काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सर्वोच्चमा रिट पेस गरेका छन् ।
संवैधानिक परिषदले चौथो वरीयतामा रहेको न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै त्रिपाठीले रिट पेस गरेका हुन् ।
यसरी सिफारिस गर्दो यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने जिकिर उनले रिटमा गरेका छन् ।
अहिले उक्त रिटको अध्ययन भइरहेको सर्वोच्च अदालतको प्रशासनले जनाएको छ ।
संवैधानिक नियुक्तिबारे छलफल गर्न बिहीबार बोलाइएको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।
प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए । चौथो वरीयतामा भएका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै अहिले सरकारको आलोचना भइरहेको छ ।