नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने

काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

नागरिकलाई निःशुल्क उपलब्ध गराइने कम्तीमा २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने उद्देश्यले यस्तो घोषणा गरिएको हो ।
 
त्यस्तै, सरकारले निःशुल्क औषधि कार्यक्रमलाई प्रभावकारी बनाउन स्वदेशी उत्पादन बढाउने र बाह्य निर्भरता घटाउने नीति लिएको छ ।

Share News