रास्वपाले ६ प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्दै, सुर्खेत र धनगढीको मिति तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका ६ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । 

पार्टीको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन हुन लागेको हो ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली र सुदूरपश्चिम प्रदेशको कार्यतालिका तय भइसकेको छ । 

जसअनुसार कर्णाली प्रदेशको सुर्खेतमा भोलि (मंसिर १२) र १३ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम तय गरिएको प्रवक्ता खरेलले जानकारी दिए । 

अन्य प्रदेशहरूमा पनि क्रमशः प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै जाने पार्टीले निर्णय गरेको छ ।

Share News