दशैंमा माइडियाको विशेष योजना, ३७ हजार ७ सयसम्म क्यासब्याक

काठमाडौं । दशैंलाई लक्षित गर्दै होम एप्लायन्सेस ब्रान्ड माइडियाले विशेष उत्सव योजना सार्वजनिक गरेको छ ।

‘दिस दशैं, ब्रिङ होम द सेलिब्रेसन’ भन्ने सन्देशसहित ल्याइएको योजनामा माइडियाका विभिन्न घरायसी उपकरण खरिद गर्ने ग्राहकले क्यासब्याक, सुनिश्चित उपहार र अन्य सुविधा पाउनेछन् ।

योजनाअन्तर्गत ग्राहकले ३७ हजार ७ सय रुपैयाँसम्मको सुनिश्चित क्यासब्याक पाउनेछन् । साथै विभिन्न उपकरणको खरिदमा आकर्षक उपहारसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप, फ्रन्ट लोड वासिङ मेसिनमा ६ किलो सर्फ एक्सेल, टप लोड वासिङ मेसिनमा ४ किलो सर्फ एक्सेल र सेमी अटोमेटिक वासिङ मेसिनमा २ किलो सर्फ एक्सेल निःशुल्क दिइनेछ । त्यस्तै, डिसवासर खरिदमा २ वटा वासिङ ट्याब्लेट उपहारस्वरूप पाइनेछ ।

योजनामा सहभागी ग्राहकले हरेक महिना हुने लक्की ड्रमार्फत माइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने अवसर पनि पाउनेछन् । लक्की ड्रमा सहभागी हुन ग्राहकले उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ ।

माइडियाले ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा समेत उपलब्ध गराएको छ । छनोट गरिएका उत्पादनमा १० वर्षसम्मको वारेन्टी सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

यो विशेष योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको हो । दशैंमा परिवारसँग बिताइने खुसीका पललाई अझ सहज र विशेष बनाउने उद्देश्यले आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक उपहारसहित योजना ल्याइएको माइडियाले जनाएको छ ।

चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा माइडियाका उत्पादन बिक्री गर्दै आएको छ । माइडियाका उत्पादन नेपालभरिका आधिकारिक डिलर, २२ वटा सीजी डिजिटल शोरुम तथा अनमष्नष्तब।िअयm।लउ मार्फत उपलब्ध छन् ।

नेपालमा माइडियाका रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ ओभन, चिम्नी तथा विभिन्न साना घरायसी उपकरण उपलब्ध छन् । 

ग्राहकले आफ्नो परिवारको आवश्यकता, घरको आकार र जीवनशैलीअनुसार विभिन्न मोडल छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

Share News