विकासन्युज

तरकारी लगाउन प्रयाेग गरिने टनेल नै क्वारेन्टिन

दैलेख । दैलेख जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन थालिएको छ । तरकारी लगाइने जग्गामा प्लाष्टिक राखेर आपत्कालीन क्वारेन्टिन निर्माण गरेर काम शुरु गरिएको छ । सबै स्थान भरिएपछि बाध्य भएर आज मात्रै तीन पोलिहाउसमा पाल राखिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए । उनले भने, “कि त जनतालाई जहाँ जान्छौ जाऊ भन्नुपर्छ, हैन भने जहाँ जे भेटिन्छ त्यसैले व्यवस्थापन गर्नुपर्छ ।” अहिलेसम्म गाउँपालिकामा एक हजारभन्दा बढी मानिस भारतबाट प्रवेश गरिसकेका छन् । कसैको पनि स्वास्थ्य जाँच गरिएको छैन । जाँच गर्ने टोली बल्ल आउन लागेको जानकारी पाएको अध्यक्ष शाहीले बताए । क्वारेन्टिनमा बसेकाले मैलाई छोइदिए : शाही प्रदेश सरकारले धमाधम जनता गाउँ पठाएर क्वारेन्टिनमा राख्न आदेश दिएकाले आफूहरुले बाध्य भएर काम गर्नुपरेको अध्यक्ष शाहीले बताए । “पालिकामा क्षमता कति छ भनेर कसैले मूल्याङ्कन गरेनन् । हामीले जसोतसो व्यवस्थापन गरेका थियौं । भारतबाट आएका दाजुभाइहरु दुःखसुख गरेर १४ दिनसम्म बसिदिएको भए राम्रै हुन्थ्यो । कतिपय क्वारेन्टिनमा बस्नेहरुको शैली पनि अराजक देखियो । मैले सबै जनतालाई सम्झाउँदै गएँ, एक अर्कासँग दूरी कायम गर्नुपर्दछ, कहीँ कतै कसैसँग छुनु हुुँदैन रोगको संक्रमण बढ्छ भनेर भन्दै थिएँ, एक जना आउनुभयो र मलाई छोइदिनुभयो अनि भन्नुभयाे, अब तपाईँलाई कोरोना सर्छ, मैले सारिदिएँ ।” यतिसम्मको मानसिकताले संक्रमण झनै फैलिन सक्ने अध्यक्ष शाहीले गुनासो गरे ।   रासस

दक्षिण कोरियामा जनसङ्ख्या घट्दो

साेउल । दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलियनमा झरेको छ । मृत्युदर्ता, जन्मदर्ता तथा बसाइँसराइलाई आधार मानि सार्वजनिक गरिएको सो तथ्याङ्कमा १० हजार ५६ ले घटेको हो । उक्त अवधिमा सबैभन्दा धेरै गत फेब्रुअरीमा दुई हजार ८ सय ८२ ले घटेको छ भने सबैभन्दा कम अप्रिलमा ७ सय ७१ ले घटेको छ । कोरियामा यसभन्दा अघि सन् २००८ को मार्च र २००९ को अप्रिलमा पनि जनसङ्ख्या केही घटेको थियो भने एक दशकयता भने निरन्तर बढ्दो क्रममा थियो । तथ्याङ्कका अनुसार जनसङ्ख्या घट्नुको कारण कोरोनाका कारण भने न्यून विन्दुमा देखिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण कोरियामा २ सय ७१ जनाको मात्र मृत्यु भएको छ । स्थायी बसोबास गर्नेले पुनः प्रवेशाज्ञा लिनुपर्ने कोरोना रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँ स्थायी बसोबास गर्ने सम्पूर्ण विदेशी नागरिक जुनसुकै देशमा भए पनि कोरिया फर्कंदा जुन १ तारिखदेखि स्थानीय अध्यामनबाट पुनः प्रवेश अनुमति लिनुपर्ने नियम बनाइएको छ । सो नियमानुसार यहाँ स्थायी बसोबास गर्ने नेपाली नेपाल वा कोरियाबाहेक अन्य मुलुकमा बसी कोरिया प्रवेश गर्न लागेको छ भने स्थानीय अध्यागमनबाट अनिवार्य प्रवेशआज्ञा लिनुपर्नेछ । यहाँको न्याय मन्त्रालयका अनुसार यहाँ लामो समय बसोबास गरी केही समयका लागि बाहिर गएका विदेशी नागरिकले सरकारले तोकेका निश्चित मापदण्ड पूरा गरी स्थानीय अध्यागमनबाट पुनः प्रवेशाज्ञा लिनुपर्ने भएको हो । मापदण्डअनुसार प्रवेशाज्ञा लिँदा ४८ घण्टाभित्र अनिवार्यरूपमा उक्त देशको सरकारी मान्यता प्राप्त अस्पतालबाट स्वास्थ्य जाँच गरेको रिपोर्ट बुझाउनु पर्ने जनाइएको छ । रिपोर्टमा ज्योरो, रुघाखोकी, शरीर चिलाउने, टाउको दुख्ने, स्वासप्रस्वाससम्बन्धी समस्या आदिको लक्षण भए/नभएको अनिवार्यरूपमा खुलेको हुनुपर्ने छ । रिपोर्ट कोरियन वा अङ्ग्रेजी भाषामा लेखिएको हुनुपर्ने र मान्यताप्राप्त चिकित्सकको हस्ताक्षरसमेत भएको हुनुपर्ने प्रावधान छ । तर कूटनीतिक भिसा, अफिसियल भिसा, सन्धि सम्झौतासम्बन्धी भिसा तथा विदेशमा बस्ने कोरियन नागरिकका लागि भने भिसाको लागि यो नियम लागू नहुने जनाइएको छ । रासस

नुवाकोटकाे सोलार आयोजनाबाट १.२५ मेगावाट विद्युत् प्रणालीमा थपियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १.२५ मेगावाट संचालनमा आएको हो । सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने छ । प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो । आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए । ‘वैशाखभित्रमा १५ मेगावाट ग्रिडमा जोड्ने गरी काम भइरहेको थियो तर लकडाउनका कारण निर्माण प्रभावित हुँदा केही ढिला भयो’, घिसिङले भने । ‘सोलारबाट उत्पादित विद्युत जोडिएसँगै नेपालको प्रणालीमा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बढी रहेकोमा अब ऊर्जाका विभिन्न स्रोतको विविधिकरण हुँदै प्रणालीमा ऊर्जा मिश्रण बढ्दै गएको छ ।’ सरकारले दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजारा मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन समिश्रण अनुपात लागू गरेको छ । प्रणालीमा जलाशययुक्त तथा पम्प स्टोरेजः ३०-३५ प्रतिशत, पिकिङ रन अफ द रिभरः २५-३० प्रतिशत, रन अफ द रिभरः ३०-३५ प्रतिशत र अन्य वैकल्पिक श्रोतः ५-१० प्रतिशत बमोजिमको अनुपात कायम रहने व्यवस्था गरिएको छ । विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान गरिएको छ । अहिले देवीघाट विद्युतगृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ । देविघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत वैकल्पिक व्यवस्था गरी सोलारबाट उत्पादित विद्युत् प्रणालीमा जोडिएको आयोजना प्रमुख विकास बहादुर रघुबंशीले जानकारी दिए । उनले सबस्टेसनका उपकरणहरु निर्माणस्थलमा आउने क्रममा रहेको र सिभिल संरचनाको निर्माण धमाधम भइरहेको बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५को वैशाखमा आयोजनाको शिलान्यास गर्नु भएको थियो । त्यतिवेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायतका कारणले ढिलाइ भएको थियो । प्राधिकरणकै स्वामित्वमा रहेको एक हजारभन्दा बढी रुख हटाउने कानुनी प्रकृया पूरा गर्न धेरै समय लागेको थियो । ठेकेदारले डिजाइन तयार गर्न ढिलाइ गर्यो । त्यसलाई परामर्शदाताले पटक-पटक पुनरावलोकन गरी स्वीकृत गर्न झनै समय लगाईदियो जसले गर्दा सुरुमा तय गरिएको निर्माण तालिका प्रभावित भएको रघुबंशीले बताए । विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीस“ग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्ने छ । कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने छ । प्लान्ट पूर्ण रुपमा सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ । काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने छ । प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमे जस्ता अर्ध-जलाशययुक्तको जलाशयमा दिउसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्ने छ । जसले पिक समयको विद्युत माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ ।

तातोपानी भन्सारबाट उठ्यो १ अर्ब २७ करोड राजश्व

काठमाडाैं । निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व १ अर्ब २७ करोड २६ लाख रूपैयाँ सङ्कलन भएको छ । गत फागुनसम्ममा १ अर्ब आठ करोड ९५ लाख राजश्व सङ्कलन भएको थियो । गत चैत २६ गतेदेखि अहिलेसम्म १८ करोड ३१ लाख रूपैयाँ राजश्व असुली भएको छ । यही जेठमा मात्र १२ करोड ७५ लाख रूपैयाँ राजश्व सङ्कलन भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ । गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लकडाउन जारी रहँदा सो नाकाबाट १ अर्ब ७८ करोड २५ लाख २७ हजार रूपैयाँको सामान भित्रिएको छ । उनले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिए । भन्सार कार्यालयका अनुसार २६ चैतदेखि १ अर्ब ६२ करोड १२ लाख रूपैयाँको स्वास्थ सामग्री मात्र आयात भएको छ । यस्तै यस अवधिमा ११ करोड २० लाख रूपैयाँको स्याउ र लसुन, ४ करोड ४४ लाख रूपैयाँको धानको बीउ,  ८२ लाख रूपैयाँको कृषि सामग्री र ४९ लाख रूपैयाँको एम्बुलेन्स आयात भएको छ ।   रासस

एनसेलको सीम चलाउनु हुन्छ ? यस्ता छन् भ्वाईस र डेटा अफरहरु

काठमाडौं । एनसेल प्रयोगकर्ताहरुले विभिन्न डाटा प्याक तथा भ्वाईस प्याकको सुविधा उपयोग गर्दै आएका छन् । एनसेलले ग्राहक समक्ष प्याकसँग सम्बन्धित विभिन्न किसिमको एसएमएस समेत पठाउँने गर्छ । आज हामीले एनसेल मार्फत ग्राकहरुले लिने भ्वाईस प्याक तथा डाटा प्याकको बारेमा चर्चा गरेका छौँ । भ्वाईस प्याक एनसेलले ग्राहकहरुलाई अंग्रेजी नयाँ बर्ष २०२० को अवसरमा दैनिक, साप्ताहिक, मासिक तथा अन्य किसिमका भ्वाईस प्याक उपलब्ध गराउँदै आएको छ । ग्राकहरुले १७११८ डायल गरी एनलेलको सो प्याक खरिद गर्न सक्छन् । डेली प्याक दैनिक ११ रुपैयाँ ४९ पैसामा १२ मिनेसम्म कुरा गर्न मिल्ने प्याकको सुविधा ऐनसेलमा रहेको छ । सो प्याक दिएका ग्राहकहरुले १२ वटा नाईट एसएमएस पठाउन मिल्ने एनसेलको वेवसाईटमा उल्लेख छ । यस्तै, १५ रुपैयाँ ३२ पैसामा भने ग्राहकहरुले २२ मिनेट कुरा गर्न सक्ने छन् । यस प्याक खरिद गर्दा २२ वटा नाईट एसएमएस पठाउन सकिन्छ । डेली प्याकोलागि २४ घण्टाको समय तोकिएको छ । थ्री डे प्याक ग्राहकरुले ३ दिनकालागि प्याक दिन सक्ने आफ्नो वेव साईटमा उल्लेख गरेको छ । सो प्याक अनुसार ग्राहकहरुले ३१ रुपैयाँ ९२ पैसामा ५५ मिनेट कुरा गर्न सक्नेछन् । साथै, ५५ वटा नाईट एसएसएसको सुविधा यस प्याक अन्र्तगत पाउँन सकिन्छ । थ्री डे प्याक ३ दिनको अवधिसम्म तोकिएको प्याक हो । विक्ली प्याक विक्ली प्याक अन्र्तगत एक हप्ताका लागि लिइने प्याकहरु पर्छन् । सो प्याक अनुसार ग्राहकहरुले ६२ रुपैयाँ ५७ पैसामा ७५ मिनेट कुराकानी गर्न सक्छन् । यसको साथै यस प्याक खरिद गर्दा ७५ वटा नाईट एसएमएसको सुविधा उपलब्ध छ । विक्ली प्याकमा ७१ रुपैयाँ ५१ पैसामा ग्राहकहरुले १ सय २५ मिनेट कुराकानी गर्न सक्छन् । साथै, १ सय २५ वटा नाईट एसएमएसको सुविधा यस प्याकमा छ । विक्ली प्याकलाई ७ दिनको समय तोकिएको छ । मन्थ्ली प्याक या्े प्याकमा २ सय ४ रुपैयाँ ३ पैसामा ग्राहकहरुले ४ सय २५ मिनेट कुराकानी गर्न सक्ने छन् । उक्त प्याकमा ४ सय २५ वटा एसएमएस गर्न मिल्ने व्यवस्था छ । ३ सय ६ रुपैयाँ ४६ पैसामा ग्राहकहरुले ७ सय मिनेट कुराकानी गर्न सक्नेछन् । सो प्याकमा ७ सय २० वटा एसएमएस गर्न मिल्ने व्यवस्था छ । मन्थ्ली प्याकको लागि ३० दिनको समय तोकिएको छ । टाईम बेस्ड प्याक एनसेलले टाइम बेस्ड प्याक समेत ग्राहकहरु समक्ष उपलब्ध गराउँदै आएको छ । सो प्याक अन्र्तगत ग्राहकहरुले डे, अनलिमिटेड डे तथा नाईट प्याक खरिद गर्न सक्नेछन् । डे प्याक एनसेलको टाईम बेस्ड प्याक लिदा ग्राहकहरुले ८ रुपैयाँ ९४ पैसामा ३५ मिनेट कुरा गर्न सक्छन् । सो सुविधा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्मलाई तोकिएको छ । डे अनलिमिटेड यस प्याक अन्र्तगत ग्राहकहरुले १५ रुपैयाँ ३२ पैसामा ७ सय २० मिनेट कुरा गर्न सक्छन् । सो सुविधा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्मलाई तोकिएको छ । नाईट प्याक ८रुपैयाँ ९४ पैसामा ग्राहकले १ सय मिनेट कुरा गर्न सकिने सुविधा एनसेलमा छ । उक्त नाईट प्याकका लागि बेलुका १० बजेदेखि बिहान ६ बजेसम्मको समय तोकिएको छ । नाईट एसएमएस एनसेलले भ्वाईस प्याक लिने ग्राहकहरुकोलागि नाईट एसएमएसको सुविधा समते तोकेकाा छ । नाईट एसएसएसकोलागि बेलुकाको १० बजेदेखि बिहानको ६ बजेसम्म गर्न सकिन्छ । ग्राहकहरुले एउटा एनसेलको नम्बरबाट अर्को एनसेलकै नम्बरमा मात्र सो सुविधा उपयोग गर्न मिल्ने व्यवस्था छ । बाँकी रहेको भ्वाईस प्याक कसरी हेर्ने ? ग्राहकहरुले आफ्नो बाँकी रहेको भ्वाईस प्याकको बारेमा जानकारी लिन एस टाइप गरी १७११८ एसएसएस गर्न सक्नेछन् । न्यू प्याक रेट्स एनसेलमा कुनै प्याक सुविधा नलिई ग्राहकले आफ्नो मेन व्यालेन्सबाट डाटा चलाउँदा २ रुपैयाँमा २ एमबी, ५ रुपैयाँमा ७ एमबी, १० रुपैयाँमा १७ एमबी तथा २० रुपैयाँमा ३७ एमबी डाटा सित्तैमा प्राप्त गर्न मिल्नेपनि रहेको छ । कल आयो पैसा पायो अन्र्तराष्ट्रिय कल आउँदा एनसेलका ग्राहकहरुले २० रुपैयाँ बोनस पाउँने व्यवस्था छ । प्रतिमिनेट २ रुपैयाँका दरले फोन लागेको १ मिनेट पछिदेखि अन्तिम ११ मिनेटसम्म गरेर ग्राहकले बोनस पाउँन सक्छन् । रिचार्जमा चमत्कार एनसेलको यस योजना अन्र्तगत ग्राहकहरुलाई केही तोकिएको कोड परेमा पहिलो १० लाख, दोस्रो १० तथा तेस्रो १० लाख रुपैयाँ लगायतका पुरस्कारको व्यवस्था गरिएको छ । अनलिमिटेड डे भ्वाइस एण्ड डाटा अफर अनलिमिटेड डे भ्वाइसको अफर ग्राहकहरुले १५ रुपैयाँ ३२ पैसामा प्राप्त गर्न सक्नेछन् । उक्त अफर ग्राहकहरुले बिहान ५ बजेदेखि बेलुकाको ५ बजेसम्म प्रयोग गर्न सक्ने छन् । सो योजनाको अवधि २४ घण्टासम्म कायम रहन्छ । यस्तै, वान आवर अन लिमिटेड डाटा प्याक २२ रुपैयाँ ६० पैसामा पाउँन सकिने व्यवस्था छ । पहिलो सिम पहिलो सिम योजना एनसेलले एसइइ परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरेर ल्याएको हो । यस योजना अन्र्तगत पहिलो पटक एनसेल सिम लिएका ग्राहकहरुले केही विषेश छुट पाउँन सक्छन् । पहिलो पटक एनसेलको सिम लिएका विद्यार्थी ग्राहकहरुले एक महिनासम्म कुनै निश्चित ५ नम्बरमा सित्तैमा कुरा गर्न सकिन्छ । त्यसपछि ९९ पैसामा निश्चित गरेको ५ वटा नम्बरमा प्रति मिनेछ ९९ पैसामा कुरा गर्न सक्छन् । यो योजना एक वर्षकोलागि लागू हुनेछ । यस्तै, ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्ज गर्दा ग्राहकहरुले सय एमबि डाटा, सय वटा एसएमएस प्राप्त गर्न सक्छन् । सो सुविधा २४ घण्टाकोलागि लागू हुन्छ । मेरो प्लान मेरो प्लान योजना विषेश गरेर युटुव चलाउन खोज्ने ग्राहकहरुलाई लक्षित छ । मेरो प्लान अन्र्तगत ९५ रुपैयाँ ७७ पैसामा २ जिबी तथा १ सय ९१ रुपैयाँ ५४ पैसामा ६ जिबी डाटा प्याक पाउँन सकिन्छ । यस्तै, मेरो प्लान मन्थ्ली मा २ सय ५४ रुपैयाँमा २ जिबी डाटा पाउँन सकिन्छ । सो मध्ये एकजिबी युटुवकालागि फ्री हुनेछ । ३ सय ८१ रुपैयाँमा ६ जिबी डाटा पाइन्छ सो मध्ये ३ जिबी युटुवकालागि सित्तैमा प्रयोग गर्न सकिन्छ । ६ सय ३७ रुपैयाँमा १२ जिबी डाटा पाउन सकिन्छ सो मध्ये ६ जिबी डाटा युटुवकालागि सित्तैमा चलाउँन सकिन्छ । १ हजार २० रुपैयाँमा ३० जिबी डाटा पाउँन सकिन्छ । सो मध्ये १५ जिबीबाट युटुवका सित्तैमा चलाउन सकिन्छ । १२ सय ७५ रुपैयाँमा ५० जिबी डाटा पाउन सकिन्छ, सो मध्येबाट २५ जिबीले सित्तैमा युटुव चलाउन मिल्छ । अनलिमिटेड गफ रातभरी यस योजनामा ८ घण्टासम्म कुरा गर्न सकिने व्यवस्था रहेको छ । ग्राहकहरुले उक्त अनलिमिटेड गफ रातभरी प्याक १२ रुपैयाँमा खरिद गर्न सक्ने छन् । बेलुका १० बजेदेखि बिहान ६ बजेसम्मलाई तोकिएको यस प्याकको अवधि भने २४ घण्टाकोलागि मान्य हुने व्यवस्था छ । विक्ली भ्वाइस प्याक विक्ली भ्वाइस प्याकमा १ सय २७ रुपैयाँ ७ सय मिनेटसम्म कुरा गर्न सकिन्छ । रिर्चाजमा ह्याप्पी आवर यस योजनामा सय वा सोभन्दा बढीको रिचार्ज गरेमा ह्याप्पी आवर मनाउँन पाइने छ । बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म कुनैपनि एनेसेल नम्बरमा कल गर्दा सो सुविधा पाउँन सकिन्छ । साथै, ह्याप्पी आवर भन्नाले प्रतिकल ग्राहकहरुले ९९ पैसासम्मको डिस्काउण्ट प्राप्त गर्न सक्छन् । दिनको समयमा फोनको प्रयोग गर्ने ग्राहकहरुको यस किसिमको योजनामा विषेश आकर्षण रहेको छ । होली अफर एनसेलले चाड पर्वलाई लक्षित गरेर समेत आफ्ना योजनाहरु ग्राहक समक्ष ल्याउँने गरेको छ । यस्तै, होलिको समयमा एनसेलले होली अफर संचालन गरेको थियो । उक्त योजना अनुसार सय रुपैयाँको रिचार्ज गर्दा सय एमबी डाटा ग्राहकले ३० दिनकालागि प्राप्त गरेका थिए । यस्तै, २ सयको रिचार्ज गर्दा सय एमबीको डाटा ३ महिनालाई दिइएको थियो । ५ सयको रिचार्ज गर्दा ग्राहकहरुलाई ३ सय एमबी डाटा तथा ५० मिनेटको बोनस टक टाइम ३० दिनकोलागि दिइएको थियो । साथै, हजारको रिचार्ज गर्दा ग्राहकलाई ५ सय एमबी तथा सय मिनेटको कल बोनस ३० दिनकालागि उपलब्ध गराईएको थियो । पावर सिम पावर सिम ९९ रुपैयाँमा ग्राहकहरुले खरिद गर्न सक्छन् । उक्त सिम खरिद गरेपछि २ सय ५० एमबी अल टाइम तथा २ सय ५० एमबी फोर जी डाटा पाउँन सकिन्छ । सोही पावर सिम खरिद गर्दा ग्राहकहरुले सय वटा एसएमएस तथा १० मिनेटसम्म एनसेलको नम्बरमा कुरा गर्ने अफर प्राप्त गर्छन् । यो अफर एक साताको लागि उपयोग गर्न सकिन्छ । पिआरबिटी टोन राख्न चाहने ग्राहकहरुले एक महिनासम्म सित्तैमो सो टोन समेत राख्न सक्ने एनसेलको वेवसाईटामा उल्लेख गरिएको छ । अल्वेज अन डाटा डाटाको फन अल्वेज अन भन्ने स्लोगान सहित एनसेलले यो योजना संचालन गरि रहेको छ । विषेशत डाटा चलाउन इच्छुक ग्राहकहरुले यस प्याको खरिद गर्दै आएका छन् । एनसेलले वान डे, थ्री डे, सेभेन डे, तथा थर्टी डे प्याकहरु यस योजनामा संचालन गरिरहेको छ । वान डे यस योजनामा ग्राहकहरुले २५ रुपैयाँ ५४ पैसामा १ हजार एमबी डाटा पाउँन सक्छन् । थ्री डे यस योजनामा ५१ रुपैयाँ ८ पैसामा ग्राहकहरुले २४ सय एमबी डाटा पाउँन सक्छन् । सेभेन डे सात दिनको प्याकमा ९७ रुपैयाँ ४ पैसामा २१ सय एमबी डाटा पाउँन सकिन्छ । थर्टी डे प्याक ४ सय ८९ रुपैयाँ ५ पैसामा १५ हजार एमबी डाटा पाउँन सकिन्छ । साथै, थर्टी डे प्याकमा नै ९ सय ७९ रुपैयाँ ३८ पैसामा भने ३६ हजार एमबी डाटा पाउन सकिन्छ । स्टे सेफ यस योजनामा कोरोनामाथिको जित स्टे होम स्टे सेफ भन्ने नाराको साथमा एनसलेले अघि सारेको हो । १० जिबी माईक्रोसफ्ट टिम डाटा यस योजनामा उपलब्ध छ । यस्तै, चार जिबी अल टाइम डाटा तथा २ जिबी युटुुव भिडियो चल्ने डाटा एनसेलले उक्त योजनामा संचालन गरि रहेकोे छ । १ सय ९१ रुपैयाँ ५४ पैसा पर्ने उक्त प्याक प्रयोग गर्न सकिन्छ । भ्वाइस तथा डाटामा ग्राहकहरुलाई केन्द्रित गरेर योजना बनाइ रहेको एनसेलले यो योजना समेत ल्याउँदै आएको छ ।

चक्रवात ‘निसर्ग’ को प्रभाव देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताए । उक्त चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने बताइएको छ । “नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा गराउनुको साथै उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना छ”, मौसमविद् कँडेलले भने । भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अमपुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ । निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बइबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ । त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तरपूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको छ । यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ । देशको खासगरी मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा बदली रही केही ठाउँमा हल्लका वा मध्यम वर्षा भएको छ । दिउँसो सुदूरपश्चिम प्रदेश कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं ५ मा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । शनिबार प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेशका केही र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ । रासस

आज मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् छलफल हुने विषयवस्तु

काठमाडाैं । बिहीबार बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएकाे हाे । आज बस्ने बैठकमा विविध विविध विषयवस्तुमा छलफल हुने बताइएकाे छ ।  बुधबार प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य विज्ञ, अर्थविद, योजना आयोगका पूर्व प्रतिनिधिहरुसँग गरेको छलफलका आधारमा लकडाउन परिमार्जनका विषयमा केही निर्णय हुनसक्ने बताइएकाे छ । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले नियमित कार्यसूचीमाथि छलफल हुने जानकारी दिएका छन् । हिजै स्वास्थ्य मन्त्रालयले होम क्वारेन्टिनसम्बन्धी निर्देशिका पनि जारी गरिसकेको छ । अब सरकारले कोरोना सङ्क्रमित पुष्टि भएका लक्षण देखिएका बाहेकलाई घरमै क्वारेन्टिन राख्न सकिने र त्यसमा स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने निर्देशिका जारी गरेको छ । त्यस्तै मन्त्रालयले शव व्यवस्थापन सम्बन्धी कार्यविधि पनि संशोधन गरेको छ । यसमाथि पनि छलफल हुनेछ । आजको बैठकमा मूलतः स्वास्थ्य इमरर्जेन्सीकै बारेमा छलफल केन्द्रित हुने बताइएकाे छ । बुधबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन घोषणासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा लैजाने निर्णय गरेको थियो । कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेपछि स्वास्थ्य आपतकालीन घोषणा गर्ने मन्त्रालयको नीतिलाई कार्यरूप दिन लागेको स्रोतले बतायो ।  

प्रधानमन्त्री ओलीले भनेजस्तै भारतमा कोरोनाको फरक भाइरस पत्ता लाग्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठको पहिलो साता भारतबाट आएको कोरोना भाइरस फरक र कडा भएको बताएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्तिले भारतीय मिडियामा तहल्का मच्चायो । चीनबाट आएको भाइरसभन्दा भारतबाट आएको कोरोना भाइरस अलि कडा भएको उनको भनाई थियो । त्यतिखेर भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीको धेरै आलोचना पनि गरे । तर, साँच्चीकै अहिले भारतका वैज्ञानिकहरुले भारतमा फरक किसिमको कोरोना भएको पत्ता लगाएका छन् । हैदरावादको सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी (सीसीएमबी) का वैज्ञानिकले भारतका कोरोना संक्रमितमा कोरोनाभाइरसकै नयाँ प्रकारको भाइरस पत्ता लगाएका हुन् । यस्तो भाइरस दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा बढी पाइएको छ । वैज्ञानिकहरुले भाइरसको यो अनौठो समूहलाई ‘क्लेड ए३आइ’ नाम दिएका छन् । यस्तो भाइरस भारतमा जीनोम (जीनहरुको समूह) सिक्वेन्सका ४१ प्रतिशत नमूनामा पाइएको छ । सीसीएमबीका निर्देशक तथा रिसर्च पेपरका सहलेखक राकेश मिश्राका अनुसार तेलंगाना र तमिलनाडुबाट लिइएका धेरैजसो नमूनामा ‘क्लेड ए३आइ’ पाइएको छ । भाइरसहरु म्युटेसन हुने सम्भावना रहन्छ । यसले गर्दा एउटै भाइरसको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ । कोरोनाभाइरसको म्युटेसनको बारेमा विश्वभर अध्ययनहरु भइरहेका छन् । भारतमा यतिबेला कोरोनभाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ । देशमा दुई लाख ७ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भारतीय सञ्चारमाध्यमको सहयोगमा