सेञ्चुरी बैंकद्धारा कलाकर्मीलाई सहयोग
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कारोनाको कारण आर्थिक संकटमा रहेका कला तथा सङ्गित क्षेत्रमा आवद्व भएका विभिन्न व्यक्तित्वहरुलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका व्यक्तित्वहरुलाई नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा खाद्यान्न उपलब्ध गराएको हो । बैंकले यस विषम परिस्थितिमा मानवीय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।
स्वदेश फर्कने नागरिकलाई टेलिकमले सित्तैमा सिमकार्ड दिने, वाइफाई सेवा पनि निःशुल्क
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने तयारी गरेको छ । नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल नाका)हरु तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिम उपलब्ध गराउने छ । यस प्रयोजनका लागि कम्पनीले तत्काल १ लाख सिमकार्डको व्यवस्था गरिसकेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् । यसरी सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ । स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचय पत्र उपलब्ध नभएको अवस्थामा उहाँहरुका आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रबाट पनि सिम उपलब्ध गराउन सकिने छ । कम्पनीेले उपलब्ध गराउने सिमकार्डको माध्यमबाट प्रयोगकर्ताले आफन्तसँग सम्पर्क गर्न सहज हुनुका साथै नेपाल फर्किएपछि उनीहरुको स्वास्थ्य अवस्था तथा सम्पर्कमा आउने व्यक्तिको सूची तयार गर्न सम्बन्धित निकायलाई सहज हुनेछ । साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुका लागि नेपाल सरकारले काठमाडौ उपत्यकामा व्यवस्था गर्ने ८ वटा होल्डिङ सेन्टरहरुमा नेपाल टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने छ । यी प्रयासहरुबाट ग्राहकलाई थप सुविधा पुग्नुका साथै समुदायमा कोरोना भाइरस नियन्त्रण गर्न मद्दत पुग्ने कम्पनीकाे विश्वास रहेकाे छ ।
पाल्पामा एकजनाकाे काेराेनाबाट मृत्यु
काठमाडौं । काेराेनाबाट नेपालमा थप एकजनाकाे मृत्यु भएकाे छ । पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषकाे मृत्युपछि स्वाब परीक्षण गर्दा काेराेना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । याेसँगै नेपालका काेराेनाकाे कारण १० जनाकाे मृत्यु भएकाे छ । नेपालमा बिहिबार साँझसम्म काेराेना संक्रमितकाे संख्या २६ सय ३४ पुगेकाे छ भने दुई सय निकाे भएर घर फर्किएका छन् ।
थप तीन सय ३४ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितकाे संख्या २६ सय नाघ्याे
काठमाडौं । बिहिबार ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप ३ सय ३४ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २६ सय ३४ पुगेकाे छ जसमा २ सय ९० जना निकाे भएका छन् र १० जनाकाे मृत्यु भईसकेकाे छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह नियुक्त
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेकाे स्वास्थ्य सेवा विभागका महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह नियुक्त भएका छन् । विभागका महानिर्देशकमा सिंह नियुक्त भएकाे राष्ट्रिय सुचना तथा सचार केन्द्रले जनाएकाे छ । विभागका पुर्व महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ मन्त्रालयमा तानिएसँगै उनी उक्त पदमा नियुक्त भएका हुन् । यसका साथै मन्त्रालयले व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललको पनि सरुवा गरेको छ। डा. रमेश खरेललाई उनकाे जिम्मेवारी दिइएको छ।
राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने, सरकारको राजश्व खातामा जम्मा गरिने
काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् । सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा बिहीबार(जेठ २२ गते) सो सम्बन्धी पत्र लेख्दै राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने जानकारी गराएका हुन् । पत्रमा उनले मुलुक कोरोना भाइरस सङ्क्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने जनाएका छन् । उनले उक्त भत्ता सरकारको राजश्व खातामा जम्मा गरिदिनसमेत पत्रमा अनुरोध गरेका छन् । रासस
सिटी एक्सप्रेसले ग¥यो आफ्ना अभिकर्ताहरुको कोरोना बीमा
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड-१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा गराएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी अभिकर्ताहरुको बीमा गराइएको सिटी एक्सप्रेसले जनाएको छ । सिटी एक्सप्रेसले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै यस लकडाउनको अवस्थामा पनि आफ्ना सेवाग्राहीहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया, युके, अमेरिका लगायत थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८००० भन्दा बढी सेवा केन्द्रहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ ।
अर्थमन्त्रालयको असहयोगले कोरोना बीमा अप्ठेरोमा, भोलिदेखि रोकिने
काठमाडौं । अर्थमन्त्रालयले असहयोग गरेका कारण कोरोना बीमा कार्यक्रम रोकिने अवस्थामा पुगेको छ । बीमा समितिको विशेष पहलमा सुरु भएको कोरोना बीमामा अत्याधिक आकर्षण बढेको र बीमा कम्पनीहरुको पुँजी बराबर नै दायित्व पुगेपछि तत्कालका लागि स्थगनको निष्कर्षमा समिति पुगेको हो । समितिले बैशाख ७ गतेदेखि कोरोना बीमा कार्यक्रम सुरु गरेको थियो । सो बीमामा कोरोना संक्रमणको पुष्टी हुने (पीसीआर परीक्षणमा पोजेटिभ) वित्तिकै बिमितले क्षतिपूर्ति पाउने व्यवस्था मिलाइएको थियो । कोरोना बीमामा ५० हजार र १ लाख रुपैयाँ दाबी भुक्तानी पाउने व्यवस्था गरिएको छ । यो बिमांकमध्ये ५० हजार रुपैयाँ बराबरको बीमा गर्न बार्षिक व्यक्तिगत रुपमा ५ सय र सामुहिक वा पारिवारिक रुपमा ३ सय रुपैयाँ बिमाशुल्क कायम गरिएको थियो । यस्तै, १ लाख रुपैयाँ बराबरको बीमा गर्न व्यक्तिगत रुपमा १ हजार रुपैयाँ र सामुहिक वा पारिवारिक रुपमा ६ सय रुपैयाँ बीमाशुल्क तोकिएको थियो । कोरोना बीमाको अवधि १ वर्ष तोकिएको छ । यस्तो बीमा योजना छोटो समयमा नै लोकप्रिय भएको छ । समितिले बैशाख ७ गतेदेखि संचालनमा ल्याएको यो बीमा योजनामा अहिलेसम्म ३ लाखभन्दा बढीले बीमा गराइसकेका छन् । तर, अर्थमन्त्रालयले कोरोना बीमा कार्यक्रमलाई वस्तुगत ढंगले सहयोग नगर्दा समस्यामा परेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा कोरोना बीमा गर्नको लागि बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने भनिएको छ । निर्जीवन बीमा कम्पनीहरुले ४/४ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत बीमा शुल्क लिने र सोही अनुपातमा क्षतिपूर्ति तिर्ने गरी पुलमार्फत गरिएको यो बीमा कार्यक्रममा सरकारले सहयोग गर्नुको साटो बीमा शुल्कमा अनुदान दिने कार्यक्रम ल्याएर अझ समस्या थपिदिएको सरोकारवालाले बताएका छन् । ‘सरकारले कोरोना बीमालाई सहयोग गर्न चाहेको थियो भने पुलमा निश्चित रकम अनुदान हालिदिन सक्थ्यो, यो नभएपनि कोरोना बीमा दाबी भुक्तानीमा समस्या भयो भने सरकारले भुक्तानी दिन्छ भन्ने आश्वासन मात्रै भए पनि दिन सक्थ्यो, तर बीमा शुल्क वापत उठेको रकम बीमा कम्पनीहरुले एक रुपैयाँ पनि चलाउन नपाउने गरी आएको कोरोना बीमा कार्यक्रमलाई अझ अप्ठेरोमा पार्ने र देखिने बेलामा सहयोग गरे जस्तो देखिने कार्यक्रम बजेटमा आयो, यसले कोरोना बीमा कार्यक्रम असफल पार्न अर्थमन्त्रालय नै लागेको भान मिलेको छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । कोरोना बीमाबाट सिर्जना भएको दायित्व बीमा कम्पनीहरुको चुक्तापुँजी बराबर भइसकेपछि स्थगन गर्ने निर्णयमा समिति पुगेको छ । ‘कोरोना बीमा गर्नेहरुको संख्या ३ लाख पुगेको छ, अधिकांशले १ लाख रुपैयाँ बराबरको नै बीमा गरेका छन्, यसरी हेर्दा कोरोना बीमाको दायित्व ३० अर्ब रुपैयाँ जतिको भइसक्यो, २० वटा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब र नेपाल पुनर्बीमा कम्पनीको १० अर्ब गरी जम्मा ३० अर्ब रुपैयाँ मात्रै हो, त्यसैले बीमा कम्पनीहरुको चुक्ता पुँजी बराबरको दायित्व सिर्जना भइसकेकोले स्थगन गर्नुपर्ने अवस्था आएको हो,’ समितिका एक अधिकारीले भने । यस्तो गरे विदेशी पूनर्बीमा कम्पनीले महामारीकै लागि बीमाले जोखिम बहन कही कतै गर्दैन । यो कुरा बीमा समितिले पहिलेदेखि नै उठाउदै आएको पनि थियो । तर पनि देशमा महामारी फैलिदा विश्वव्यापी समस्या महशुस गर्दै समितिले बीमितका हितका लागि कोरोना बीमा योजना अघि सार्यो । साथै, उक्त कोरोना बीमाको हकमा पनि बीमा शुल्क पनि महङ्गो नरहेको बीमा समिति बताउँछ । बीमा समिति यसरी ल्याइएको बीमा रोक्नकोलागि नभएको दाबी समेत गरेको छ । कुनैपनि देशमा बीमा कम्पनीहरुले जोखिम धारण गर्न नसक्दा स्वदेशी पूनर्बीमा कम्पनी मार्फत काम भएको छ । नेपालको हकमा पनि बीमा समितिले नेपाल पूनर्बीमा कम्पनीसँग छलफल गर्दा ठ्याक्कै कसरी अघि बढ्ने भन्ने कार्ययोजना भने तयार हुन सकेको छैन । तर समितिले आफ्नो तर्फबाट आफूहरु लागिरहेको र सरकारको निर्देशन नपाइ सकेको बताएको छ । जर्मनका बीमा कम्पनीलाई म्युनिक री, स्वीजरल्याण्डको बीमा कम्पनीलाई स्विस री, भारतका बीमा कम्पनीलाई जीआईसी पुनर्बीमा कम्पनीले जोखिम कभरमा सघाएका छन् । नेपालको हकमा पनि नेपाली बीमा कम्पनीलाई नेपाल रीले कसरी सघाउने भन्ने विषमा समितिले गृहकार्य गरिरहेको छ । तर अन्य देशको तुलनामा नेपालको री इन्स्योरेन्सले महामारी धान्ने अवस्था नरहेको बताइन्छ ।