बाढी प्रभावितलाई इक्रा नेपालले दियो १० लाख सहयोग

काठमाडौं । इक्रा नेपाल लिमिटेडले बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्तिहरूका लागि सञ्चालन भइरहेको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।

शुक्रबार आयोजित एक कार्यक्रमका बीच इक्रा नेपाल लिमिटेडकी व्यापार प्रमुख वर्षा श्रेष्ठले अर्थ सचिव डा. घनश्याम उपाध्यायलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

नेपालको पहिलो क्रेडिट रेटिङ संस्थाका रूपमा कार्यरत इक्रा नेपाल लिमिटेड भारतस्थित इक्रा लिमिटेडको सहायक कम्पनी हो ।

Share News