राष्ट्रिय परिचय पत्रलाई मुख्य परिचय मानिने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रलाई ‘एक परिचय’ बनाउने भएको छ । बैंक तथा विभिन्न सामाजिक सुरक्षाका क्षेत्रमा एक परिचय पत्रको नीति अवलम्बन गर्ने भएको हो ।

सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय परिचयपत्रलाई एक परिचय पत्र बनाउने घाेषणा गरेका हुन् ।

Share News