झारफुक गरेर निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल झाँक्री पक्राउ

काठमाडौं । जुम्लामा झारफुक गरी बिरामी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिका–१ निवासी ४६ वर्षीय कालीबहादुर रोकाया रहेका छन्। उनी सोही स्थानकी १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरी निको पार्ने भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएका थिए।

प्रहरीका अनुसार शनिवार दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले कालीबहादुरलाई आफ्नै घरबाट पक्राउ गरेको हो।

पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News