गृहमन्त्री गुरुङ इटहरी प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन् । उहाँ विराटनगर हुँदै इटहरी पुग्न लागेका हुन् । 

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा हुन लागेको १५औँ केन्द्रीय पार्षदसभामा गृहमन्त्री गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

परिषद्को १५औं केन्द्रीय पार्षदसभा भोलि मंसिर १२ गते सुनसरीको इटहरीमा आयोजना हुँदैछ । गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको हो । 

सभामा गुरुङ समुदायको सांस्कृतिक पहिचानको संरक्षण, भाषा तथा परम्पराको निरन्तरता र समुदायका साझा सवालबारे छलफल हुने अपेक्षा गरिएको छ ।

Share News