महात्मा गान्धीको समाधिस्थलमा प्रधानमन्त्री बालेनले गरे पुष्पहार अर्पण

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतका राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री शाहले सोमबार (आज) नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गरेका हुन् ।

महात्मा गान्धीको योगदान र उनको स्मृतिप्रति सम्मान व्यक्त गर्दै प्रधानमन्त्री शाहले समाधिस्थलमा पुष्पाञ्जली अर्पण गरेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राजघाट पुगेर गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि समावेश थियो । 

null

Share News