काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मनिषनारायण जोशी सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । संघको १७औँ वार्षिक साधारण सभाबाट नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोशी अध्यक्षमा चयन भएका हुन् ।
शुक्रबार (मङ्सिर ११ गते) सम्पन्न साधारण सभाले जोशीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबी क्यापिटल लिमिटेडका सीईओ दिपेशकुमार वैद्य निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा एनआईएमबी एस क्यापिटलका सीईओ शिवान्त बहादुर पाँडे र कोषाध्यक्षमा कुमारी क्यापिटलका सीईओ पुष्प शर्मा चयन भएका छन् ।
यसैगरी, कार्यसमिति सदस्यमा सिद्धार्थ क्यापिटलका सीईओ सन्दीप कार्की, ग्लोबल आईएमई क्यापिटलका सीईओ मन्दिप लुइँटेल र नेशनल क्यापिटलका सीईओ अर्पण खनाल निर्वाचित भएका छन् ।
पुँजी बजारको विकास, लगानीकर्तालाई गुणस्तरीय वित्तीय सेवा प्रवाह तथा धितोपत्र बजारमा संस्थागत सुशासन प्रवद्र्धनमा मर्चेन्ट बैंकहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।