सरकारका प्राथमिकताः उद्याेगलाई सहुलियत, खनिज उत्खनन्, कृषि र स्वास्थ्यमा आधुनिकीकरण

<p>काठमाडाैं ।  कोरोना महामारीका कारण प्रभावित उद्योगहरुले सहुलियत पाउने भएका छन् । आर्थिक वर्ष २०७७/७८ कोनीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभावित उद्योगलाई घोषणा गरेकी हुन् । कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । औद्योगिक कार्यहरु सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्था [&hellip;]</p>

काठमाडाैं ।  कोरोना महामारीका कारण प्रभावित उद्योगहरुले सहुलियत पाउने भएका छन् । आर्थिक वर्ष २०७७/७८ कोनीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभावित उद्योगलाई घोषणा गरेकी हुन् ।

कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । औद्योगिक कार्यहरु सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाईने राष्ट्रपति भण्डारीद्वारा घोषणा भएको नीति तथा कार्यक्रमा उल्लेख छ ।

यस्तै देशभित्र रहेका खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन्मा जोड दिईने पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । अब सरकारले देशभर भएका खानीको उत्खनन गर्ने भएको छ ।  सरकारले धौवादी फलाम खानी, पट्रोलो खानीका काम अगाडी बढाइ रहेको छ ।

नेपालमा ग्यास खानी पनि रहेको भन्दै अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले घर भरमा ग्यासको पाइप जोड्ने भनेका थिए ।

यस्तै कृषि उत्पादन र बजारीकरणमा आधुनिकिकरण गर्ने उनले बताइन् । यस्तै स्वास्थ्य क्षेत्रमा पनि विशेष प्राथमिकताका साथ काम गरिने उल्लेख गरिन् ।

Share News