काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो घोषणापत्रमा उल्लेख गरेको ‘ब्लु बस’ को विषय बजेटमै समावेश गरेको छ ।
रास्वपा उपसभापति समेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत यसबारे जानकारी गराएका हुन्।
उनका अनुसार महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसीक्यामेरासहितको आधुनिक ब्लु बस सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने छ।