विकासन्युज

औषधि सम्बन्धी प्राधिकरण स्थापना गरिने

काठमाडौँ । नेपालमा नै औषधीसगँ सम्बन्धित प्राधिकरण स्थापना गरिने भएको छ । २०७६/७७ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा प्राधिकरण स्थापना गरिने बताएकी हुन । औषधी, औजार, उपकरण, मेडिकल तथा सर्जिकल सामग्री, चिकित्सकीय प्रयोगमा आउने बस्तुहरु उत्पादन हुने छ ।

निजि क्षेत्रलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गरिने

काठमाडौं । निजि क्षेत्रलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गर्न कार्यक्रमहरु ल्याईने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७ र७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै निजि क्षेत्रलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताएकी हुन् । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो लगानी बढाउनु पर्ने अवस्थामा सरकारले भने निजि क्षेत्रलाई उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताएको छ ।

सरकारका प्राथमिकताः उद्याेगलाई सहुलियत, खनिज उत्खनन्, कृषि र स्वास्थ्यमा आधुनिकीकरण

काठमाडाैं ।  कोरोना महामारीका कारण प्रभावित उद्योगहरुले सहुलियत पाउने भएका छन् । आर्थिक वर्ष २०७७/७८ कोनीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभावित उद्योगलाई घोषणा गरेकी हुन् । कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । औद्योगिक कार्यहरु सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाईने राष्ट्रपति भण्डारीद्वारा घोषणा भएको नीति तथा कार्यक्रमा उल्लेख छ । यस्तै देशभित्र रहेका खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन्मा जोड दिईने पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । अब सरकारले देशभर भएका खानीको उत्खनन गर्ने भएको छ ।  सरकारले धौवादी फलाम खानी, पट्रोलो खानीका काम अगाडी बढाइ रहेको छ । नेपालमा ग्यास खानी पनि रहेको भन्दै अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले घर भरमा ग्यासको पाइप जोड्ने भनेका थिए । यस्तै कृषि उत्पादन र बजारीकरणमा आधुनिकिकरण गर्ने उनले बताइन् । यस्तै स्वास्थ्य क्षेत्रमा पनि विशेष प्राथमिकताका साथ काम गरिने उल्लेख गरिन् ।

सरकारको नीति तथा कार्यक्रममा यसपाली आएन ‘मेरो सरकार’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको संघीय संसदमा भएको सम्बोधनमा ‘मेरो सरकार’ शब्द परेको छैन । गत वर्ष संघीय संसदमा सम्बोधन गर्दा राष्ट्रपति भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दको व्यापक आलोचना भएको थियो । राष्ट्रपति भण्डारीले अहिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छन् । उनले आजको सम्बोधनमा ‘यो सरकार’ तथा ‘सरकार’ मात्रै शब्दावली प्रयोग गरेकी छन् । सम्बन्धित सामग्री यस्तो आयो सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (अपडेट)

सातै प्रदेशमा अत्याधुनिक सरुवा रोग अस्पताल निर्माण हुने

काठमाडौं । सरकारले संघमा ३०० शैय्याको अत्याधुनिक प्रयाेगशालासहितकाे सरूवा अस्पताल निर्माण गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने जानकारी दिएकी हुन्। संघमा ३०० बेड र प्रयाेगशालासहितकाे सात प्रदेशमा पनि कम्तिमा ५० बेडकाे सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने छ।

तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा

काठमाडाैं । सरकारले २५ चैत देखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । यो कार्यक्रमबाट हालसम्म २७ लाखले स्वास्थ बीमा गराएका छन् । आगामी वर्ष सबै नागरिकमा पुग्ने गरी स्वास्थ्य बीमा पुर्याइने राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । हाल यो कार्यक्रमका लाग प्रति ५ जनाको परिवारका लागि ३५ सय रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।

अब सबै श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरिने

 काठमाडाैं । सरकारले सबैलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्न सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको बताइन् ।

काेराेना महामारीबाट सरकारले कसैकाे ज्यान जान दिने छैन

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले कोभिड–१९ को महामारीबाट कसैको ज्यान जान नदिने बताएकी छन् । संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले कोभिड–१९ को संक्रमण रोकथाममा सरकार प्रभावकारी रहेको र थप कदम चाल्ने बताएकी छन् । उनले सरकारले यससम्बन्धमा थप प्राथमिकीकरण गर्ने पनि बताएकी छन् । भण्डारीले आर्थिक क्रियाकलाप र विकास निर्माण कार्य र सामाजिक जीवनमा थप क्षति हुन नदिने गरी अघि बढ्ने बताएकी छन् । विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुनसक्ने, मुलुकको आयमा कमी आउनसक्ने, प्राथमिकता क्षेत्र फरक हुने भएकाले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने उनको जोड छ ।