विकासन्युज

लकडाउन यता बाँकेमा मात्र ६७ लैङ्गिक हिंसा घटना दर्ता

नेपालगञ्ज । काेराेनाकाे सङ्क्रमण फैलिए यता बाँकेमा मात्र ६७ वटा लैङ्गिक हिंसा घटना दर्ता भएका छन् । कोरोना भाइरस सङ्क्रमणको अवधिमा बाँकेमा महिलामाथिको लैंगिक हिंसा रोक्न सरोकार पक्षसँग आवश्यक समन्वय, संवाद र सहजीकरणको प्रक्रिया अघि बढाइएको छ । जिल्लामा घरेलु हिंसा, जबर्जस्ती करणी, यौन दुव्र्यवहारलगायत घटना वृद्धि भएपछि संवाद समूह, बाँकेले भर्चुअल (अनलाइन) छलफलमार्पmत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनाका साथै घटना न्यूनीकरण र न्यायका लागि यस्तो पहल गरेको हो । जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जका अनुसार गत चैत ११ देखि मसान्तसम्म १७, वैशाखमा ३६ र जेठ १५ गतेसम्म १४ लैङ्गिक हिंसाका घटना दर्ता भएका छन् । बन्दाबन्दी अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता भएका छन् । यसबाहेक जिल्ला प्रहरी कार्यालयमा महिलामाथि गाली बेइज्जती, कुटपिट र बेपत्ताका घटना पनि दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता रहेको भर्चुअल छलफलमा महिला हिंसाका घटना, स्वरुप तथा प्रवृत्ति र नियन्त्रणका लागि भएका साझा प्रयासका विषयवस्तुमाथि संवाद गरिएको थियो । समूहका जिल्ला सहजकर्ता शुक्रऋषि चौलागाईँद्वारा सहजीकरण गरिएको संवादमा सहभागीले कोरोना सङ्क्रमणका समयमा सरकारका मौजुदा संयन्त्रले सहज र प्रभावकारी काम गर्न नसक्ने जिकिर गर्दै नयाँ संयन्त्रमार्फत न्याय सम्पादन गर्नुपर्नेमा जोड दिएका थिए । बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले कोरोना सङ्क्रमणको सन्त्रास र लकडाउन अवधिमा लैङ्गिक हिंसाका घटनामा कमी नआएको बताउँदै बन्दाबन्दी लागू भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा ६७ लैङ्गिक र महिला हिंसासँग सम्बन्धित घटना दर्ता भएको जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, अधिकारकर्मी कमला पन्त, प्रल्हादबहादुर कार्कीलगायतले प्रहरीको एकल प्रयासले मात्र महिलामाथिको हिंसा रोक्न नसकिने भएकाले सबै पक्षको सहकार्यमा जोड दिएको हो । रासस

धानको बीउ नपाउँदा अन्नको सङ्कट बढ्ने त्रास

महोत्तरी । मध्य जेठ कटुञ्जेलसम्म धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्यबाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्न सक्ने आशङ्काले पिरोलिएका हुन् । यसपाली वैशाखी तरकारी लकडाउनले बजार पु¥याउन नसकेर बोटमै बुढिनु, मकैबाली फौजी किराले सखाप पार्नु, फलपूmल हावाहुरीले सोत्तर पारेर झार्नु र त्यसपछि धानको बीउ नपाएपछि मन कसरी अड्याउने भन्ने किसानको गुनासो छ । जेठ मध्य कटिसक्दासम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाइँ गर्न नभ्याइने हो कि भन्ने किसानको आशङ्का छ । कोरोना सन्त्रास छल्न जारी लकडाउनले कृषि सामग्रीका बजार नखुल्दा अहिले धानको बीउ नपाएर किसानको पिरलो बढेको हो । असार पहिलो सातालगत्तै धानको सघन बीउ ९बेर्ना० रोपाइँ शुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपालि ठिक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता छ । “जेठ आधा कट्यो, धानको बीउ पाइएको छैन”, जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान रामचन्द्र राय भने, “यसपालि खेतीको सबै तालिका भताभुङ्ग भयो, समयमै धान रोपाइँ गर्न नपाइन पो हो कि भन्ने परिसक्यो ।” मध्य जेठमा धानको बीउ ब्याडमा राखिसक्नु पर्नेमा आपूmहरु अझै बीउ नपाएर झोक्राउनुपरेको रायको भनाइ छ । जिल्लाको मुख्य फसल (बाली) धान लगाउने टुङ्गो नभएपछि किसान घर गुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले–पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिकन बीउकै लागि बजारको मुख ताक्नुपरेको किसानको भनाइ छ । “हामीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहितका दर्जनौं धानका जात हुन्थे”, भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८० वर्षीय किसान जितन यादव भने, “विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।” पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा धान नपाएर गलफती पर्ने गरेको यहाँका आम किसान बताउँछन् । विकासे धान लगाउन थालीकन वर्षेनीजस्तो जात फेरिने गरेको किसानको अनुभव छ । “यो पो राम्रो भन्छन्, अनि त्यही लगाइयो”, भङ्गाहा–४ रामनगरका ७० वर्षीय किसान इस्लाम राइन भने, “कुन–कुन जातका धान लगाइयो नाम याद छैन, बीउ बजारकै भर पर्न पर्ने, यसपालि लकडाउनले बीउ नपाउँदा धानखेती के हुने भन्ने चिन्ता छ ।” जिल्लामा जिल्ला कृषि विकास कार्यालय होउञ्जेल तिनका मातहतका कृषि केन्द्र र उपकेन्द्रमा कृषि प्राविधिक बस्ने र बेलाबेला खेतीबारे परामर्श लिन पाउने दिन पनि गएका किसानको गुनासो छ । “गाउँमा सिंहदरबार पुगेको कुरा मात्र भयो, हाम्रा कुनै स्थानीय तहले कृषि शाखा चलाउन सकेनन्”, लगन, मेहेनत र उत्पादन लिन जिल्लामै कहलिएका भङ्गाहा–४ कै किसान सत्यनारायण यादव भने, “जिल्ला कृषि विकास कार्यालय हुँदा विषयपिच्छेका विज्ञ (बाली) फलफूल, तेलहन, (मत्स्य) थिए, अहिले कहाँ हराएका होलान् भन्ने लाग्छ, पछिल्लोपटक गाउँमा सिंहदरबार पु¥याउने कुराले कृषि क्षेत्रका संरचना हटाइँदा सबै भताभुङ्ग भयो।” खेतीपातीबारे बोलाएर राय सल्लाह दिने, हेरेदिने अब पछिल्ला स्थानीय तहको निर्वाचन भएयता कोही नभेटिएका यादव विरक्तिँदै बताए । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये कुनैले कृषि शाखा सञ्चालन गरेर विज्ञहरुबाट किसानलाई सल्लाह दिने, बालीनाली हेरिदिने, कृषि सामग्रीको बजार व्यवस्थापन गर्ने र किसानकै गुनासो सुन्ने ठाउँ कतै नबनेको जिल्लाका आम किसानको गुनासो छ । जिल्ला कृषि विकास कार्यालय विघटन गरिएपछि अहिले महोत्तरी र सर्लाही कार्यक्षेत्र रहने गरी स्थापित कृषि ज्ञान केन्द्र मलङ्गवा (सर्लाही)ले धानको बीउबारे किसानलाई कुनै अपिल गरेको छैन । बीउ नपाएर छट्पटाएका बेला कुनै कृषिसम्वद्ध कार्यालय र आफ्नै स्थानीय तहको सोधखोज नपाएपछि अहिले किसान बिरक्तिएका छन् । यसैबीच कृषि ज्ञान केन्द्र मलङ्वाका निमित्त प्रमुख देवानन्द राय यादवले धानको बीउ खरिद बिक्रीको इजाजत लिएका एग्रोभेट सञ्चालकले उचित मूल्यमा किसानलाई उपलब्ध गराउने व्यवस्था रहेको बताए । यस्ता एग्रोभेट सञ्चालकले किसानलाई लकडाउनकै अवधिमा पनि शारीरिक दूरी र अन्य सुरक्षा उपाय अपनाएर दिनपर्ने व्यवस्था छ । बीउ राख्ने ठिक्क बेलामा सामग्री लुकाउने, बढी मूल्य लिने वा अन्य समस्या देखिएमा स्थानीय प्रशासन र स्थानीय तहले अनुगमन गरेर यस्तालाई कारवाही गर्न सक्ने यादवको भनाइ छ । यसअघि जिल्ला कृषि विकास कार्यालय छँदा उसको मातहत रहेका कृषि केन्द्र र उपकेन्द्रहरु सम्बन्धित स्थानीयतह मातहत गएकाले आपूmहरुको निगरानी नरहने कृषि ज्ञान केन्द्र मलङ्गवाले स्पष्ट पारेको छ । “हाम्रो कार्यालय (कृषि ज्ञान केन्द्र) प्रदेश सरकारमातहत छ, हामी प्रदेशकै निर्देशन मुताविक काम गर्छौं”, केन्द्रका निमित्त प्रमुख यादवले भन्नुभयो, “विगतमा स्थानीय किसानका बीचमा काम गर्दै आएका कृषि केन्द्र, उपकेन्द्र र पशु स्वास्थ्य केन्द्र सबै अब स्थानीयतह मातहत छन् ।” सैद्धान्तिक रूपमा यस्तो व्यवस्था भए पनि स्थानीय तहले कृषि शाखा सञ्चालन नगर्दा पहिलेका कृषि केन्द्र र उपकेन्द्रका कृषि प्राविधिक अहिले कुनै काममा नदेखिएका महोत्तरीको आम कुरा नै बनेको छ । “यो विलकुल विषय दक्षतामा आधारित क्षेत्र रहेछ”, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले भने, “किसानले बढीभन्दा बढी सेवा लिनसक्ने गरी कृषि शाखाको सञ्चालन र सेवा प्रवाहको उचित समन्वय गर्न सकिएको छैन ।” यता स्थानीय तहमा रहेका कृषि केन्द्र र उपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आपूmहरु स्थानीय तहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन् । आपूmहरुसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको गुनासो छ । जिल्लामा कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टरमध्ये ५० हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको छ । अहिले बजारमा धानको बीउ नै पर्याप्त नपाउँदा किसानले पर्याप्त धान रोपाइँ गर्न नसकिने स्थिति देखिन लागेको छ । अब गुजाराको एउटै सहारा देखिने धानबाली लगाउन सक्ने अवस्था नआए भोकमरी हुने चिन्ताले किसान पिरोलिएका छन् । यो अवस्था अन्त्य गर्न अहिले तत्काल प्रदेश सरकार, स्थानीय तह र कृषिसम्वद्ध कार्यालयको समन्वय आवश्यक देखिएको विज्ञले सुझाएका छन् । रासस

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आइतबार

कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १८ गते आइतबार प्रस्तुत गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आइतबार दिउँसो ३ः०० बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने भएका छन् । सरकारले आगामी वर्ष स्वास्थ्य तथा कृषि क्षेत्रलार्ई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेटको तयारी भइरहेको जनाएको छ । कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाबाट सङ्कटमा परेको अर्थतन्त्रलाई चलायमान बनाउने, स्वास्थ्य उपचार र पूर्वाधार निर्माणमा जोड दिने, कृषि क्षेत्रको यान्त्रीकरण र आधुनिकीकरणका माध्यमबाट रोजगारी सिर्जना तथा उत्पादकत्व वृद्धिको योजनालाई मुख्यगरी आगामी वर्षको नीति कार्यक्रममा समेटिने बताइन्छ । रासस

पाकिस्तानले गर्याे अन्तराष्ट्रिय उडान शुरु

काठमाडौं । पाकिस्तानले गए रातिदेखि अन्तराष्ट्रिय उडान सुरू गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै अन्तराष्ट्रिय उडान सुरू गर्ने जानकारी दिएको थियो । उनीहरूका अनुसार नियमित उडानहरू भने शनिबारबाट सुरू गर्ने भएको हो । सरकारले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न लकडाउन खुकुलो पार्ने निर्णयसँगै अन्तराष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको थियो । ग्वादर र तुर्वत विमानस्थलबाहेकका पाकिस्तानका सबै अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरू सञ्चालनका अनुमति दिइएको छ । विदेशका लागि उड्ने उडानका लागि विभिन्न नियम तथा प्रक्रिया पाकिस्तानको सरकारले तोकिसकेको छ । जसअनुसार विमानस्थलमा भिडभाड नगर्ने र विमानलाई उडानपूर्व किटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्नेलगायतका कोरोना सङ्क्रमणबाट सुरक्षाका लागि अपनाउनुपर्ने विधि रहेका छन् । कोरोनाको संक्रमण फैलिएसँगै पाकिस्तानले अन्तराष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको हो भने आन्तरिक (घरेलु) उडान भने अवश्यकतालाई ध्यानमा राख्दै अगाडी नै सुचारु गरेको थियो ।

कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल सञ्चालन गर्दै

लम्की। कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये ७ स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् । कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि स्थानीय तहका प्रमुख अस्पताल सञ्चालनको तयारीमा छन् । शुक्रबार टीकापुर अस्पताल विकास समितिको समन्वयमा जानकी गाउँपालिकामा बसेको बैठकमा स्थानीय प्रमुखबीच सहमति भएको हो । स्थानीय तहसहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ श्ययाको आइसोलेसन कक्ष अपुग हुने देखिएकाले टीकापुरस्थित सिटी हलमा थप ३० श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालन गर्ने निर्णय गरेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए । “कोरोना अस्पताल सञ्चालनका लागि सबै स्थानीय तहले आवश्यक बजेट व्यवस्था गर्नेछौं”, चौधरीले भने, “सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले उपचारको पूर्वतयारीमा जुटेका हौं”, उनले बेडमात्र होइन भेन्टिलेटरको व्यवस्था गर्न बजेट छुट्याउन तयार रहेको बताए । अहिले टीकापुर अस्पतालमा एउटा पनि भेन्टिलेटर छैन । सात स्थानीय तहका नागरिकले सेवा लिन धनगढीभन्दा टीकापुर अस्पताल सहज हुन्छ । बैठकले टीकापुर अस्पतालका मेसु डा जितेन्द्र कँडेललाई अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने बजेटको लागत अनुमान बनाउने जिम्मा दिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । “अस्पतालका मेसु कँडेलले अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र बजेटको योजना ल्याएपछि हामी सात स्थानीय तह खर्च गर्न तयार छौं”, रावलले भने, “सबै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्वता जनाएका छाैं, अब स्थानीयस्तरदेखि उपायको खोजी थालेका हौं ।” रासस

भोजपुरमा फौजी किराको प्रकोप

भाेजपुर । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का किसान विजयकुमार राईले बताए । राईले भने, “हाम्रो क्षेत्रमा फौजी किराले मकैबाली नष्ट बनाएको छ, यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगामी वर्षलाई बीउको समेत समस्या हुने छ ।” सोही गाउँपालिकाका वडाध्यक्ष सूर्य नेपालका अनुसार वडा नं ७ कोटमा करिब १ सयबढी किसानले लगाएको बालीमा किराको प्रकोप रहेको छ । दैनिकजसो यसको प्रकोप बढिरहेको नेपालले जानकारी दिए । वडाध्यक्ष नेपालले भने, “हाम्रो गाउँपालिकाको वडा नं ६, ७, ९ मा फौजी किराको प्रकोप बढेको छ, यसको रोकथामका लागि के गर्न सकिन्छ भनेर मैले गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु मेरो वडामा मात्र १ सयबढी किसानको मकैबालीमा किराको प्रकोप देखिएको छ ।” फौजी किराले बाली नष्ट गरेपछि अरूण गाउँपालिकाको वडा नं १ याङपाङले किसानलाई फौजी किरा मार्न औषधि वितरण शुरु गरेको जनाएको छ । फौजी किराका कारण सबै मकैबाली नष्ट हुने स्थिति देखिएकाले औषधि खरिद गरी ६ सय १० घरधुरीलाई वितरण गरिएको वडाध्यक्ष नगेन्द्र खत्रीले बताए  । रासस

श्रमिक वेदना

    चुहिन्छन् पसिना हाम्रा दिनहुँ झरना सरि    खिइन्छन् तनका हड्डी खान पुग्दैन तैपनि !    उज्यालो भुइँमा खस्ता थाल्यो जोतिन काममा    आधा रात हुँदासम्म आराम हुन्न ज्यानमा !!    सधैं असारको पन्ध्र, हुन्न फुर्सदको क्षण    पेट पाल्नै सधैं गाह्रो बढ्दैछ गरिबी झन !    शिक्षा स्वास्थ भए स्वप्न छैनन् पहुँचमा कुनै    न्याय भो कल्पनामात्रै घटेन दासता अझै !!    बढ्छ बजारमा भाउ सेवा वस्तु सबैतिर    बढ्दैन श्रमको मूल्य झाँगिदै जान्छ शोषण !    हाम्रो श्रम डकार्दैछन् ठालुहरू बसीबसी    अवस्था बिग्रदो हाम्रो रातोदिन खटे पनि !!    हाम्रो नाम भजाएर सत्तामा उक्लिए कति    योजना बुनिए लाखौं हाम्रो उन्नतिका पनि !    हाम्रो चर्चा भयो धेरै गोष्ठी भेला जताततै    किन्तु भलाइका निम्ति काम शून्य भए सधैं !!    हाम्रैनिम्ति खुले भन्छन् संघसंस्था धमाधम    छन् रे कानूनका ठेली हाम्रै उन्नति खातिर  !    पक्ष विपक्ष सत्ताका भिडन्तमा जुटे अरे   कठै! हाम्रो अवस्था यो सुध्रिएन कसै गरे !!                                      पोकली, ओखलढुंगा

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध ताेडेकाे घाेषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर असफल भयो ।  हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’ विश्वमा नै फैलिएकाे कोरोना भाइरसकाे संक्रमण रोक्न डब्ल्यूएचओ असफल भएको भन्दै अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोगमा राेक लगाएकाे थियाे । हाम्रा कामहरू कडासँगसँगै अर्थपुर्ण हुन्छन् भन्दै ट्रम्पले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप पुन दोहोए । उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ ।’ अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।