गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति डा. यादवको सुझाव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले नै देशवासीलाई सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियनको ३५औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले गणतन्त्र दिवसजस्तो राष्ट्रिय महत्त्वको दिनमा कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीले औपचारिक सम्बोधन गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् ।

उनले गणतन्त्र दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी राज्यको नीति, उपलब्धि र आगामी कार्यदिशाबारे जनतालाई सन्देश दिने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।

यस वर्ष जेठ १५ मा मनाइने गणतन्त्र दिवसका अवसरमा भने प्रधानमन्त्रीको तर्फबाट सम्बोधन नहुने भन्ने विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ ।

Share News