ।’ ‘नेरेसो काठमाडौ जिल्ला शाखाको अधीनमा छौ जहाँ जुन बेला जे गर्ने पनि तयार छाैं’ बस्नेतले बताए । साथै, उनले विश्वभर काेराेना भाइरसकाे संक्रमण बढ्दै गएकाे र त्यसकाे प्रभाव नेपालमा पनि पर्न सक्ने हुनाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन आम नागरिकलाई आग्रह गरेका छन् ।

कोरोनासँग लड्न गृहमन्त्रालयले जारी गर्यो १९ बुँदे निर्देशन

काठमाडाैं । विश्वव्यापी महामारीको रुप लिएको काेराेना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गृहमन्त्रालयले १९ बुँदे निर्देशन सार्वजनिक गरेको छ । आइतवार अपराह्न एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले विश्व स्वास्थ्य संगठनको भनाई, छिमेकी देश भारतमा फैलिएको संक्रमण र खुला सीमानाका कारण नेपालमा उच्च जोखिम भएकाले थप सतर्कता अपनाउन निर्देशन जारी गरेका हुन् । विज्ञप्तिमा नागरिकलाई सरकारसँग हातेमालो गर्दै अघि बढ्न आग्रहसमेत गरिएको छ । यी हुन् गृहमन्त्रालयको १९ बुँदे निर्णयः [pdf id=202462]  

ग्रील तथा स्टील उद्योगका अति जरुरी बाहेकका काम नगर्न नगराउन महासंघको आग्रह

काठमाडौं । सरकारले अर्काे सूचना जारी नगर्ने समयसम्म अति नै जरुरी काम बाहेकका अन्य काम नगर्न, नगराउन ग्रील तथा स्टील व्यवसायीहरुलाई निर्देशन दिएको छ । ग्रील तथा स्टील उद्योग व्यवसायी महासंघको मातहतका जिल्ला संघ, क्षेत्रिय समिति र ईकाई समितिले गर्दै आएको सभा, सम्मेलन, गोष्ठी, तालिम, भेला लगायतका कार्यक्रमहरु स्थगित गर्न महासंघको अध्यक्ष मोहन कटुवालले जानकारी दिए । महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्नका लागि उद्योगी, व्यवसायी, कर्मचारी, आश्रित परिवार एवंम छरछिमेकीहरुमा सुरक्षित तरिकाले सचेतना कार्यक्रम गर्न गराउन महासंघले सक्दो प्रयास पर्ने अध्यक्ष कटुवालले जानकारी दिएको छ ।

यात्रुबाट बढी भाडा लिने २० जना पक्राउ

काठमाडौं। पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड-१९ को सन्त्रास तथा स्कुल कलेजहरूको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि उपत्यका बाहिर जाने यात्रुहरू वृद्धि भईरहेका छन् । यही मौकाको फाईदा उठाई सार्वजनिक बसहरूमा बढी भाडा लिई टिकट बेच्ने २० जना व्यक्तिहरूलाई ट्राफिक महाशाखाको टोलीले पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफै यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारबाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भीमप्रसाद ढकालले जानकारी दिए । यात्रुहरूलाई सुरक्षित र सहज बनाउनको लागि ट्राफिक प्रहरी आफैँ यात्रु बनेर र ट्राफिक प्रहरीको हटलाईन १०३ मा आएको गुनासोका आधारमा उक्त स्ट्रिङ्ग अप्रेशन चलाएको महाशाखाका प्रमुख ढकालले बताउनुभयो । पक्राउ पर्नेहरूमा रूपेश कार्की, सन्तोष श्रेष्‍ठ, गोबिन्द बुढाथोकी, देविन्द्र कार्की, कमल गुरुङ, लाल बहादुर भुजेल, रोशन राणा कुवँर, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, तिलक लामा, गौतम तामाङ, मानसिंह रूम्वा, कर्ण थिङ, आकाश लामा, सुदर्शन रसाईली, शुक्र लामा, दिनेश शाह र जयन्द्र कुमार शाही रहेका छन् । यी व्यक्तिहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशाला स्थानबाट पक्राउ गरिएको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार ती पक्राउ पर्नेहरूले गाडी चढ्नु अघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको, एउटै टिकट २ जनालाई बेच्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकोले पक्राउ गरिएको जानकारी दिए । उनले भने- ‘महाशाखाले पीडित सहायता इकाईबाट प्रहरी निरीक्षकको कमाण्डमा सादा पोशाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ र यो कार्य निरन्तर गरिनेछ ।’ ती प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कानुनी दायरामा ल्याउने गरेको श्रेष्ठले बताए । ट्राफिक प्रहरी महाशाखाले यही ७ गते ९ जना र चैत्र ८ गते १७ जना व्यक्तिलाई पक्राउ गरि आवश्यक कारवाहीको लागी विभिन्न प्रहरी वृत्तहरूमा बुझाईसकेको छ भने हालसम्म यो संख्या ४६ जना पुगेको छ ।

सरकारलाई चेम्बर अफ कमर्सकाे सुझावः अर्थतन्त्रमा संकुचन आउन नदिन आर्थिक कार्यक्रम ल्याउनुस्

काठमाडाैं ।  कोरोना भाइरस (कोभिड-१९) को बिश्वव्यापी संक्रमणले नेपालको समग्र अर्थ व्यवस्थामा आइपरेको असरका बिषयमा चेम्वरले नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकार समक्ष सुझाव पेश गरेको छ । सुझाव पेश गर्दै चेम्बरले तत् संबन्धमा अध्ययन गरिरहेको र यसबाट नेपालमा पर्न सक्ने प्रभावको विश्लेषण गरि अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयूक्त आर्थिक कार्यक्रम ल्याउनु पर्ने उल्लेख गरेको छ । चेम्बरले सुझाव पेश गर्दै हालको परिस्थितिलाई दृष्टिगत गरी तत्काल उद्यमी व्यवसायीले दाखिला गर्नूपर्ने आयकर तथा मूल्य अभिवृद्धि कर हालको यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै  हाललाई समस्याको समयावधि हेरी अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नु पर्ने, सीमावर्ती भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन् चार्जमा पूर्णतः छुट हुनुपर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्यअभिवृद्धि कर लिने व्यवस्था हुनुपर्ने, बैंकहरुले ऋणको भूक्तानीको अवधि रि सेडुयुलिङ्ग गर्ने व्यवस्था मिलाउनु पर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिईएको कर्जाको व्याजदरमा कम्तिमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत  बैंकबाट सहुलियतको व्यवस्था हुनु पर्ने धारणा राखेको छ । साथै, कोरोना प्रभावित पर्यटन तथा होटेल व्यवसायको लागि विशेष सुविधा सहितको प्याकेज ल्याउन समेत चेम्बरले सरकारलाई अनुरोध गरेको छ ।

कोरोना नियन्त्रण सम्वन्धी सामाग्री दुई घण्टाभित्र जाँचपास गर्न भन्सार विभागकाे निर्देशन 

काठमाडौं। कोरोना नियन्त्रण सम्वन्धी सामाग्री दुई घण्टाभित्र जाँचपास गर्न भन्सार विभागकाे निर्देशन  दिएकाे छ ।आफ्ना कार्यालयलाई आइतबार एक परिपत्र गर्दै विभागले  सो निर्देशन दिएको हो । विभागले विदेशबाट आयात हुने मास्क स्यानिटाइजर, सर्जिकल ग्लोब्स, औषधीको कच्चा पदार्थलाई दुई घण्टाभित्र जाँचपास गर्न निर्देशन दिएको हो। यस्तै दाल, चामल, नुन, खाने तेल पेट्रोलियम पदार्थ तथा व्यक्तिगत सुरक्षाका सामाग्री जाँचपासलाई प्राथमिकता दिन पनि विभागले निर्देशन दिएको छ। जाँच पासमा खटिने कर्मचारीहरुमा कुनै दुविधा भएमा निर्देशक तथा उपनिर्देशकलाई सम्पर्क गर्न आग्रह गरिएको छ। यदि जाँचपासमा खटिने कर्मचारीमा कुनै दुविधा भएमा विभिन्न कर्मचारीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ।

‘छक्का पञ्जा ३’ अब डिशहोमबाटै हेर्न पाइने

काठमाडौं । नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोमबाटै हेर्न पाइने भएको छ । उक्त सिनेमा डिशहोमको सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन भइरहेको छ । ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्छ । डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहुँच नभएका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् । ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ । साथै, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने शव ढुवानी बाहेक सम्पूर्ण सेवा बन्द

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने शव ढुवानी बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । प्रधानमन्त्रीको सम्बोधन समेत अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्देशन दिएसँगै बन्द गर्ने निर्णय गरेकाे हाे । उक्त निर्देशन र भैपरी आउने जोखिमलाई न्यूनीकरण गर्न वैदेशिक रोजगार विभागले उक्त अर्काे सूचना नआए सम्मका लागि शव दुवानी बाहेक सबै सेवा बन्द गरेको जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सभा समारोह लगायत ठूला÷साना जमघट नगर्न निर्देशन दिएको थियो । महामारीको रुपमा विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संघले घोषणा गरेको छ ।