स्थानीय तह निर्वाचनमा रास्वपाको उम्मेदवार बन्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी’ अनिवार्य

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको गृहकार्यलाई तीव्रता दिएको छ । 

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा उम्मेदवार बन्न चाहने पार्टी सदस्यहरूका लागि नयाँ र कडा मापदण्ड अघि सारेको हो ।

बैठकको निर्णयअनुसार रास्वपाको तर्फबाट स्थानीय तहमा उम्मेदवार बन्न चाहने जो–कोही पार्टी सदस्यले अनिवार्य रूपमा ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी ’बाट उत्तीर्ण हुनुपर्नेछ ।

निर्वाचनमा टिकट पाउन पार्टीको ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी’ को तालिम तथा मूल्यांकन प्रक्रिया पार गरी उत्तीर्ण हुनैपर्ने व्यवस्था गरिएको छ ।

बैठकमा रास्वपाको स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, २०८३ को मस्यौदा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ ।

उम्मेदवार छनोटको ठोस रूपरेखा तयार पार्न रास्वपाले पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा एउटा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले तयार पारेको खाकामाथि बैठकमा समीक्षा गरिएको हो ।

Share News