काठमाडौं । सरकारले स्वास्थ्य स्वयंसेविकाका लागि यातायात खर्च ५० प्रतिशत वृद्धि गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/ ०८४ लागि बजेट सार्वजनिक गर्दै स्वयंसेविकाका लागि यातायात खर्च ५० प्रतिशत वृद्धि गरिएको घोषणा गरेका हुन् ।