विकासन्युज

बझाङ पहिरो अपडेट: दुई जनाको शव फेला पर्याे

काठमाडाैं । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेकाे छ । स्थानीयले बताए अनुसार दुई  जनाकाे शव भेटिए पनि अझै धेरै वेपत्ता नै छन् । पहिरोका कारण १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको एकिन विवरण आइसकेको छैन । गाउँलेहरुले नै पहिरोमा वेपत्ता भएकाहरुको खोजी गरिरहेको स्थानीयले बताएका छन् । शनिवार विहान करिब २ बजेतिर पहिरो आएको स्थानीय बताउँछन् । मल्लेसी गाउँमा ४० परिवारको बसोबास छ ।

बझाङ पहिरो अपडेटः ठूलाे मानवीय क्षतिकाे अनुमान, १७ घर पुरिए, उद्दारमा कठिनाई

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमो गाउँमा पहिरोकाे कारण ठूलाे मानवीय क्षति भएकाे अनुमान गरिएकाे छ । पहिराेमा परेर करिब २५ जना वेपत्ता भएको अनुमान गरिएकाे छ । गाउँपालिकाकी अपाध्यक्ष निशा धामीले पहिरोको कारण ठूलो मानवीय र भौतिक क्षति भएको हुन सक्ने जानकारी दिएकी हुन् । तर, अहिलेसम्म त्यहाँ सुरक्षा निकाय र जनप्रतिनिधि पुग्न सकेका छैनन् । पहिरोले बाटो समेत बगाएका कारण त्यहाँ पुग्न कठिनाई भइरहेको उनले जानकार दिइन् । घटनास्थल गइरहेकी गाउँपालिकाकी उपाध्यक्ष धामीले विकासन्युज सँग भनिन्, ‘स्थानीयसँग कुरा गर्दा करिब २५ जना बेपत्ता भएको जानकारी आएको छ, १७ घर बगाएको छ, यसले पनि हामीले ठूलो मानवीय क्षति भएको अनुमान गरेका छौं ।’ उनलाई स्थानीयले दिएको जानकारीका अनुसार गएराति १ बजेतिर माटोसंगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरुको भागा भाग भएको थियो । अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन । गाउँको वरिपरि दुई वटा खोलामा पानी बढी भएकाले प्रहरी समेत जान सकेको छैन । जिल्लाका प्रहरी नायब उपरिक्षक गणेश बम नेतृत्वकाे टाेलीसहित ससस्त्र प्रहरीको टोली सदरमुकाम चैनपुरबाट घटना स्थलतर्फ गइरहेकाे छ । क्षतीको आधिकारीक बिबरण अहिलेसम्म आउन नसकेको उनले बताइएकाे छ ।

साढे ४६ हजारले पाए एनआईसी एशिया लघुवित्तको २० कित्ता सेयर

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) शनिबार बाँडफाँड भएको छ । जसमा भाग्यशाली ४६ हजार ५ सय ७९ जनाले २० कित्ताको दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त सेयरमा रितपूर्वक आवेदन दिने सबैले १० कित्ताको दरले सेयर पाएका छन् । जसमध्ये ४६ हजार ५ सय ७९ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरी जम्मा २० कित्ता सेयर हात पारेका हुन् । उक्त सेयरमा कूल ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । जसमध्ये ३ लाख ९७ हजार ७ सय ४१ जनाको आवेदन मात्र योग्य रहेको थियो । बाँकी १६ हजार ४ सय ३९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका थिए । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।

बझाङको केदारस्युँ गाउँपालिकाका १७ घर पहिराले पुरिए

बझाङ । केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयवासीले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको यकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, “पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।” उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिए । स्थानीय लोकेन्द्र विकले भने अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र सात जना बेपत्ता भएको जानकारी दिए । केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिङ्गो बस्ती नै पहिरोको चपेटामा परेको बताए । उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ । घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ । रासस

स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई निःशुल्क शिक्षा

काठमाडौं । घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ । महाविद्यालय गोकर्णेश्वर–४ मा रहेको स्नातक तहसम्म अध्यापन हुने बहुमुखी सामुदायिक क्याम्पस हो । गोकर्णेश्वर नगरपालिकाको महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गतको बजेटबाट शैक्षिक सामग्री वितरण गरिएको उपप्रमुख शान्ति नेपालले बताए । महिलासँग उपप्रमुख शीर्षकमा चालु आर्थिक वर्षमा विनियोजन गरिएको रु ३० लाख बजेटबाट नगरपालिकाका नौवटै वडामा आय आर्जनमूलक कार्यक्रम सञ्चालन गरेर बाँकी रहेको बजेटले शैक्षिक सामग्री वितरण गरिएको उनले सुनाए । आयआर्जन कार्यक्रमअन्तर्गत कौसी खेती, अचार बनाउने, जुत्ता सिउने, विभिन्न सामान बुनाईलगायत सीपमूलक तालीम दिइएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रका करिब ३०० महिला यो तालीमबाट घरमै बसेर स्वआर्जन गर्न सक्षम भएका छन् । शैक्षिक सामग्री वितरण गर्न शुक्रबार आयोजित कार्यक्रममा नगर उपप्रमुख नेपाल, वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्री, महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठ, क्याम्पस प्रमुख प्रेमबहादुर श्रेष्ठलगायतले निःशुल्क शैक्षिक सामग्री वितरणले महिला शिक्षामा योगदान दिएको बताए । नगरपालिकाको सहयोगमा महाविद्यालयमा अध्ययनरत ४२ जना बुहारी एवं छोरीलाई किताब, कापी, झोलालगायत शैक्षिक सामग्री दिइएको हो । वडा नं २ र ४ ले पनि कार्यक्रमका लागि रु एक/एक लाख सहयोग गरेको जनाइएको छ । नगरपालिकाकै सहयोगमा स्नातक तहमा अध्ययनरत सबै छात्रालाई निःशुल्क शिक्षा दिने व्यवस्थासमेत मिलाइएको छ । महाविद्यालयको पूर्वाधार निर्माणका लागि पनि नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा पनि महिलासँग उपप्रमुख कार्यक्रमलाई निरन्तरता दिइने छ ।

प्रदेश नं २ मा क्वारेन्टिनमा बस्ने घट्दै

जनकपुरधाम । प्रदेश नं २ मा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै गइरहेको छ भने होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ । यस प्रदेशका आठवटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टिनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या तीन हजार ७७० मा झरेको छ । यसअघि, असार १ गतेमा यस प्रदेशका विभिन्न क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ५८१ थियो । कतिपयको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि आइसोलेसनमा राखिएको कारणले क्वारेन्टिनमा बस्नेको सङ्ख्या निरन्तररुपमा घट्दै गइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा कमी आए पनि होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा भने वृद्धि भएको छ । सो मन्त्रालयको तथ्याङ्कअनुसार, असोज १ गतेसम्म होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या ११ हजार ६४३ थियो । असार १८ गतेसम्ममा यस प्रदेशमा सङ्क्रमित सङ्ख्या १८ हजार ५६० पुगेको छ । यस प्रदेशमा असार १८ गतेसम्म ४४ हजार २३२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये पुरुष तीन हजार ३२४ र महिला २२० गरी तीन हजार ५४४ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीन हजार ६०३ जनाको रिपोर्ट आउन बाँकी रहेको सो मन्त्रालयले जनाएको छ । यस प्रदेशमा सङ्क्रमितमध्ये एक हजार ९२३ जना उपचारपश्चात निको भएका छन् भने तीन जनाको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

सङ्खुवासभाका भूकम्प पीडितलाई दिईयाे निःशुल्क जग्गा

खाँदबारी । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सङ्खुवासभा सिलिचोङ गाउँपालिका–३ खोप्नेका १३ भूकम्पपीडित परिवारलाई साढे १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । उक्त जग्गा जिल्ला आयोजना कार्यान्वयन एकाइले खरिद गरेर पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो । सदरमुकाम खाँदबारीमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेश सांसद तुलसीप्रसाद न्यौपाने र जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट जग्गा जमिन गुमाएकालाई निःशुल्क जग्गा उपलब्ध गराएपछि पीडित खुशी भएका छन् । १३ परिवारलाई एकीकृत बस्तीको रुपमा व्यवस्थापन गरेको छ । प्राधिकरणले ती परिवारका लागि सडक, पानी, बिजुलीको पनि उपलब्ध गराउने भएको छ । पीडित परिवारलाई दिइएको जग्गा १० वर्षसम्म बिक्री वितरण नहुने गरी मालपोत कार्यालयमा रोक्का राखिने जिल्ला आयोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवीन देवले बताए । रासस

आर्थिक क्रान्ति….हावा… क्रान्ति

मेरो सरकार देश विकास गर्छु भन्छ आर्थिक क्रान्ति गर्छु भन्छ हरेक चोटि आउछ जनताको घर दैलोमा र सपनाँंग भोट साट्दै सुनिश्चि गर्छ……सिंहदरबारको अखडा कृषकलाई मल दिन्छु भन्छ वेरोजगारीलाई जागिर दिन्छु भन्छ शहरका मान्छेलाई घर भाडा छुट भन्छ गाउका मान्छे, मान्छेनै होइन भन्छ उत्पदन बढाउने कुरा गर्छ तर गाडी, लुगा, धान, मकै जौ, कोदो…… नुनदेखि सुनसम्म हल्लादेखि सल्लाहसम्म कि उत्तर कि दक्षिणबाट आयात गर्छ आर्थिक क्रान्ति गर्छु भन्छ उ कहिल्यै सार्वजनिक बस चडदैन् कहिल्यै ग्यास, पेटेलपम्पको लाईनमा बस्दैन कहिल्यै जनता भएर बाच्दैन उसलाई सोझा जनता ठग्न पाए पुगो उ वर्षमा एक दिन टोपी लगाएर रास्ट्रियताको कुरा गर्छ ट्वीटमा फोटो हाल्छ एउटा चाउचाउ बाडेर राहतको कुरा गर्छ फेसबुकमा फोटो हाल्छ, अनि……… गमलामा धान रोपेर मनाउछ धान दिवस मनाउँछ यूट्वमा भिडियो पोष्ट गर्छ फगत यस्तै छ मैले सोचि सोचि ध्यान दिएर जिताएको देश विकास गर्ने आर्थिक क्रान्तिको सरकार आर्थिक क्रान्ति…. आर्थिक क्रान्ति ….हावा… क्रान्ति [email protected]