काठमाडौं । सरकारले संघमा ३०० शैय्याको अत्याधुनिक प्रयाेगशालासहितकाे सरूवा अस्पताल निर्माण गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने जानकारी दिएकी हुन्।
संघमा ३०० बेड र प्रयाेगशालासहितकाे सात प्रदेशमा पनि कम्तिमा ५० बेडकाे सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने छ।