विकासन्युज

नेशनल लाईफ इन्स्योरेन्सले भुक्तानी गर्यो एक करोड ८४ लाख रुपैयाँ

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्णावधि दावी(Maturity Claim) वापत १ करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ रकम बीमितलाई भुक्तानी गरेको छ । लकडाउनको अवधिमा डिजिटल माध्यमबाट विविध बीमासेवा उपलब्ध गराउँदै आएको यस कम्पनीले सो अवधिमा उक्त रकम भुक्तानी गरेको हो । कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ । कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड १९) रोग वापत एक वर्षको लागि बीमा गरेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी गराएका छन् । सो रोग लागेको पि.सि.आर. प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बीमाङ्क रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।

काठमाडौंमा ग्यास सिलिन्डर पड्किँदा तीन घाइते

काठमाडौँ महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ। गएराति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेको पहिचान खुलेको छैन। महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा७१प ७४१ नंको स्कुटर जलेर नष्ट भएको भएको छ। रासस

विद्यालयले सामाजिक सञ्जालबाटै लिन थाले नयाँ भर्ना

काठमाडाैं । नयाँ शैक्षिक सत्रका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् । सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। दुई हप्ताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै कक्ष १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । ‘अहिले भर्ना भएका विद्यार्थीलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घर घरमा पुगेर उनीहरुलाई किताब र पोशाक पुर्याउनुपर्ने भएकाले भर्ना अभियान शुरु गरिएको हो, उनले भने । यसअघि बसेको पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा समितिको बैठकमा कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी सम्बधित वडाका वडाध्यक्षसँग समन्वय गरी विद्यालयले भर्ना अभियान शुरु गर्ने निर्णय भएको थियो । सो जोखिमबाट बच्न सामाजिक दूरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् । रासस

सांसद अपहरण प्रकरणः यादवले दिए मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । यादवले आफूलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् । बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो । डा यादवले आफूलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं ल्याएको बताउँदै आएका छन् ।  

अध्यक्ष राणा भन्छिन्ः होटलहरु ठूलाे घाटामा छन्, कर्मचारीलाई तलब दिन सक्दैनौं

काठमाडौं । होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटल क्षेत्र अहिले धेरै घाटामा भएकोले कर्मचारीहरुलाई पुरै तलब दिन सकिने अवस्था नभएको बताएकी छन् । बिहीबार काठमाडौंमा पर्यटन सँग सम्बन्धित व्यक्तिहरुसँग भिडियो कन्फ्रेन्समा बोल्दै उनले सो कूरा बताएकी हुन् । कोरोना भाइरसको कारण पर्यटन क्षेत्र ठप्प भएकोले होटलहरु पनि नोक्सानमा परेको उनको भनाइ छ । ‘होटल क्षेत्र मासिक करिब दुई अर्ब रुपैयाँ घाटा भइरहेको छ, यो अवस्थामा हामी हाम्रा कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था छैन, दियो भनेपनि पुरै दिन सकिने अवस्था छैन,’ उनले भनिन् । उनले होटल क्षेत्रका लागि सरकारले छुट्टै किसिमको प्याकेज ल्याउनु पर्ने बताएकी छन् । होटलहरुलाई सञ्चालन गर्न र कर्मचारीहरुलाई तलब खुबाउनै भएपनि राहत प्याकेज ल्याउनु पर्ने उनको धारणा छ ।

लकडाउन उल्लङ्घन गर्नेले क्वारेन्टाइन खर्च आफैँले व्यहोर्नुपर्ने

भद्रपुर । बन्दाबन्दीको अवधिभर मेचीनगर नगरपालिकामा अन्यत्रबाट बसोबास गर्ने जो–कोही आएमा नगरले तोकेको क्वारेन्टाइनमा १५ दिनसम्म राख्ने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाले बुधबार सूचना नै जारी गरेर बाहिरबाट आएर लकडाउन उल्लङ्घन गरेवापत क्वारेन्टाइनमा बस्नेले खाद्यान्न र सुत्ने बस्ने सामग्रीको व्यवस्थासमेत आफैँ गर्नुपर्ने जनाएको हो । “नगरपालिकाले बन्दाबन्दी उल्लङ्घन गरेर क्वारेन्टाइन बस्नेको खर्च व्यहोर्दैन”, नगरप्रमुख विमल आचार्यले भने, “जो बस्छ उसैले आफूलाई चाहिने सबै खर्च व्यहोर्छ ।” दमकपछि बाह्रदशीमा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि नगर क्षेत्रमा लकडाउनलाई अरुतिरको भन्दा कडा बनाएको उहाँको भनाइ छ । मेचीनगर क्षेत्रमा सवारी पास बेगरका मोटरसाइकलसहित कुनै पनि सवारी साधन चलाउन निषेध गरिएको छ । नगरपालिकाले वैशाख १६ गतेसम्म जारी गरेका सबै सवारी साधनको अनुमति (पास) खारेज गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ । तरकारी, फलफूल, दूध र माछामासु मेचीनगर बाहिरबाट ल्याएर बेच्नसमेत मेचीनगर नगरपालिकाले प्रतिबन्ध लगाएको छ । अत्यावश्यक खाद्य सामग्री तथा सागसब्जी खरिद बिक्रीका लागि बिहान ६ देखि ११ बजेसम्मको समय नगरपालिकाले तोकेको छ । त्यसैगरी, औषधि खरिद र अत्यावश्यक ढुवानीका साधन सञ्चालनको समयसमेत बिहान ६ देखि ११ बजेसम्म तोेकिएको छ । सहकारी संस्थाहरुले निक्षेप फिर्तासमेत घरै पुगेर गर्नुपर्ने र अति आवश्यक काममा सवारी पास चाहिएमा नगर क्षेत्रभित्र लागू हुने गरी दिइने नगरपालिकाको निर्णयमा उल्लेख छ । रासस

पर्यटन विकासमा २० अर्बकाे प्याकेज आवश्यक, १ वर्षसम्म ब्याज र किस्ता तिर्न नपर्ने नीति ल्याउनु पर्ने

काठमाडौं । नेपाल पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले पर्यटन विकासका लागि २० अर्ब रूपैयाँकाे प्याकेज आवश्यक पर्ने बताएका छन् । उनले काेराेना भाइरसकाे कारण देशकाे पर्यटन व्यवसाय ठप्प भएकाे बताउँदै यसकाे मद्दतका लागि साे रकम बराबरकाे प्याकेज चाहिने बताएका हुन् । उनले काेराेनाका कारणा सबैभन्दा बढी प्रभावित पर्यटन भएकाेले अब सरकारले पनि पर्यटनलाइ विशेष प्राथमिकताका साथ हेर्नु पर्ने बताएका छन् । यसका साथै उनले अब पर्यटन व्यवसायीका लागि सरकारले एक वर्षसम्म ब्याजदर र किस्ता तिर्न नपर्ने प्याकेज ल्याउनु पर्ने बताए । त्यसमा पनि तीन वर्षसम्म किस्ता तिर्ने अवधि लम्ब्याउनु पर्ने उनकाे भनाइ छ । पर्यटन व्यवसायीकाे सहयाेगका लागि बाेर्ड सधैं सकरात्मक भएकाे बताउँदै उनले अब सरकारले पनि त्यसतर्फ ध्यान दिनु पर्ने उनले बताए । अहिले काेराेनाकाे कारण भएकाे लकडाउनले २० लाख जति मानिसहरू प्रभावित भएकाे बताउँदै उनले देशमा जारी लकडाउन खुलेपछि पर्यटन क्षेत्रमा रहेका १८ सय कामदारहरुलाई रोजगारी दिने तयारी भइरहेकाे उनले बताए ।

प्राइम बैंकले कर्णाली प्रदेशका अस्पताल तथा स्वास्थ्य केन्द्रमा पिपिई हस्तान्तरण

काठमाडौं । प्राइम कमर्सियल बैंकले कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको लागि ५० थान पिपिई हस्तान्तरण गरेका छन् । प्राइम बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले संघिय सांसदका सभासद जर्नादन शर्मालाई ५० थान पिपिई हस्तान्तरण गरेका हुन् ।