काठमाडाैं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । नयाँदिल्लीस्थित राष्ट्रपति भवन परिसरमा सोमबार भएको भेटमा मोदीले प्रधानमन्त्री शाहलाई अँगालो हालेर आत्मीय स्वागत गरेका थिए ।
दुवै प्रधानमन्त्रीले आ-आफ्नो प्रतिनिधिमण्डलका सदस्यसहित भेट गरेका हुन् । औपचारिक स्वागत समारोहका क्रममा भारतीय सेनाको टुकडीबाट ‘गार्ड अफ अनर’ ग्रहण गरेपछि प्रधानमन्त्री शाह मोदीसँग भेटवार्तामा सहभागी भएका हुन् ।
प्रधानमन्त्री शाह आइतबारदेखि भारतको दुईदिने राजकीय भ्रमणमा छन् । भ्रमणलाई नेपाल-भारत सम्बन्ध, आपसी सहकार्य र द्विपक्षीय विकास साझेदारीका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।