प्रकृतिलाई पिंजडामा राख्न खाेज्दा
संसारमा कुनै कुराको दुई किसिमले चर्चा हुने गर्दछ। कुनै कुराको सकारात्मक पक्षमा चर्चा हुने गर्छ भने कुनै कुराको नकारात्मक पक्षको चर्चा। यी दुबै पक्षहरू खासगरी विषयको बिशेषताका आधारमा फरक पर्ने गर्छन। उदाहरणका लागि दुई वटा फरक फरक समाचारको प्रमुख लाइन लिएर हेरौं, मानौं पहिलो समाचारको प्रमुख लाइन यस्तो छ; ” कोरोना रोकथामका लागि नेपालले प्रभावकारी भूमिका खेल्यो। ” र दोस्रो समाचारको प्रमुख लाइन यस्तो छ ; “कोरोना महामारीले संसारका ६० प्रतिशत जनसंख्यामा संक्रमण हुन सक्ने।” यी दुबै समाचार आफैमा सत्य हुन सक्छ्न र दुबै विषय व्यापक चर्चामा आउने खालका पनि देखिन्छ्न । तर, पहिलो समाचारले मानव सभ्यतामा सकारात्मक सन्देश दिदै आशालाग्दो तरिकाले चर्चा हुन्छ भने दोस्रो समाचारले भयभित बनाउछ र मानव सभ्यतामा नकारात्मक प्रभाव पर्ने कुरामा बढी शङ्का गरिन्छ । त्यस्तै अहिलेको `नोभेल कोरोना भाइरस´ विषयले पनि पहिलो समाचार भन्दा पनि दोस्रो समाचारले जस्तै विश्वजगतमा नकारात्मक प्रभाव पार्न सक्ने कुरामा विश्वभरीनै आक्रान्त र भयभित अवस्था सृजना गरेको छ। समाजका हरेक क्षेत्रमा यसले पार्न सक्ने असर र कोरोना पछिको हाम्रो भबिस्यको समेत विभिन्न तरिकाले लेखाजोखा र कल्पना गरिएको छ। कतिपयले प्रकृतिले नया मुहार पाउने र हराउदै गएको मानवता, प्रकृति प्रेम, सद्भाव, स्वस्थ जीवनशैली, कृषि प्रतिको बढ्दो चासो जस्ता कुराहरूमा व्यापक सुधार आउनेमा आशावादी छन भने अर्को ठूलो हुलले भने कोरोना पछिको डरलाग्दो स्थितिको कल्पना गरेको छ। चाइनाको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) पहिलो पटक २०१९ डिसेम्बर ३१ मा पहिचान गरिएको थियो। विश्वब्यापी हवाई यातायात संजाल, सीमा वारपार र पर्यटकको आवतजावतले गर्दा छोटो समयमै यो भाइरसले विश्वका अधिकांश देशहरुमा फैलिन सफल भयो। दिन दुई गुणा रात चार गुणा भनेझै दैनिक हजारौं संक्रमण देखिन थाल्यो र कोभिड-१९ ले शताब्दीकै कहालीलाग्दो महामारीको रुप लियो। मानव नियन्त्रणभन्दा बाहिर गएपछि कोभिड-१९ लाई विश्व स्वास्थ्य संगठनले २०७६ फाल्गुन २८ गते विश्वब्यापी महामारीको घोषणा गर्यो। यो लेख तयार पार्दा सम्म २१० देशमा कोरोनाको संक्रमण फैलिएको छ भने संक्रमितको संख्या २२ लाखले नाघेको छ जसमध्ये ५ लाख भन्दा बढी उपचार पछि निको भैसकेका छ्न। एक लाख पचास हजार भन्दा धेरैले ज्यान गुमाइसकेको अवस्था छ। विश्व अहिले एक ठाउँमा अडिएको छ। कोरोना भाइरसको संक्रमण कम गर्नको निमित्त अधिकांश देशहरुले `लकडाउन´ गरेका छन। देशका नागरिकहरुलाई हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ। विद्यालय, कलकारखानाहरु ठप्प छ्न। सिनेमा घर, मठ मन्दिर, खेल मैदान, बगैंचाहरु सबै शान्त छ्न। लाखौं मजदूरहरु काम बिहिन भएका छ्न। दिनानु दिन बेरोजगारको संख्या बढिरहेको छ। अमेरिका जस्तो आफूलाई शक्तिसम्पन्न मान्ने देश पनि अहिले कोभिड-१९ को महामारीले हल न चलको अवस्थासंग गुज्रिनुका साथै लाखौं संख्यामा बेरोजगारका आवेदनहरु भरिएको समाचार आएका छ्न। स्वास्थ्य सेवामा अब्बल मानिएका यूरोपेली मुलुकहरु, अमेरिका, बेलायत आदि जस्ता समृद्ध राष्ट्रहरु पनि कोरोना भाइरसको अगाडि निरिह भएर टुलुटुलु हेर्न बाध्य भएका छन् । लेखक यस्तै नेपालमा पनि कोरोना भाइरसको उस्तै प्रभाव परेको छ। २०७७ बैशाख ६ गतेसम्म नेपालमा ३० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ जसमध्ये १ जना उपचार पछि निको भएका छ्न। कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या भने नेपालमा शून्य रहेको छ। यसको नियन्त्रणका लागि सरकारले चैत्र १० गतेदेखि देशलाई `लकडाउन´ गरेको छ। विद्यार्थी, मजदूर र गरिव निमूखा जनताहरु सबैभन्दा धेरै चपेटामा परेका छ्न। १९८० मा बादरबाट एचआईभीएड्स र २००४ मा चराबाट फैलिएको एभियन फ्लूले मानव स्वास्थ्य माथी संकट पैदा गर्यो। यस्तै सन् २००९ मा सुगुरबाट स्वाइन फ्लू भित्रिनुका साथै चमेरोबाट सार्स र इबोला भित्रियो। यसरि समयक्रममा मानव सभ्यतामाथी प्राण घातक भाइरस र यिनिहरुले निम्त्याउने रोगका कारण कैयौं पटक स्वास्थ्य संकटहरुले बिश्वलाई आक्रान्त पार्दै आएको तथ्यहरु छ्न। यद्यपि पहिलेका भाइरसहरुले मानिसमा पारेको संक्रमण र मृत्युदर हेर्ने हो भने कोरोना भाइरसको सवालमा यो अनुपात निकै कम देखिन्छ।बेइजिङबाट सुरु भएको सार्सका कारण नोभेम्बर २००२ देखि २००३ सम्म बिश्वभरिबाट ७७४ जनाको मृत्यु भएको थियो जसको मृत्युदर संक्रमित संख्याको ९.६ प्रतिशत हो। यस्तै मर्सका कारण २०१२ मा २४९४ जना संक्रमित भएका थिए भने ८५८ जनाको मृत्यु भएको थियो जसको मृत्युदर ३४.४ प्रतिशत हुन आउँछ। स्वासप्रस्वास सम्बन्धि यो रोग (कोभिड-१९) कोरोना भाइरसका कारणले लाग्ने गर्दछ। हाछ्यु गर्दा वा खोक्दा यो भाइरस सजिलै संक्रमित ब्यक्तिबाट स्वस्थ ब्यक्तिमा सर्ने गर्दछ। यो भाइरसले नाक, मुख , आँखाबाट छिरेर स्वासप्रस्वासमा असर गर्दछ। सुख्खा रुघाखोकी, स्वासप्रस्वासमा समस्या, उच्च ज्वरो यसका प्रमुख लक्षणहरु हुन। त्यसकारण एक अर्का बीचमा सामाजिक दूरी कायम गर्नु नै यो भाइरसको संक्रमणबाट बच्ने ब्रह्मास्त्र हो। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट बच्नका निम्न सल्लाहहरु दिएको छ । -एक व्यक्तिदेखि अर्को व्यक्तिसम्म कम्तिमा ३ फुटको दुरी कायम गर्ने -खोक्दा वा हाछ्यु गर्दा टिसु पेपर अथवा कुइनोले नाक, मुख छोप्ने -मास्कको प्रयोग गर्ने -साबुन पानीले बारम्बार हात धुने -भिडभाडमा नजाने -संक्रमित व्यक्तिको नजिक जानुपर्ने अवस्थामा डब्लुएचओको मापदण्ड पूरा गरेका स्वास्थ उपकरणहरु प्रयोग गरेर मात्र जाने -अफवाहको पछि नलाग्ने -कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण देखिएमा स्वास्थ परामर्श र डब्लुएचओको सल्लाह पालना गर्दै नजिकको स्वास्थ चौकी अथवा अस्पतालमा सम्पर्क गर्ने समय समयमा देखापर्ने प्राकृतिक विपत्तिहरु नौलो कुरा हुँदै होइनन्। संसारले थुप्रै संकटहरु झेल्दै आएको र ती सबैको सावधानी पूर्वक लडेर जितेका थुप्रै उदाहरणहरु पढ्न र सुन्न पाइन्छ। हाम्रो पुस्ताले स्वाइन फ्लू , इबोला जस्ता महामारीहरु त झन नजिकैबाट सुन्न र देख्न पनि पायो। यसका अतिरिक्त भूइचालो, बाढी पहिरो जस्ता प्राकृतिक विपद् माथि त संयमित ढंगले सहजै समाधान गरेका अनुभवहरु हामीसँग थुप्रै छ्न। त्यसैले मानव जगतमा आइपरेको कोभिड-१९ संकट नयाँ हो तर नौलो र आश्चर्यको विषय भने पक्कै होइन। त्यसैले यस महामारीबाट बच्न संयमता र सावधानी भन्दा अरु कुनै विकल्प छैन। नाफा र स्वार्थको मानसिकताले उत्पादनलाई नै विषालु बनाईदिन्छ जसको प्रत्यक्ष असर मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा पर्न जान्छ र यस्ता रोगहरु लाग्न सक्ने सम्भावना उच्च हुन्छ। तसर्थ कोरोना महामारी पछि पक्कै पनि यस्ता विषयहरुमा ठूलो वहस हुनेछ। भाइरसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्दै यसमा विजय पाउन सक्नु नै विश्व समुदायका लागि अहिलेको प्रमुख चुनौति बनेको छ। दोस्रो विश्वयुद्ध पछि संभवत सबै भन्दा ठूलो संकट मानव जगतमा पर्न जाने कुरा विज्ञहरुले औल्याउँदै आएका छ्न। त्यो संकट आर्थिक, सामाजिक र स्वास्थ क्षेत्रमा बढी हुने छ। चाइना, अमेरिका, कोरिया, यूरोपियन यूनियन, जापान जस्ता राष्ट्रहरु सबै भन्दा बढी प्रभावित हुन सक्ने अर्थतन्त्र हुन्। यस्ता मुलुकहरुको अर्थतन्त्रमा ठूलो ह्रास आउन सक्ने अनुमान गर्न सकिन्छ। युएनसिटिएडीद्वारा गरिएको विश्लेषण अनुरुप कोरोनाको सबैभन्दा बढी प्रभाव मेसिनरी, सञ्चार उपकरण, रबर, प्लास्टिक, कपडा लगायतका उत्पादनमा परेको छ जसले गर्दा यस्ता बस्तुहरुको उत्पादन गर्ने राष्ट्रहरुको अर्थतन्त्र खस्किनुमा कुनै अचम्म हुने छैन। नेपालको अर्थतन्त्रमा कोरोनाको प्रभाव झनै डरलाग्दो हुनेछ। खर्चको आवश्यकता बढ्नु र राजस्वको क्षेत्र कमजोर हुनुले झन्डै दुई खर्ब रुपैयाँको नोक्सान हुनसक्ने नेपाली अर्थविदहरुले अनुमान गरेका छ्न। नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले थेगेको छ। पर्यटन र कृषि क्षेत्रको पनि राम्रै योगदान रहेको छ। ५० लाख भन्दा धेरै नेपाली युवा खाडी लगायत अन्य मुलुकमा काम गर्दै आएका छ्न। बढ्दो महामारीका कारण खाडी लगायत अन्य मुलुकहरुले विदेशी कामदारहरुलाई रोजगार दिन नसक्ने स्थिति देखा पर्दै गएको विवरण सार्वजनिक भएका छ्न। जसको प्रत्यक्ष असर लाखौं नेपाली श्रमजीवी वर्गमा पर्ने छ जो अर्काको मुलुकमा रोजिरोटीको निमित्त खटिएका छ्न। यसले रेमिट्यान्समा ठूलो ह्रास ल्याउनुका साथै अर्थतन्त्रलाई केहि समय अपांग बनाउन सक्ने छ। पर्यटन व्यावसाय लगभग शुन्य छ। करोडौं लगानीका यस्ता व्यावसाय शुन्यमा आउनुले अर्थतन्त्रमा प्रभाव पार्ने कुरामा कुनै सङ्का नै छैन। अझ नेपाल जस्तो पर्यटकीय मुलुकमा यस्को प्रभाव दीर्घकालीन नै हुन जान्छ। अर्कोतिर समयमा बिउ, रासायनिक मल, कृषि उपकरण नपाउने अवस्था सिर्जना हुने छ जसले गर्दा केही समय कृषि क्षेत्र पनि प्रभावित हुनेछ। सरकारले उचित कदम चाल्न सकेको खण्डमा भने कोरोना पछिको सुनौलो भविष्यको नक्सा कोर्न सकिन्छ। ५० लाख भन्दा बढी युवालाई साच्चिकै कृषि क्षेत्रमा लगाउन सकियो भने मात्र पनि हरेक नेपालीले भन्ने गरेको कृषि क्रान्ति सम्भब हुनेछ। गाउँघरतिरका खाली जमिनहरु फेरि हराभरा हुनेछ्न। पर्यटन क्षेत्रले बिस्तारै गति लिनेछ। विकासले फड्को मार्नेछ। यो नै कोरोना भाइरस महामारीबाट नेपाल ले सिक्नै पर्ने पाठ हो र सन्देश पनि। सबै कुराहरू सोचेको जस्तो सहज भने पक्कै हुने छैनन तर सबैको ऐक्यबद्धता र सरकारको उचित कदमले भने पक्कै हामी फड्को मार्न सक्नेछौ। कृषि र पर्यटन व्यवसायमा आजको भोलि पक्कै पनि परिवर्तन हुने छैन तर यिनै दुइ वटा क्षेत्रलाई मात्र महामारी पछिको विकल्प मान्नेहो र हाम्रो इच्छाशक्ति अब्बल हुने हो भने केहि वर्षमा नै मुलुक कायापलट हुनेमा द्विविधा हुने छैन। यसका लागि अन्य देशमा श्रम गरिरहेका युवाहरूलाई ग्यारेन्टीका साथ स्वदेशमै रोकिन सक्ने वातावरण दिलाउन सक्नुपर्छ। कृषि क्षेत्रमा लाग्नेहरुको लागि अनुदानको व्यवस्था गरिनुपर्छ। कृषिजन्य उत्पादनको बजारीकरणको निमित्त सहि मूल्य सहित सरकारले नै ग्यारेन्टी लिनुपर्छ। भण्डारण एवं प्रशोधनको पनि उत्तिकै महत्व दिनुका साथै कृषि बिमाको पनि व्यवस्था मिलाइनुपर्छ। मध्यस्थकर्ताहरुलाई निरुत्साहित गर्नु पर्छ। यति गर्न सकियो भने अवश्य पनि हामी कोरोना पछिको उज्यालो भविष्य देख्नेछौ। पश्चिमा सभ्यता र संस्कृतिको चरम सिको गर्दै आएको विश्व समुदायले अब एकपटक पूर्वीया संस्कृति र सभ्यता माथी आँखा अवश्य लगाउने छ। हात मिलाउनु भन्दा टाढैबाट नमस्कार गर्नुमा धेरै सहज महसुस गर्नेछ भने हाम्रा संस्कृति, सभ्यता र मूल्य मान्यताले पालो पाउनेछ्न र झन युगौ युग बाचिरहने छ्न। ठूला ठूला आणविक हतियारमा खर्बौ डलर खर्च गर्न सक्ने र विश्वलाई क्षणभरमै खरानी बनाउन सक्ने भनेर घमण्ड गर्ने मुलुकहरूका लागि भेन्टिलेटर जस्ता स्वास्थ्य उपकरण एउटा मामुली कुरा हुनुपर्ने हो तर यसकै अभाव देखियो। आफ्नो देशका नागरिकको जीवन रक्षाका लागि पूर्व तयारी नहुने देशले यस्ता घमण्ड गर्नु लज्जास्पद विषय हो। यस्ता मुलुकहरुलाई भने कोरोना महामारीले गतिलो नै पाठ सिकाएको छ। अत कुनै पनि राष्ट्रले आफ्नो सम्पन्नताको घमण्ड गर्न नहुने कुराको पुष्टि गरेको छ। कोभिड-१९ लाई मानिसको चरम उपभोगवादी चरित्रले निम्त्याएको महामारी पनि भन्न सकिन्छ। आफ्नो नाफाको निमित्त मानव जातिले प्राकृतिक स्रोत र साधनको दोहन गरेको छ। प्रदूषणको कुनै लेखाजोखा नै छैन। मानव जातीलाई आफ्नो घाटा र नाफाको मात्र मतलब छ जसको प्रतिफलले अस्वस्थ उत्पादन दिन्छ। नाफा र स्वार्थको मानसिकताले उत्पादनलाई नै विषालु बनाईदिन्छ जसको प्रत्यक्ष असर मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा पर्न जान्छ र यस्ता रोगहरु लाग्न सक्ने सम्भावना उच्च हुन्छ। तसर्थ कोरोना महामारी पछि पक्कै पनि यस्ता विषयहरुमा ठूलो वहस हुनेछ। अप्राकृतिक र विषाक्त उत्पादन लगायत चरम उपभोगवादी चरित्रको बिस्तारै अन्त्य हुनेछ। पश्चिमा सभ्यता र संस्कृतिको चरम सिको गर्दै आएको विश्व समुदायले अब एकपटक पूर्वीया संस्कृति र सभ्यता माथि आँखा अवश्य लगाउने छ। हात मिलाउनु भन्दा टाढैबाट नमस्कार गर्नुमा धेरै सहज महसुस गर्नेछ भने हाम्रा संस्कृति, सभ्यता र मूल्य मान्यताले पालो पाउनेछ्न र झन युगौ युग बाचिरहने छ्न। मानव सभ्यताले जतिसुकै फड्को मारेपनि प्रकृति माथिको जीत असम्भव कुरा हो। कोरोना महामारीका राम्रा र नराम्रा पक्षहरु केलाउने हो भने वातावरणमा पर्न गएको सुधार यसको सबैभन्दा राम्रो पक्ष हो। लकडाउनको स्थिति र बन्द उद्योग कलकारखानाले गर्दा प्रदुषण ठूलो मात्राले घटेको छ, पछिल्लो ३-४ दशक यताकै जलवायु परिवर्तनमा कमि आउनुका साथै कार्बन उत्सर्जनमा व्यापक कटौती आएको छ। सहरहरु स्वच्छ देखिन थालेका छ्न। बाटो, वन जगंलहरुमा जनावर र चराचुरुङ्गी स्वतन्त्र घुमेका तस्बिरहरु सार्वजनिक भएका छ्न। यी सबै कुराहरुबाट मानव सभ्यताले केही दशकयता प्रकृतिलाई पिंजडामा राख्न खोजेको रहेछ भन्ने कुरा बुझ्न सकिन्छ। त्यसैले अबका दिनहरुमा जलवायु परिवर्तन कुन कुन कारणले भैरहेको छ भन्ने कुरामा विश्व अझ धेरै सजग हुनेछ। भविष्यमा आउन सक्ने यस्ता प्राकृतिक बिपत्तिबाट बच्नको निमित्त धेरै देशहरु पूर्वतयारीमा जुट्नेछ्न। आणविक हतियार भन्दा पहिले स्वास्थ्य उपकरणको प्रयाप्त मात्रामा जोहो गरेर राख्नेछ्न। रोगहरु फैलिन नपाउदै बेलैमा सतर्कता अपनाउने छ्न भने कोरोना भाइरस फैलिदै गरेको सुरुवाती चरणमा अहिलेको जस्तो लापरबाही भने भविष्यमा पक्कै गर्ने छैनन। मौसमी फ्लूबाट पनि दैनिक ७९५ देखि १७८१ जनाको मृत्युहुने गरेको तथ्यांक पनि विभिन्न अध्ययनहरुले देखाउने गरेका छ्न। तसर्थ कोरोना भाइरस पनि मानिसहरुले सोचेजस्तो घातक र डरलाग्दो भाइरस नभएको कुरा बुझ्न सकिन्छ। यद्यपि यसबाट बच्न भने उच्च सतर्कता अपाउनु अनिवार्य छ। अन्त्यमा वोर्ल्डोमिटरका अनुसार मार्च ३ सम्म कोरोना भाइरसको संक्रमित जनसंख्या र यसबाट भएको मृत्युको अनुपात ३.४ प्रतिशत रहेको छ। यो लेख तयार पार्दा सम्म संक्रमित मध्ये ९६ प्रतिशतको अवस्था मध्यम रहेको र ४ प्रतिशत मात्र गम्भीर रहेको तथ्यांक पनि वोर्ल्डोमिटरले रेकर्ड गरेको छ। त्यस्तै मौसमी फ्लूबाट पनि दैनिक ७९५ देखि १७८१ जनाको मृत्युहुने गरेको तथ्यांक पनि विभिन्न अध्ययनहरुले देखाउने गरेका छ्न। तसर्थ कोरोना भाइरस पनि मानिसहरुले सोचेजस्तो घातक र डरलाग्दो भाइरस नभएको कुरा बुझ्न सकिन्छ। यद्यपि यसबाट बच्न भने उच्च सतर्कता अपाउनु अनिवार्य छ। अत: शोकलाई शक्तिमा परिवर्तन गर्न सक्नुनै शोक माथि विजय पाउनु हो । प्रकृतिका प्रत्येक पक्षमा सकारात्मक र नकारात्मक दुबै पक्षहरु उत्तिकै हुन्छ्न । कुनै पक्षमा सकारात्मक पक्ष डोमिनेण्ट (हावी) भइदिन्छ भने कुनै पक्षमा नकारात्मक पक्ष डोमिनेण्ट भएर देखापर्छ । फेरि कुनै कुरालाई उही पक्षमा उभाईराख्न अथवा डोमिनेण्ट पक्षलाई डोमिनेण्ट बनाइराख्न, रिसेसिभ पक्षलाई रिसेसिभ बनाइराख्न होस अथवा डोमिनेण्ट पक्षलाई रिसेसिभ र रिसेसिभ पक्षलाई डोमिनेण्ट बनाउन नै किन नहोस, वातावरणको उत्तिकै सशक्त भूमिका हुन्छ । यो प्रकृतिको शाश्वत नियम हो । प्रकृतिमाथि आइपर्ने जस्तो सुकै परिस्थितिको पनि वातावरण हामी हौ । किनभने हामी पनि प्रकृति हौ अथवा अंश हौ । जुनसुकै परिस्थितिको पनि कुन पक्षलाई हावी बनाउने भन्ने कुराको वातावरणीय भूमिका खेल्ने हामी नै हौ । त्यसैले परिस्थितिलाई परिवर्तन गर्न सक्ने पनि हामी नै हौ । कुनै बेला जेनेटिकली नकारात्मक पक्ष हावी भइदिन्छ, तर हाम्रो उचित वातावरणीय भूमिका भयो भने डोमिनेण्ट भएर जन्मिएको नकारात्मक पक्षलाई सजिलै निरुत्साहित गर्न सकिन्छ । भनौ, त्यसैको रिसेसिभ अथवा सकारात्मक पक्षलाई डोमिनेण्ट गराउन सकिन्छ जुन अहिलेको परिस्थितिमा अपरिहार्य कुरा हो। छ्त्रदेब ,६अर्घाखाँची [email protected]
थप ३ जनामा देखियाे काेराेना, काठमाडौंमा एकजना नयाँ संक्रमित थपिए
काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे हाे । मन्त्रालयकाे अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या २ सय ४९ पुगेकाे छ ।
कोरोना संक्रमितको जीन अनुमतिबिनै अनुसन्धान गर्न दिएको भन्दै डा. रुनासहित ६ जनालाई स्पष्टिकरण
काठमाडाैं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) को परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ । परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा रञ्जित शाह र प्रयोगशालकै डा रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे, महाशाखाकै डा विवेककुमार लाल र महाशाखाकै डा हेमन्तचन्द्र ओझालाई स्पष्टिकरण सोधेकाे हाे । ती छ जनाले परिषद्लाई नै थाहै नदिई सङ्क्रमित युवाको स्वाब सङ्कलन गरी अनुसन्धानका लागि विदेशीलाई दिएका थिए । परिषद्ले उनीहरुले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको जिनेटिकको अनुसन्धानमा विदेशीलाई संलग्न गराइ ‘माइक्रोवायोलोजी रिसोर्स अनाउन्समेन्ट’मा प्रकाशन गरेको अनुसन्धानमूलक लेखमा परिषद्को स्वीकृत नलिई प्रकाशन गरेको भन्दै परिषद् ऐन २०४७ को दफा १२ (३) बमोजिम स्पष्टिकरण सोधिएको परिषद्का प्रशासन प्रमुख खरेलले जानकारी दिए । परिषद्ले लेख प्रकाशित भएपछि गत वैशाख २६ गते स्पष्टिकरण सोध्ने निर्णय गर्दै उनीहरुलाई स्पष्टिकरणका लागि वैशाख २९ गते पत्र पठाएको थियो । “नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानवस्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्नेमा स्वीकृति नलिइकन अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख प्रकाशन गरेको हुँदा तपाईहरुले परिषद्बाट स्वीकृत नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेवापत तपाईहरुलाई किन कारवाही नगर्ने?” स्पष्टिकरणमा भनिएको, “कारवाही गर्न नपर्ने कुनै मनासिब कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाणसहित यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र परिषद्मा पेश गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा १२ (३) बमोजिम परिषद्को मिति २०७७ साल वैशाख २६ गतेको निर्णय भएको हुँदा निर्देशानुसार जानकारीका लागि अनुरोध छ ।” रासस
विदेशी कामदारका लागि ११ हजार करोड, किसानलाई ३० खर्बको कोष, मध्यमवर्गलाई हाउजिङ कर्जामा सुविधा
काठमाडौं । भारतले ६ सय खर्ब (६ लाख करोड भारु) को दोस्रो चरणको राहत कार्यक्रम सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि देशबासीको नाममा गरेको सम्बोधनमा ‘आत्मनिर्भर भारत’का लागि दोस्रो चरणको राहत प्याकेज ल्याउने घोषणा गरेका थिए । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले दोस्रो चरणको राहत प्याकेज घोषणा गर्दै साना किसान, प्रवासी मजदुर, सडक व्यापारी र साना व्यवसायीलाई समेट्ने गरी एकिकृत राहत प्याकेज ल्याएको जानकारी गराएकी छन् । एकिकृत राहत प्याकेजमार्फत भारतले सबै विदेशी मजदुरलाई रासनको व्यवस्था गरेको छ । रासन कार्ड नभएका विदेशी कामदारले पनि दुई महिनासम्मका लागि प्रतिमहिना ५ किलो गहुँ वा चामल तथा १ किलो चना राहतका रुपमा पाउनेछन् । केन्द्र सरकारले घोषणा गरेको राहत कार्यक्रमबाट विदेशी कामदारलाई सुरक्षित आवासको प्रबन्ध गर्न पनि रकम खर्च हुनेछ । सरकारको यस्तो घोषणापछि विदेशी कामदारले सस्तोमा गुणस्तरीय आवास सेवा पाउने बताइएको छ । विदेशी मजदुरका समस्या सम्बोधन गर्नको लागि मात्रै पनि ११ हजार करोड भारतीय रुपैयाँ छुट्याइएको छ । यो योजनाबाट भारतमा रहेका ८ करोड विदेशी कामदार लाभान्वित हुने बताइएको छ । राहत कार्ड हुनेहरुले भने ‘वान नेसन वान रासन कार्ड’ योजना अन्तर्गत भारको कुनै पनि सरकारी खाद्यान्न डिपोमार्फत खाद्यान्न पाउने सुविधा दिएको छ । भारत सरकारले सबैभन्दा धेरै साना किसान लक्षित कार्यक्रमहरु घोषणा गरेको छ । किसानलाई १० हजार रुपैयाँसम्मको ऋण सुविधा दिइएको छ । सरकारको यस्तो कार्यक्रमबाट साढे २ करोड किसानले यो सुविधा पाउने बताइएको छ । किसानकै लागि ३० खर्ब भारतीय रुपैयाँ बराबरको इमर्जेन्सी वर्किङ क्यापिटल फण्ड स्थापना गरिएको छ । सबै किसानले ३ महिनासम्मको व्याज छुट पाउनेछन् । वार्षिक ६ देखि १८ लाख भारतीय रुपैयाँ आम्दानी हुने मध्यमस्तरीय आय समूहका मानिसहरुका लागि हाउजिङ कर्जामा सहुलियत दिइएको छ । कर्मचारीलाई न्युनतम तलब सुविधा, सबै श्रमिक तथा मजदुरलाई नियुक्तिपत्र अनिवार्य तथा वर्षमा एकपटक स्वास्थ्य चेकचाँज अनिवार्य गर्नुपर्नेलगायतका नियम लागू गर्ने पनि भारत सरकारले घोषणा गरेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको न्युनतम ज्यादा बढाएर २ सय २ भारतीय रुपैयाँ पुर्याइएको छ । मध्यम आयस्तरका व्यक्तिहरुको उद्यमशीलता विकासका लागि ‘मुद्रा स्किम लोन’ अन्तर्गत ५० हजारसम्म शिशु लोन, ५० हजारदेखि ५ लाखसम्म किशोर लोन र ५ लाखदेखि १० लाख भारतीय रुपैयाँसम्म तरुण लोनको स्किम ल्याइएको छ । विद्युत वितरण गर्ने कम्पनीहरुका लागि ९४ खर्ब भारतीय रुपैयाँ र गैरबैंकिङ वित्तीय कम्पनी, हाउजिङ र फाइनेन्स कम्पनीहरुका लागि ३० खर्ब रुपैयाँ बराबरको नगद अनुदानको घोषणा गरिएको छ । आयकर तिर्ने समयसीमा आगामी जुलाई ३१ सम्म बढाइएको छ ।
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुने
काठमाडाैं । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । शुक्रबार अपराह्न ४ः०० बजेका लागि संयुक्त बैठक आह्वान गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । सांसदलाई मर्यादित पोशाकमा उपस्थिति हुन आग्रह गरिएको छ । सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको प्रवक्ता पाण्डेले बताउनुभयो । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसद छन् । बैठक कक्षमा नअटे बालकोनीमा बस्ने व्यवस्था मिलाइएको छ । कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ । उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक कूटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई कार्यक्रममा सहभागिताका लागि खबर नगरिएको बताइएको छ । संसद् भवन परिसरमा राष्ट्रिय झण्डा फहराइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसद्मा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । अघिल्ला दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिका कार्यक्रम आगामी आवको कार्यक्रममा समेत समेटिने विश्वास लिइएको छ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ का कारण परेको समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुने बताइएको छ । संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । रासस
दार्चुलाको छाङरुमा सीमा गस्ती सुरु, यस्ताे देखियाे माहाेल (तस्वीरसहित)
भारतीय सेनासँग वार्तालाप गर्दै नेपाल शसस्त्र प्रहरी । काठमाडाैं । बुधबार दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा बोर्डर आउट पोस्ट (बिओपी) स्रथापना गरेकाे सेनाले सिमानामा गस्ती सुरू गरेकाे छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणबाबु थापाले बुधबार सो बिओपीको उद्घाटन गरेका थिए । सशस्त्र प्रहरीले सीमा नाकामा गस्ती गर्न सुरू गरिसकेका छन् । दार्चुलाको सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बिओपी स्थापना गरिएको हो । बिओपीमा अहिले २५ जनाको जनशक्ति रहने छ । बिओपीका लागि चाहिने हातहतियार, बन्दोबस्तीका सामान र फौज लिएर नेपाली सेनाको हेलिकोप्टर बीओपी गएको थियो । भारतले एकतर्फीरूपमा कालापानी लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि सीमा सुरक्षार्थ बिओपी स्थापना गरिएको हो । यो क्षेत्र चीन र भारतसँग सीमा जोडिएको क्षेत्र हो । चौकी (विओपी) मा बिहीबार बिहान सीमा क्षेत्रमा गस्तीमा जाँदै सशस्त्र प्रहरी दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा बोर्डर आउट पोस्टबाट देखिने लिपुलेक नजिकैकाे दृश्य । छाङ्गरुमा बोर्डर आउट पोस्टमा गस्तीमा जाने तयारीमा शसस्त्र प्रहरी । बोर्डर आउट पोस्ट नजिकै केही सामान बाेकेर जाँदै शसस्त्र प्रहरी । बुधबार दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा स्थापना भएकाे बोर्डर आउट पोस्ट । बोर्डर आउट पोस्टबाट देखिने लिपुलेककाे दृश्य । तस्वीरः शसस्त्र प्रहरी बलकाे फेसबुकबाट
फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दो
पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन भएको छ । यहाँ गएको दुई दिन देखि लगातार रुपमा मृतकको संख्या घटेको हो । प्राप्त समाचारअनुसार यहाँ गत मंगलबार ३४८ जनाको ज्यान गएको थियो । तर त्यसपछि बुधबार र बिहीबार पनि यो संख्यामा कमी आएको छ । यो अवस्थालाई फ्रान्सका अधिकारीहरुले खुशीको खबर भनेका छन् । उनीहरुले पछिल्लो समयमा फ्रान्समा जारी रहेको कडा लकडाउनका कारण यहाँको अवस्थामा सुधार हुन लागेको बताएका छन् । साथै यस हप्ता यहाँ अस्पतालमा भर्ना हुने नागरिकको संख्यामा पनि नाटकीय रुपमा कमी आएको बताइएको छ । फ्रान्समा बुधबारसम्मको तथ्यांकअनुसार यहाँ २७ हजार ७४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । साथै यहाँ संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्यामा पनि यो हप्ता कमी आएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले यहाँका विरामी भएर अस्पताल आउनेहरुमध्ये मंगलबारको तुलनामा बुधबार संख्या घटेको बताएको छ । मंगलबार यहाँका अस्पतालहरुमा भर्ना हुने २१ हजार ७५ जनामात्र रहेको यहाँको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । उक्त मन्त्रालयले जनाएअनुसार यसको अघिल्लो दिन अर्थात सोमबार मात्र २१ हजार ५९५ जना विरामी अस्पताल भर्ना भएका थिए । यसरी अस्पताल भर्ना हुने संक्रमितको संख्या यो हप्ता घट्दै गएको बताइएको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोना संक्रमणबाट १ लाख ७८ हजार संक्रमित भएका छन् । साथै यहाँ यो संक्रमणबाट कुल मृतकको संख्या २७ हजार ७४जना पुगेको छ । फ्रान्समा मृतक संख्या पनि क्रमिक रुपमा घट्दो छ । उपचार पछि निको भएर फर्किएकाको संख्या ५८ हजार ६७३ रहेको छ । साथै यहाँको अस्पतालमा अहिलेसम्म ९२ हजार ३१३ जना रहेका छन् । रासस/एएफपी
सीमामा अलपत्र परेकालाई स्वदेश ल्याउन १० बुँदे निर्देशन
काठमाडाैं । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नेपाल र भारतको सिमानामा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड-१९)को समस्या र हुनसक्ने थप सम्भावित खतरा यसको रोकथाम, उपचार र नियन्त्रण गर्न बसेको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाई १० बुँदे निर्देशन दिँदै सीमामा अलपत्र परेका नागरिकलाई सङ्घ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी छिटोभन्दा छिटो स्वास्थ्य परीक्षण गरी आ-आफ्नो घर पठाउने व्यवस्था मिलाउन भनिएको सभापति जयपुरी घर्तीले जानकारी दिए । समितिले विदेशमा रहेका मजदुर, विद्यार्थी र अन्य सबै नेपाली नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेशनसहित आवश्यक व्यवस्था गर्न तथा विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवं तयारी गर्नेसमेत निर्देशन दिएको छ । सभापति घर्तीले मन्त्री ढकाललाई कोभिड-१९को सङ्क्रमणको जोखिम तीव्ररुपमा बढिरहेकाले स्वास्थ्य परिक्षणको दायरा तीब्र बनाउनसमेत निर्देशन दिइएको जानकारी दिए । समितिको बिहीबार बसेको बैठकले मन्त्री ढकाललाई बोलाइ कोभिड-१९ को परीक्षणको दायरा बढाउन निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिए । उनका अनुसार मन्त्रीलाई अति आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र प्रदेश सरकार, स्थानीय तहलाई स्वास्थ्य सामग्री यथाशीघ्र उपलव्ध गराउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ । यसैगरी समितिले कोरोना भाइरसको असरलाई मध्यनजर गरी आर्थिक वर्ष २०७७/७८ को बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित बनाउनसमेत निर्देशन दिएको उनले जानकारी दिए । छलफलमा मन्त्री ढकालले कोभिड–१९ को परीक्षणको दायरालाई बढाइरहेको बताए । उनले पीसीआरबाट १९ र आरडीटीबाट सबै ठाउँमा परीक्षण गरिरहेको जानकारी दिए । यस्तै कोरोना भाइरसको कारण लकडाउनमा परी अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकलाई स्थानीय सरकार तथा सरोकारवालासँग सही तथ्याङ्क तयार पारी राहतको व्यवस्थापन गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । यसैगरी यस रोगको उपचार, रोकथाम र नियन्त्रणमा संलग्न हुने व्यक्तिको (चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र स्वयंसेवक) को मनोबल उच्च बनाउन आवश्यक रहेकाले उनीहरुका लागि गुणस्तरीय पीपीईलगायत सामग्री यथाशीघ्र उपलव्ध गराउनेसमेत निर्देशन दिएको छ । कोभिड-१९ को सङ्क्रमणबाट बच्न अनिवार्य रुपमा मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने आवश्यकता भएको हुँदा सर्वसाधारण नागरिकलाई सर्वसुलभ ढङ्गले उपलव्ध हुने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ । ‘कोभिड-१९ रोगको रोकथामका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्नुपर्दछ,’ निर्देशनमा भनिएको छ, ‘आइसोलेशन बेड, भेन्टीलेटरको थप व्यवस्था गर्नुपर्दछ ।’ समितिले सङ्क्रमित व्यक्तिसँगको कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको छ । यसैगरी समितिले मन्त्री ढकाललाई कोभिड-१९ को सङ्क्रमण बाहेकका अन्य बिरामीले खानुपर्ने औषधिमा कुनै अभाव हुन नदिनसमेत निर्देशन दिएको छ । क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्मीलाई खानबस्न र एम्बुलेन्सको राम्रो व्यवस्था गर्नुपर्ने, कोरोना भाइरसभन्दा बाहेकका बिरामीलाई उपचारमा अभाव नहुने गरी व्यवस्था हुनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ । रासस