काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा केही समस्या नभएको दाबी गर्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त छिट्टै हुने बताएका छन् ।
शुक्रबार देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् ।
बैठकमा सहभागी एक पदाधिकारीले बाहिर हल्ला भएजस्तो सरकार कुनै समस्या नरहेको सभापति देउवाले उल्लेख बताए ।
पछिल्लो समय गभर्नर नियुक्तिको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना हुँदै आइरहेको छ । कांग्रेस र एमालेबीचमा सहमति हुन नसक्दा गभर्नर नियुक्त हुन नसकेको हो ।
एमालेले गर्दा गभर्नर नियुक्त हुन नसकेको हल्लालाई देउवाले बारम्बार खण्डन गर्दै आइरहेका छन् ।
साथै बैठकमा टीआरसी र शिक्षा विधेयकमा पनि छलफल भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।