दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा छलफल हुने

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) को पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा विषयमा आज छलफल हुने भएको छ।

सोमबार सर्वोच्च अदालतमा न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुबै पक्षको छलफल हुने भएको हो। मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । 

कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारको नियुक्ति दिने निर्णय गरेको थियो।

त्यस्तै, मनोजकुमार केसीलाई आइजिपी बनाउने निर्णय समेत गरेको थियो। त्यस निर्णयविरूद्ध कार्कीले आफूलाई पुनर्बहाली हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए।

Share News