तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक, गोलभेडा प्रतिकिलो १०० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी र फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली र भारतीय गोलभेडा प्रतिकिलो १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सानो (टनेल) गोलभेडाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ तोकिएको छ । रातो लाम्चो आलु प्रतिकिलो ५५ रुपैयाँ, रातो गोलो आलु ४८ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

समितिका अनुसार भारतीय सुकेको प्याज प्रतिकिलो ९३ रुपैयाँ, स्थानीय गाजर १२० रुपैयाँ र तराई गाजर ९० रुपैयाँ रहेको छ ।

हरियो तरकारीतर्फ स्थानीय बन्दा ७० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, सेतो मूला ६० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ र डल्लो भन्टा ७० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

यस्तै तने बोडी ९० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, घिउ सिमी ७० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १८० रुपैयाँ, तितो करेला ९० रुपैयाँ र लौका ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सागपातमध्ये रायोको साग र पालुङ्गो साग प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज ३०० रुपैयाँ पुगेको छ ।

च्याउतर्फ कन्य च्याउ २०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङ स्याउ १३० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १५० रुपैयाँ, मालभोग केरा १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ र हरियो तरबुजा ६० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

Share News