विकासन्युज

तीन लाख ८० हजार डाउनपेमेन्टमै सुजुकी कार, मासिक किस्ता १४ हजार मात्रै

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको छ । यो स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार नौ सय रुपैयाँ डाउनमेपेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्ट देखि सुजुकीका कमर्शियल गाडी खरिद गर्न सक्नेछन् । यो योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार नौ सय १३ रुपैयाँ देखि र कमर्शियल मोडेल खरिद गर्दा मात्र ९ हजार सात सय ३४ रुपैयाँ देखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ। फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागू हुनेछ । यसमा फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम दुई लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम दुई लाख रुपैयाँ एक्सचेन्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्सका लागू हुने कम्पनिले जनाएकाे छ । यो स्किम नेपालभर फैलिएका सुजुकीका सबै ३५ वटा सेल्स आउटलेटमा उपलब्ध रहेनेछ ।

एनआईसी एशिया लघुवित्तले ब्याजमा ६ प्रतिशतसम्म छुट दिने

काठमाडौं । एनआईसी एशिया लघुवित्तले कर्जाको ब्याजदरमा ६ प्रतिशतसम्म छुट दिने भएको छ । लघुवित्तले यस संस्थाबाट कर्जा लिएका ऋणीले असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यूनतम १ प्रतिशत र अधिकतम ६ प्रतिशत छुट दिने भएको हो । नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा संस्थाले उक्त सुविधा दिने भएको हो । यस सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिशत कायम हुने संस्थाले जनाएको छ । साथै, साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज/ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सबै क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ-आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न वित्तीय संस्थाले यस्तो योजना ल्याएको हो ।

मनसुन सक्रिय हुँदा देशभर वर्षा

काठमाडाैं । मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको, वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक –दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिए । । देशको धेरै जसो स्थानहरुमा गएरातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६.५, धनगढीका १.२, नेपालगञ्जमा ३३.०, जुम्लामा ३.८ र धनकुटामा ५.६ मिलिमिटर वर्षा भएको छ । रासस

प्युठान नगरपालिकाले शुरु ग¥यो निःशुल्क शिक्षा

प्युठान ।  नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा कार्यक्रम लागु गरेको छ । यसका लागि नगरपालिकाले चालू आव २०७६÷७७ को बजेटमार्फत आवश्यक व्यवस्था मिलाएको जनाएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सो नगरपालिकाले भर्ना अभियानका क्रममा शुल्क तिरेका विद्यार्थीलाई रकम फिर्ता गर्नेगरी सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिदिएको छ । हालसम्म ३४ वटा सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिएको नगरपालिकाका शिक्षा स्रोत व्यक्ति विष्णु पोखरेलले बताए । निःशुल्क शिक्षाकै लागि नगरपालिकाले ती विद्यालयका लागि रु ६३ लाख उपलब्ध गराएको उनको भनाइ छ । १८ वटा प्राथमिक विद्यालयले निःशुल्क भर्ना गराएका थिए भने अन्य ९ वटा माध्यमिक, १८ वटा आधारभू र ७ वटा प्राथमिक विद्यालयको खातामा रकम जम्मा गरिएको उनले जानकारी दिए । विद्यालयको खातामा जम्मा भएको रकम बन्दाबन्दीले विद्यार्थीलाई बाड्न नसकिएको उहाँले बताए । बन्दाबन्दी अन्त्य भएपछि जनप्रतिनिधि, सरोकारवाला र अभिभावकको रोहवरमा विद्यार्थीलाई रकम फिर्ता गरिने उनको भनाइ छ । नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि तीन वर्षको नगर शिक्षा योजना अघि सारिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । शिक्षा योजनामार्फत भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर वृद्धि, एक वडा एक नमूना विद्यालय, प्रविधिमैत्री विद्यालय बनाउनका लागि चालू आवमा कामहरु भइरहेको उनको भनाइ छ । शिक्षाको गुणस्तर अभिवृद्धि गराउने उद्देश्यले शिक्षक कमी भएका विद्यालयमा अनुदानमा शिक्षक राखिएको छ । नगरपालिकाले चालू आवमा शिक्षक अनुदानका लागि रु एक करोड ३० लाख बजेट विनियोजन गरेको थियो । अनुदानमा राखिएका शिक्षकहरुले प्रावि तह रु १२ हजार, निमावि तह रु १५ हजार र मावि तह रु २५ हजार मासिक पाउने छन् । नगरपालिकाले ती तहका विद्यालयका लागि ७० जना अनुदानमा शिक्षक भर्ना गरेको उनले जानकारी दिए । रासस

ठमेलका घरधनी दिलदार, १ वर्षसम्म घर भाडामा ५० प्रतिशत छुट

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घर भाडा छुट दिन घरधनी तयार भएका छन् । कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट दिन तयार भएका हुन् । आइतबार ठमेल पर्यटन विकास परिषद्मा परिषद्का उपाध्यक्ष तथा एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले १ वर्षका लागि ५० प्रतिशतसम्म घर भाडा छुट हुने गरी अनुरोध पठाएको बताएका छन् । सबै घरधनीसँग संघसंस्थाले सम्झाैता गर्न व्यवहारिक नभएकाेले ११ वटा संस्थाकाे सामूहिक निर्णयका आधारमा सबै व्यवसायीले घरधनीसँग समझदारी गर्ने भएका छन् । आइतबार बसेको समितिको बैठकले घर भाडा छुट मागको लागि विभिन्न ११ संस्थाहरुले माग पत्रमा हस्ताक्षर गरेका छन् । ‘११ संस्थाका प्रतिनिधिहरूमा घरधनीहरू पनि हुनुहुन्छ । ११ वटा संस्थाले गरेकाे निर्णयमा सबै घरधनी र व्यवसायीकाे समझदारी छ । यसकाे कार्यान्वयन पनि हुन्छ’ शर्माले भने । व्यवसाय बन्द अवस्थामा रहेकाे भएपनि ५० प्रतिशत घरभाडा व्यवसायीले बुझाउने सहमति भएकाे छ । होटल, रेस्टुरेन्ट,  डिस्को लगायत व्यवसाय बन्द भए पनि उनीहरूले ५० प्रतिशत घरभाडा तिर्नुपर्नेछ । समझदारी अनुसार गत चैतदेखि २०७७ फागुनसम्मकाे भाडा ५० प्रतिशत लिनेदिने हुनेछ । त्यसपछिकाे एक वर्षसम्म सम्झाैताभन्दा बढी भाडा नबढाउन अनुराेध गरिएकाे उनले बताए । उनका अनुसार लकडाउन भएदेखि १ वर्षको समयावधिमा घरधनीहरुले १ वर्षसम्मको ५० प्रतिशत छुट दिने, एक वर्षसम्मको लागि विद्युत महसुलको ५० प्रतिशत छुर विद्युतको युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पनि भएको बताए । पर्यटन विकास परिषद्ले ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूका लागि न्यूनतम ब्याजदरमा सहुलियत, विद्युत, खानेपानी र इन्टरनेटलगायतका शुल्क मिनाहा गरिदिन सरकारसँग माग गरेको छ । अहिले काेरोनाका कारण सबैभन्दा बढी पर्यटक आउने ठमेल क्षेत्र सुनसान छ भने धेरै व्यवसायीहरु पनि त्यहाँबाट पलायन भइसकेको अवस्था छ । पर्यटनसँग सम्बन्धित कतिपय साना र मझौला खालका व्यापार व्यवसाय पलायन नै हुनुपर्ने अवस्था सिर्जना भएकाले त्यस्ता व्यवसायलाई जीवन्त राख्न आर्थिक सहयोग उपलब्ध गराउन परिषद्ले आग्रह गरेको जनाएको छ । व्यवसाय शून्य भएकोले घर भाडा तिर्न गाह्रो भएको गुनासो व्यवसायीको थियो । अब केही मात्रामा भएपनि उनीहरुलाई राहत हुने विश्वास लिइएको छ । यतिबेला निकै व्यस्त हुने ठमेल आजभोलि सुनसान जस्तै छ । ठमेल क्षेत्रमा सञ्चालित करिब पाँच हजार पर्यटन व्यवसाय र घरधनीका सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्ने कार्य जारी रहेको परिषद्ले जनाएको छ । तथ्याङ्क सङ्कलनले आफ्नै घर तथा भाडामा व्यवसाय सञ्चालन गर्नेहरूको विवरण सार्वजनिक गर्न सजिलो हुनेछ । लाखौँको व्यापार गर्ने ठमेल ठप्प हुँदा ब्यबसायीहरु चर्को वहाल तिर्न नसक्ने अवस्थामा पुगेपछि उत्पन्न समस्या र व्यावसाय सञ्चालनमा आएको समस्या समाधानका लागि ठमेल पर्यटन विकास परिषद्ले पहल थालेको शर्माको भनाई छ । समितिले हालको अवस्थामा घर भाडा समायोजन, बैंकको ब्याज मिनाहा, किस्ता तिर्ने समय बृद्धि, विद्युत महसुल मिनाहा, इन्टरनेट सेवा शुल्क छुट गर्न व्यवसायी र घर धनीहरुसँग छलफल गरी साझा धारणा बनाउने बताएको छ

गोकुल बाँस्कोटा भन्छन्: एमसीसी नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले एमसीसी पार्टीभित्रको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद् भएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले एमसीसी एउटा परियोजना भन्दा बढि नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद् भएको बताएका हुन् । उनले ट्विटरमार्फत यस्तो लेखेका छन्,’अअ एउटा परियोजना भन्दाबढी नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद।पाँच छ जनाबढी प्रम,अर्थ, उर्जा र परराष्ट्र मन्त्रीहरु कसरी सम्झौताको विन्दुमा पुगेरुतीनीहरु प्रत्येक बोल्नु पर्छ र संसदमा बुँदागत बहस।तथ्य हैन,हल्लाका भरमा त्यतिकै कोही किन राष्ट्रवादी र राष्ट्रघाती बन्ने ?’

भेनेजुएलाका राष्ट्रपति मदुरोसँग भेट्ने राष्ट्रपति ट्रम्पको इच्छा, विपक्षी नेता अविश्वसनीय

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्ने बारेमा विचार गरिरहेको बताएका छन् । आइतबार प्रकाशित राष्ट्रपति ट्रम्पको अन्तर्वार्तामा उनले भेनेजुएलाका विपक्षी नेता पूरै विश्वासिला नभएको संकेत गरेका हुन् । भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई हटाएर आफूलाई सन् २०१९ मा मुलुकको राष्ट्रपति घोषणा गरे यता शक्ति संघर्ष चुलिएको छ । विपक्षी दलले भाग नलिएको तथा अन्तर्राष्ट्रिय जगतले पनि चुनावमा धाँधली भएको आरोप लगाए पनि राष्ट्रपति मदुरोले आफू विधिवत निर्वाचित भएको भन्दै राष्ट्रपति पदको दोस्रो कार्यकालको सपथ लिएका थिए । संयुक्तराज्य अमेरिका समेत विश्वका झण्डै ६० मुलुकले विपक्षी नेता गुएइदोलाई समर्थन जनाएका छन्, तर चीन र रसियाले भने राष्ट्रपति मदुरोलाई नै मान्यता दिएका छन् । राष्ट्रपति मदुरो विरुद्ध अमेरिकाले विपक्षी नेतालाई समर्थन गरी धेरै किसिमका प्रतिबन्ध एवं नाकाबन्दी लगाएको छ । तर विवादकै बीच एक्सियोस न्यूजलाई दिएको अन्तर्वार्तामा आफू भेनेजुएलाका राष्ट्रपतिसँगको भेटवार्ताका लागि खुला रहेको बताए । राष्ट्रपति ट्रम्पले भने, “मैले त्यसबारेमा सोच्दैछु । मदुरो पनि सायद भेट्न चाहनु हुन्छ । मैले कहिल्यै पनि बैठकका लागि अस्वीकार गरेको छैन । मैले जहिल्यै भन्ने गरेको छु, भेटघाटबाट केही नराम्रो हुँदैन ।” अमेरिका र मदुरोको समाजवादी सरकारबीचको सम्बन्ध गत मे महिनामा ५२ जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरिएपछि अझ खराब स्थितिमा पुगेको थियो जसमा २ जना अवकाशप्राप्त अमेरिकी सैनिक पनि थिए । उनीहरुले अमेरिकी सहयोगमा भेनेजुएलाको सरकार विरुद्ध विभिन्न शंकास्पद गतिविधि गरेको आरोप लागेको छ । तर वासिङ्टनले यस दाबीको खण्डन गरेको छ । भेनेजुएलाका विपक्षी नेता गुएइदोलाई अमेरिकाले निरन्तर समर्थन गरे पनि अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले पटकपटक गुएइदो त्यति विश्वासयोग्य व्यक्ति नभएको बताए एलेक्सीओले लेखेको छ । राष्ट्रपति ट्रम्पले भेनेजुएलामा जे भइरहेको छ त्यसको विपक्षमा आफू रहेको बताउँदै गर्दा उनले गुएदोका बारेमा भने, “मैले उहाँलाई समर्थन गरेकै हो, तर यो त्यति अर्थपूर्ण कुरा होइन ।” राष्ट्रपति ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको संस्मरणात्मक पुस्तकका कारण सिर्जना हुने तनाब मत्थर बनाउन ह्वाइट हाउसले प्रयत्न गरिरहेकै समयमा राष्ट्रपति ट्रम्पको अर्को विवादास्पद अन्तर्वार्ता प्रकाशन भएको छ । एक्सीओसले बोल्टनकै पुस्तकको एक अंश प्रकाशन गरेको छ जसमा बोल्टनले लेख्नु भएको छ, “ट्रम्पको सोचाईमा मदुरोको तुलनामा विपक्षी नेता गुएइदो निकै कमजोर छन् ।” बोल्टनका अनुसार राष्ट्रपति ट्रम्पले गुएइदोलाई अमेरिकी राष्ट्रपतिको प्रारम्भिक चुनावमा उठेकाे तर पछि उम्मेदवारी परित्याग गरेकाे बेटो ओ–रुकीजस्तै अस्थिर रहेको बताए । रासस–एएफपी

सहमति खाेज्ने जिम्मेवारी शेखर गाेल्छाको काँधमा

काठमाडौं । कोभिड–१९ महामारीले मुलुक आक्रान्त छ । व्यवसायीहरु कर्मचारीलाई तलव खुवाउन नसकेर, बैंकको किस्ता भुक्तानी गर्न नसकेर, घरभाडा तिर्न नसकेर छटपटाईरहेका छन् । उद्योग व्यवसाय चौपट भएको पीडाले पोलिरहेको घाउँमा मलम पट्टि लगाउनुको साट्टो यतिबेला व्यवसायिक नेताहरुले भोट मागेर हैरान गर्नेवाला छन् । राहातको विषयमा सोच्ने र बोल्ने फूर्सद उनीहरुलाई छैन । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा होमिएको छ । साउन २५ र २६ गते निर्वाचन हुँदैछ । विधानत महासंघको निर्वाचन गर्न ढिला भैसकेको छ । गत चैत अन्तिममा साधारणसभा र निर्वाचन हुने निर्णय नै भएको थियो । कोरोना महामारीका कारण भएन । विधान अनुसार विषम परिस्थितिमा ३ महिना समय थप्न मिल्ने बैधानिक प्रावधान छ । त्यो प्रावधानअनुसार बढीमा असार मसान्तसम्म नयाँ नेतृत्व चयन भईसक्नुपर्ने थियो तर भएन । महासंघको विधानअनुसार यतिबेला महाधिवेशन हुनैपर्छ र नयाँ नेतृत्व चयन गर्नैपर्छ । महासंघका अधिकांश सदस्यहरु संकटको बेलामा चुनावी प्रतिस्पर्धा भन्दा सहमतिको प्रक्रियामा जानु पर्ने बताउँछन् । ‘निर्वाचन लोकतान्त्रिक पद्धति हो । निर्वाचनले बलियो नेतृत्व चयन गर्छ । तर यतिबेला सहमतिमा नयाँ नेतृत्व चयन गर्न सकियो भने सन्देश राम्रो जान्छ’ महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भने । नयाँ नेतृत्वको लागि सहमतिको प्रयास गर्नु हुँदै गरेका शेखर गोल्छालाई भनिएको उनले बताए । ‘बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अबको अध्यक्ष हो । उहाँले चाहेमा सहमतिको वातावरण बन्न सक्छ’ उपाध्यक्ष श्रेष्ठले भने । हरेक निर्वाचनमा निकै सक्रिय रहदै आएको महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल चुनावको ३/४ दिन अघि मात्र सहमतिको सम्भावना हुने बताउँछन् । ‘भर्खरै निर्वाचनको मिति घोषणा भएको छ । अझै ढेड महिना बाँकी छ । यसबीचमा चुनावी तयारीसँगै सहमतिको प्रयास हुनेछन्’ उनले भने । विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गर्नुको उदेश्य नै क्रमशः महासंघको नेतृत्व सहमतिमा चयन गर्नु भएका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् । ‘महासंघमा गएर निजी क्षेत्रको हितमा काम गर्ने हो । व्यवसायीको समस्या समाधानमा सहयोगि भूमिका खेल्ने हो । महासंघको नेतृत्वमा गएर कुनै आर्थिक लाभ हुने होइन’ उनी भन्छन्–‘यस्तो ठाउँमा जान होडबाजी गर्नु वा महँगो निर्वाचन गर्नु ठिक होइन ।’ उनी महासंघमा सर्वसहमतिमा अध्यक्ष बनेका थिए । महासंघको पदाधिकारीमा कोही रहरले उम्मेदवार बनेको देखिन्छ भने कोही कहरले उम्मेदवार बनेका छन् । कोही विगतमा सोही पदमा हारेका व्यक्तिहरु पुनः उम्मेदवार बनेका छन् भने कोही पुरानै पदमा दोहोरिने इच्छा व्यक्त गरिरहेका छन् । अहिले विषम परिस्थिति भएकाेले  निश्चित मापदण्ड बनाएर सहमतिको प्रयास गरेमा शुरूमा पदाधिकारीमा सहमति हुने, त्यसपछि कार्यसमिति सदस्यहरुमा पनि सहमति जुट्न सक्ने जानकारहरु बताउँछन् । उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते