भित्री वस्त्रमा सुन लुकाएर ल्याउने शोकात विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना भारतीय पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार  आइतबार राती भारतीय नागरिक अस्लाम शोकात पक्राउ परेका हुन् । 

शोकात भारतको मुम्बईबाट इण्डिगो एयरको उडान नम्बर ६ ई ११५७ मार्फत काठमाडौँ आएका थिए । दिल्लीस्थित हाभेलियाजाम खान जामा मस्जिद ठेगाना शोकातले विमानस्थला शंकास्पद गतिविधि गरेकाले चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

ओस्ताकले भित्री वस्त्रभित्र प्लास्टिकमा सुनलाई पोको पारी लुकाइछिपाई भन्सार छली ल्याएका थिए । उनको साथबाट अवैध रूपमा सुनजस्तो देखिने पहेँलो रङको गोलाकार अर्धठोस पदार्थ दुई थान फेला परेको सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।

उनका अनुसार तौल करिब ४२२.५ ग्राम रहेको छ। सुनजस्तो पदार्थ बरामद गरी शोकातलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौँमा बुझाइए उनले बताए ।

Share News